एउटा अंग्रेजी उखान छ "you fool me once shame on you, you fool me twice shame on me" । जन अन्दोलन २०४६ को सफलता पछी ठुला ठुला सपना देख्ने धेरै नेपाली थिए, तर प्रजातन्त्र पछी आफ्ना ति सपनाहरु साकार भयो भन्ने कती होलान आज ? आफसोच!, झन्डै २० बर्ष पछी पनि ति सपना बेच्नेहरु आझै हाम्रा नेता भएर बसि रहेका छन ।
मैले संधै दोष जनतालाई नै दिने गरेको थिएं, what you pay is what you get। एकै छिनलाई राष्ट्रिय राजनीति बिर्सेंर एउटा निर्वाचन क्षेत्रबाट सोचौ, २० बर्ष देखी जित्ने एउटै नेता छ । जिते पछी आफ्नो क्षेत्रमा बिकास गर्नु पहिले काठमाडौंमा घडेरी जोड्छ, आफ्नो क्षेत्रमा पाठशाला बनाउन पहिला काठमाडौंमा घर ठडाउछ, आफ्नो क्षेत्रमा बाटो ल्याउनु भन्दा पहिला नयाँ घरलाई सडकसंग जोड्छ, र आफ्नो क्षेत्रमा नयाँ ब्यापार उद्ध्योग भित्राउनु भन्दा बिदेशमा आफ्ना सन्तानलाइ Gas Station किन्न मद्घत गर्छ । यती हुँदा हुँदै पनि संधै त्यो क्षेत्र को नेता त्यही ब्यक्त्ती हुन्छ भने दोष कसको ?
तर आज आएर चुनावमा (दुइ दुई ठांउमा) जनताले हराए पनि एक नेतालाई प्रधानमन्त्री बनाउने कुरा भै रहेको छ । मेरो माधव नेपालसंग केही ब्यक्तिगत रिसईवी छैन, तर माधव नेपाल प्रधानमन्त्री भए मैले जनतालाई दोष दिने ठांउ पनि हुंदैन (बामदेव उप प्रम भएर पहिलै जनाताको पनि केही सिप नलाग्ने प्रथाको थालनी भै सक्यो)। मैले यहाँ कुरा नियम, मर्यादित प्रजातान्त्रिक अभ्यास, र नैतीकताको गर्दै छु, कुनै पार्टी वा ब्यक्तीको हैन । राजनीतिमा नैतीकताको कमि संसारको सबै देशमा हुन्छ, त्यसैले होला शब्दकोषमा राजनीति र समाजसेवा भन्ने दुई भिन्न शब्द छन । तर हाम्रा नेपाली नेता (अधिकांशमा) नैतीकता सुन्य प्रतिशित हुनु हामी नेपाली को दुर्भाग्य हो ।
यही मौकामा आर्को कुरा पनि भनि हालुं, आहिले एमाले को नेत्त्रिव सरकार बने पनि १-२ महिना मै नेपाली कांग्रेस प्राइभेट लिमिटेड का CEO गिरिजा प्रसाद र नेकपा जंगली मावोबादी लाई सक-सक भएर सरकार गिराउन तर्फ लागि हाल्छन । मैले पहिले देखी नै भन्दै आएको कुरा हो, यि ६०१ को चयन संविधानको निर्माणका लागि हो सरकार बनाएर अग्रगामी छलाङ मार्नको लागि हैन । त्यसैले यि ६०१ लाई संविधान बनाउने मात्र जिम्मा दिएर सरकार चलाऊने जिम्मा, सिमित अधिकार को साथ, नागरिक समाजलाई दिए हुन्थ्यो (जस्तै विश्वनाथ उपाध्याय, दमननाथ ढुंगाना, ॠषिकेस शाह आदी)। नत्र खै कहिले सकिने यो किचिलो !!!
May 15, 2009
माधव नेपालको सपना र प्रजातन्त्रको हार
हल्लै हल्लाको देश
(अमेरिका )
सधैं हल्लै हल्लाको देश भो नेपाल
कोही बिद्रोह ओकल्छन
तोड्फोड गरेर ,
कोही मौन छन आँफैलाई धिक्कारेर
कोही लुछाचुँडिमा ब्यस्त छन
पद्लोलुप्ताको निम्ती ,
कोही नारा लगाउछन
अधिकारको अभिप्शामा
यसरी नै नौटंकिको
बजार बनेर बाँच्न वाध्य छ हाम्रो देश ,
कुनै गन्तब्यबिनाको
बटुवा झैं बनेको छ
हाम्रो भाषा अनी हाम्रो भेष /
खै !कसरी भन्न सकिएला ?
यो रोगको निराकरण
होला भनी ,
खै !कसरी सोंच्न सकिएला र
जननी जन्मभुमीश्च स्वर्गदपी गरियसी
अब फेरी भनी ...../
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
May 14, 2009
...मात्रै रै छ ।
यीनका निती मीठो बोल्दै, सबलाई मिच्नु मात्रै रै छ ।
‘म’, ‘आफू’ र ‘मेरो’ बाहेक, सबलाई किच्नु मात्रै रै छ ।
बलीदानको पाठ पढाई मर्न भन्थे निमुखालाई,
हाम्रा रगत केवल तीनकै बाली सीच्नु मात्रै रै छ ।
आज स्वरुप उदांगीयो, दुनीयाले चिने पनि,
हिजोको त्यो शालीन मुद्रा तस्विर खीच्नु मात्रै रै छ ।
सहिद पनि लिलाम गरी बन्दुक किन्ने कुरा सुन्दा,
यीनका कदम आफू चढ्न, जनतालाई थीच्नु मात्रै रै छ ।
दुई चार दिन त शान्त भा’थे फेरी चल्यो पौठेजोरी
यीनले कायम गर्या शान्ति, सिनो घीच्नु मात्रै रै छ ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
दिल खोलेर हाँस्नुस, पीडा भुलेर हाँस्नुस
अघिल्लो हप्ता दौंतरीमा धेरै तातो बहस चले, सबै पढें पनि तर बहसमा सहभागी हुन भ्याईन । देशकै मात्रै हालत हेरेर बस्यो भने त स्थिति निराशाजनक छ र केहि रमाउने कुरा छँदै छैन ।
लाग्छ आजकल पाण्डाजी पनि व्यस्त हुनुहुन्छ त्यसैले वहाले शुरु गर्नु भएको "Tea Time" मा केहि जोकहरु राखेर म स्थितिलाइ केहि हल्का बनाउने प्रयाश गर्दै छु :
----------- -------------- ---------------- ---------------
दुईजना पुरुष मित्रहरु बाटोमा हिंड्दै थिए, अचानक विपरित दिशाबाट दुईजना महिलाहरु आँउदै गरेको देखीयो ।
पहिलो पुरुष: ओ हो ! बर्बाद भो नी !
दोस्रो पुरुष: आम्मा ! मलाई पनि आपतै पर्यो नी !
पहिलो पुरुष: नजिस्की न। मलाई साँच्चै आपत पर्या छ … उताबाट दुईजना महिला संगै यता आउँदै छन नी....., ती मध्य एकजना मेरी श्रीमती .....र एकजना मेरो गर्लफ्रेण्ड हो …
दोस्रो पुरुष: .....मैले पनि तँलाई त्यहि कुरा भन्न लागेको..... ।
----------- -------------- ---------------- ---------------
कन्जुस मालीक (नया नोकर संग): कान्छा हेर, बिहान तरकारी किनेर ल्याउनु, खाना बनाउनु, भाँडा माझ्नु, बारी खन्नु, बच्चाहरुलाई स्कुल लिन पुर्याउन जानु, विरुवाहरुलाई पानि हाल्नु, खाजा बनाउनु, कोठा सफा गर्नु, रातको खाना बनाउनु, भाँडा वर्तन माझ्नु ।
नोकर: मालीक!, घरको वरीपरी अलिकता खाली जग्गा छैन ?
मालिक: किन
नोकर: म फुर्सदको समयमा ईटाँ पनि बनाईदिन्छु
----------- -------------- ---------------- ---------------
Q: What is deference between man and Superman?
Ans. Man wears underwear under the trouser and superman wears it over the trouser.
----------- -------------- ---------------- ---------------
एकजना मानिसले बिबाहको लागी पत्रीकामा विज्ञापन निकालेछन:
“मलाई एकजना कुशल गृहणी र जिवनसाथी चाहिएको छ”
भोलिपल्ट उस्को घरमा पाँच हजार चिठ्ठि आएछन। उसले खाम खोलेर हेर्यो । हरेक चीठ्ठिमा एउटै वाक्य रहेछ “मेरो लिनुहोस!”, ‘मेरो लिनुहोस!”
----------- -------------- ---------------- ---------------
अनी यो एकजना भारतीय मित्रले पठाएको एसएमएस:
मैंने पुछा चाँदसे “देखा है कहिँ, मेरे यार सा हँसी’
चाँदने कहा “साले! यीतनी उपरसे दीखता है क्या?”
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
ज्ञानेन्द्रको अनुमान सहि निक्ल्यो प्रचन्ड ' र ' का एजेन्ट नै हुन ।
शेखर ढुङेल
०५-१४-२००९
आखिर प्रचन्ड भारत का नयाँ लोन्दुप दोर्जे प्रमाणित भए । ' र ' कै निर्देशन् बमोजिम नेपालको परम्परागत स्थाइ धरातल र आस्थालाई ध्वस्त पारी सके पछी बचेको एक मात्र राष्ट्रिय शेना भित्र कथित नागरिक सर्बोच्चताको नाममा बिद्रोह गराउने र अर्को तिर बिभिन्न जन जाती अनी ' एक मधेष एक प्रदेश को' अन्दोलन गराइ रक्त पात बढे पछी तराइमा भारतीय मूलका नागरिकको सुरक्षाको बहानामा भारतीय शैनिक बोलाउने षडयन्त्रात्मक् चक्रब्युह रचियो तर समयमा नै अमेरिका र अन्य राष्ट्रबादी दलले टेप मार्फत प्रचन्ड को योजना थाहा पाएकाले तत्काल लाई रोकिए पनि खेल समाप्त भैसकेको छैन ।
त्यही योजना सफल गर्न सहयोग नगरेको भन्दै भारतलाई रिष देखाउन राजिनामा दिए । ‘म जस्तो विश्वाश पात्र पाउदा पनि मौका मा सहयोग नगर्ने’ भन्दै भारतीय दैनिक पत्रीका द हिन्दू मार्फत गुनासो पोखे । यसबाट स्पष्ट हुन्छ, राष्ट्रबादको खोल ओढेर प्रचन्डले नेपालमा नयाँ लोन्डुप दोर्जेको रुपमा जन्म लिएका छन । शेनामा बिद्रोह गराए लगत्तै तराइमा जातिय दंगा गराउने योजना रहेको छ माओवादीको । त्यसैले आफ्नो योजनामा बाधक देखिएका राष्ट्रपती बिरुद्ध आगो भएर ' र् ' कै निर्देशनमा संघर्ष गरिराखेको एक सुत्र ले बताएको छ ।
पूर्व राजा ज्ञानेन्द्रलाई माओवादी भारतबाट सन्चालित छन भन्ने थाहा थियो त्यसैले बिश्वमा सर्बाधिक आतंक पीडित भारतको आतंककारी पारीभाषामा दोहोरो मापदन्ड किन भनी पूर्व राजा ज्ञानेन्द्रले भारतको नितीको पर्दा फास गर्न खोज्दा भारत चीढियो र मौका पाउने बितिकै उधारो लोकतन्त्र ( उस्कै भाषा )दिने नाममा माओवादी लगायतका दल लाई ( तत्कालिन ८ दल ) भारत बोलाएर राजा ज्ञानेन्द्रको बिरुद्ध मा १२ बुँदे सम्झौता गरायो । माओवादी बाहेक अरु दललाई भारतको यो षड्यन्त्र को भनक समेत भएन । यहाँ सम्मकी पाउने करोड भारतीय लाई नागरिकता बाडियो कसैले चु समेत बोलेन ।
प्रचन्ड को काम जसरी हुन्छ देश तहस नहस पार्ने, सडक र सदन ठप्प पार्ने, देशमा अराजकता फैलाउने, दन्ड हिनता लाई बढवा दिने, संबैधानिक प्रकृया नस्ट पार्ने, जनतामा बित्रृस्णा जगाउने, जातिय सदभाव लाई द्वन्दमा परिणत गर्ने, राष्ट्रिय ढुकुटी खाली पार्ने र अन्तमा देशलाई असफल राष्ट्रको पगरी गुथाइ बिदेशी (भारत) लाई नेपालमा आफ्नो इच्छा बमोजिमको शासित राज्यमा परिणत गराउने त्यो षड्यन्त्र को तानाबना बुनिएको थिएन भने देशको शेना र राष्ट्रपती बिरुद्ध भारतीय बिशेष दुतको माग किन गरे प्रचन्ड ले ? र किन खोइरो खन्दै छन आफ्नै देशको शेना र राष्ट्रपती को ?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
May 13, 2009
आशु नै आशुमा डेबेको जिवन
विजयकुमार श्रेष्ठ
हाल ईराक
मे १२ २००९, मंगलबार
आत्मा कुनै दिन खुशी भएन, जिवनमा सुख कहिलै मिलेन अनेकौ दर्द र पिडाका धाउहरु चहर् याई रहेछ, अन्तर बेदनामा आत्मा रोई रहयो । केवल बाच्नको लागी अथाहा संघर्षका पाईलाहरु हरपल हरदम चलिरहदा पनि खुशिका रेखाहरुसम्म सामु आएनन्, उल्टै चोट र बेदनाहरुमा रुँदा रुँदा आखाबाट आशुहरु रित्तिसके मायका सागरहरु सुकी सके जिवनका रंगिन सपनाहरु हावाको अन्तरंग बेगमा हराईसके सपना केवल सपनामा नै सिमीत रहयो । मेरा चाहना र ईच्छाहरुको कुठाराधात भयो । जिवन साच्चि नै पानी विनाको माछा जस्तै छटपटाई रहयो । बाल्य कालका मेरा ति कालखण्डहरुको कल्पना गर्दा मेरि आमाको मायाका ति छालहरु आज कहाँ हराए मेरा बा का ति शब्द सन्देशहरु त्यसै बिलाए । मेरा दाजुभाईदिदी बहिनी र साथि सँगीहरुकोलाड प्यार आज यूध्दको मरुभुमीमा बम लन्चर र तातो हावासँग मिश्रित माजमा चिच्याहटसँगै समिप रहने पुगे लक्ष्य र उदेश्यहरु यथावत झर्दै गए । यूवा अवस्थाका मेरा चाहानाहरु अनि जिवन घर न धाटको भएर दोधारमा दिनचर्याहरु विती रहे पनि मेरी उनीका बचनका बाडहरुले लागेका दागहरुले अझै पनि चहर् याई रहेछ पोलीरहेछ भित्र भित्र दुखि रहेछ । मेरो निश्चल माया अनि निश्वार्थ प्रेमका भावनाहरु बुझन नसक्ने उनिको मन तथा अन्तर आत्मा त मैले बुझेको छु । केवल उनिका हरेक मन र पलपलका अबिस्मरणीय घटनाहरु मेरो मानसपटलमा अजै ताजै छन । बिर्सन खोज्दा झस्काई दिन्छ, निदाउन खोज्दा बिउँझाई दिन्छ । त्यसैले होला कुनै बेलाको यो मिठो गितको याद आउछ:
बेहाल भयो जिन्दगी यो
निर्मोहीको जालमा परि ॥
आशुको त मोलै छैन
बलेसिको पानि सरि ॥
बिछोडको बेदनाले जति तड्पिए पनि अतितका ती तिता घटनाहरुले जति सताए पनि हर दिन र रातहरु निरासै निरासमा विती रहे केवल जिवनका लक्ष्य विहिन यात्राहरु कठोर भन्दा कठोर बन्दै गए । आशाका दियोहरु निब्दै गए भरोसाका मुहानहरु सुक्दै गए । दुख र बेदनाका सागरहरु एकपछि अर्को गर्दै आई रहे पागल सरि भौतारिदै आफु र आफुलाई काल खण्डरको मुखाकृती सामु धकेली रहे होमी रहे । दिन रात आफुलाई रागको ज्वालामा धकेली रहे होमी रहे केवल मिठो सपनाको लागी सारा जिवन ननीदाई विताई रहे । सानो आशाको लागी मिठो मिलनको लागी जिवनमा आएका अनेकौ उतार चडापहरुको सामना गर्दै समाल्नै नसक्ने मन अनि पागल सरि रोक्नै नसक्ने बेगहरुलाई यस कात्रो रुपी कागजमा रँग्याउन कासीस गरेको छु । अन्यथा नमानी अध्योपान्त गर्ने छौ भन्ने आशा राखेको छु ।
छुट्दैन कहिल्यै त्यो
दुई हाँगाको फेद जस्तो ॥
जुनि जुनिसँगै वाच्ने
दुई नदिको मेल जस्तो ॥
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest