हेर्दा हेर्दै यहा दृश्य परिवर्तन भएको छ। पुरानो पात्रको ठाउँमा नया आएको छ जुन जोगी आए पनी कानै चिरेको भन्दै देशमा जताततै नया तरंग फैलिएको छ। उही रुप उही रंगका तिनै सपना देखाउदै पुरानो पात्रको ठाउँमा नया आएको छ। कैयौंलाइ बलिबेदीमा होमी बेपत्ता पारी स्वतन्त्रताको दियो निभाउन खोजेको छ। सर्वभौम हुने मौका मुठीमा बन्द गरेर पुरानो पात्रको ठाउँमा नया आएको छ।
भन्छन देश संकटमा डुबेको छ देश अब शेष हुँदैछ हरेक पल नयाँ नयाँ खबरका श्रीजनाहरु भै रहेछन देश अवन्नतिको बाटोमा लम्की रहेछ , त र... खै ? यस्को निराकरण ? खाली सुस्ताएर एकार्कामा बेदना पोख्नु शिवाय केवल... अखबारमा ताजा समाचार बिश्लेषण गर्न बाहेक अनी हामी... उत्तेजित बनेर प्रत्एक समाचार पढ्न मात्र आतुर हुन शिवाय ! त्यसैले म भन्छु हजुर .... मेरा अघी बड्ने पाइलाहरुमा फलामका कल्लिहरु बाँधिएका छन आजकल , मैले देशको लागि सोँच्ने माथिङलमा असहज पट्टी बांधिएको छ अचेल त्यसिले म के सोचौ ? देशको लागि साथी ? मलाई सोँच्ने मौका नै देशका नरभक्षकहरुले कँहा दिएर त्यती सजिलै ? (मलाई केही साथीहरुको आरोप छ मैले देश को लागि सोचिन भनेर वहाँहरुलाई समर्पित कबिता )
देशमा हाल घटिरहेका अप्रत्याशित घटना क्रमहरुले केही शब्द लेख्न लेख्दै छु । मैले नेपालको राजनीतिबारे टिका टिप्पणी गरें भने एक हूल पूर्वग्रहीहरु मसाने जुलुस निस्कन्थे रे निस्कने छन पनि । साझामा साझा चौतारीमा परदेशी पत्यार लाग्दो जीवनशैलिबाट केही स्वदेशी हावापानी पस्कने क्रममा केही कथा ब्यथाहरु कोर्दै आएको छु। धेरै शुभचिन्तकहरुले राजनीतिमा हात नहाल्नुस् दाई भनेका र धेरै साथी गुमाउनु परेकाले पनि सीमित मात्रमा टिकाटिप्पणी गरेको हुं। यसको अर्थ राजनैतिक यथार्थबाट पर हटेको छुइन।
मैले माओवादी र तिनका कलुषित गुरु योजना बारे धेरै लाई मौखिक वा अन्य फोरम मा भनी सकेको छु । कुनै समय माइ संसार मा समेत पाहुना लेखकको हैसियतले माओवादी कुसंसकारको भण्डाफोर गरेको थिएं र माइ संसारले प्रतिबन्ध समेत लागायो, राहुलभाइ लाई ।
२०५२ सालमा जब तत्कालिन जनमोर्चा जंगल पसे त्यतिबेला देखी नै मैले यी जंगलिहरुको असली नियत बारे ठाउँ ठाउँ मा कुरा राख्दै आएं । धेरैले हावा गफ भने। प्रचन्ड पथ भन्ने नै थिएन । प्रज्ञा पथ मात्र थियो । दौतरी डट ओरजी मा पनि यसबारे लेखिसकेको छु ।
आज इमेज च्यानल मार्फत जुन भिडियो बजार मा आएको छ । त्यसले माओबादी र कामरेड प्रचन्ड प्रती मेरो मनसपलटमा भएको चित्र सचित्र भएको छ । असली कम्यूनिष्ट को रंग देखाए तिनले । यती लेख्दा एमाले समर्थक मित्रहरुलाई न पच्न सक्छ । एमालेको बहुदलिय जनबादको अन्तिमा लक्ष पनि प्रचन्ड पथ भन्दा भिन्न छैन। संसदिय ब्यबस्था मार्फत सत्ता कब्जा गरी जनगणतन्त्र स्थापना गर्नु जबजको अन्तिमा लक्ष हुन ।
यो भिडियो नक्कली हो भनेर प्रमाणित गर्न लाखौं आउने छन। उत्तम बाबु, उमेश बाबु लगायतका प्रचन्डले लुटेर बाँडेका सिता टिप्नेहरु धेरै छन। साझा मै अनेक अचम्म नामधारी कामरेडहरु छन, नक्कली सीडी प्रमाणित गर्न न्वारन देखिको बल लगाउने छन ।
यती बेला यो सीडी प्रकरण संगै २०५१-५२ तिर तत्कालिन एमाले को टिकट मा उम्मेदबार भै स्वतन्त्र हुँ भन्ने नौटंकी गर्ने संसद पद्म रत्न तुलाधरको क्यासेट प्रकरण याद आयो। एउटा समारोहमा हाल आफुलाई नागरिक समाज को अगुवा मान्ने माओवादीका थिंक ट्यान्क पद्म रत्नले गाई काटेर खान पाउनु पर्ने जिकिर स्पष्ट संग गरे । क्यासेटमा स्पष्ट संग गाई काट्न पाउने कुरा को खुलेआम वकालत गरेको देखिन्थ्यो। त्यसको बिरोध भए, खास गरी प्रतिपक्षमा रहेको काँग्रेसले । पद्म रत्नले त्यस्तो बोलेकै हैन भनेर तत्कालिन एमालेले प्रती रक्षा गरे । क्यासेट नक्कली हो भनेर आँफै टाम्परिङ्ग गरी गाई काट्ने भन्ने बोली निर हल्ला समायोजन गरेर अर्को क्यासेट निकाले। यो प्रकारण मा बिरोध गर्नेहरुमा प्राध्यापक संघका पूर्व अध्यक्ष भीमसेन दास प्रधान थिए। हाल माओवादीका नेता तथा कथित नागरिक समाजका अगुवा मल्ल के सुन्दरले भिमसेन दास जी लाई अब आइन्दा बिरोध गर्यो भने नेवार जाती समुदायको बिरोध गरेको मणी कार्यबाही गर्ने र नेवारजातिबाट निकाला गर्ने फतवा जारी गरे । भर्खरै प्राप्त समाचार अनुसार प्रचन्ड को अश्लील तर असली भिडियो सार्वजनिक गर्ने इमेज च्यानल माओवादीहरुले घेराउ गरे रे। जंगलिहरुबाट यो भन्दा सभ्य प्रतिकृया के आश गर्न सकिन्छ र ? स्मरणिय रहोस्, इमेज च्यानल स्वयं माओवादी प्रती नरम दृष्टिकोण राख्ने पद्म रत्न तुलाधर कै अभिन्न मित्र राम कृष्ण मानन्धर को निजी च्यानल हो ।
अन्तमा सर्प लाई दुध खुवाएर पाले पनि आखिर मा बिष नै डस्ने हो। हिमाल मेडिया लाई चेतना भैसक्यो, अरुल्लाई पनि होला नै।
मैले पटक पटक ब्लगमा लेख्दै आएको थिएँ, माओबादी जती गुलियो भएर आए पनि उनीहरुको चाहाना भनेको कमिनियुजम नै हो। केही बर्ष पहिले एक माओबादी मित्रबाट उनीहरुको प्लान बारम्बार बु्झ्न मौका मिलेको थियो। उनीहरु मिल्ने, अर्काको ठाँउ ओगट्ने अनि फुट्ने यो माओबादीकको निती हो। घरी गिरीजा परम शत्रु, घरी गिरीजा नेपालकै नायक, घरी भारत मुख्य शत्रू घरी भारत मुख्य नायक, घरी बुलेट घरी ब्यालेट यि सबै प्रचण्डपथ कै कला कौशल हुन। कमिन्युजम भनेर लागेका एमाले कार्यकर्ता तथा बिदेशी शुभचिन्तक एमाले प्रजातान्त्रीक भयो भनेर माओबादीको पूछार समातेका छन। त्यो माओबादीलाइ ठुलो फाइदा हुन गयो। युद्दकालबाट खुला रुपमा आउदा आंट नभएका माओबादी शुभचिन्तक पनि आरामसंग माओबादीमा आबद्द हुन पाए। माओबादी सानो पार्टीबाट अहिलेको पार्टीमा आउनु र पटक पटक बार्ता गर्दै फुटाउनु सबै प्रचण्डपथ अन्तर्गत हो।
अहिले खुला रुपमा आएर अरु पार्टीका कार्यकर्ता समेल्नु पनि उनीहरुकै निती हो। अहिलेको सेनापती काण्ड जती जसरी हेरे पनि बाकि रहेको सेनाको धुधुकी खत्तम पारेर सत्ता कब्जा गर्ने माओबादी दाउ हो भनेर नै आफु खत्तम हुने डरले पार्टीहरुले सेनापती काण्ड समर्थन नगरेका हुन । सबैलाइ लाग्यो होला किन नेपालमा अहिले सरकारमा बसेर पनि माओबादीले गाइजात्रे ताल गरीरहेको छ। उनीहरुको निती हो सरकारबाट गाइजात्रा गर्दै प्रजातान्त्रीक प्रक्रिया फेल गराउने, यता आफ्नो पकड झन बलियो बनाउने। सेना, अर्धसेना र कार्यकर्ताको बलले चारैतिरबाट थिचेर कमिन्युजम ल्याउने। तपाइहरु माओबादीलाइ सहयोग गरेर जती सजिलो अबतरण गराउने सोच्नुहोस, कुकुर आचीतीर दोडिए जस्तै माओबादीका आंखा कमिन्युजम तिर नै हुनेछन। ल हेर्नुहोस त तलको नागरिक पत्रीकाले निकालेको भिडियो, एक देशका प्रधान मन्त्रीले कसरी छापामार शैलीमा कुरा गरेका छन। के साच्चै उनीहरुले नया संबिधान बनाउन चुनाब गरेका रहेछन त?, के माओबादी प्रजातन्त्रसंग आबद्द रहेछन त? , नभन्नुहोस नि यो भिडियो नक्कली हो भनेर।
www.dautari.org - A team blog by group of writers and readers having rational thought regarding Nepal and Nepalese (news, analysis and literature) from all around the world. Write to us at (dautari@gmail.com) for your writing or any contribution or drop some words and lets know how we are doing!