July 15, 2009
कल्पनाको सम्झना मायालुलाई
हाल बलादईराक
हजारौ हजार तिता मिठा शब्दहरु यो मन मस्तिकको अन्तर कन्दराबाट प्रकट भईदिदा यो निर्जिव रुपी कलमको माध्यमबाट अर्थ पुर्ण जिन्दगीको भावपुर्ण परिकल्पनामा कुशलताको कामना गर्दै उज्जवल भविष्यको मिठो सपना बुन्दै लामो जिवनको छोटो यात्रामा मायालुको यादमा प्रदेशी जिवन विताउने चेस्टा गरिरहेको छु ।
शायद श्वास प्रश्वासको प्रक्रियामा बम र बारुदको धुलो र धुवाँलाई अग्रस्थान दिदै धनाड्य बन्ने चाहानामा यो उराठ लाग्दो मरुभुमिमा १२ घण्टा काममा जोतिएर पनि आत्मीय मायालुलाई नजिक बनाउन नसके पनि भौतिक रुपमा मायाको शब्दजाललाई टाडा बनाएर दिन प्रतिदिन सँगमको परिकल्पना बोकेर जिवनको यात्रालाई छोटयाउदैछु । आखीर भगवान बलिदेबको लिला भनु या जे भने पनि सृष्टि कर्ताको चक्रव्युह न हो भनेर भन्नु बाहेक अरु के नै सोच्न सकिन्छ र ? हृदयमा पिडा भएर पनि देखावटिपनको सन्सारमा सदा खुशि रहि रहने यो स्वार्थी संसारमा मिठा मिठा सम्झनाका कोसेलीहरुलाई पलपलमा उब्जिएका तरेलीहरु यो सेता कोरा कागतको मैदानमा निर्जीव तर संन्सारलाई चमत्कार गर्न सक्ने र विनास पनी गर्न सक्ने शक्तिवान कलमको सहारा लिएर भावपूर्ण जिन्दगीको सुनौला रुपी यात्रालाई सुखदसमुन्नती समृद्धिको लागी सृष्टिकर्तासँग दिनहु कामना गरिरहेको छु ।
बाचा त हामीले जोडि ढुकुरको भएर जिउने खाएका थियौ तर के भनौ आखिर अदृश्य भए पनि जिन्दगीको हरेक पल हरेक कोणबाट माया र ममतामा सजाएको नै थिए जस्तो लागेको थियो । दैवको लिला भनौ या त समयको खेल भनौ विधिको विडम्बनाले गर्दा यस्तो हुन गयो । तिम्रा ति कोमल मनको सारथि भएर अदृश्य माया दिए कै थिए । आफना मनमा गुम्सिएका तरङ्गहरु खुलस्त रुपमा तिमीले फुकाउन किन हिचकिचावट गरेका थियौ आखिर सम्पूर्ण सजिव प्राणिको मन मस्तिष्क र हृदयको कुना कन्दरामा बास बसि रहने र दुख र सुखको सामना गर्नु पर्ने यो नै भगवानको कर्तव्य भएकोले मानिसले चाहेर पनि जिन्दगीमा सबै चिज पाउँदो रहेनछ भन्ने कुरा तिम्रा ति अन्तरयामी शब्दहरुको भावबाट प्रष्ट बनाई दियौ । कल्पनाको संन्सारमा वालुवाको महल बनाए झै तिम्रो मन मस्तिकलाई मेरो हृदयको कुना कन्दरामा सजाएको थिए । आखिर मैले तिमीलाई हृदय देखि नै माया गरेकै थिए । तिम्रो हरेक लक्षमा मेरो साथ रहि रहने छ भने कै थिए । तर पनि तिमीले आफुलाई स्वार्गको अप्सरा जस्तै सर्वकृस्ट ठान्यौ । मेरो पवित्र मायालाई कसिङ्गर सम्झेर हावामा उडाई अरुको संसारमा रमाउन चाहन्थ्यौ भने किन मायाको फोस्रो जाल बुन्नु थियो छर्लङ्ग हुने गरि मेरा सामु भनेको भए पनि अविर जात्रा गरेर बिदाई दिने थिए । माया र प्रेम भनेको पाउन मात्र गरिदैन गुमाउनु पनि हो । विश्वास दिनेलाई माया भनेको जिवनको अभिन्न अङ्ग हो खेल सम्झने हो भने मायालु एउटा अस्तिपंजरको हाड र मासुको थुप्त्रो नै त हो जिन्दगी । अरुको खुशिलाई आफनो खुशी हो भनेर आफुमा भएको दुख पिडा र बेदनालाई मलम लगाउन उराठ लाग्दो मरुभुमिको एकान्तमा बम र बारुदको प्रबाह नगरि अतितका पलहरुलाई सम्झेर बस्दै गहभरि आशु बगाउदै वर्तमानसँग रमाउन बाध्य भएको थिए । आखिर जति नै धनाढ्य शिक्षित सुन्दर भएपनि एकदिन यो स्वार्थी संसारबाट खाली हात यमराजको घरमा अवश्य पनि जानै पर्ने दिन आउनेछ । यो सृष्टिको सुनिश्चित नियम नै हो । त्यसैले यो लामो दुई दिनको जिन्दगीको मुल्यवान समयलाई सही ठाउँमा सदुपयोग गरि हासि खुशी रमाउने बाचा त दिएको थिए । शायद मेरो औकात थिएन सुन चाँदि र हिरामोतिले झकि झकाउ बनाउन सक्ने तापनि पवित्र माया दिएर सदा खुशी राख्ने प्रयत्न गरेकै थिए चौरासि परिकारको भोजन र महलमा राख्न नसकेपनि साग र सिस्नो खुवाएर भए पनि खरको झुपडिमा पवित्र माया दिएर ओठ भरि मुस्कान दिई रहने थिए ।
शायद मेरो यो जिन्दगी यो युगमा यस्तै भई हाल्यो । तिम्रा ति अब आउने दिनहरुमा कहिले दुख र संकट भन्ने कुरा नआओस सदा सर्वदा खुशी रही तिम्रो त्यो सुन्दर रुपी मुहार मृग नयनी आँखा बाघको जस्तो कम्मर कोइलीको जस्तो सुवास पुर्ण बोली एक धनाढ्य शिक्षित र सम्पन्न व्यक्तिलाई सुम्पनु र सदा सदाको लागी खुशि रहिरहनु यहि छ मेरो हृदय देखिको नै शुभ कामना ॥
उहि अभागी
रवि कुमार गौतम
July 14, 2009
बिचार ,सिद्दान्त र कर्तब्यसँग ब्यवहारिकता मेल नखान पनि सक्छ
आचार्य प्रभा
(अमेरिका )
बिचार, सिद्दान्त र कर्तब्यसंग ब्यवहारिकता मेल नखान पनि सक्छ । भन्छन नि मान्छेहरु गफै गफमा मेरो बिचार ऊच छ सोच राम्रो छ । म भेदभाव गर्दिन, मेरो नजरमा सबै समान छन, तर कहीं न कहीं मान्छेको बिचार, सिद्दान्त, कर्तब्य र सोचमा फरक पर्न जान्छ । कहीं कतै यो हुन परिस्थिती र समयको खेल पनि हुन्छ र कहिले कही यस्ता कुरा मान्छेको मानसिकतामा पनि भर पर्छ ।
हुन त मान्छे सबै कुरामा दक्ष र पोख्त त हुन सक्दैन उस्मा केही न केही कमीकमजोरी अवश्य हुन्छ नै । मान्छेले चाहेर पनि कहिल्यै ईश्वर हुन सक्दैन । ईश्वर पनि त हामीले मानेर मात्र पूजनशिल भएको हो । पुराना धर्म ग्रन्थहरुमा देखाइएकै छ नि उनिहरुको कमी कमजोरी, रङलीला आदी । मेरो भन्नुको आशय यही हो कि मान्छ्ले ऊच बिचार र सोचको कर्तब्यपथलाई अङिकार गर्ने हो भने मान्छे, मान्छेबिच यस्तो बैमनष्यता, लुछाचुँडी, हानाथाप किन हुन्थ्यो ?
तर मलाई लाग्छ ऊच बिचार, सहि सोचलाई मान्छेले सदुपयोग गर्न पनि उस्लाई मान्छे, समाजकै प्रेरणाको आवश्यकता पर्दछ । जस्तै भनौ न कोही मान्छे सबैसँग राम्रो ब्यवहार गर्छु भन्छ, म सहि बाटो रोजेर हिंड्छु भन्छ समाजमा केही योगदान गरेर बाँच्न चाहन्छ भने उस्को एक्लो प्रयासले कहिल्यै त्यो सम्भव हुन्न, उस्लाई प्रोत्साहन, हौशला र उत्शाह त चाहिन्छ नै । यदी उस्को ऊच बिचार र सोचमा बाधा, अड्चन आइदियो भने उस्ले कसरी उस्को ऊच बिचार र सोचलाई कर्तब्यमा ढालेर ब्यवहारिकतामा उतार्न सक्छ ? यी त भए कसैको पनि ऊच बिचार को सदुपयोग समाजबाट नै हुन्छ भन्ने उदाहरण । तर मेरो मुख्य आशय के हो भने, कसैले ऊच बिचार राख्छ भने त्यस्को सदुपयोग ऊ भित्रको ब्यक्तिगत आचरणमा पनि भर पर्छ । भनौं न, कोही एक युवक म समाज सेवा गर्छु भन्छ अर्थात म कसैलाई पनि सहि नजर बाट मद्घत गर्छु भन्छ, तर समाजले उस्लाई त्यो ओहोदामा पुर्याए पनि उस्को ब्यक्तिगत आचरण नै सहि छैन वा उस्मा निहित स्वार्थ मात्र छ भने उस्को सहि सोच, उच बिचार कसरी कर्तब्यपथमा लागेर ब्यवहारिकतामा ढल्न सक्छ र ? यसर्थ सही बिचार र सिद्दान्तलाई सहि ढंगले कर्तब्यपथमा उतार्नलाई मान्छेको ब्यक्तिगत स्वार्थ र उस्को ब्यक्तिगत चरित्र नै सहि हुनु पर्छ ।
जस्तो एउटा नेताले सबै जनतालाई मक्ख बनाउछ, आफु आफ्नो ओहदामा पुग्नलाई तर जब ऊ आफ्नो स्वार्थको लिस्नो उक्लन्छ अनी उस्का मीठा मीठा बचन,बाणी र सहि सोच, सही बिचार र सहि सिद्दान्तका कुराहरु ऊबाट बहिष्कृत हुन थाल्दछन । यस्को अर्थ हो कि यस्तो हुनु चाँही उस्को निहित स्वार्थ हो । त्यसैले बिचार, सिद्दान्त र कर्तब्यलाई ब्यवहारिकतामा उतार्न आफ्नो ब्यक्तिगत आचरण सहि र ऊच हुन पहिलो आवश्यकता पर्दछ र दोश्रो समाज, अन्य सबैको सहयोगको आवश्यकता पर्दछ । अनी मात्र सहि बिचार, सही सिद्दान्तले कर्तब्यपथमा हिँड्ने मौका पाउदछ । मेरो आशय यही हो कि कुनै बेला सहि र ऊच बिचार ब्यवहारिकतामा लागु हुन आँफैभित्रको मानवियता सबल र सहि हुन पर्छ अनी त्यस्लाई ब्यवहारिक्तामा उतार्न सकिन्छ त र सोच एकातिर, ब्यवहारिकता अर्को तिर भएमा त्यस्तो सोचले समाज, देश जहाकही प्रश्रय पाउदैन । त्यो त उस्को ढोङी र अनर्थको भाषण मात्र ठहर्न सक्छ । यसर्थ सहि सोच, सही बिचार, सही सिद्दान्तको अनुयायी बने पनि त्यस्लाई ब्यवहारमा पनि ढाल्ने कोशीश गरौं, नत्र फोस्रो नाराको आव्हान गरेर किन सबैलाई आफ्नो गलत पहिचान दिएर समाजमा कलंकीत बन्ने ? कि त यस्तो कुनै फोस्रो गफ नै नगर्ने जस्ले आफुलाई समाजमा हास्यको पात्र मात्र बनाउछ । नत्र आफुबाट हुने सम्म र आफ्नो औकातले थेग्ने सम्म सहि बिचार, सही सोँच र सहि सिद्दान्तको भारी बोक्ने जस्ले आफुलाई पत्यारिलो बनाओस र समाज,आफन्त,देशले पनि आफुबाट केही आशा गरोस् वा आफुले पनि गर्न सकियोस, न कि बकमफुस्रे गफले आफुलाई स्तरहिन बनाएर सबैको सामु झुटको खेती गर्ने उपनाम आफ्नो शिरमा नलागोस यसर्थ हुन सक्ने र गर्न सक्ने पुर्याउन सक्ने सोँच बिचार र सिद्द्न्तको सबैले खेती गरौ बेअर्थको सोँच र बिचार लाई पालेर समाजमा आफु स्तरहिन नबनौ ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
गाउँखाने कथा - २३ (Nepali Gau Khane Katha)
------------------------------------------------------------------------------------------------
सधै जसो सप्ताहअन्तमा नेपाली लोकचलनमा चर्चित गाउँखाने कथा लिएर हाजिर भएको छु।
त्यो घरकी एक्ली बूढी, कु्म्लो छाडी रुख चढी।
यो गाउंखाने कथाको उत्तर पत्ता लगाउनुहोस?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
बिगठन र आरम्भ मान्यताहरुको
(हाल: मस्को, रसिया)
बगरमा भेटिएको बान्किलो लाम्चो ढुङ्गो -
येतिखेर दोबाटोको चौतारीमा विराजमान छ
बटुवाहरु आउँछन् चढाउँछन्
फूल, स्याउला, चन्दन र फलफूल
हुने खानेले चढाउँछन्
बोका, भाले र भेंडाहरू !
मेरो एउटा सपनीमा
बनदेवी रिसाउनु भयो -
अनिस्ठ पठाउँछु भन्नु भयो
कसले कुरा लाएछ कुन्नि !
मसंग सारै असन्तुष्ट छु भन्नु भयो
जताततै चाकडी मात्र चाहिने
चाकडीको अभावमा -
भगवान भगवान असन्तुष्ट
मान्छे मान्छे असन्तुष्ट
अर्थात्
आफ्नै आविस्कारहरु असन्तुष्ट
चाकडीको बस्तीमा-
सल्बलाए धेरै अनुहारहरु
उचाईमाथिको उचाई नपुगेर हो कि !
मानौ सबै केहि कुरेर बसिरहेका छन्
कार्यक्रम भगवानबाटै शुरु गरें :
झिसमिसे मै चौतारीको ढुङ्गोलाइ
पुरानै बगरमा फर्काइ दिएँ -
एउटा स्वप्न - आतंक रोकियो
चौतरीमा पशु-रक्तप्रवाह रोकियो
हजारौं फूलहरु अन्धाधुन्ध चुडालिएनन्
अल्फा र ओमेगाहरु शान्त होउन्
शान्त होउन् अल्फा र ओमेगाहरु
होउन् शान्त अल्फा र ओमेगाहरु
अब अर्को स्वप्न - आतंक बाँकि छ:
नेपाल सिमानाहरुमै हराईरहेको
देश बिनाको नागरिकता र राहदानी लिएर
केहि पृथ्वीबासीहरु छटपटाईरहेको
अप्रिय दृश्यहरु....
सपना पनि नहोस यस्तो त !!!
चोर, फटाहा र नामर्दहरुलाई लिस्नु चढाएर
देशको सत्ता र आफ्नो अस्तित्व सुम्पेको
दिनको याद आइरहेछ
कुर्सिधारी "दास" हरुकोलागि
गन्तब्य खोज्न
दिन दहाडै
म
मान्छेको भीडबाट
निस्कीरहको छु
एउटा स्वतन्त्रता
नेपालीको अनुहार देखाएर खुलेआम नेपाल बेच्नेहरुबाट
मुक्ति मागी रहेछ
मन्जुश्रीको तरवारको धारमाथि
अन्तिम आस्था र विश्वास संगालेर !
आफ्नै आविस्कार बिरुद्दको युद्धमा
आविस्कारहरु
देश बिरुद्ध
गोहीको आँशु
तप तप चुहाउदै
गुहार मागिरहेछन्
म
उनीहरुकोलागी
अन्तिम गन्तब्य खोजिरहेछु
बनदेवीलाइ बगर जस्तै
अल्फा र ओमेगाहरु शान्त होउन् !
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
July 13, 2009
फेरी अर्को पासो भित्र
प्रबिण माथि सुनामी नटरेकै जाती
तिमी बाँच्नु हाँसेर म मरेकै जाती
गगनमा उड्नु सधैं क्षितिज चुम्नलाई
दाग लाग्छ यो संसारमा नझरेकै जाती
छुट्टै संसार बनाउने तिम्रो मेरो भन्थ्यौ
आदर्शका कुरा अब नगरेकै जाती
सुक्क सुक्क गरी गोहिको आशु नबगाउ
तिम्रो मनमा मेरो माया नसरेकै जाती
चोटको उपहारमा रमाउन थालेको छु
फेरी अर्को पासो भित्र नपरेको जाती
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
तिमी मुस्काइ रहु
सकेनन देख्न दुश्मनले तिम्रो प्रगती .......
चिरआत्माको गर्छौँ हामी सबैले कामना
तिमी प्रती छ हामी सबैको सद्भभावना .........,
चम्किलो तारा कहिल्यै निभ्दैन नभमा
तिमी अजर,अमर रहनेछौ सब माझमा ...........,
छुटयो सास देहबाट त के भो अब
तिमी जग्मगाइरहेछौ यो धर्तिमा जब ............,
गर्यो जस्ले तिमीसँग घ्रीणित घात,
भोग्नेछ उसैले आजन्म त्यस्को पाप ........,
तिमी अमर रहु बनेर शहिद ख्याती
यही जन्ममा मिल्नेछ फेरी प्राप्ती .......,
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest