उपलक्ष्यमा तपाईँहरूको सुख, समृद्दि, आरोग्यता एवं दीर्घ जीवनका लागि भगवान
पशुपतीनाथले सहस्र आशीर्वाद र अनवरत कृपादृष्टि प्रदान गरिरहून् भन्ने हार्दिक मंगलमय शुभकामना !
केही समय अगाडी दौँतरीको यही साईबर-बैठकमा प्रथम नेपाल ब्लगर भेलाको आयोजना भयो । केही कमजोरी, अलिकता हल्ला र सामान्य विचार बिमर्शका बीच सम्पन्न सो भेलालाई जतीसुकै न्यून आकंलन गरेपनि, एकै छाता मुनि विभिन्न महादेश र देशमा रहेका नेपालीहरुको जमघट गराएर बल्गरहरुलाई एकताबद्द गर्न भने सो भेला सफल भएकै मान्नुपर्छ ।
सो भेलामा ब्लगरहरुको साझा चासोको बारेमा केही सकारात्मक कुराहरु उठेका थिए। यहाँनेर यो पनि भनिहालौं कि कुनै पनि बिषयगत वा बुँदागत कुरामा भने त्यस्तै भेलाबाट कुनै गहनतम ‘निर्क्योल’ मा पुग्न भने साधारण अबस्थामा सम्भव नभएको कुरा पनि त्यतिबेला नै उठेको हो । भेला आवश्यक छ, तर भेलाबाटै कुनै कुरा पारित हुनु वा अनलाईन च्याट बक्सका सिमीत हरफहरुमा आफ्ना जटिल बिचार सबै पोख्न सायदै सम्भव होला ।
ब्लगरहरुको सामुहिक प्रयास र सकृयतामा ब्लगरहरुको सामुहिक हित बाहेक, देशको लागि समेत केही गर्न सकिने कुरा पनि भेलामा उठेको हो । तर बल्गरहरुलाई एक-आपसमा जोडने संयन्त्रले के कस्तो काम गर्ने भन्दा पनि यो संयन्त्रकै प्रारुपको वा ढाँचाको बारेमा सामान्य बहस आवश्यक छ जस्तो लाग्छ ।
अत: आज पून दौँतरीकै आगँनमा, म चासोमाथि पनि सबैभन्दा बढी चासो भएको र ब्लगरहरुको साझा “छाता” बनाउने कि नबनाउने भन्ने बारेमा आफ्नो बिचार पोख्दैछु । ( हुन त यहाँ उल्लेख गर्नु जरुरी नहोला, तर पनि यो नितान्त मेरो मात्रै व्यक्तिगत बिचार हो र ‘यसमा सहमत वा असहमत हुन सबैलाई समान अधिकार र स्वतन्त्रता छ’ भने भनी राखौं है । दौँतरीमा टाँसीएकोले अरु बाहिरका साथिहरुलाई यो दौँतरीको साझा अडान वा बिचार हो भन्नेमा भ्रम नपरोस)
यस बारेमा ब्लगर मित्र बसन्त गौतमले पनि राम्रो विश्लेषणत्मक टाँसो उहाँको ब्लगमा टाँसीसक्नु भएको छ । त्यसमा वहाँले नेपाली ब्लगरहरुको साझा छाताका विकल्प सहित कुरा राख्नु भएको छ भने म चाही सिधै ईमेल समुहको हिमायती भएकोले ब्लगरहरुको ‘छाता’ (माफ गर्नुस!, यहाँ ‘संघ’, ‘संगठन’ आदि शब्द प्रयोग गर्दा त्यसको राजनैतिक रंगको अनावश्यक चर्चा हुनसक्ने र आफू राजनीतिबाट टाडै रहेकोले ब्लगरहरुको सामुहिक संयन्त्रलाई मैले ‘छाता’ मात्रै लेख्दैछु ) ईमेल समुह नै सबैभन्दा उपयुक्त हुने कुरा लेख्दैछु ।
सर्ब प्रथम नेपाली ब्लगरहरुको संख्या ब्लग दर्ता गराएको हिसबमा हेर्ने हो भने हजारौं भए पनि नियमित लेख्नेहरुको संख्या भने करिव २०० को हाराहारीमा रहेको छ । यस बारेमा सामान्य चर्चा यहाँ गरीसकिएकोले यहाँ बढि समय नलिऔं ।
जे होस, नेपाली ब्लगहरुको आंकडा हेर्दा, ठुलो संख्यामा नेपाली ब्लगहरु विदेशमा बस्ने नेपालीहरु द्वारा सञ्चालीत छन । यस्तो अबस्थामा, कुनै पनि बिषयमा वहस, भेला वा सम्मेलन आदि गर्नु पर्यो भने यिनै अनलाईन वा मित्थ्यालोकका विकल्पको भर पर्नु बाहेक हाललाई अर्को उपाए छैन । हैन, विदेशमा बस्ने ब्लगरहरुलाई नसमेटने र भौतिक रुपमै उपस्थीत हुनसक्ने प्राणीहरु मात्रै लिएर हिँडने हो भने कुरा भिन्दै हो, नत्र नेपाली ब्लगरको दायरालाई नेपाल भीत्रै वा अझ काठमाण्डौ वा कुनै सहर विशेषको सिमारेखा भित्र मात्रै संकुचन नगर्ने हो भने ब्लगरहरुको छाता मित्थ्यालोकमा मात्रै बन्न सक्छ ।
अहिलेको समयमा आएर र प्रबिधिको उच्चतम उपयोग गरेर (कमसेकम हामी ब्लगरहरु भने प्रबिधिको उच्चतम उपयोग गर्नेमा नै पर्छौं) पनि, कुनै समुह वा साझा संयन्त्रलाई सक्रिय गराउन भौतिकतलमै कार्यालय कोठा र पदबाहक प्रबन्धक अनि कार्यकारी समिति बनाउनु पर्छ भन्ने कुरा मलाई आवश्यक लाग्दैन । दौँतरीको भेलाले पनि कमसेकम सो कुरा पुष्टी गरीसकेको छ ।
कुरा अलिक सीधै राख्छु (बरु खप्की खान परे पनि खाउँला) । मैले देखेको, कुनै संस्था वा समुह दर्ता गराएर मागी खाने भाँडो बनाउने उदेश्य छैन भने ब्लगरहरुको छाताको उद्देश्यलाई जम्मा दुईवटामा संक्षिप्त गर्न सकिन्छ ।
१) ब्लगरहरु बीच आपसी सहयोग बिकास गरी नेपाली ब्लग जगतको उत्थान गर्ने ।
२) नियमित वा आवश्यक परेको खण्डमा कुनै सामाजिक कार्य वा देश बिकासमा आफ्नो स्थानबाट योगदान गर्ने ।
हालको समयमा यि कुनै पनि कार्य गर्न, हामीले सोच्न सक्नेभन्दा बढी विकल्पहरु उपलब्ध भैसकेका छन । यस बारेमा केही कुरा बसन्तजीकै पोष्टमा पनि उल्लेख भएको छ ।
आज, जापानका हाईस्कुलमा पढने बिद्यार्थिले बचाएका खाजा खर्चबाट नेपालको कुनै सुदूर ईलाकामा स्कूल चलेका छन भने, एकजना बेलायतकी कलाकार वा अर्को कुन देशको पर्वतारोहीको सहयोगमा अन्य कुनै सामजिक कार्यले हाम्रो देशको बिकट ईलाकामा मूर्तरुप पाईरहेको छ । यो सामान्य उदाहरण मात्रै हो र खोजी पसेमा यस्तै धेरै कार्यहरुको सूचना मिल्न सक्नेछ । मुख्य कुरा भावना र मन हो, त्यो छ भने भौगोलीक दूरी वा समय सिमा केही पनि बाधक हुँदैन ।
दौँतरी भेला पछि नेपाली ब्लगरहरुको ईमेल समुहमा उलेख्य बृद्धि भएको छ । म यसलाई एकदमै सकारात्मक रुपमा हेर्छु र यसले यही मित्थ्यलोक बाटै धेरै कुरा गर्न सक्छ भन्नेमा मेरो विश्वासमा झनै बृद्धि भएको छ ।
संघ, संस्था दर्ता गर्ने, कार्यकारी वा संचालकहरुको मनोनयन गर्ने अनि, वाद- विवाद र बिरोधसंघै गुट-उपगुट र बिरोधि गुटमा बिभाजित नभै ‘नेपाली ब्लगर’ मात्रै रहेर केही गर्ने हो भने मेरो बिचारमा हालको ईमेल समुह नै सबैभन्दा राम्रो विकल्प हो ।
हो, यसलाई अझ सहज बनाउने वा ईमेलबाट मात्र सम्भब नभएमा केही कार्यको लागी “अनलाईन फोरम” वा आपसी सहयोगको लागि छुट्टै ब्लग पनि बनाउन सकिन्छ । तर मेरो बिचार पून एक पटक दोहर्याउँछु: संसारभरी छरिएर रहेका नेपाली ब्लगरहरुलाई संलग्न गराउने हो र नयाँ-पुराना ब्लगर वा ठूला-सानाको भेद नहुने गरी सवैलाई समानस्तरमा सकृय गराउने हो भने ईमेल समुह नै सबैभन्दा राम्रो विकल्प हुने छ । बाँकी, असहमत हुनेको बिचारमा पनि मेरो उच्च सम्मान रहने नै छ ।
जय ब्लग! ह्याप्पी ब्लगीङ !!
भोलि अर्थात अमावश्या तिथि भदौ ४ गते २०६६ साल ( २० अगस्त २००९ साल) , नेपाली परम्परा अनुसार तीन वटा सन्दर्भहरूको महत्वपूर्ण दिन हो ।
नेपाली हिन्दू परम्परा अनुसार यो दिन कुशे औँसी हो । हिन्दू पूजापाठ र पवित्रता विधिमा कुशको ठूलो महत्व छ । कुश घाँसको एउटा प्रकार भएपनि, हिन्दू मान्यतामा यसलाई वर्षको एकपटक यही दिनको सन्दर्भ पारेर मात्र काट्न वा वितरण गर्न सकिन्छ। पुरेत्याईँ पेशाका ब्राम्हणहरूले,आ-आफ्ना यजमानहरू कहाँ गएर यो दिन बिहानै कुश लगेर छोडिदिने चलन छ । यही सुकेको अवस्थामा रहेको कुशलाई वर्षभरि हुने पूजापाठ र अन्य शुभकार्यमा प्रयोग गर्नु पर्ने भएकाले,यो दिनमा यसको संग्रह गरेर घरघरमा राख्ने हिन्दू परम्परा रहेको छ । यो दिन कुश संकलन नभएका घरमा भने पूजापाठ पर्दा ब्राम्हण स्वयंले आफ्नो घरबाट यजमानकहाँ पुर्याइदिने पनि गर्दछन् । अनि, कुशे औँसीलाई नेपाली गाउँघर र शहरमा पनि विशेषत: तीज पर्वको वास्तविक शुरूवात भएको रूपमा लिइने गर्छ । तीजको दरखाने दिन र भोलिपल्टको तीज व्रत पर्वका लागि चेलीबेटीहरूलाई उनीहरूका घर घर गएर माईत ल्याउन निम्ताउने चलनमा कुशे औँसीको आगमनले शिघ्रताको आभास थप्छ । यो नेपाली सामाजिक परम्परामा चाडवाडहरूको शुरूवातको संकेत द्योतक पनि हो ।
भोलिको दिनलाई बाबुको मुख हेर्ने दिनको रूपमा पनि नेपालमा मान्ने परम्परा छ । आफ्ना स्वर्गे भैसकेका पितालाई छोराछोरीहरूले , पवित्र तीर्थस्थलहरूमा गएर पितृतर्पण वा श्राद्ध गरी पितृभक्तिको श्रद्धा दर्शाउने गर्छन् , भोलिको दिनमा । जीवित पिताहरूलाई नया वस्त्र , फूलमाला, नगद वा गहना अर्पण गरी पूजा गरी आशीर्वाद लिने कार्यहरू गर्दै यो दिनको सन्दर्भलाई महत्वसाथ लिइएको पनि पाइन्छ । आफ्नो जन्म, पालनपोषण र सफलतामा योगदान गर्ने माता पिताको महान कार्यप्रति कृतज्ञता अर्पण गर्न कम्तिमा पनि वर्षमा छुट्टाछुट्टै एक एक दिन श्रद्धाभक्तिले गरिने यस्ता कार्यहरूले हाम्रो महान परम्पराप्रति हामीलाई गौरवशाली बन्न सम्झाउँछन् ।
नेपाली भाषा साहित्य कला र राष्ट्रियताको मोहमा हुरुक्क हुनेहरूका लागि भोलिको दिन नेपाली साहित्यका युवाकवि मोतीराम भट्टको जन्मजयन्ति पनि हो ।वि. सं १९२३ भदौ औँसीको दिनमा काठमाण्डौको भोसीको टोलमा जन्मेर ३० वर्षकै कलिलो उमेर वि सं १९५३ को उही भदौको कुशे औँसीका दिन स्वर्गीय हुने मोतीराम भट्ट नेपाली साहित्य आकाशका एउटा जाज्वल्यमान उज्जवल नक्षत्र हुन् ।श्रृंगारिक रसका कविता, समस्या पूर्ति र गजलहरूको लेखनमा आजपर्यन्त नेपालीमा मोतीरामलाई उछिन्ने हैसियत कसैको बनेको छैन। उनको जीवनको अर्को महत्वपूर्ण योगदान थियो: बिर्सिएका आदिकवि भानुभक्तलाई नेपालीहरूको समक्ष ल्याएर चिनाउनु र उनलाई आदिकविको स्थानमा पुर्याउनु । भनिन्छ , मोतीराम भट्टले भानुभक्तलाई प्रचारमा ल्याउन र उनको नेपाली साहित्यप्रतिको योगदानको खोजी नगरिदिएको भए,आज भानुभक्तलाई सायदै कसैले स्मरण गरिरहेको हुन्थ्यो। आफ्नो तीस वर्षे जीवनमा पनि क्मलपना न गर्न नसकिने संख्यामा उच्च कोटिका कृतिहरू: मनोद्वेग प्रवाह, पञ्चक प्रपञ्च र तीजको कथा, पिकदूत, गजेन्द्र मोक्ष, गफास्टक, उषचरित्र, भ्रमरगीत, कमलभ्रमर र अनेकौँ फूटकर कविता, गीत र गजलहरू जस्ता साहित्यिक कृति दिएर जाने कवि मोतीराम भट्टको योगदान नेपाली साहित्य संसारमा अतुलनीय छ। नेपाली साहित्यको गजल विधाका उनी पिता नै मानिन्छन्। कवि मोतीराम भट्टलाई अंग्रेजी साहित्यका यस्तै कलिलो उमेरमा स्वर्गे भएका पुरोधा कवि स्रष्टाहरू: जोन किट्स र पिबी शेलीको उच्च स्थानमा राखेर बुझकी साहित्यानुरागी नेपाली आस्वादकहरूले लिने गरेको पाइन्छ । यस्ता महान नेपाली कविप्रति यो अवसरमा हार्दिक भावपूर्ण श्रद्दाञ्जली !!!
© Dautari Organization 2007-2024