आचार्य प्रभा
इच्छ्याहरुसङै कैदी भएँ पिंजडाको सुगा झैँ
पखेटाबिहिन भएँ म पिंजडाको सुगा झैँ ।
बोल्न त बोल्छु त र बोलिको औचित्य छैन
मनोरन्जनको बस्तु भएँ पिंजडाको सुगा झैँ ।
पंक्षि हुँ म खुल्ला आकाशमा उडिरहने सधैं
बन्धनभित्र थुनिइ रहेँ,पिंजडाको सुगा झैँ ।
आवरण सुन्दर छ,बोली पनि मधुर नै छ
भाग्यको दासी भएँ कठै! पिंजडाको सुगा झैँ ।
(गजल ग्रुपमा समर्पित आज मात्र रचेको यो गजल )
Read more!
July 2, 2009
इच्छ्याहरुसङै कैदी भएँ
Posted by
Dautari Admin
at
2:27 PM
0
comments
खल्ति कि प्रवृत्ति ? कि लँगौटी ?
Nepal bans airline staff pockets
Staff at Nepal's main international airport are to be issued with trousers without pockets, in an attempt to wipe out rampant bribe-taking. Officials said there were growing reports of bribe-taking at the airport The country's anti-corruption body said there had been growing complaints about staff at Kathmandu's Tribhuvan airport. A spokesman said trousers without pockets would help the authorities "curb the irregularities".
स्रोत: http://news.bbc.co.uk/2/hi/south_asia/8126110.stm
ओरालो लागेका मृगलाई बाच्छाले पनि लखेट्छ भन्छन् । मुलुक हत्या, अपहरण, फिरौति असुली, दण्डहीनता, राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरणले घाँटीसम्म डुबिसक्यो । राजनीतिको जोड घटाउमा माहिर हाम्रा देशका भक्षक खेलाडीलाई अरू केही कुराको चासो हुने कुरै भएन ।
देशमा कानून छ , कानूनका मठाधीशहरू कसरी पैसा र प्रभावका बलमा कानूनलाई फूटबल झैँ प्रहार गर्न सकिन्छ , कलाबाजी सिकाउँछन् । देशमा पुलिस छ , कसरी अपराधलाई लुकाउने र अपराधीलाई उम्काउने सूत्रहरूको लिलाम बढाबढ गर्छन् । देशमा जनताको करले पालिएको ठूलो संख्यामा कथित राष्ट्रसेवी कर्मचारी छन् , जसले अड्डा र अफिसमा बल्छि थापेर हात र मुखको जोहो गर्न उपाय खोजी गरिरहेका निरिह जनताको बाटो ढुकेर ढडिया भर्छन् । देशमा राजनीतिक दल छन् , जसले जनतालाई ‘बाँच्ने होस् भने भोट दे’ भनेरै लोकतन्त्रको श्राद्द गर्छन् । देशमा प्रसासन र सरकार छ , जसले त्यहाँ पुग्न पाएको नै जनतालाई झिरले रोपेर तिनको शरीरबाट रगतका थोपा निचोरेर असूल्नु हो भन्ने रावण बुझाइ राख्छ। यस्तो मुलुकको अख्तियार दुरूपयोग नामको नियोगबाट कता न राम्रो गर्नलाई भएको हो कि झैँ गरी एउटा उट्पट्याङ् आदेश आयो “ एयरपोर्टमा हुने भ्रष्टाचार रोक्न त्यहाँका कर्मचारीलाई खल्ति भएका लुगा लगाउन नदिने” ।
कस्तो निम्न बुद्दि ब्रष्टाचार रोक्न बसेको सेतो हात्ति अख्तियारको ? यो कस्तो बुद्दि हो ? कस्तो उपाय फुरेको हो मान्छेका मगजमा, तो पनि यति बिघ्न उच्च तहमा बस्नेहरूको ? भ्रष्टाचार खल्तिले गर्ने हो ? त्यसो हो भने त सर्वाङ्ग नंग्याएर राख्दा राम्रो होला नि !
अख्तियार नामको यो पाखण्डी आयोगका जमातहरूले यस्तो हास्यास्पद निर्णय गर्नु पूर्व , यस्तो समाचार अन्तर्राष्ट्रिय मिडियामा पुग्दा देशको बद्नाम कुन ढंगले होला भनेर सोच्न पनि नसक्नु आँफैमा उदेक लाग्दो छ । कानून , व्यवस्थाको ह्रास र दण्डहीनताको तो कुरै छोडौँ , मुलुकमा रहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा हुने भ्रष्टाचारको समाचारलाई खल्तिबिनाको पहिरन मार्फत रोक्न खोजेर अख्क्तियारले, कर्मचारीलाई खल्तिबिहीन बनायो बनाएन थाहा भएन ,तर नेपाललाई पहिरनबिहीन निर्लज्ज भने पार्यो नै । हैन यो देशमा सन्तुलित दिमागधारी मान्छे नै बाँकि रहेन्न कि कसो हो ? किन हामिले गर्ने हरेक काम र कुरा हरूका लागि परिहासका कथा बन्न पुग्छन् ?
भ्रष्टाचार र घूषखोरी हाम्रो जीवनको अभिन्न प्राण बनिसक्यो । यसलाई हटाउने हो भने हाम्रो प्रवृत्ति सुध्रिनु पर्ने हो । हैनभने विमानस्थलमा लगौँटी मात्र लगाएका कर्मचारी पठाएरै पनि , स्थति सुध्रिन्छ भन्ने कामना कसैले गरेको छैन। खल्ति नभएका कपडा लगाएर भ्रष्टाचार रोकिन्छ भने मुलुकभर पाकेट र झोलामा प्रतिवन्ध लगाउने कानून बनाउँदा पनि हुन्थ्यो ! तर कस्तो बुद्दि दिमागमा बोकेको जिमराजले यसो गर्दा भ्रष्टाचार हुन्न भन्ने सोचेर यस्तो निर्णय गराएको होला ? यसो गर्दा विमानस्थलमा हुने भ्रष्टाचारको कुरामा एक थोपो सुधार त पक्कै आएन होला तर , यो समाचार अष्ट्रेलियादेखि बेलायत र संसारभरिका मिडियमा , एउटा मजाकिया खबरको रुपमा छरिँदा हाम्रो एक मात्र अन्तर्रष्ट्रिय विमनास्थलको बिजोग कहानी छताछुल्ल भने अख्तियारले बनाएरै छोड्यो । घूसखोरीको कारक खल्तिमा भेट्टाएर, अख्तियारवालाले आफ्नो पंगूपनको परिचय बाहेक केही देखाएनन् बरू वास्तविक समस्यामा कुनै असर नै नहुने यस्तो स्थितिमा, ‘हगाइ भन्दा पदाइ’ ठूलो हुने झै गरी , भ्रष्टाचार कम गराउन यस्तो २ पैसे बुद्दिको उपाय सुझाएर , अन्तराष्ट्रिय रुपमै नेपालको बेइज्जतीको यो तमाशा गराउने अख्तियारवाला हरूलाई उनीहरूको लाज छोप्न लगौँटी उपहार दिने हो कि !
Read more!
Posted by
एकलव्य ( Eklavya)
at
5:55 AM
7
comments
July 1, 2009
देश बेच्ने पार्टि रित रैछ
सुमन बगाले
गाउन जाने जिन्दावाद पार्टिको गित रैछ
पुग्न सके वालुवाटार नोठको जित रैछ ।
लुछाचुडी नेताहरुको मारमा परे जनता
देश बेची भुडी भरेपनि पार्टि हित रैछ ।
भ्रस्ट र अपराधि दिनहुँ जसो बढेका छन्
पुलीस प्रशासन र नेता यिनकै मित रैछ ।
आन्तरिक द्धन्दले विलायो नेपाली अस्तित्व
देशै हुसु्रदापनि नमेटिने कस्तो धित रैछ ।
सिमनाका रेखाहरु पार्टि अनुसार बदलिन्छ
सत्ता पिच्छे देश बेच्ने पार्टि रित रैछ ॥
सुमन बगाले आबुँ खैरेनी तनहुँ
Read more!
Posted by
Dautari Admin
at
7:10 AM
1 comments
June 30, 2009
साझा, माइसन्सार र दौतरी

(लौ कोही आउनुभएन, हजारौं पाइलाको लागि । त्यसैले एउटा मनकुन्तर टासेको छु, फेरी आँफै । अब पुरस्कार मलाई नै त होलानी । कि, चाहिने भन्दा बढी भयो भनेर गाली हो ? लौ, आखिर जे होस् । )
आज भन्दा कारीब पाच साल अगाडिको कुरा हो । म भर्खरै स्वदेश छाडि यो "परदेश" पसेको थिए । बिदेशिएको छोरोको पीर पर्यो होला भनी बाबा-महातारिलाई पत्र पठाम् भने यो सात समुन्द्र पारीबाट कुन चरिले लगिदेला ? श्रीमती त काठमान्डौमा थीइन । फोनको सुबिधा थियो, यसो गरियो । हाजातमा राम्रै सँग परदेश आइपुगेको बताइयो । तर गाउमा हुनुभएका बिचरा आमा-बुवाले आफु आइपुगेको खबर कसरी पाउनुहोला भन्ने कुराले मन पिरोलिरन्थ्यो । अचानक, जिल्ला सदरमुकाममा रहेका आफ्ना मित्रलाई इमेल लेखी पठाइ सुचित गराउने उपाय मनमा पलायो र त्यसै गरियो पनि । परदेशमा छोएको त्यो कम्प्युटरलाई माउसले स्क्रीन बन्द गर्दै जादा साथीले बन्द नगर्नुभएको साझा डट कम मा मेरो नजर पुग्यो । यसो हेरियो, नयाँ-नया बिषयहरुका सटिक सम्प्रेशणहरु अनी केही जानकारी, झट्ट हेर्दा रमाइलो नै लाग्यो - साझा ।
साझामा त्यतिबेला ठरकी दादा, बसन्त गौतम, नेपालीयन, राहुलभाइ, शिरीष, शिवप्रकाश, गोतामे लगायत सयै नेपाली मित्र तथा दाजुहरुको गजल र नौलो अनी रमाइलो "चौतारी' खुबै रमाइला रहेछन । जानी नजानी साझाभित्र केही कोरिन थालियो । अनोक समाएका हातहरु कबि बन्ने ध्याउन्नमा बोस्टनको जाडोमा प्यलाको साथमा अरुको गजल पढ्दा खुबै मजा आएको थियो । अत: बिस्तारै गजल पढ्ने बानिले साहित्यको बिद्यार्थी बनायो । साझाकै थ्रेडमा बोस्टनमा हुने साहित्यिक कार्यक्रमको प्रचारको जालोले राहुलभाइ दाजु सँग फोनमा बार्ता गर्ने अबसर जुरायो । त्यसताका ब्लगको हावा भर्खरै लागेको थियो मलाई । साझामा नै बिज्ञापन गरेर अहिले स्वघोशित "बादशाह" बनेका माइसन्सारका संचालकको बारेमा पनि जानियो, साझामा बिज्ञापन हेरेर । मनमा पलायो एउटा बिचार कि, किन साझा-चौतारीमा मात्रै लेख्ने ? माइसन्सार तिर पनि कलम चलाऔ भनेर दुई चार वटा लेखिएका खेस्राहरु "उमेश"को नाममा पठाइयो । तर आएन । लेख प्रकाशित नभएर रिसाएर ब्यथा पोखेको होइन, मित्रजन । त्यो संसारमा लेख्ने पनि मेरै र म जस्तै नेपाली दाजु भाई थिए । तर त्यों संसारले राजनीतिको बिल्लाको भरमा उसका पक्ष-पोसकहरुको "पूजा" मात्रै सुन्न थाल्यो र हाम्रा कसरतहरु उमेशले कहिल्यै राम्रो ठानेनन । अझ भक्तिभाबमा लेखिएका सामाग्रीहरु प्रतिका हाम्रा कमेंटहरु पनी डिलीट भए । मलाई यो ध्रुबसत्य भन्न बडो चित्त दुख्छ र पनि भन्नु पर्छ, हाम्रा पैसाले न्यूयोर्कमा राष्ट्रियताको बखान गाउन आएका "प्रचन्ड" ले पादेको सरी छपाउने त्यो माइसन्सारले परिवारको ममता गुमाएको कुनै परदेशिको ब्यथा छपाउन ठीक ठानेन ।
कतारको खाडीमा बगेको पसिनाको कथालाई सहि ठानेन । जर्मनमा पासपोर्ट हराएका साथीको बेदना सहि ठानेन । अमेरिकामा शरणार्थी भएका बा-आमाको कहानी लेखाउनु उचित ठानेन । आज कम्प्युटर केही जानेको छु र म यो अर्को ध्रुबसत्य कुरा भन्छु, कम्प्युटरमा डिग्री हासिल गर्ने कयौ ब्लगर आदरणिय दाजुहरु चिनेको छु आज र पनि भन्नै पर्छ, यो सत्य कि, एउटा ब्लग चलाऊन कती पैसा लाग्छ ? म त भन्छु, एक सुका पनि लाग्दैन । तर, बेचिएकी चेलीको कथा लेख्न भुलेर, माइसन्सार "ब्लग चलाऊन सहयोग माग्दै, पे-पाल अकाउन्टको शिर्शक" राख्न सम्म पछी पर्दैन । हो, पत्रकार कोही हो भने खर्च लाग्छ नेपालमा तर जनताको लागि कुनै ब्लग खुलेको छ भने भिक्षा माग्नु उचित होइन ।
राहुलभाइ एक जना जानकार र सिद्धहस्त लेखक हुनुहुन्छ । उहाको "चिलिम" एक जमनामा बहुतै चर्चित थेगो थियो, साझा चौतारीमा । एक दिन फोनमा दाजुलाई मैले भने - "दाइ, एउटा साझा ब्लग चलाऊनु पर्यो, चौतारीका सारा सहकर्मि मिलेर ।" तर यो कुरा पुरानो भैसकेको रहेछ । दाइले भन्नुभयो -"भाइ, "दौतरी" सुरु भएको छ नि त । " यो कुरा भनिरहदा यो लेख हजारौ पोस्ट होला र मैले ताली पाउला भनेर गमक्क भएको कदापी होइन, म । तर, दाजुको त्यो उत्तरले खुशीको सीमा रहेन । "दौतरी डट ओआरजी" हानियो, अनी देखियो, पढियो, खुशी भइयो । र आज दौतरिमा कतारका भाईहरुको पनि लेख पढ्न पाइएको छ । जापानबाट दाजुले लेख्नु भएको गजल पनि पढ्न पाइएको छ । बम्बैमा बेचिएकी बहिनिको बेदना पनि पढ्न पाइएको छ । त, यसरी कसैको द्वेश हटाउन होइन कसैका कथित "सन्सार" लाई पर-पर घचेड्दै दौतरी अघी बढेको छ, बढेको छ ।
माइसन्सारको भाउ यो मध्यरातमा लेखियो भनेर म मित्रहरुलाई गर्धन नफुलआउन अनुरोध गर्दछु । भनिन्छ नि, जब मान्छेले मान्छेलाई मान्छे भनेर गन्दैन तब मान्छेले मान्छे हुन मान्छेकै साहारा लिनु पर्ने रहेछ । यसकारण, यो एउटा तितो सत्य मात्र हो । दौतरिको यो सफलताको हजारौ पाइलाहरुमा साथ दिने सयौ साथीहरुको माझमा सान्दर्भिक ठानेर मात्र राखेको हुँ, मात्र एउटा सत्य । तर यो हिनताबोध होइन । कपुरि क सिकेर पनि आज हाम्रा भाईहरु हामीले पुज्ने चंद्रमामा बस्ती बसाउदै छन भने माइसन्सारको त्यो हेपाइ एउटा मामुली उदाहरण र झसका हो भन्दा अनुपयुक्त नहोला । उनले हेपे पनी उनी हाम्रा साख्खे भाई हुन । हामीमा त्यति ममता छ, जून ममता दौतरी मार्फ़त हामी सबैले दर्शाउदै आएका छौ ।
आजकाल फुर्शदले खुबै ब्लग पढिन्छ । ब्लगका ति लेखहरु पढ्दा लाग्छ, मान्छे आफ्नो आवाज धसार्न अब कसैको पिछलग्गु भएर पक्कै लाग्दैन, केबल एउटा बेदनाको बिसर्जनका खातिर । सामाजिक आवाज बुलंद गर्न हजारौ ब्लगरहरू "आफ्नै संसार" लिएर /भएर मुखरित भएका छन ।
पाच बर्ष ठ्याक्कै भएछ, बिदेश आएको । साथीलाई आफु आइपुगेको खबर दिलाउन इमेल लेख धर्मराउने हाम्रा हातहरु आज तिरस्कारलाई सहन नसकेर गज्जबको लेखायती झाप्पड हान्न लालायित भएका छन । त्यसैले, देश रुदा हामी परदेशिको मन रुदो रहेछ । त्यही रुने मनलाई बिसाउने एउटा साझा चौतारी बाट शुरु भएर, दुनियाँका रैतिका संसारहरुलाई पार गर्दै दौतरी जनताको आवाज बोल्ने ब्लग (माध्यम) भएको छ । चाहे, साहित्यको रुपमा चुहाइएको आशु होस् या चेतनामा जलजलेको बिचार । सबैका हातबाट लेखिएका ति भावनाहरू, बेदनाहरु अनि परदेशिका आवाजहरू एकिकृत रुपमा एउटै आगनमा सर्लक्क पाउदा म जस्तै अरुका मनहरु पनि अबश्य फुरुङित होलान । दौतरिलाई धेरै धेरै शुभकामना, यि हजारौ पाइलाहरुका लागि ।
Posted by
खुल्लामन्च
at
12:33 AM
26
comments
Labels:
अभिव्यक्ति
June 29, 2009
देऊ !
गल्ती मैले मात्रै गरेको हो भन्ने लाग्छ भने, मलाई फासी देऊ,
होइन, ठिकै गरेको रहेछु भन्ने लागे, भेट्दा कतै हासी देऊ !
मरी सक्यो त्यो भन्ने लाग्छ भने, मेरो चित्र चौबाटोमा टासी देऊ,
नहुनेहो मिलन भने, तिमी सँग भएको मेरो बीउ पनि मासी देउ !!
मात्र टुट्यो, छैन छिनेको त्यो मन भने, बिन्ती एक चोटिलाई गासीदेऊ
फाटेको हो मनमा धाजा भने, निस्ठुरी बन, मेरो दिल अझ भासी देउ !!!
गल्ती मैले मात्रै ......!!!
Read more!
Posted by
खुल्लामन्च
at
11:20 PM
1 comments
हामीमा क्रुरता पुगेन रे
हाम्रो प्यारो नेपाल,सुन्दर शान्त बिशाल त अब पूस्तकमा पनि पढ्न पाइन्न की? अब जस्लाइ शनक चल्यो त्यही गर्ने चलन छ, साच्चै भन्नु पर्दा भोली के हुन्छ नेपालमा पशुपतीनाथलाइ पनि थाहा छैन,मैले किटेर नै भने। नेपाली समाचार साइट चाहारेर समाचार सुन्दा एकादेशमा भएको घटना जस्तो लाग्छ। दिन दुगुना रात चौगुनाको दरले घटनाक्रमले फट्को मार्छन। एउटा हुल भेला हुन्छन,तिनीहरुको माग तिनीहरुलाइ नै थाहा हुन्न। अनी तिनीहरुको लिडर कसैलाइ पत्तो हुन्न। कोही बिदेशीको हात भन्छन कोही प्रतीगमनको हात भन्छन,हुन त को हो तर हात चाही बलियो नै रहेछ। त्यो बलियो हातले बदमासहरुलाइ २,४ थप्पड लगाएर केही सबक सिकाय कस्तो हुन्थ्यो होला?
हुल र जमात कै कुरा गर्दा हाल सालै समाचार छापामा छाएको कुरा गर्न मन लाग्यो। नेपालमा म्रित्युदण्ड चाहियो रे। शुरुमा मृत्युदण्डको कुरा साझामा देखें। लाग्यो कुन चाही बियरले मातेर साझामा हौवा फिजाउदै छ। त्यस पछि केही ब्लगहरुमा देखे। लाग्यो हावा त लागेकै रहैछ र पो पात हल्दिंदै छ। तर सोचें कुन नया नेपालका ठेकदार रहेछन मृत्युदण्डको वकालत गर्ने। साच्चै भन्नु पर्दा आजकाल आफुलाइ नया नेपालको गोठालो जस्तो लाग्छ। नया नेपाल मेरो लागी कालो अक्षर भैसी बराबर छ। कांग्रेस एमालेले २०४७ मा संबिधान बनाए। अहिले संबिधान सभाको चुनाव गराएर तिनै पून नया संबिधान बनाउन कस्सिएका छन। धरोधर्म यो किस्ताबन्दी रुपमा संबिधान किन बनाइन्छ मैले बुझेको भए मार्दिउं। तर यो किस्ता बन्दी संबिधान कुनै बेलाका बम्पर योजना जस्तै भएको छ। बम्पर उपाहारको टिकेट बेचेर चिठ्ठा नै नखोली फरार भए जस्तै नेताहरु संबिधान नै नबनाइ हराउलान जस्तो छ। अब यो म्रत्युदण्डको वकालत गर्ने हुलले चाही के गर्ने हो कुन्नी ?
गएको आइतबार एक जना मित्रको बिहेमा जन्ती जाने मौका मिल्यो। बेहुला बेहुली जगिएमा ब्यस्त भए पछि एउटा कुनामा सानो जमात बनाएर हामीलाइ गफमा ब्यस्त तुलायौं। गफ के १० मिनेट अगाडी बढेको थियो, मेरै छेउका मित्र कुर्लिए नेपालमा मृत्युदण्ड चाहिन्छ। भगवानको क्रिपा पनि ठुलै रहेछ। नेपालमा म्रित्युदण्डको मागलाइ हौवा मान्ने म मेरै अगाडी मृत्युदण्ड माग गर्ने नया नेपालका एक मिस्त्रीको दर्शन मिल्यो। तिनी मिस्त्रीलाइ शिर देखी पाउसम्म हेरें। खेरौ छला भएका लिखुरे अनि पेट पूक्क बहिर निक्लेको नेपाली नभए पनि नेपाली नै देखिने ५ फुट ५ इन्चका मर्द खडा थिए। लाग्छ मृत्युदण्ड माग्ने जुलुशबाट टपक्क टिपेर कसैले जन्त पठाए जस्तो।
मेरै सामिप्यमा भएका मित्रको बेकुफ दर्शन सुन्दा मैले सिधै भने,नो नो नो नो नो। तपाइ मान्छे भएर अमान्छे कुरा गर्दै हुनुहुन्छ। कसैको जिबन लिने तपाइसंग केही अधिकार छैन। उनीले मेरो बोली काटे,ख्याती जस्तो एउटा निर्दोष बिध्धार्थीलाइ क्रुरतापूर्बक मार्नेलाइ मृत्युदण्ड चाहिन्छ। प्रजातन्त्रको नं एक देश अमेरिका मै हेरौं न। उनले सिधै आफ्नो बिचारको बलियो दलिन तेर्साय। मेरो छेउको अर्का मित्रे भने ओबामाले २३ वटा गलत मृत्युदण्ड सच्चाएको तपाइला थाहा छ? ति नया नेपालका मिस्त्री चुप लागे। मैले तिनीलाइ सिधै भने उपेन्द्र महतोको बाउ राम आशिस महतोले १५ बर्षकी नानीलाइ हातपात गर्दा प्रहरी प्रशासनले बचाएर लुकाउंदा केही नबोल्ने अनि ख्याती श्रेष्ठलाइ मार्दा मृत्युदण्ड चाहिने? भएको कानुन लागु गर्नुछैन तपाइ कसरी नया कानुन पालनाको ग्यारेन्टी गर्नुहुन्छ? कहीं एउटा मान्छेको लागी नया कानुन बनाउने पनि काइदा हो? तपाइको घरमा खाना छैन चामलको बन्दोबस्त गर्नुहोस मासुखाने सपना त्यागीदिनुहोस,मैले यसरी नै भने।
यिनी नया नेपालका पक्का मिस्त्री रहेछन,उनीले मृत्युदण्डको बलियो आब्श्यक्ता त भनेनन तर अब नेपालमा मृत्युदण्ड चाहिन्छ चाहिन्छ भनेर दो्र्हाए। नया नेपालको एक गोठालो म अबाक भएं। के गर्न,उनको पनि एकै भोट हो मेरो पनि एकै भोट हो। उनीले नया बिचार दिए मैले दिइन। नया नेपालमा सुनुवाइ उनकै बढ्ता हुन्छ किनकी उनकै बोलीमा नयापन छ।
आमजनताले के भन्छन कुन्नी। तर आमजनताको चाहानाको त मतलब कांहा छ र? पार्टीका टाउकेले जे चाह्यो त्यो नै आमजनताको चाहना हुन्छ। हेरौं यो मृत्युदण्डको माग कता पुग्छ?यदी नेपालमा मृत्युदण्डको शुरुवात गरे त्यो केबल आफ्नो बिरोधीको सफाया गर्ने माध्यम बन्नेछ।
Read more!
Posted by
nepalean
at
9:39 PM
2
comments
तिम्रो आगमन
मनभित्र छताछुल्ल छालहरु
झन् तिम्रो आगमन ले
उच्क्षृंखल अनि अनियन्त्रित बन्छन् ।
सुनसान यो साँझमा
कुन गर्भवाट निस्कन्छौ,
तिमी सन्नाटालाई चिर्दै ।
घाम डुब्न लाग्यो हेरन ,सायद
त्यसैको लाली चोरेर आयौ कि
गाढा ओठ टोक्दै ।
झ्याउँकिरीको साम्राज्य छाइसक्यो
नदीको सुस्केरा लिँदै भन्छौ
केही मिठो वात गर न ।
झकमक्क झकमकाए ताराहरु
त्यै चम्किलो तिम्रो भागमा
टिप्ने जिद्दी छाडिद्यौ न ।
कालोरात छिप्पीसकेछ हेरन
अंन्धकारमा हरायौ तिमी
मिठो सपना सँगै ।
Read more!
Posted by
quest4destination
at
9:05 PM
2
comments
दौंतरी यात्रा र एक हजारौं पोष्ट
अपडेट: दौंतरीमा १००० औं पोष्ट छापियो ।
यस पटक केहि कुरा दौंतरीकै बारेमा लेख्न मन लाग्यो ।
२००७ को अक्टोबर महिनाको कुरा हो, साझामा विविध विषयमा छलफल हुँदा-हुँदै, अचानक केहि दौंतरीहरुलाई, यो अरुले लेखेको कुरामा नकारात्मक कमेण्ट गरेर र यसो भएन वा त्यसो भएन भनेर दोष दिनु भन्दा आफैंले पनि सकारात्मक शुरुवात लिएर केहि गरौं भन्ने जोस आयो । हुन पनि हो, गलत कार्यको विरोध गर्नेमै सेलाउने उर्जालाई आफैं सहि कार्यमा खर्चनु भन्दा रचनात्मक कुरा अरु कुनै थिएन र छैन पनि ।
अनी त्यो सकारत्मक शुरुवातकोलागि जोस्याउने र जोस्सीनेमा आफू पनि परेकोले करिव करिव शुरु देखी नै दौंतरीमा जानी-नजानी आफ्नो कलम चलाउँदै आएको छु ।
रमाईलो कुरा के भने, ब्लग शुरु गरेपछि भने साझामा भेटीने साथीहरु को कता हुनुहुन्छ र के कस्तो क्षेत्रमा सामेल हुनुहुन्छ भन्ने एक-आपसमा पनि कसैलाई थाह नभएकोले शुरुका केहि समय सर-सल्लाह र विचार आदान-प्रदान गर्न अलिकता अलमल पनि भयो । त्यत्तिकैमा नेपालियनजीले अक्टोबर ७ मा Welcome शीर्षकको पहिलो टाँसो टाँसेर दौंतरीको शुरुवात गरिदिनु भयो र म लगाएत साझामा वहसमा सामेल हुने सबै साथिहरुलाई दौंतरीमा लेख्न निम्तो पनि पठाउनु भयो । मेरो व्यक्तिगत कुरा गर्ने हो भने दौंतरी जन्मेको दोश्रो दिन अर्थात अक्टोबर ८ मा मेरो पहिलो पोष्ट स्वतन्त्रता र स्वछन्दता दौंतरीमा टाँसीएको थियो ।
गएको सप्ताहअन्तमा चाहिने भन्दा बढि फुर्सद भएकोले करिब २ बर्ष पहिला छापिएका शुरुवातका केहि पोष्टहरु पढें, पुराना यादहरु ताजा भए र निक्कै रमाईलो पनि लाग्यो। अचानक मेरो ध्यान पोष्टको संख्यामा गयो, त्यतिबेला दौंतरीमा छापीई सकेका पोष्टको संख्या ९५० भन्दा बढि भैसकेका थिए । हुन त संख्या मात्रै प्रगतीको सूचक हैन, तर यो विचार आदान- प्रदानको श्रृखंला, यो पोष्ट छापीदाँसम्मको हिसाब गर्ने हो भने ९६९ हुनेछ, जुन आशलाग्दो कुरा भने पक्कै पनि हो नै ।
संसारभरी छरिएर रहेका र देशलाई माया गर्ने नेपालीहरुको साझा अभिव्यक्तिको स्थल बनाउने सोचका साथ शुरु गरिएको यो ब्लगले गर्नु पर्ने धेरै बाँकि छ र यसका अगाडि चुनौतीहरु पनि छन। तर कुनै वाद विशेष वा गुटको लागि नलेख्ने र समष्टीमा नेपालीहरुको साझा अभिव्यक्तिको थलो बन्ने हिसाबमा प्रतेक दिन ५०० जना भन्दा बढि आगन्तुको आगमन हुनुलाई पनि मैले भने शुरुवाती शुभ सूचककै रुपमा लिएको छु ।
पोष्ट लेखीने र छापिने औसत दरलाई हेर्ने हो भने आजको करिव तीन हप्ताको अबधिमा दौंतरीले १००० पोष्ट नाघ्ने छ । सो को गन्ती गर्न आजैबाट मैले साईडबारमा एउटा सानो ‘दौंतरी कोसे ढुङगा’ भन्ने सूचकांङ्क राखेको छु, हेर्दै गर्नुहोला । अन्य दौतरी साथीहरु र कमेण्ट मात्रै लेख्ने वा पढ्ने मात्रै साथीहरुलाई पनि आफ्नो बिचार र रचना दौंतरीमा प्रेषीत गर्न म स्वागतका साथ आह्वान गर्छु । शुरुकै पोष्टमा नेपालियनजीले लेख्नु भए जस्तै दौंतरी लेख्ने र पढ्नेको समुह भएकोले कोहि पनि यसमा संलग्न हुन र बिचार राख्न सक्छन ।
दौंतरी १००० पोष्टको संघारमा पुगेको यस घडीमा, यसका सबै सहयात्री साथिहरु र विशेषगरी नेपालियनजीलाई वहाँको अथक परिश्रम र लगनकोलागि म हामी सबैको तर्फबाट हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु ।
सम्पूर्ण लेखकवर्ग, सल्लाह सुझाव र कमेण्ट मार्फत मार्ग दर्शन गर्नुहुने पाठकहरुलाई पून एक पटक धन्यवाद भन्दै १००० औं पोष्ट ‘आफ्नो पोष्ट’ बनाउने मौका छोप्न समेत समयमै सूचीत गर्दैछु :)। हेर्दै गर्नुहोस, कसको पोष्ट ‘एक हजारौं पोष्ट’ हुन्छ !!!।
Read more!
Posted by
ठरकि दादा
at
1:38 PM
15
comments
Labels:
दौंतरी खबर,
संस्मरण/ नियात्रा
अल्बर्ट आइनस्टाइन, नयाँ नेपालका जयस्थिति मल्ल र अनन्त मुर्ख्याईको सिद्धान्त
"Two things are infinite: the universe and human stupidity; and I'm not sure about the universe."- Albert Einstein
मलाई राम्ररी थाहा छ, अल्बर्ट आइनस्टाइन र नेपालको बिचमा गोरु बेचेको साईनो पनि छैन र आइनस्टाइन एक महान वैज्ञानिक भए पनि भविश्यवक्ता भने थिएनन् । तर जहिले जहिले माथिको उनको भनाईमा मेरो ध्यान जान्छ मलाई हाम्रा नेताहरुको याद आउँछ।
जनयुद्धको नाममा जनताकै घरजग्गा कब्जा गर्ने देखि लिएर जाती-पातीको भेद हुनु हुँदैन भन्दै आखिरमा जातियताकै आधारमा राज्यको पूनसंरचना गर्ने दिग्गजहरु, अनि देशको शासनमा जहानिया प्रथा रहनुहुन्न भन्दै लोकप्रिय वा योग्य नभए पनि आफ्नै सन्तान लाई मात्रै काखी च्यापेर हिंडने नेतालाई अरु कुन श्रेणीमा राख्ने हो, सोच्न सकिन्न।
एउटा भनाई छ, “ईतिहास सधैं जित्नेको बारेमा लेखिन्छ”। कुरा सोह्रै आना साँचो हो । त्यसको ज्वलन्त उदाहरण हेर्न हामीले धेरै टाढा वा धेरै पछाडि पनि जानु पर्दैन । केहि बर्ष अगाडि सम्म ‘प्रजावत्सल’, ‘जन नायक’ अनी ‘प्रतापी’ आदि अलंकारले पुराकीने नेपालको राजतन्त्र अहिले एउटै ‘निरंकुश’ विशेषणले मात्रै परिभाषीत हुन्छ, भने तात्कालीन समयमा ‘आतंककारी’ को बिल्ला पाएको गुट अहिले ‘क्रान्तिकारि दल’ भैसकेको छ ।
अलिक पछाडिको ईतिहासमा जाने हो भने तेह्रौं शताब्दीको अन्त्य तिर महान सुधारक र ‘धर्म रक्षक’ राजाका रुपमा ख्याती कमाएका जयस्थिति मल्ल हाल जातीप्रथाको जटिल व्यबस्थाका लागी सबैभन्दा बढी निन्दीत छन्।
तात्कालिन समाजको स्थिति, सोच र संरचनाको ख्याल गरेर बिचार्ने हो भने जयस्थिति मल्ल सायद सहि पनि थिए होलान। तर जयस्थीति मल्लको अवसानको सात सय बर्ष पछि फेरी जातियताकै आधारमा राज्य खडा गर्न खोज्नेलाई के भन्ने? । आइनस्टाइनकै सहारा लिनु बाहेक अर्को केहि देख्दिन म ।
यो अनन्त मुर्ख्याईको लहर अहिले गज्जब संग चलेको छ र हरेक दल र दलका नेताहरु आफूलाई नव नेपालका जयस्थिति मल्ल बनाउन लालायीत छन ।
ईतिहास मानिसले नै रच्छन, तर त्यो संगै अर्को कुरा के पनि साँचो छ भने, जसले ईतिहास रच्छ, त्यो पनि एक दिन ईतिहास बन्छ नै । माथि भनि सकिएको छ “ईतिहास सधैं जित्नेको बारेमा लेखिन्छ”, तर जित्ने मानिस सधैं टिक्छन भन्ने केहि जरुरी छैन । समयको कालखण्डमा उसलाई पनि जित्ने कोहि आएपछि त्यो ‘विजयी’ ले पनि पराजय भोग्नु पर्छ । अनी उसका ईतिहासको पून समिक्षा र पूनर्लेखन शुरु हुन्छ । त्यतिबेला फेरी आजको ‘हिरो’ भयानक ‘भिलेन’ को रुपमा परिभाषीत हुन्छ ।
यो एउटा चक्र हो, बुद्दिमान मानिसहरु यो चक्र वा दुष्ट चक्रलाई चिन्छन र ईतिहासका गल्ती दोहर्याउँदैनन् । जस्तैसुकै बेबकूफले पनि समयको प्रबाहलाई उल्टाउन मिल्छ भनेर चाहि मान्दैन।
पश्चिममा छुट्टा छुट्टै देश, आ-आफ्नै भौगोलीक सिमारेखा अनी भाषा-पद्दती भएकाहरु समेत एकल मुद्रा चलाउने र एउटै सामुहिक आर्थीक छातामा बस्ने प्रयोग सफलताका साथ चलाईरहेका बेलामा हामीहरुकहाँ क्रान्तिकारीहरु देशलाई जात र धर्मको नाममा भाग लगाउने खेलमा व्यस्त छन । यो भन्दा बिडम्बना अर्को के होला?, त्यसमा पनि देशलाई यसरी धर्म र जातको नाममा टुक्रा पार्न खोज्नेले आफूलाई आफुलाई ‘क्रान्तिकारी’ र ‘अग्रगामी’ को संज्ञा दिंदा, मलाई अल्बर्ट आइनस्टाइनको यो अनन्त मुर्खताको सुत्र झन झन हाम्रै नेताहरुलाई देखेर बोलिएको जस्तो लाग्छ ।
अंग्रेजीमा एउटा भनाई छ: “ईतिहास दोहोरिन्छ किनकि मानिसले ईतिहासबाट केहि सिक्दैन” । के हामी यो तेह्रौं शताब्दीको गलत ईतिहासलाई सात सय बर्षको अन्ताराल पछि पनि फेरि दोह्र्याएर त्यसलाई सहि साबित गर्नै लागेका हौं त? के त हाम्रो मुर्ख्याईको कुनै सिमा नै छैन त?
Read more!
Posted by
ठरकि दादा
at
9:40 AM
2
comments
Labels:
अभिव्यक्ति
June 28, 2009
मैले पोखेको आसुँ
(अमेरिका )
मैले पोखेको आसुँ समेटी अन्जुली तिमीले भर्यौ
दोधारको यो जीवन सम्हाल्न अनेकौ प्रयास गर्यौ ........,
किन हत्ते हाल्यौ यो रुखो जीवनमा
बसन्त फुलाउछु भन्दै ,
म पनि खुशीले पागल नै भएछु
तिम्रो साथ पाउने दिन गन्दै ........,
मैले भोगेको पीडा सँगाली,मुटुमा मलाई सजायौ
मरेको यो मन बचाउनलाई,मलाई आफ्नो बनायौ .........,
किन झुट बन्यौ,आफ्नै मनसँग
मलाई साँचो बचन दिइ,
म पनि हर्षले बिभोर नै भएछु
तिम्रो हातको अम्रित पिइ................,
मैले पोखेको .............
Posted by
Dautari Admin
at
2:41 PM
1 comments
अरुले झै --
प्रबिण थापा
अरुले झै आकाशको तारा गन्न सकिन
सँगै जिउछु भनेपनी सँगै मर्छु भन्न सकिन
तिमीलाई चोट लाग्द मलाई दुख्छ भनी
एेया भन्दै नाटक गरी कन्न सकिन
सत्यताको पछी पछी यथार्थमा दौडिरहे
तिमीले जस्तै झुट बोल्न धन्न सकिन
रुखो सार्हो बोल्ने म त छुच्चो मान्छे
त्यही हुनाले तिम्रो राम्रो बन्न सकिन
सम्झिएर पुराना घाऊ आक्रोसले जलेपनी
बैगुनिलाई पुर्ने खाडल खन्न सकिन
Read more!
Posted by
Dautari Admin
at
8:39 AM
3
comments
भो चाहिएन मलाई....मेरो खुशी खोस्ने कालो श्रावण!!
झरी पछिको बिहानी जस्तै
सफा मेरो मन
सिन्दुरे रहरले रंगिरहेकोबेला
मेरो आकाशमा
एक्कासी देखिएको ए! श्रावण
तेरो कालो बादलले छोपेका छन
सबै मेरा खुशीहरु
निराशाले न्यास्रिएकाछन सबैमेरा रहरहरु
मैले सिर्जेका मेरा विपना पनि
नमिठो सपना पछिको ब्यूझाई जस्तै
स्तब्ध र भावशुन्य भएकाछन दिनहरु
गल्ति थियो मेरो न्यानो स्वागतको
गल्ती थियो मेरो निमन्त्रणाको
गल्ति थियो मेरो निस्चल दृष्टिको
जस्ले सेतो पर्दा भित्रको कालो बादल ठम्याउन सकेन
बुझ्न सकेन
आखिर बादल बादल नै हो
जो बर्सिएर खहरे बाढी निम्त्याउछ!
पुग्यो चाहिएन अब मलाई
मेरो खुशी खोस्ने कालो श्रावन!
मलाई त संग मेरो आँशुको मूल्य माग्नु छ
छहराजस्तै चन्चल लाग्ने मेरा भावहरु
तेरो करतुतले आक्रोशित भएकाछन्
मेरो सृजनाको बाटोमा ह्वापल्याक्क चुक पोखेर
मध्यरातको अध्यारोमा निरन्तर
मेरो उज्यालो संसारको गला रेट्ने
तेरो कालो उपस्थिति
र बदनियतको छातिमाथि
च्वास्स च्वास्स घृणाको तीर रोप्नुछ
हरेक पलमा माया र स्नेहमा निर्लुप्त मेरा हातहरु
तेरो धृष्टताले कठोर र भावविहिन भएकाछन।
कति चोटी असह्य र वेदनाले
पोलेका स्वरहरु कराउन खोजे
किनारा रहित तेरो कालो दृष्टिले
भर्खरै फक्रिदै गरेका मेरा कोपिला अनि
मेरो सृजनाको मिठो आवाज खोस्ने प्रयास गर्यो!
ए कालो बादल!
प्रीतिको नाम मा तैले धोकाको पराकाष्टा नाघिस्
अब तेरो आडम्बरको चट्याटंग तैले नै सुन्नु पर्छ
हरेक धड्कनमा
प्रेमको संगित दिने मेरो मुटु
ढुंगा जस्तै अचेत भएको छ अचेल!
तडपिनु र पिल्सिनुको सिमा निकै तलपुगेको छ
जीवन न कसैको सहानुभूति हो
न त कसैको भिख,
तातो शरिरमा बग्ने हरेक थोपा रगतको
आफ्नै पहिचान छ
कसैको दयाले जिवित रहन चाहान्न यो
त्यसैले,ए कालो बादल !
त हटेर जानै पर्छ!
भो! अब चाहिएन मलाई
धुष्टताले भरिएका तेरा सुभेक्षाहरु
मेरो सानो संसार काफी छ
भो चाहिएन मलाई...
मेरो खुशी खोस्ने कालो श्रावन!!
आश्मा
Read more!
Posted by
me
at
1:06 AM
1 comments
Labels:
गीत/ गजल/ कविता
June 27, 2009
ॐ शान्ति , शान्ति , शान्ति !!!
वैदिक मन्त्रहरूले अन्तरिक्ष शान्ति, देव शान्ति , पृथ्वी शान्ति आदि कुराको शान्ति स्तुति गरिरहेको हामीले सुनेकै छौँ होला । अक्सर हिन्दू वैदिक मन्त्र र स्वस्ति वाचनमा ॐ शान्ति , शान्ति, शन्ति भनी ३ पटक शान्ति पाठ गरिनुका पछाडि विद्यमान कारण यस्तो रहेछ :
तीन पटक शान्तिपाठको अर्थ हो हाम