March 30, 2009

मनको कुरा भन्छु भन्थ्यौ

नीर्मन केएम
नंखेल भक्तपुर

मनको कुरा भन्छु भन्थ्यौ किन भनिनौ त?
एकैछिनमा झुल्किएर किन अस्तायौ त?

म पनि त तिमीसंग नजीक होउं भन्थें
सबै कुरा तिमी सामु पोख्न पाउं भन्थें

मनको कुरा मनमै राखी किन बल्झियौ त?
एकैछिनमा झुल्किएर किन अस्तायौ त?

कहिलेकाहीं भेट्दाखेरी मनभरि आशा बढ्छ
नयनभरि संसारमा तिम्रै कुरा नाची दिन्छ

मंजील नछोइ बीचै बाटो किन फर्कियौ त?
एकैछिनमा झुल्किएर किन अस्तायौ त?


कोठे साहित्यिक यात्राको तेस्रो कार्यक्रम भब्यताको साथ मनाइयो


आचार्य प्रभा/ बोल्डर् कोलोराडो
मिती ३/ २८/ २००९

कोलोराडोबासी साहित्य प्रेमीहरुले नियमित आफ्नो कार्यक्रम ''कोठे साहित्यिक यात्रा'' को आफ्नो तेस्रो कार्यक्रम कवि गोष्ठी आज मिती ३/ २८/ २००९ का दिन कबी भुपेन्द्र महतको निवासमा भब्यताको साथ मनाए । कार्यक्रममा लगभग सहभागीता धेरै भएता पनि कबिता बाचन् गर्नेहरुमा १) जगन्न्नाथ गौतम, २) ज्ञानेन्द्र गदाल, ३) पारस लम्साल, ४) केशब आचार्य, ५) प्रमोद घिमिरे, ६) भुपेन्द्र महत, ७) झलक सोती, ८) आचार्य प्रभा थिए, भने ज्ञानेन्द्र गदाल र आचार्य प्रभाका केही गीतहरुका म्युजिक भिडियो को प्रदर्शन गरेर कार्यक्रमलाई संगीतमय बनाइएको थियो । ''कोठे साहित्यिक यात्रा'' को उदेश्य लेखक कबिको उपस्थिती मात्र नभएर साहित्यनुरागिहरुलाई पनि सहभागिता गराउनु हो र यो कार्यक्रममा साहित्यनुरागिहरुको नै बडी उपस्थिती पनि हुँदै आइरहेकाछन र कबी ,लेखक हरुलाई धेरै ठुलो प्रोत्साहन मिलीरहेको छ । अब आउने अप्रिल महिनाको कार्यक्रम दुइजना, रमा कान्त अधिकारी र प्रमोद गिमिरेको निवास मध्य एकजनाकोमा हुने निर्णय गरिएको छ । यो कार्यक्रम निरन्तर रूपमा नै हुने अठोट गरिएको छ।
सहभागिहरुमा निम्न उपस्थिती थिए

१) जगन्ननाथ गौतम, २) के. बिश्वकर्मा, ३) राम प्रशाद विश्वकर्मा, ४) प्रमोद घिमिरे, ५)आचार्य प्रभा, ६)सरगम गदाल, ७)ज्ञानेन्द्र गदाल, ८) रमा कान्त अधिकारी, ९) अंम्बिका घिमिरे, १०) सम्झना कार्की, ११) सलिना कार्की, १२) भागवत कार्की १३) सेजल कार्की, १४)बालमुकुन्द अधिकारी, १५) पारस लम्साल, १६) देवी लम्साल, १७) प्रियमबदा सोती, १८) नीती आचार्य, १९) निरज गौतम, १९) सुयोग सोती, २०) केशब आचार्य, २१) भुपेन्द्र महत, २२) अधिर प्रसाईं, २३) राजेश बिष्ट, २४) बिशेश्‍वर के.सी आदीको सहभागीता थियो। कार्यक्रमको समापन चिया पान पश्चात भएको थियो ।



March 29, 2009

किन बर्बराउँछन बाबुराम डाक्टर ?

२०२६ सालमा एसएलसीमा बोर्ड फर्स्ट पड्काएको बुर्जुवा रवाफले नै माओवादी पार्टीको बौद्दिक मुखौडाको एकल ताज पहिरन सफल डाक्टर बाबुराम भट्टराई अहिले कार्यरत नेपाल सरकारका अर्थमन्त्री हुनुहुन्छ । कुनै बेला बुर्जुवा शिक्षालाई धिक्कार्ने र यस्ता प्रमाणपत्र च्यात्नु पर्छ भन्ने माओवादी पार्टीका देखाउन मिल्ने शैक्षिक योग्यता बोकेका एउटा मात्र ठूला नेता भएका हुनाले पार्टी भित्र वहाँको स्थान उच्च नै होला । तर त्यही पार्टीको सांगठनिक ढाँचा भित्र र विशेष गरी पार्टीको अनुदारवादी मानिने मोहन वैद्य-नेत्र चन्द नेक्ससले भने उनलाई पटक्क देख्‍न रुचाउँदैन भन्ने कुरा बेलाबेलामा नेपाली छापाको विषय भने हुने गरेको छ । यस्को मुख्य कारण डाक्टर साहेबले बनाएको आफ्नो बौद्दिक इमेजका आधारमा वहाँलाई सबैले उच्चतम सम्मान दिनुपर्छ भन्ने वहाँकोको बुर्जुवा आग्रह नै हो भन्ने कुरा पनि यदाकदा सुनिएकै हो !

माओवादी पार्टीको कथित बौद्दिक र उदारवादी खेमाको नेता मानिने भट्टराईलाई विडम्बनापूर्ण तरिकाले साउथ-ब्लकको प्रतिनिधिको रूपमा चित्रण पनि गर्ने गरिन्छ, पार्टि भित्र र बाहिर जतासुकै । माओवादी सरकार गठन भएर माओवादी-एमाले समीकरणको खिचडी जब पाक्दै थियो र निवर्तमान एमाले महासचिव माधव कुमार नेपाललाई दुई पार्टीले राष्ट्रपतिको उमेद्वार बनाउने निर्णय हुँदै थियो, अन्तिम समयमा कुनै भारतीय दूतको इशारामा बाबुराम डाक्टर साहेबले त्यो खिचडिको ताउलो गुल्टाएर बनिबनाउ राजतिक समीकरणलाई आर्यघाट पुर्याएका हुन भन्ने धेरैको आरोपमा मोहन वैद्यहरूले सांक्षी बकेको धेरै भएको पनि छैन । एमाले नेता बामदेवलाई जब मन्त्रिमण्डलमा दोस्रो बरियता दिनेकुरा आयो, भट्टराईलाई यस्तो ऐठन भयो कि राजीनामा नै दिएर घुर्क्याउने मनस्थितिमा डाक्टर साहबमा जाग्रत भयो , प्रचण्डले कुन ललिपप दिएर शान्त पारे उनै जानून ।

तर हेर्दै गम्भीर देखिने अनि कुनै कुरामा रिसाइरहेका जस्ता देखिने डाक्टर बाबुराम रूखो बोल्न, मान्छे चिढाउन, बनेको मेलमिलापको वातावरण बिथोल्न अनि आँफू बाहेक अरूका विचारको अनौचित्यतालाई गालीले पछार्न माहिर हुनुहुन्छ । भर्खरै सम्पन्न विद्यार्थी युनियनको चुनावमा क्याम्पस क्याम्पस्मा पुगेर कांग्रेस एमाले विद्यार्थीलाई गालि गर्न वहाँले खर्चेको जाँगर हेर्दा वहाँ नेपालको अर्थमन्त्री नभएर कुनै ऐरेगैरे कलेजको युनियनको कोषाध्यक्ष पो हुनहुन्छ कि भनी झुक्किनु पर्ने हुन्छ ।



केही समय अघि नेपालका पुर्व राजादेखि हरू धेरै दलका नेताहरू पनि भारत जाने सन्दर्भ पर्‍यो, डाक्टर साहेबले अनेकन तिखा र तिता टिप्पणि गर्न पुग्नुभयो । नेताहरू यसरी सामूहिक बिरामी हुने कुरामा अवश्य 'दालमा कुनै कालो छ' भन्ने देख्ने भट्टराईका तिक्ष्ण नजर वहाँ इञ्जिनियर नभएर टेष्ट ट्यूबमा 'बेबी किङ' कोरल्ल्न लगाउने वैद्य नै हो कि भन्ने सोच्न वाध्य पार्‍यो । वहाँले घोर षडयन्त्रको गन्ध पाएर बेसरी हुन्डरी नै पिट्नुभयो ।



नेपाली सेनाका ८ जर्नेलहरूको पदावधी नबढाउने सरकारी निर्णय र त्यो कुराको बिरूद्द सर्वोच्च अदालको अन्तरिम आदेश अहिले माओवादीलाई नपच्ने विषय बनेको छ र माओवादी नेता-कार्यकर्ता सबे सडकमा उत्रेर न्यायलयको हूर्मत लिँदै छन् । माओवादीले सोचे अनुरूप निर्णय हुन नपुगेमा वा नभएका सबै जसो कुरा गणतन्त्रको बिरुद्द अर्थ लगाएका छन् अहिले विद्वान डाक्टर र वहाँका मण्डलीहरूले । उनीहरूको बिद्रूप तर्क छ , न्यायलयको बिरोध 'जनता'ले गरेका हुन , माओवादीले हैन । मानौँ देशमा जनता भनेको माओवादी नामको जमातको पछि लाग्ने भीड बाहेक अरू कोही हैन ।


यस्तोमा , माओवादीको जोरजुलुम त जारी छ नै , बाबुराम डाक्टरका विचारहरू झनै उदेक लाग्दा देखिन पुगेका छन् :

'लोकतन्त्रभन्दा माथि न्यायालय हुन सक्दैन,न्यायलय माथि रहे लोकतन्त्र खतरामा पर्नसक्छ।´
- राजधानी फर्कने क्रममा आईतबार बिहान पोखरा विमानस्थलमा सञ्चारकर्मीसँग ।

माओवादीहरूले हत्या गरेको भनिएका बुटवलका युथ फोर्स नेता प्रचण्ड थैव ( एमाले ) काण्डले सिर्जना हुन पुगेको परिस्थितिमाथि डाक्टर बाबुराम यसो भन्न पुग्छन् :

”एमाले राजनीतिक पार्टी हो कि चौतारी हो ,आफैं सत्तामा बस्ने आफैं प्रतिपक्षी जस्तो सरकारी कार्यालयमा ताला लगाउँदै हिंड्ने एमालेको चरित्र दल भन्न सुहाउने देखिँदैन।”- एमालेप्रति आक्रमक देखिएका भट्टराईले भने ।

यसो भनिरहँदा डाक्टर साहेबले माओवादी कार्यकर्ताले सिर्जना गरेको अराजकता र मन्त्रि भैरहँदा बोकेको बिद्रोही नेताको झूसे डकारलाई सम्झिन भने उचित ठानेनन् ।

अनि श्याङ्जाको वालिङमा भाषणको जोशमा बाबुरामले ठोकेछन्:

' सरकारबाट बाहिरिन्छु भनेर एमालेले कसलाई धम्काउन खोजेको हो ? यदि त्यसो भयो भने एमालेले ठूलो मूल्य चुकाउनु पर्नेछ ।'

आखिर समीकरण मेलमिलापको सरकार चलाउँदा त एउटा पक्ष अलि तातिएको बेलामा अर्को पक्षले शितल कुराहरू गर्दै परिस्थितिलाई सन्तुलनमा राख्न मद्दत पुर्याउनु पर्ने कुरा किन बिर्सिरहेका होलान डाक्टर साहेबले । भट्टराईजिले बौद्दिकतालाई अर्थमन्त्रीको ब्रिफकेशमा बन्द गरी हुल्लडवाज कार्यकर्तालाई मसला दिने काममा आफ्नो बुर्जुवा बौद्दिकता खर्च गरेर, कतै यो बुर्जुवा डिग्रिको अनौचित्यता साबित गर्न खोजिरहनु भएको त छैन ?



अर्थमन्त्रीको नयाँ कानूनी सिद्धान्त

Quote म कानूनको जानकार वा बिद्यार्थी समेत नभए पनि कानूनको एउटा सर्बमान्य सिद्धान्त मलाई राम्ररी याद छ । सो सर्बमान्य सिद्धान्त अनसार: “कानूनको सर्बोच्चता र न्यायपालिकाको स्वतन्त्रताले मात्रै संस्थागत प्रजातान्त्रको स्थाईत्वको प्रत्याभूती गर्छ” ।

साँच्चै खोज्ने हो भने, विना मेहनत पनि कानूनको सर्बोच्चता र न्यायपालिकाको स्वतन्त्रताको बारेमा बोलीएका र लेखीएका पाठहरुको ठेली भेट्न कसैलाई गाह्रो नहोला । किनकी कानून र न्याय भनेको मानव सभ्यताको विकाससंगै संसारभरीकै मानवजातीले अंगिकार गरेको एउटा यस्तो प्रणाली हो जसलाई संसारका कुनैपनि देश र सभ्यताले अत्यधिक महत्व र आदरकासाथ अनुशरण गर्ने गर्छन ।

एकदमै प्रसिद्ध व्यक्ति नभएपनि टर्कीका दसौं राष्ट्रपति Ahmet Necdet Sezer को एउटा भनाई पनि निकै लोकप्रिय छ। जुन यस्तो छ: “We shouldn't waste any more time in making sure that democracy is properly rooted in our political life and the supremacy of the law becomes an integral part of our state's structure. ”

कानून र न्यायपालीकाको सर्बोच्चताको बारेमा यति बिध्न कुराहरु लेखीईसकेको र बोलीईसकेको छ कि बास्तबमै यस बारेमा कसैले कुनै कुरा थपघट गर्ने ठाँउ समेत पनि छैनन् । कुरालाई एकै वाक्यमा सक्दा, प्रजातन्त्र वा लोकतन्त्रको मूल आधार नै कानुनको सर्बोच्चता र न्यायपालिकाको स्वतन्त्रतामा अडेको छ ।

यता संसारभरिका मानिस कानूनी सर्बोच्चतालाई मानेर हिँडिरहँदा उता हाम्रा विद्वान अर्थमन्त्रीले भने आज “न्यायालय सबैभन्दामाथि रहे लोकतन्त्र खतरामा पर्ने” नयाँ सिद्धान्त प्रतिपादन गरेर सबैलाई आश्चर्य चकित पारेका छन ।

हुनत, माओबादिले लोकतन्त्रको कुरा गर्नु नै एउटा अन्तराष्ट्रिय ठट्टा हो, त्यस अबस्थामा ‘न्यायालय सबैभन्दा माथि रहे लोकतन्त्रमा खतरा आउने’ भन्ने उनको कुरा सुन्दा माओबादीको प्रजातन्त्र भनेको कस्तो हो भन्ने कुरा सबैलाई छर्लङ्ग भएको हुनुपर्छ । पशुपतिको पूजारी देखी न्यायलयका न्यायाधिश र सेनाका प्रमुख समेत कानूनको भन्दा माओबादको ठाडो आदेशको जबाबदेहि बनाउन खोज्ने मनाशायले भएका यस अघिका र हालैका सबै घटनाक्रमले माओबादीको ‘लोकतन्त्र’ को परिभाषा प्रष्ट्याई सकेको छ । माओबादीको परिभाषामा लोकतन्त्र, प्रजातन्त्र वा कानून न्याय सबै भन्दा, सायद माओबाद नै सर्बोच्च होला। वा अझ प्रष्ट गर्दा कानून र न्यायपालीका माओबादको ईशारामा नाच्नु पर्ने होला ।

तेह्रौ शताब्दी भन्दा अगाडीको मानसीकता र बिचार बोकेर विश्‍वको सर्बमान्य सिद्धान्तलाइ समेत लत्याएर हैकमबाद चलाउन खोज्ने यो भन्दा बढ्ता प्रतिगमनका कुरा सायदै कहिँ कसैले गरे होलान ।

अब यी केवल शक्तिको सर्बोच्चता मात्रै स्विकारने र त्यहि पुराना कुहिएका बिचार अनुसरण गर्नेले नयाँ नेपाल बनाउँछौं भन्दा चाहि के कस्तो नयाँ नेपाल बन्छ कसैले गहिरिएर सोच्नु आवश्यक छैन ।

अर्थमन्त्रीज्यू अर्थ न बर्थका कुरा छोडनुस र विश्‍वको ईतिहास पढ्नुहोस । कानूनको सर्बोच्चतालाई नमान्ने र न्यायपालिकामा हैकम राख्न खोज्नेहरु बिस्तारै त्यहि कानूनकै पकडमा परेका र न्यायपालिकाको आदेशमा धुलो चाट्न बाध्य भएका धेरै घटनाहरु तपाईले पाउनु हुनेछ । कसैको पनि सधैं ‘राज’ चल्दैन र चल्न सक्दैन भन्ने त तपाईलाई आफ्नै देशको घटनाले पनि सिकाउनु पर्ने हो ।

अन्तमा, माओबादीहरुले पशुपतिलाई नमाने पनि म पशुपतिनाथसंगै तीनलाई कानूनलाई कठपुतली बनाउन खोज्ने बुद्दी नआओस र न्यायपालीकालाई पनि अंकुश लगाउन खोज्ने तेह्रौ शताब्दीको बिकृत ‘प्रतिगमन’ को भुतले छिट्टै छाडोस भन्ने प्रार्थना गर्छु । ।



March 28, 2009

अध्यारोमा एक घन्टा


हामीलाइ अध्यारो त किन मन पर्छ र । तर याद गर्नुहोस त, तपाइले कती पटक बत्ति बालेर त्यसै छाड्नुभएको छ? । चिन्ता नगर्नुहोस यसरी बेकारमा बिजुली खेरा जान दिने तपाइ मात्रै एक्लै हुनुहुन्न। संसारमा घरका बत्ती र कम्पियुटरले कुल २०% बिजुली उपभोग गरिरहेका हुन्छन। तपाइले बिना कारण बत्ती या कम्पियुटर खुलै छोड्नुभएन भने ५ प्रतीशत बिजुली सिधै जोगिने रहेछ। नेपालमा दिनको १८ घन्टा लोडसेडीगं हुन्छ, बिजुलीको हांहाकार को कुरा गर्नु त इन्द्रको अगाडी स्वर्गको बयान जस्तै हो। तर फजुल बिजुलीको उपयोग जांहा पनि घटाउन सक्नुहुन्छ। नेपालमा पनि त्यसरी नै बिजुली बचाए १७ घण्टा पो हुन्थ्यो की लोडसेडिगं?


आजको लोकल टाइम ८:३० देखी ९:३० तेस्रो पृथ्वी समय हो। अर्थात जांहा जांहा ८:३० बज्छ, त्यहां एक घण्टाको लागी अन्धकार बनाइन्छ। यो कोही आएर बत्ती निभाउन उर्दी जारी गर्ने भने होइन। यो जथाभावी उर्जा खर्च नगर्ने प्रतीबद्दता मात्र हो। साथै यसले हामीलाइ बिनाकारण बिजुली खपत नगर्ने बानी पनि बसाल्छ। यो सुरूमा अष्ट्रेलीयाबाट सुरू भएको थियो। तर अहिले विश्वभरी मानिसहरु यस्को अंगिकरण गरिरहेका छन। आज मार्च २८ शनिबार पेरिसको इफिल टावर देखी इजिप्टको पिरामीणसम्म आफ्नो लोकल समय ८:३० मा एक घण्टाको लागी अन्धकार हुदैछन। Las Vegas जस्तो बिजूलिको शहर मात्र अन्धकार हुने होइन Blackberry जस्तो कम्पनीले पनि आफ्ना ग्राहाकलाइ एक घन्टा Blackberry स्विच अफ गर्न अनुरोध गरेकाछन।

तपाइ पनि एक घन्टा अन्धकारमा बसेर बिजुली कम खपत गर्न प्रतिबद्द रहने कि?। के गर्ने त अन्धकारमा?, बाहिर घुम्न निस्कने या क्यानडल लाइट डिनर खाने या अरुनै कुनै नया काम गर्न सक्नुहुन्छ। यसरी एक घण्टा अन्धकारमा रमेर तपाइ केही नया कुरा अनुभव गर्नसक्नुहुन्छ भने अनावश्यक बिजुलीको उपयोग घटाउन सक्नुहुनेछ। अनी साथीहरु के गर्नु भयो त अन्धकारमा, हामीसंग बाड्नुहोला है?



March 27, 2009

गैरी गौउमा मेरो घर

सारदा रमन नेपाल
गैरी गौउमा मेरो घर नौउ मेरो सानी
कहिले बनको घांस काट्थे कहिले भर्थे पानी
एक्दिन हाम्रो गौउमा धने कान्छा आयो
शहर को बखानको धेरै गीत गायो

बाबा नीकै लोभीनुभओ पैसा कमाउन
टीनको छाना लगाएर घर सजाउन
धने सित साहीली र म काठ्मन्दु गाको
गलैचाको कारखानामा बुन्ने काम पको

हात भरी ठेला उठे हासी हासी हसे
सानी थिए बाआमाको सपनामै बहे
अझै धेरै पैसा पाउने लोभ देखाएयर
त्यहां बाट लग्यो मलाइ देशै कटाएर

मुम्बैमा बेचीयको थाहापाइन मैले
यसै जुनी डुब्छ क्यारे गुहार पाइन मैले
फुत्त उडी भागु भने म त चरी होइन्
कोठी बाट उम्कन बाटो मेरो छैन