June 23, 2008
हप्ता हंगामा - एक सिंगे भमरा
यता उताबाट
Berlin police officers protest for better working conditions by bathing in the Plötzensee (a water lake) in their uniforms. More than 100 officers participated in the union event held under the motto: "We're Up to Our Necks in Water." There were no arrests made at the protest.
हजुरआमाको करामत
दक्षिण पश्चिम जर्मनीको एउटा शहरमा एउटी ७२ वर्षकी सरकारबाट पेन्शन पाइरहेकी हजुरआमाले आफ्नो बगैंचाको चेरि, आलु, प्याज खेति संगै आफ्नो अपार्टमेन्ट भित्र गांजा उत्पादन गरिरहेकी रहिछन् । “हजुरआमाको घांस” नामले त्यस क्षेत्रमा प्रख्यात गांजा तिन जना युवाहरुले प्रति ग्राम ७।५० युरोमा खरिद गरी अन्यलाइ बेच्दा रहेछन । त्यो हल्ला पुलिसको कानमा पुगे पछि हप्ता दिन देखि पुलिसहरु गोप्य रुपमा इन्भेष्टिगेशन गर्दै रहेछन । एक दिन ८ जना पुलिस अफिसरहरुको टीमले बुढी बाहिर गएको बेलामा घर घेरा हालेर छापा मार्दा बुढी त भेटेनछन , बरु रमाइलो कुरा गांजा चोर्न भर्याङ हालेर चढ्दै गरेका बुढीको एकजना रेगुलर एजेण्ट र अर्को एकजना मान्छे र बुढी आमैको “गमला फाराम” र ३५० ग्राम गांजा फेला पारेछन् । फुर्तिली तर कान राम्रो संग नसुन्ने ( hearing aid प्रयोग गरिरहेकी) र आंखा राम्रो संग नदेख्ने हजुरआमालाइ पेन्शन र सबै सामाजिक सुरक्षा हुदा हुदैं के उपद्रो गर्न मन लागेको होला । अझ उनका अनुसार आफुले गल्ति गरेको छु भन्ने उनिलाइ थाहा थिएन रे !
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
June 22, 2008
देश
मृदुल
अन्योल देखि देशको भाग्य मन मेरो धर्किएको छ।
कहिलै नसुलमुने मर्मले छाती मेरो चर्किएको छ॥
छातीमा कुल्चि शासन गर्छन शत्तामा जो आए पनि।
निंरकुस्तले गला घोटछन जस्तो कसम खाए पनि॥
अन्धकार देखी देशको भविस्य मन मेरो धर्किएको छ।
बिहानी कहिलै नहुने पिरले छाती मेरो चर्किएको छ॥
शहिदको बलिदान गरी स्वतन्त्रता फेरी कहिलै आएन।
उत्सर्ग जति गरे पनि शान्तीले देशमा कहिलै छाएन।
अन्योल देखी देशको भबिस्य मन मेरो धर्किएको छ।
कहिलै नसुलमुने मर्मले छाती मेरो चर्किएको छ॥
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
यन डि यफ बेल्जियमको गणतन्त्रिक लोकदोहोरि सांस्क्रितिक कार्यक्रम
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
June 21, 2008
Euro-Cup 2008:-युरो कपका गोलखाडी
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
गणतान्त्रीक राजाको न्याय
कथा, ईतिहासमा पढेको थिएँ, कुनै जमानामा गल्ति गर्ने वा अपराधिलाई राजाको अगाडी उभ्याईन्थ्यो रे अनि राजाहरु आ-आफ्नो हिसाबले मनमा लागेको सजाय दिन्थे रे । न पुलिस, न प्रशासन, न कानुन, न अदालत, बस उनले जे जस्तो दण्ड-सजाय दिन्थे त्यहि सहि हुन्थ्यो । तर त्यो जमाना गयो र अहिले कानुनी राज्य छ भनेर यदि तपाई सोच्नुहुन्छ भने त्यो गलत हुनेछ । हो! हामिकहा अब राजतन्त्रको भने अन्त्य भैसकेको छ तर … “छोटे राजतन्त्र” भने झन मजबूतिका साथ स्थापित हुदैंछ। कुरो केहि दिन अघिको हो, समाचार त हामि सबैले पढी सकेका छौं, हाम्रा छोटेराजा अर्थात वन तथा भू-संरक्षणमन्त्रीले एकजना “भ्रष्ट” लाई कार्यालयकै शौचालयमा थुनेछन् । यहा प्रश्न यो होईन की, ति एल. डी. ओ. साँच्चै भ्रष्ट थीए की थिएनन्, मुख्य कुरा के हो भने यदि ति भ्रष्ट नै थीए भने पनि यसरी सामान्य शिष्टता समेत नराखी र कानूनको खिल्ली उडाउने गरी तिनलाई यो तमासे सजाय दिने अधिकार हाम्रा छोटेराजालाई कुन संबिधान वा कानूनले दिएको छ? । भ्रष्टाचार रोक्ने वहाको चहना हो भने हामि सबै त्यसको स्वागत गर्छौ तर यो जगंलि पाराले ‘भ्रष्टाचारी’लाई थुनेर भ्रष्टाचार रोकीन्छ र? फेरी ति व्यक्ति भ्रष्टाचारी हुन होईनन् भन्ने निर्णय गर्ने अदालती अधिकार यौटा व्यक्तिमा आउने कानून नेपालमा कहाँ छ? ‘भ्रष्टलाई थुनेकै हो, अरूलाई पनि थुन्छु’ भन्दै केही पत्रीकामा त्यस घटना पछि उनले दिएका बहादुरीपूर्ण बक्तव्यले यो देखाउँदै छ की,यसरी कुनै व्यक्तिलाई आर्को व्यक्ति “भ्रष्ट” छ भन्ने लाग्ने बित्तिकै आफ्नो मनमानिपूर्ण सजाय दिने प्रथा शुरु गरेर माओबदिहरुले फेरी एक पटक नेपाललाई जंगलि राजतिर डोर्याउने संकेत गरेकाछन। जहाँ फेरी पुलिस, प्रशासन, कानुन र अदालतको कुनै दरोकार रहने छैन, सब छोटेराजाहरु आ-आफैमा स्वयं पुलिस, प्रशासन, कानुन र अदालतको पर्याय हुनेछन । मन्त्री जस्तो पदमा पुगेका नेताको यो मनोवृति छ भने सजिलै अनुमान गर्न सकिन्छ सामान्य कार्यकर्ता वा पार्टि सदश्यको सोच र स्तर कस्तो होला। पटक-पटकको उपद्रो र विभिन्न विवादका कारण वाई. सि. एल. बदनाम भै रहेको अबस्थामा जनताहरु सोच्थे, यो केवल केहि तल्ला तहका कार्यकर्ताको स्वविबेकले निम्त्याएको समस्या हो र उच्चस्तरका नेताहरु नीतिगत विषय, पदिय आचरण र जिम्मेबारिपनमा संयमीत र अनुशासित छन। तर यो भ्रमको पनि अन्त्य भएको छ यो “शौचालय काण्ड” पछि । जंगलि राजको मोडेलबाट उनिहरु अहिले पनि गतिशिल छन र तल्ला तहका कार्यकर्ता देखि उच्च तहका नेताहरु पनि आफूलाई गणतन्त्रका ‘राजा’ ठान्छन । ढिलो-चाँडो माओबादि बृत्तबाट यो गणतान्त्रीक राजाको भुत उत्रेको जाति हुनेछ माओबादिलाई, होईन भने २४० बर्षको ईतिहास बिलय हुने ठाँउमा १२-१५ बर्षको धुमिल ईतिहास बोकेको माओबादिको वर्तमान कति दिन टिक्छ होला समयले नै बताउनेछ ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest