October 13, 2007
अवको क्रान्ती नैतिक क्रान्ती
October 12, 2007
साइबर :: Cyber
नेपालियन
मिनिसोटा, अमेरिका
“साइबर” शब्द प्राय नेपाली इन्टरनेटका साइटहरुमा देखिरहन्छ । मलाइ यो शब्द सधै अपुरो लाग्थ्यो । तलको कान्तिपुर कटिगंमा पनि साइबर शब्द शिर्षकमा नै रहेछ। अब चाहि सारै झकझकायो मलाइ त्यो शब्दले ।
click the picture to enlarge
त्यस पछि यसको माने हेर्न आफु संग भएको पुरानो लंगमेन शब्दकोश पल्टाए । त्यसमा त यसको माने नै रहनेछ। ल भयो अब ? त्यसपछि मेरो कम्पिट्युरको कुनामा झुन्डिएको “ http://www.dictionary.com/” को लिकंमा माउस थिचे । त्यसमा पनि साइबर शब्द “cybernetic” संग जोडिएको बाहेक केहि देखाएन । झन तेइ साइटको “Thesaurus”मा त साइबर शब्दनै छैन पो भन्छ । कस्तो शब्द कान्तिपुरले राखेछ, नेपाली त पक्कै होइन ? अब चाहि मलाइ पक्का भयो साइबर शब्द अपुरो नै हो । “साइबर” उपसर्ग बनेर “cybernetics “ मा आएको रहेछ जस्को माने हो “समाहिलिएको यन्त्र वा दिमागबाट बैज्ञानिक तरिकाले खबर आदान प्रदान हुनु (The scientific study of the way in which information is moved about and controlled in machines, the brain, and the nervous system.)” । तेही “cybernetics”बाट “cyberspace ” बनेछ जसको माने हो “सुसाकंकिय संजालमा बिध्धुतिय माध्यमबाट सिधा संबाद हुनु” (The electronic medium of computer networks, in which online communication takes place.)“। अब त प्रष्ट भयो साइबर शब्द होइन कि यो एउटा “उपसर्ग “ हो । भने पछि अब राम्रो संग अर्थिन माथिको कान्तिपुर मा “साइबर” सित “पसल” पनि जोड्नु पर्ने भयो । त्यसरी प्रष्ट भए साइबर पसल, साइबर पत्रिका, साइबर दुनिया आदी को सहि माने बुझिन्थ्यो कि ?
(नोट: माथिका अर्थ लंगमेन शब्दकोश – १९९३ र विकिपिडियाबाट लिइएको हो।)
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
October 11, 2007
भारतीय माओवादीद्वारा पुष्पकमललाई सत्तामा नबस्न आग्रह
गोपाल खनाल
नया“दिल्ली, जेठ २८
उनले हालै दिएको -कान्तिपुरलाई मंगलबार प्राप्त) अन्तर्वार्तामा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई राष्ट्रपति वा प्रधानमन्त्री पद लिनभन्दा वर्ग संर्घष्ामा केन्द्रित हुन सुझाएका हुन् । उनी सुरक्षा फौजस“गको भिडन्तमा मारिएको भनी प्रचार गरिएको थियो ।
'पार्टर्ीी्रमुख वर्ग संर्घष्ालाई विकसित गर्न केन्द्रित हुनर्ुपर्छ । जनतालाई संगठित गर्न र निर्देश गर्न ऊ जनताबीच हुनर्ुपर्छ' आजादले भनेका छन्- 'राष्ट्रपति वा प्रधानमन्त्री कुनै पदमा पनि ऊ रहनु हु“दैन ।' यद्यपि चीन र केही देशमा भने पार्टर्ीी्रमुख सत्ता प्रमुख भएको स्मरणसमेत उनले गरेका छन् ।
माओवादीले जनतास“ग गरेका प्रतिबद्धता कार्यान्वयनका लागि प्रतिक्रियावादी शक्तिस“गको संयुक्त सरकार बाधक हुने निष्कर्षभारतीय माओवादीको छ ।
'यो सबैभन्दा अप्ठ्यारो प्रश्न हो । माओवादीका लागि तत्कालको समस्या भनेको नया“ संविधानमा आमूल सुधारको आफ्नो प्रस्ताव समेट्न संयुक्त शक्तिहरूलाई सुरक्षित गर्नु' उनले भनेका छन्- 'तर त्यसका लागि माओवादीले प्रतिक्रियावादी सामन्ती कांग्रेस र प्रजातान्त्रिक समाजवादी एमालेस“ग भर पर्नुपर्छ । यो भनिरहनु पर्दैन कि आफ्ना क्रान्तिकारी प्रतिबद्धता माओवादीले यो खिचडी सत्तामा कार्यान्वयन गर्न सम्भव छैन ।' इन्डोनेसिया, चिली, निकारागुवालगायतका देशमा सत्तामा आएपछि पनि कम्युनिस्ट कार्यकर्ताको हत्या गरिएको उदारण दि“दै नेपालमा माओवादीले साम्यवादी सत्ता स्थापना नगरेसम्म सशस्त्र संर्घष्ा जारी हुनुपर्ने पक्षमा आफ्नो पार्टर्ीीहेको उनले बताएका छन् । आजादले वाईसीएलले प्रशासनीय कार्य गरिरहेको जनाएका छन् ।
'कि त माओवादीले शोषित वर्गको चाहनालाई तिलान्जलि दि“दै प्रतिक्रियावादीको एक समूहस“ग सहकार्य गर्नुपर्छ' उनले बर्ुर्जुवा विकल्प अघि सार्दै भनेका छन् ।
प्रतिस्पर्धाको राजनीतिमा आए पनि नेपालका माओवादीस“ग भारतीय माओवादीको, सिकम्पोसा र अन्तर्रर्ााट्रय माओवादी व्रि्रोहस“गको सम्बन्ध कायम रहेको खुलासा आजादले गरेका छन् । भारत सरकार र फोरमका अध्यक्ष उपेन्द्र यादवले भारतका माओवादी र सिकम्पोसास“ग सम्बन्ध नरहेको माओवादीले र्सार्वजनिक गर्नुपर्ने माग गरेको सर्न्दर्भ उल्लेख गर्दै दुवैस“ग सचेत रहन उनले आग्रह गरेका छन् ।
नेपालमा बन्ने नया“ सरकारले आफ्नो लाइन नमानेमा भारतले मधेसी कार्ड प्रयोग गरेर अवरोध पैदा गर्नसक्ने उनले औंल्याएका छन् । त्यसका लागि यादवहरू प्रयोग हुनसक्ने संकेत आजादको छ ।
'आर्थिक नाकाबन्दी, खाद्य र औद्योगिक उत्पादन आपर्ूर्तिमा रोक लगाएर अमेरिका र भारतले नया“ सत्तालाई आफ्नो नियन्त्रणमा राख्ने प्रयास गर्नेछन्' उनले भनेका छन् ।
संविधानसभामा माओवादीलाई ठूलो दल बनाएर नेपाली जनताले संवैधानिक राजतन्त्र, भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद विरुद्ध दृढतासाथ र्सार्वजनिक गरेको उनले बताए ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
गण्डक नहरमा भारतीयको अवरोध
रामकुमार श्रेष्ठ/नयाँ पत्रिका नवलपरासी, २८ जेठ
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
मैले बुझेको माओबादी।
बाकी अर्को भागमा।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
माओवादी : नेपाली राजनीतिको ऐँजेरू
माओवादी : नेपाली राजनीतिको ऐँजेरू
दायित्व केही लिनै नपर्ने , मन लाग्दो नारा लिएर सडकमा उत्र अनि पाए टायर नपाए सग्लै बस, गाडी, कार सबै आगोमा बालेर घण्टाकर्णको जात्रा मनाऊ , यही हो नेपाली लोकतन्त्र !
सडक ठप्प पार , कसैले इमर्जेन्सी पारेर यता उता हिँड्दो छ भने पक्रेर निर्घात कुट , साधनलाई पोलेर क्रान्ति सम्पन्न गर , लोकतन्त्रको जय भैहाल्यो !
मान्छेलाई धम्की दिएर नदिए मार्छु वा 'तेरो खैरियत छैन' भन्दै चन्दा माग वा उठिवास लगाऊ, अनि कसैले थाहा पाए भने भन्देऊ हामीले स्वेच्छिक प्राकारले बाहेक चन्दा मागेकै छैनम् , धरोधर्म, गाइखाने माग्या भए ( यसैपनि सबै कुरा खाइएकै छ , लुटेर थुतेर वा जे गरेर भए पनि ) । मान्छेहरू त्यत्तिकै स्वेच्छिक चन्दा दिन लाम लागेर उछारबाटो पाइया छैन, के को माग्ने फुर्सद हुनु नि !
यस्तो पनि कुनै संसारमा हुन्छ गाँठे ? संसदमा तिनै, सडकमा तिनै , सरकारमा तिनै हड्ताल जोरजुलुम अनि जनसरकार , जनअदालतमा तिनै ! ए बाबा , यस्तो लोकतन्त्रको ढाँचा कहाँको वृक्षमा फल्न सक्छ ? अनि फलाकै पिछ्छे भन्न थाल्छन् " जनता, जनता" मानौ जनता नामको जन्तुको ठेक्का पट्टाको एकाधिकार यही ठेकेदारलाई हासिल छ , सीमा पारिबाट ट्रकमा लादेर ल्याइने बुढा भैँसीको थोक व्यापार जस्तो !
कस्तो मुलुक जहाँ जस्ले जनता नामको शक्तिबाट अनुमोदित हुने चेष्टा ने कहिलै गरेर , सँधै भाग्दै रह्यो र भाग्दै छ , जनतालाई र जनताको लाई खायो , डस्यो र फेरि डस्यो ( दरबार देखि बर्बरहरूसम्म !) , त्यही डसाहा शक्तिले जनताको रट लगाएको लगायै छ।
ओखरपाङ्ग्रेले भन्याथ्यो " राजावादीलाई चुनावमा जानै दिन्नम" । ए बाबा चुनावमा जाने नै हो भने शरीरनै रत्नपार्कको नाराले रंगिएको भित्तो बनाएर हिँड्ने लक्ष्मण खड्कादेखि नानीमैया दाहाल सम्म जसले जे एजेण्डा बोकेर भए नि जान पाइन्न भने त्यो के लोकतन्त्र भयो त ? हैनभने , दक्षिणी सीमा र सीमापारिबाट अलिक थान बन्दूके भाडामा ल्याएर लोकतन्त्रको एउटा दोकान खोले भैहाल्यो नि ! बन्दूके र दिमाग मआझिएकाहरूले नै सबै कुराको खटनपटनको जिम्मामा लिने भएपछि । मान्छे तोकेर "यिनीहरू मात्र" चुनाव लड्न पाउने भन्ने नया काइदाको लोकतन्त्रको 'म्याग्नाकार्टा' लेखे भयो नि खोजेको त्यही हो भने ! है भने यो मुलुक कसैका बाउको एकलौटी पेवा हैन र हुन पनि सक्दैन, राजनीतिको जुनसुकै प्रयोग गर्छु भन्नेहरूले परीक्षित हुन पाउनै पर्छ ।
'हगे हग, मुते काट्छु" भन्ने मानसिकता बोकेका पाखण्डी हिंस्रक लठैतहरूले लोकतन्त्रको ठेकेदारी गर्ने अनि सबैले यिनले त मारिहाल्छन बन्ने डरले कायल बनेर त्यो मान्न पर्ने भएसि, यत्राको यो मुलुकको भविष्य बन्छ! कहीँ पेशा र भावनामा नै बुचरको निर्दयिता सँगालेर अघि बढ्नेले मुलुकमा मूल्य, मान्यता र थितिबिति मिलाउन दिन्छ ?
हाम्रो मुलुकको दुर्भाग्य मान्न पर्छ , २१ औँ शताब्दिको यो प्रविधिको चकाचौँधमा पनि हाम्रा मुलुकमा संसारकै अफाप विचार र राजनीतिको यति बिघ्न क्रेज बाँकि छ । कार्ल मार्क्सको कम्युनिज्मले मान्छेलाई लड्ने आक्रोश दिए पनि यो विचारका पछिल्ला कालिगरहरूले त आफ्नो सामर्थ्य केवल पूँजिवादको विरोध गर्दै जनता मच्चाउन र आँफू चरम पूँजिवादी विलाशितामा रमाउँदै मुलुकलाई रसातलमा पुर्याउन नै त लगाए । देश गरीबीको रसातलमा पुगे, टुक्रा टुक्रा भए र अनि त्यही निन्दनीय पूँजिवादी वैशाखीमा खूट्टा टेक्ने भएर उठ्न सकेका त हुन नि चाहे त्यो रसिया का १५ टुक्रा हुन , बाल्कन मुलुक हुन वा अरू । पश्चिमी पूँजिवादको बजारवादी शैलि अपनाएर सत्तामा अकण्टक कम्युनिष्टहरूको नियन्त्रणले विशाल जनसंख्यालाई नियन्त्रण गरेर मात्र त अहिलेको चीन चीन हुन सकेको हो । नत्र जनवादी गणतन्त्रका मोडेल भनाउँदा उत्तर कोरिया र क्यूबालाई हेर्यो भने बाबु पछि छोरा वा दाइ पछि भाइको गणतनत्रवादको हरिविजोग जगजाहेर छँदैछ क्यारे ! खानका लागि अन्न नहने तर अरू छिमेकी मुलुकका जनता अपहरण गरेर सरकार समेतलाई तिनेका भरमा ब्लयाकमेलिङ गरी " दाना जुटाउने" उत्तर कोरियन मोडेलको युटोपियन जनवादको कट्टु झरेको कथा संसारलाई थाहा नै छ क्यारे !
तैपनि नेपाल नामको यो बुद्दको मुलुकमा यो हिंस्रक अनि ज्यादतिमा फस्टिने भिड किन मौलाइ रा'छ ? नबुझिने पहेली बनेको छ । मुलुक त यो हरितन्नम पनि छैन , मान्छे परिश्रमी छन अनि राजनीतिक सुझबुझ पनि त्यति निम्छरो त हैन यहाँ ! छिमेकी मुलुक चिन र भारतका भित्री वस्तिमा रहेको अनि ठूला शहरहरूको दारूण गरीबी पनि नेपालमा छैन है भन्छन जान्ने बुझ्नेहरू । तर किन , लोकतन्त्रवादको अनुहारमा कम्युनिष्टनामी बिफरको भद्दा दागहरूले हाम्रो मुलुकको भाग्य यति कुरूप रूपमा खाएको छ ? किन मान्छेको उन्मुक्त विवेक , विचार , जीवन स्वतन्त्र रूपमा उद्घाटित हुनबाट सहसा उकुसमुकुस रोकिएको छ ?
मलाई त लाग्छ , संसारका सबै जसो मुलुकहरूका इतिहासमा कुनै न कुनै बेला दूर्दिन आएकै थिए, तर हाम्रो पालो असाध्यै गलत समयमा आयो । संसार डिजिटल, साइबर भन्दा पर अनतरिक्ष युगमा प्रवेश गर्यो , तर हामी १८४८ को पुस्तक पढेर १९१७ लेख्न खोजिरहेका छौँ । यसरि , समयको रथलाई उल्टो दिशामा घुमाउन कस्सिने मुर्खको अधोगति नभए कस्को हुने त ?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest