माओवादी हिंसा कालमा अक्सर सुनिने शब्दहरु थिए 'कारवाही' र 'सफाया'। माओवादी इतरका राजनीतिक दल वा व्यक्तिहरूलाई सरकारी सुराकीको नाममा कारवाही गर्नु माओवादीको जनक्रान्ति थियो । कारवाहिको तरिका उनले आँफै तयार पारेका हुन्थे । कसैलाई तास खुवाउँथे, कसैलाई कपाल मुडेर भाटा र लौराले कुटेर भाटे र लौरे कारवाही गर्थे। मैले थाहा पाए अनुसार उनीहरूले गर्ने क्रान्ति अक्सर बिभत्स हत्या र मारमुङग्रीमा देखिने गर्थ्यो ।
श्याङ्जा र पाल्पा जिल्लाको सीमावर्ती गाउँ चापाकोटमा माओवादीको एमाले कांग्रेससंग झगडा परेछ । अपशोस, भीडन्तमा एकजना माओवादी पनि मारिन पुगे। लखेटालखेटमा भीरबाट खसेर उनको मृ्त्यू भएको रहेछ । केही दिन पछि माओवादीले प्रतिकारमा गाउँमा धावा बोल्यो र एक को बदला दुईजना स्थानीय नेताको अपहरण गर्यो । ई व्यक्ति मैले व्यक्तिगत रूपमा चिनेका एमालेका स्थानीय नेता र शिक्षक गुप्त वि क थिए । आज पर्यन्त गुप्तजीको अत्तोपत्तो छैन तर दोस्रा व्यक्ति नेत्र भण्डारीलाई माओवादीले जीउँदै उनको शरीरको छाला उधारेर काली गण्डकीको बालुवामा तड्पाइ तड्पाइ मारेको कुरा, उनका आफन्त र चापाकोट रत्नपुर यताउतिका गाउँमा अझै सुन्न पाइन्छ । स्थानीय व्यक्तिहरू भन्छन् भण्डारीजीको टाउकोको छालासहितको रौँ र कपडाका केही टुक्रा तथा लगाएको घडी र शरीरको अन्य भागको छाला खुला बगरमा यसरी फालिएको थियो कि मानौँ माओवादीले जनाउ दिन चाहन्थे कि उनीहरूको बिरोधमा लाग्नेहरू को हविगत के हुने रहेछ ! । मैले पाल्पा रामपुरका एकजना साथी एमाले नेताबाट त्रिभूवन क्याम्पस् पाल्पाको प्राङ्गणमा यो कुरा सुन्दा मेरा रौँ सिरिङ्ग भएका थिए र म भाउन्निएको थिएँ, यो सोचेर कि एउटा नेपालीले अर्को नेपालीलाई यो अमानवीय तरिका अपनाएर व्यवहार गर्नु पर्ने नौबत किन आइपरेको होला !
माओवादी बिरुद्द सेना र सरकारी फौजले पनि अत्याचार गरेको थियो होला । तर यहाँ गरिएको चर्चा निहत्था नागरिकहरू जो आफ्नो काम, व्यवसाय र विचारको जिवन जीउँदै थिए तिनिहरूको मात्र हो । क्रान्तिकारीले त मर्ने र मार्ने कसम खाएर युद्दमा लागेका थिए होला तर सामान्य जनताका लागि त जीवनको जोहो गर्नु पर्ने कुराले महत्व राख्थ्यो ।
त्यसपछि, केही समयको अन्तरालमा मैले भैरहवाका एकजना स्थानीय व्यापरीलाई भनेजति चन्दा नदिएको हुनाले, सरकारको पक्षमा सुराकी गरिएको आरोपमा गरिएको कारवाही देख्ने दूर्भाग्य खेपेको थिएँ । म काम विशेषले एकजना आफन्तकहाँ गएकै बेलामा यो घटना देख्न पुगेँ । मधिशे मूलका यि व्यापारीसंग ५० लाख माग गरिएकोमा , मोलमोलाउ १० लाखमा झरे पनि उनी अझै घटाउन सकिन्छ भन्नेमा विश्वस्त रहेछन् र माओवादीका भूमिगत नेताले भेट्न बोलाएको स्थानमा भे्टन गएछन् । तर, दूर्भाग्य कुनै चेतावनी बिना माओवादीहरूले उनलाई ढुङ्गाको मचानमा रखेर उनका दुवैवटा खुट्टा फलामका घनले हानेर पहिला ठनक ठनक भाँचेछन् र बोलि उपचारपछि जोडिन पनि नसकोस् भनी थिलोथिलो पारेछन् । मेरा नातेदारका नजिकका मित्र रहेका उनलाई घटनाको ८ वर्षपछि गएको डिसेम्बरमा मैले भेटेँ । आजीवन अपाङ्ग शरीर बोकेर उनले आफ्नो पीडा बताइरहँदा, मेले यो कथित क्रान्तिको दूर्नियतपूर्ण पाटो देखेँ ।
रक्तरंजित क्रान्तिको चर्को युद्द लडेकाहरूका लागि व्यक्तिको जीवन हरण र शारीरिक कारवाही केही पनि हैन होला तर शान्तिपूर्ण राजनीतिमा आइसकेपछि पनि हिजोका छापमारहरूको यो हाडफोरा क्रान्ति जारी छ । मैले व्यक्तिगत रुपमा चिनेका श्याङ्जा जिल्ला कांग्रेसका सचिव शिव गिरीका सहोदर भाइ बलराम गिरीलाई अस्ति लगभग तीस जनाको वाइसिएल समूहले मरणासन्न हुने गरी कुटेर अब मर्यो फालिदिए हुन्छ भनी फालिसकिएपछि गाउँलेले उद्दार गरी उपचार गर्न पठाएपछि अस्पतालमा खिचिएको उनको फोटो नेपाली वेब मिडियामा पनि देखाइएको छ । थाहा पाए अनुसार बलराम गिरीका हात र खुट्टाका अनेक ठाउँमा हड्डि भाँचेर अनि फुटाएर उसलाई आजीवन अपाङ्गताको ओछ्यानमा सुत्न बाध्य पार्ने गरी चमत्कारी नेपालका योजनाकारहरूले फेरि एउटा मिनी क्रान्ति सम्पन्न गरेका छन् । ऊ एउटा शिक्षक हो र उसको एउटा राजनैतिक विचार थियो होला नै, तर नेपाली क्रान्तिरूपी यो हण्टिङ गेमका यी शिकारीहरूका लागि, राष्ट्रपतिको कदम सच्याउन कुनै इतर विचार बोक्नेका हातखुट्टा ठुन्क्याउने क्रान्ति मात्र जायज छ । आखिर, नेपाल यो मध्ययूगीन पाशविकताको वर्वर्तामा सडिरहनु पर्ने दिन कहिलेसम्म रहने होलान् ।
June 22, 2009
हात खुट्टा भाँच्नै पर्ने , हड्डी फुटाल्नै पर्ने क्रान्ति !
June 21, 2009
नेपालको जातिगत तथ्य र तथ्यांक
नेपालमा पछिल्लो जनगणना वि सं २०५८ मा सम्पन्न भएको थियो । सो जनगनना अनुसार , नेपालमा कूल जनसंख्याको १% भन्दा बढी संख्या भएका मुख्य १८ वटा जातजाति छन् । यी मुख्य १८ वटा जातिहरुको नेपाली जनसंख्यामा ८०% वर्चस्व छ जबकि बाँकि रहेको जनसंख्याको १९% भन्दा केही बढी हिस्सा बाँकि ८६ जातजातिले ओगटेका छन् । नेपालमा १०३ वटा विविध जात र १ वटा जात नखुलेको समूहको बसोवास रहेको छ भन्ने समेत राष्ट्रिय जनगणनाको लेखोटले बताएको छ । यसलाई सजिलोको लागि यसरी हेर्न सक्छौं ।
जात,जनसंख्या, प्रतिशतमा र साक्षारता:
जात | जनसंख्या | कूल जनसंख्यामा % | साक्षरता % |
क्षत्री | ३५९३४९६ | १५.८० | ६० .११ |
बाहुन | २८९६४७७ | १२.७४ | ७४.९० |
मगर | १६२२४२१ | ७.१४ | ५५.९० |
थारु | १५३३८७९ | ६.७५ | ४७.१२ |
तामाङ | १२८२३०४ | ५.६४ | ४५.०४ |
नेवार | १२४५२३२ | ५.४८ | ७१.२२ |
मुसलमान | ९७१०५६ | ४.२७ | ३४.७२ |
कामी | ८९५९५४ | ३.९४ | ४१.२७ |
यादव | ८९५४२३ | ३.९४ | ४०.८३ |
राई | ६३५१५१ | २.७९ | ५८.१९ |
गुरूङ् | ५४३५७१ | २.३९ | ५९.७९ |
दमाई | ३९०३०५ | १.७२ | ४३.५३ |
लिम्बू | ३५९३७९ | १.५८ | ५८.१२ |
ठकूरी | ३३४१२० | १.४७ | ६३.३२ |
सार्की | ३१८९८९ | १.४० | ३८.३३ |
तेली | ३०४५३६ | १.३४ | ५१.४२ |
चमार,हरिजन | २६९६६१ | १.१९ | १९.२४ |
कोइरी | २५१२७४ | १.११ | ४३.८८ |
कूल | ८०.६९% | राष्ट्रिय औषत | ५३.७३% |
अब अर्को तथ्यसंग परिचित होऔँ है त :
२ जिल्लाको कूल जनसंख्याको ४०% भन्दा बढी हिस्सा एउटा मात्र जातिको सघन बसोवास भएका नेपाली जिल्लाहरू जम्मा २८ वटा मात्र छन् र ती मध्ये पश्चिम पहाडका १३ जिल्लामा खस क्षत्रीहरूको वर्चस्व छ भने अरु १५ जिल्लाहरु मात्र नेपालका यस्ता जिल्लाहरू हुन जहाँ ४०% भन्दा बढी एउटा निस्चित जातको बसोवास पाइन्छ । त्यहाँ बसोवास गर्ने तत् तत् जातिहरु र तिनीहरुको विवरण यस प्रकार छ :
१) क्षत्री: (दार्चुला ५९.२),डढेलधुरा ( ५१.३), बैतडी (४८.१) , अछाम(५३.२), डोटी (५२.७) ,बझाङ (६३.९) ,बाजुरा (५५.५), मुगु (४४.३ ), हुम्ला ( ४३.८), डोल्पा (४३.९ ) ,जुम्ला ( ६३.१) ,रुकुम (५८.४) ,सल्यान (५०.२)
२) तामाङ: रसुवा ( ६३.७) , मकवानपुर (४७.३) , सिन्धुपाल्चोक ( ३९.५), नुवाकोट ( ३८.५)
३) मगर: रोल्पा (४३.८ ) , पाल्पा ( ५०.९) , म्याग्दि ( ५०.८)
४) थारू: बर्दिया ( ५२.६), कैलाली ( ४३.७)
५) लिम्बु: ताप्लेजुङ ( ४१.८ ) , पाँचथर ( ४०.३)
६) गुरुङ: मुस्ताङ ( ४५.२) , मनाङ ( ७५.२) ---( जनसंख्याका हिसाबले नेपालका सबैभन्दा साना दुई जिल्लाहरु)।
७) नेवार: भक्तपुर ( ५५.९), ललितपुर (४०.५)
(३) त्यसैगरी निम्न जिल्लाहरूमा निम्न जाति समूहहरू त्यो जिल्लाको सबैभन्दा ठूलो जाति समूहको रुपमा संख्यामा बसोवास गर्छन् :
१) बाहुनहरू निम्न १० जिल्लामा सबैभन्दा ठूलो जाति समूह हुन्:
>> झापा,मोरङ, चितवन,श्याङजा ,कास्की, पर्वत,गुल्मि,रुपन्देही,अर्घाखाँची र कालिकोट
२) क्षत्रीहरु निम्न २१ जिल्लामा सबैभन्दा ठूलो जाति समूह हुन्:
>>ओखलढुङ्गा,उदयपुर,रामेछाप,दोलखा,रुकुम,सल्यान,सुर्खेत,दैलेख,जाजरकोट,जुम्ला,मुगु,हुम्ला,डोल्पा,बाजुरा,बझाङ,अछाम,
डोटी, कञ्चनपुर,डडेलधुरा,बैतडी, र दार्चुला
३) नेवारहरु निम्न ३ जिल्लामा सबैभन्दा ठूलो जाति समूह हुन्:
>>काठमाण्डु,ललितपुर र भक्तपुर
४) लिम्बूहरू निम्न ३ जिल्लामा सबैभन्दा ठूलो जाति समूह हुन्:
>>ताप्लेजुङ,पाँचथर र तेह्रथुम
५) राईहरू निम्न ६ जिल्लामा सबैभन्दा ठूलो जाति समूह हुन्:
>>इलाम,धनकुटा,संखुवासभा,भोजपुर,सोलोखुम्बु र खोटाङ
६) गुरुङहरू निम्न ४ जिल्लामा सबैभन्दा ठूलो जाति समूह हुन्:
>>गोर्खा,मनाङ,लमजुङ र मुस्ताङ
७) मगरहरू निम्न ७ जिल्लामा सबैभन्दा ठूलो जाति समूह हुन्:
>>तनहु,बाग्लुङ,म्याग्दि,पाल्पा नवलपरासी,प्युठान र रोल्पा
८) तामाङहरू निम्न ७ जिल्लामा सबैभन्दा ठूलो जाति समूह हुन्:
>>सिन्धुली,नुवाकोट,रसुवा,धादिङ,मकवानपुर,सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक
९) थारुहरू निम्न ४ जिल्लामा जिल्लामा सबैभन्दा ठूलो जाति समूह हुन्:
>>सुनसरी, दाङ, बर्दिया,कैलाली
१०) यादवहरू निम्न ५ जिल्लामा सबैभन्दा ठूलो जाति समूह हुन्:
>>सप्तरी,सिराहा,धनुषा,महोत्तरी र सर्लाही
११) मुसलमानहरू निम्न ५ जिल्लामा सबैभन्दा ठूलो जाति समूह हुन्:
>>रौतहट,बारा,पर्सा,कपिलबस्तु र बाँके
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
June 20, 2009
English in public school?
At first, even my thoughts were rent in twain. There was certain uneasiness. It was tough for me to vouch such rules in governmental level but at the same time it would have been utter hypocrisy to make others study in Nepali medium; whereas, I, myself studied in an English-medium school. Lawmakers and the intellects, most of them have relatively good disposable income, who are not in support of making English as a primary language would also put their offspring into the misnomer boarding schools of Nepal. So, why just the poor students should suffer the market biasness towards English fluency?
I have chosen uneasiness upon hypocrisy. What would you?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
June 19, 2009
आज फेरि साउने झर्यो...........
लाग्छ अझै सायद तिमी, यतै छौ की कतै
झरी सँगै भिज्ने गर्या, दिन याद आउँदा
किन-किन अतित पनि, लाग्छ हिजो जस्तै
सुन्छु आवाज नेपथ्यमा, तिम्ले बोलायौ की
आउदै छौ की टाढा, देख्छु तिमी जस्तै
थाहा छैन शहर तिम्रो, हाँस्दै छौकी रुदै
वादलुलाई सोध्ने गर्छु, प्रिया देख्यौ कतै
तिम्रो सुन्दर तस्बिरमा, धुलो वस्या छैन
चम्केकै छन दन्त लहर, हिरा-मणी कतै
कुर्दा-कुर्दै वर्षौ विते, खबर पाया छैन
भेट्न आउ प्रिय तिमी, सपनीमै कतै
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
गाउँखाने कथा - २० (Nepali Gau Khane Katha)
गाउ भने सबै भन्दा पहिला उत्तर मिलाउने लुना जी ले पाउनुभयो। अब गाउ माग्ने पालो बसन्तजी को।
------------------------------------------------------------------
सधै जसो सप्ताहअन्तमा नेपाली लोकचलनमा चर्चित गाउँखाने कथा लिएर हाजिर भएको छु।
यही मेरो ढिकी यही मेरो कोल,
यही मेरो जांतो सिपीको खोल, के हो?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
विषाक्त वर्तमान
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest