August 7, 2025
NEPAL NEWS TODAY :: नेपालको समाचार आज
August 5, 2025
बिदाई
- नवराज न्याैपाने 'माैन'
हिमालपारीका एक सुन्दर गाउँमा जयबहादुरले बीस वर्ष पढाएर अवकाश लिया । उसकाे बिदाइ कार्यक्रममा छवटै गाउँका मानिसहरू विद्यालयमा जम्मा भए । बिहान दस बजेबाट शुरु भएकाे कार्यक्रम साँझ छ बजेसम्म चलिरह्याे ।छ बजेपछि गाउँकाे सामुदायिक भवनमा बिदाइभाेजकाे कार्यक्रम राखियाे । बाइसवटा च्याङ्ग्रा र १४ बाेरा चामल ल्याएर गाउँलेले उसकाे सम्मानमा रातभर कार्यक्रम राखे । सबैले गाउँकाे समग्र विकासमा उसकाे याेगदानकाे चर्चा गर्दा उसका अाँखा अाँसुले भरिएका थिए ।
जयबहादुरकाे एउटा अाँखा थिएन । सबै गाउँहरूमा घुमेर उसले अपाङ्गता भएका,सुस्त मनस्थिति भएका र फरक क्षमता भएका व्यक्तिहरूकाे तथ्याङ्क सङ्कलन गरेर उनीहरूलाई नि:शुल्क पठनपाठन गराउन पहल गरेकाे थियाे । अनि , गाउँगाउँमा अनाैपचारिक शिक्षा ( प्राैढ शिक्षा) पनि सञ्चालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकाे थियाे ।
अपाङ्गता भएका व्यक्तिहरूलाई ऊ असाध्यै माया र सम्मानकाे दृष्टिले हेर्थ्याे । उसकाे बिदाइमा उनीहरू, भुरुधुरु राेएका थिए । शुरुका दिनमा एकान्त स्थलमा
रहेकाे विद्यालमा एक्लै बसेकाे जयबहादुरलाई पछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छाे नाम्ग्यालले अाफ्नै घरमा ल्याएर राखेका थिए ।
छाे नाम्ग्यालकी छाेरी साेनाम याङ्जी कान सुन्ने तर बाेल्न नसक्ने थिइन् । सबैले लाटी भनेर जिस्क्याउने गरेकाले उनी स्कुल जान छाडेकी थिइन् । जयबहादुरले नै उनलाई काठमाडौं पठाएर साङ्केतिक भाषा सिक्ने र लेखपढ गर्नसक्ने बनाएका थिए । छ महिनापछि फर्केर उनी पाँच कक्षामा भर्ना भइन् र राम्रो अङ्क ल्याएर एसईई उत्तीर्ण गरिन् । जयबहादुर सरकाे बिदाइमा सबैभन्दा दु:खी उनै थिइन् ।
भाेलिपल्ट खाना खाएर विद्यालय परिवार,युवा क्लब परिवार र अामा समूह परिवार सबैले गाउँकाे पुछारकाे गेटसम्म पुर्याएर सगुन चढाए । अलिकति सगुन लिएपछि उसलाई रुन मन लाग्याे । अाँसु पुछ्दै गर्दा साेनाम याङ्जीकी बहिनी छे अाङ्माेले एउटा चिठी दिइन र 'घर पुगेपछि हेर्नुहाेला है सर !' भनिन् ।
एक घण्टा हिडेपछि चाैतारीमा बसेर साेनाम याङ्जीकाे चिठी खाेलेर पढ्दा उसकाअाँखाबाट बलिन्द्र धारा अाँसु बगिरहे । चिठीकाे अन्त्यमा लेखिएकाे थियाे - 'जय सर! मेराे मुटु हजुरसँगै पहाड झर्यो ।'
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
July 26, 2025
म यस्तै छु
जोखेर र हिसाब गरेर
जीवनको बहिखतामा
मलाई जिन्दगी लेखु जस्तो पनि लाग्दैन्
बनवटी र फोस्रा आदर्श ओठमा भिरेर
देखावटी लय बोकी
मलाई जिन्दगीलाई ढाँटु जस्तो पनि लाग्दैन्
यत्ती हो म मनको सुन्छु
र मन देखि म तिमीलाई सुनीरहेको छु
निस्वार्थ निशर्त !!
यही सत्य हो
र यस्लाई प्रमाणित गर्ने कुनै आधार हुन्न
जीवन भए सम्म मृत्यु परास्त हुन्छ
र म तिमी भए सम्म जिन्दगी जित्छु
तर तिमी बिना
जिन्दगी बाँचे पनि
मुर्दा श्वास फेरे जस्तो हुन्छु
केबल जिउदो लाश
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
July 17, 2025
संघीयताबाट जनताले के पाए ?
संयुक्त राज्य अमेरिका, भारत, अष्ट्रेलिया जस्ता ठूला देशहरूमा संघीयता रहेको देखिन्छ। सानो देश नेपाल संघीयतामा जानु कतै अपरिहार्यता बेगरको संयोग पो बन्यो कि ? संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय गणतन्त्रात्मक राज्य भनी घोषणा गर्यो र संविधानसभाभित्रै एउटा ‘राज्यको पुनर्संरचना र राज्यशक्तिको बाँडफाँट समिति’ गठन गरी कामहरू भए । संविधानसभा बन्नुपूर्व छलफल बिना संघीयतामा जानुको कारण के होला ?
हाम्रो समस्या भनेको जनताले राज्य संरचनामा सहभागिता र पहिचान खोजेको अवस्था हो। संघीयता भएका मुलुकहरूमा देखिएका सकारात्मक र नकारात्मक बारेमा अध्ययन नगरी हतार-हतारमा नेपालमा संघीयता ल्याइयो । प्रदेश र स्थानीय तहको सम्बन्ध हेर्दा पनि स्थानीय तहले प्रदेशलाई वास्ता नगरे हुने खालको छ । स्थानीय तहको बजेट पनि प्रदेशमार्फत आउँदैन ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
July 11, 2025
Possible reason for Indian Airlines Accident
Aviation experts say the fuel switches that were found turned off are impossible to be accidentally turned off. They had to be in the ON position for takeoff, and then both switches turned OFF to cause the dual engine failure. They are not like light switches or push buttons that can be bumped by accident; these take an intentional multi manual effort to turn them on or off, and there is a separate switch for each engine. Unless a fire is detected, the computer does not allow fuel cut off if the plane is airborne.
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
July 4, 2025
हामीलाई विकास चाहिन्छ तर के गर्ने ?
हाम्रा गाउँहरू हिमाल भन्दा टाढा छन् र बादलभन्दा माथि छन् । त्यहाँ पुग्न दिनौ लाग्छ।
हामी ती ठाउँहरूमा सडक जोड्न चाहन्छौं। हिमालयबाट आउने खोलामाथि पुल राख्न चाहन्छौं ।
हामी हाम्रो गाउँलाई माया गर्छौं, हामी हाम्रो गाउँ पुग्न सहज होस् भन्ने चाहन्छौं। तर कसरी?
पहाडहरू धेरै ठूला छन्। तिनीहरू अस्थिर छन्। हामीले बनाएका सडक पहाडको तुलनामा धेरै साना छन्, पहाड अलिकति एता उता भए पनि सडक भत्किन्छ । एउटै ढुङ्गाले सडकमा दौडिरहेको सवारीलाई नष्ट गर्न सक्छ। पुल निर्माण गर्न महिनौं वा वर्ष लाग्छ तर उही पुललाई नदीले एक मिनेटमा बगाउन सकिन्छ।
यसै त एती गाह्रो छ कि यो दुई विशाल देशहरू बीचमा छ। भूगोल पनि हाम्रोमा कठिन छ।
हामीलाई गाउँ जोड्न आवश्यक छ, हामीलाई सडक चाहिन्छ, हामीलाई धेरै पूर्वाधार चाहिन्छ तर हामी सचेत हुन आवश्यक छ हाम्रो विकास हाम्रो भूगोल अनुसार हुनुपर्छ। यदि हामी प्रकोपबाट प्रभावित हुन्छौं भने, हामीले सजिलो र छिटो तरिकाले समस्याको समाधान ल्याउनु पर्छ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest