May 14, 2011

ब्लग बियांलो

बलगरहरू आ-आफ्नो तरीकाले आफ्नो ब्लगमा प्रस्तुत हुनुहुन्छ। ब्लगक्षत्र पनि अनूभव तथा रुची अनुसार
रेखांकन गर्नुहुन्छ। तर एउटै बिषयमा सबै ब्लगहरूको खुला मत जान्न पाए कस्तो हुन्थ्यो होला?यो बिचार मनमा खेली राख्थ्यो तर केही महिना पहिला ब्लगर नबिन मालाकारले परिस्क्रित तरिकाले सल्लाह दिनूभयो। र गत हप्ता उहांसंग थप छलफल गर्ने मेसो जुर्यो।

ब्लग बियांलो आउने हप्ता देखी थालनी गर्नेछौं। नेपाली ब्लगकको क्षत्र जस्तै बियांलो बिषय पनि साहित्यिक,राजनैतिक,सामाजीक आदी सबै रहनेछन। हरेक बिषयमा करीब ५० शब्द या त्यो भन्दा कम शब्दमा ब्लगरहरुको धारणा प्रस्तुत गर्नेछौं। भाषा भने अंग्रेजी या नेपाली दुबैमा हुनेछन। तपाईहरुले पनि कुनै बिषय ब्लग बियांलोमा राख्न मन लागे दौंतरी इमेलमा इमेल गर्नुहोला। ब्लग बियांलोलाई अझ प्रभावकारी बनाउने कुनै उपाय छ भने पक्कै पनि खबर गर्नुहोला।


May 9, 2011

The Last Post - अन्तिम पोष्ट

ल अब यती हो। म मरीसके र यो मेरो अन्तिम ब्लगको अन्तिम पोष्ट हो। दु:ख लाग्दो शिर्षकको अचम्मको ब्लगका लेखक हुन डेरेक मिलर (Derek Miller-www.penmachine.com).४१ बर्षको उमेरमा क्यान्सरको ब्यथाबाट ज्यान गुमाएका डेरेक मिलरले आफू मर्नू अघि तयार पारेको यो ब्लग आफन्तको सयोग मार्फत मरेको एक दिन पछि प्रकासित गरेका थिए। उक्त अन्तिम ब्लगमा डेरेकले आफ्नो रोग देखी अन्त्य र बिछोडको बारेमा लेखेका छन। लेख निकै भाबुक छ। बिज्ञानमा डिग्री हासिल गरेता पनि मिलर लेखक र सम्पादकको काम गर्दै आएका थिए।
भ्यानकूभरका यि प्रख्यात ब्लगरको ब्लग करीब १० बर्ष पूरानो हो। आफ्नो बारे देखी संगीत तथा आफ्ना लेख ब्लगमा राखेका छन। जिबीत रहंदा अनेक किसीमका ब्लग त हामीले लेख्ने पढ्ने गरेका छौं। तर म्रित्यु पक्षात लेखिएको यो ब्लग भने संसारमै पहिलो हुनेछ। हामी पनि चल्तीबाट आर्काइभमा पूगेको उनको ब्लगमा गएर


May 7, 2011

गजल

सेबक हाजिर छ जब हजुर बोलाइसिन्छ
बैशमा यस्तै हो मैसाप किन टोलाइसिन्छ

के के गर्न जान्या रैछ यो गरीबले नि हजुर
मौका त दिएर हेरिस्यो ब्यर्थै किन लोलाइसिन्छ

जस्ले हान्यो तेस्ले जान्यो निशानाको कुरा हजुर
कल्पी कल्पी बस्दै फेरि मन किन घोलाइसिन्छ

आँट कहाँ म नाथेको मनको कुरा खोलु भने
मन बुझे सबै खोल्छु जे जे हजुर खोलाइसिन्छ

श्पर्शको लालच छ , छनक मात्र दिस्यो हजुर
सबै कुरा मोली दिन्छु जे जे हजुर मोलाइसिन्छ

May 4, 2011

कति प्यारो कति प्यारो ......

शिव प्रकाश

कति प्यारो,   कति प्यारोमुटु भन्दा माटो प्यारो
घर-
देशको   दुःख भन्दा   पर-देशको  सुख गाह्रो ।।

कोही
 छैनकेही छैन  मनले आफ्नु  भन्ने हाम्रो
नाता
छैन  मान्छेबीच  कोही आफ्नो  ठान्ने हाम्रो
चुहिएको
  छानो  राम्रो,  भत्किएको  गारो  राम्रो
पराईको
  महल  भन्दा  आफ्नै घर  कति राम्रो  ।।

गुराँस  फुलेको छ,  हिमाल हाँसेको
आफ्नै
देशको माटो सम्झी  जिन्दगानी  बाँचेको
गुन्द्रुक, ढिडोसिन्की खाहाँसेको त्यो मुहार राम्रो
हिमाल,
पहाड ,तरा हाम्रो  कति राम्रो कति राम्रॊ  ।।
http://www.nepalimanharu.com/
मे ०४, २०११ बोस्टन, अमेरिका ।


May 1, 2011

Osama Bin Laden killed


Osama Bin Laden killed? This is what white house is going to announce. It has been almost 2 days and his body is in the hand of American army. Is it true, we have to wait. If it is true this certainly will be a big success for American army and big loss to Taliban.
Most news sources have same speculation. It will only be official only after the American President Barrack Obama announce this in his presidential speech. It has been believed that Osama Bin Laden was involved in September 11 attack with loss of 3,000 people and other major terriost attack in other part of the world. There was 25 million dollar of reward for his information.
It has been certain that he was killed in Afghanistan but it is still uncertain who else were killed with him. Previously it was not known that whether he was killed in Pakistan or in Afghanistan.
In fact he was not killed by a drone attack in Afghanistan but he was killed by human operation in a mansion outside Islamabad. He was killed in Abbottabad, which is 80 miles north of Islamabad. Special force from Afghanistan flew in helicopter and entered Pakistan for this operation. So he was hiding not in a cave but he was in a Mansion.It was CIA who located him in Pakistan with the help of ISI(pakistani intelligence). It has been more than an hour and people are waiting for president's speech. Most probably they don't want to make any room for error. People are guessing that the second powerful  person Al Qaeda Al Jawahari has been killed with Osama.
In-fact he was killed today after Obama gave the order to attack him. American army were trying to capture him but because of the gun battle he was killed in the operation and no US army was hurt. Obama concluded almost after 10 years justice has been done.
His mansion was built 5 years ago. Interesting thing about this a million dollar mansion is, it does not have any telephone or internet and they burn their own trash whereas city collects their neighbor's trash.



यो मन

लेखक
विजयकुमार श्रेष्र्ठर्
इराक
सहयात्रिको साथ खोजि रहन्छ जीवन
असोचनिय कल्पनामा बगि रहन्छ यो मन ।

अदृश्य चालमा चलि रहन्छ जीवन
गगनचुम्वि सपनाको सोखिन हुन्छ यो मन ।

आशाको जालोमा जेलि रहेको हुन्छ जीवन
लक्ष्य विहिन भएर जलि रहेको हुन्छ यो मन ।