May 2, 2009

जय ईन्टरनेट ! जय युट्युब !!

ईन्टरनेट र युट्युबलाइ तपाई केबल मनोरन्जनको भण्डार मात्रै सोच्नुहुन्छ भने त्यो गलत हुन सक्छ। मनोरञ्जन बाहेक बिभिन्न किसिमका सूचना र सहायता समेत तपाइले यसबाट पाउन सक्नुहुन्छ ।

Marc Stephens नाम भएका एकजना बेलायती नागरीकले केबल ईन्टरनेट र युट्ययबको भिडियोको मद्दतले आफ्नै घरमा नया जिवनको स्वागत गर्न सफलता पाएकाछन । यसभन्दा अघि पनि अरु तीन जना सन्तानका माता पिता भईसकेका जो, र मार्कको यो कथाले अहिले संसारभरको पत्र-पत्रिका र ईन्टरनेटका पन्नाहरु भरिएकाछन ।

समाचार अनुसार गत मार्च २१ का दिन, अनुमानीत समय भन्दा करिब ३ हप्ता अगाडि नै जोलाई प्रसव पिडाको पहिलो अनूभव भयो । रातको करीब २ बजेतीर पिडा शुरु भएपछि मार्कले नजिकको अस्पतालमा फोन गरे, तर तत्काल कोहि midwives (धाई ?) उपलब्ध नभएको बताईएपछि यी दम्पतीले घरमै बच्चा जन्माउने बिचार गरे।

ईन्टरनेट भिडियो कै मद्दतबाट गिटार बजाउन र रुबिक क्युब मिलाउन सिकेका मार्कलाई अचानक ईन्टरनेटमै सहायता खोज्ने बिचार सुझ्यो र उनले गुगलको सहारा लीए । करिब एक घण्टा जत्तीको खोजमा नै उनले How to Deliver a Baby in a Taxi Cab र आर्को “This is how you give birth” र अन्य केहि DIY (Do It Yourself ) क्लिपहरु हेरे।

यी सबै भिडियोहरुका सहायताका कारण, घरमै बिना कुनै स्वास्थ सहायक, स्वस्थ बच्चा जन्माउन सफल भए ती दम्पती। साधारण महिलाहरुलाई भन्दा कम समय प्रसबव पिडा हुने मानीएकी जोको घरमा स्वास्थ सहायकहरु पुग्दा तीनले ईन्टरनेट भिडियोको सहायतामा आफैं एउटा नया ५ पाउण्ड तौल भएको बालकलाई आफ्नो परिबारमा स्वागत गरीसकेका थिए र आमा तथा बच्चा दुबै स्वस्थ थीए ।

यति मात्रै हैन बालककी आमा जोले पहिलो तीन पटक भन्दा यस पटक सजीलोसंग बच्चा जन्मेको र कम पिडा झेल्नु परको पनि बताईन ।

सुरक्षीत तरीकाले जन्म दिने जानकारी दिने युट्युबका केहि भिडियोहरु यहाँ छन ।

तपाई आफैं गर्नुहोस वा Do It Yourself का भिडियोहरु भने यहाँ छन ।

जय ईन्टरनेट ! जय युट्युब !!

(स्रोत: बिभिन्न ईन्टरनेट साईटहरु)



May 1, 2009

बाबुरामको प्रलाप र नाङ्लो ठटाउने यो तरिका

वर्तमानलाई हेर्दा लाग्छ, माओवादी सरकारको लागि कटवाल सबैभन्दा ठूला अवरोध हुन् ।

हुनत , आफ्नो बाटोमा आउन सक्ने सबैलाई पालैपालो प्रयोग गर्ने र फाल्ने चालको यो पछिल्लो कडि हो भनिरहन पर्दैन । तर पनि माओवादी सरकारले 'शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर्‍याउन ' जुन गट्टा खेल्ने काम गरिरहेको छ त्यसलाई हेर्दा लाग्छ रुक्मागत कटवाललाई हटाउन सकेमा मुलुकमा चमत्कार हुनेछ ।

माओवादीमा एउटा बुर्जूवा पढाइको योग्यताले शोभायमान नेता हिजो टुँडिखेलमा आफ्ना हजारौँ कार्यकर्ता बीच बम्किए , 'त्यो राष्ट्रपतिले के खोजेको छ ? त्यसलाई ज्ञानेन्द्रको हैसियत बनाइदिन्छौँ'। ज्ञानेन्द्र भुतपुर्व राजा हुन, सबैले जानेको सत्य । तर बाबुरामले रामवरणलाई कसरी भुतपूर्व राजा बनाउने हुन जवाहरलाल नेहरू विश्वविद्यालयको 'डाक्टरी' नभई बुझ्ने कुरा भएन । रामवरण जनता थिए र भोलि राष्ट्रपतिबाट हटेपछि पनि जनता नै हुने हुन भन्ने कुरा बुझ्न 'डाक्टरी' चाहिन्न, सबैले जानेकै छौँ । आफ्नै सरकारको मुख्य घटक एमालेलाई तेस्रो लिङ्गी भन्ने बाबुरामले एमालेको खिल्ली उडाए कि तेस्रो लिङ्गीको बेइज्जती गरे उनले वा उनका भक्त हरुले जानून् । विकसित वा सभ्य मुलुकमा र यसरी सरकारका मन्त्रीले 'तेस्रो लिङ्गी' भनेर अरूलाई गाली गरेको बुझिएमा त त्यसैको आरोपमा अहिलेसम्म सरकारबाट बाहिरिनु पर्थ्यो । तर हाम्रो नागरिक सर्वोच्चताकालागि प्रलाप बक्न आतुर विद्वान मन्त्रीलाई यस्तो फित्तुरको कुरामा ध्यान दिनु पर्ने कुनै दरकार नै भएन । एमालेको वैशाखीले सत्तामा टिक्ने , सत्ताबाट कसेले हटाए सत्ता कब्जा गर्ने धम्कि दिन बाँकि नराख्ने , अनि आफ्नै कोलिसन मण्डलिका कुनै पार्टीलाई समेत सेनापति प्रकरणमा विश्वासमा लिन नसक्ने जाबो सरकारको नेतृत्वकारी दलका एकजना छुद्र गालिबाजले के भने बन्ने कुराले खासै महत्व राख्दैन , तर यो विषय वौद्दिक दरिद्रताको उदाहरणमा दरिन लायक छ , बुझ्न गाह्रो छैन । सबैले बुझेकै कुरा हो, सेनापति प्रकरणमा सबैलाई पेलेरै जाने ध्येय राखेको माओवादी चालमा भारत वाधक नबनिदिएको भए कुरा पहिल्यै खलाँस हुन्थ्यो , तर लाचार छन् बाबुरामहरू रामवरणलाई गाली गरेर आफ्ना 'गडफादर' साउथ ब्लक र राकेश सूदसंग आफ्नो अप्रशन्नता जाहेर गर्दै छन् । किनभने स्वदेशका लाई जे भनेर गाली गरेपनि हुन्छ , तर सूद महोदयलाई सिधै चिढाउन भएन । यो कुराको ज्ञान बाबुराम डाक्टर साहेबलाई भन्दा बढी कस्लाई होला र ?



अप्रिल फूलको यात्राले अप्रिलफूल नै बनायो

आचार्य प्रभा

अब म कहां बाट शुरु गरौं ?,  मेरो कष्टप्रद यात्राको बर्णन । यात्रा धेरै गरियो, ती यात्राहरु सबै खुशी र सुखिका त थिएनन । यो स्वभाविक पनि हो यात्रा हर कसैको लागि सहज् नहुन सक्छ । बिदेश बसाइको चार बर्ष बितिसके पछी मैले एक पटक आफ्नो ठाउं आफन्त आफ्ना क्षेत्रका मान्छेहरुसँग भेट्ने अभिलाषा राखेँ । मनभरी आकाँक्षाका पालुवाहरु उमारेर म आफ्नो ठाउं जानको लागि तयार भएँ र उडानको टिकेट को बन्दोबस्त अप्रिल २९ को गरियो । मेरा आफन्तहरु इन्डियामा पनि भएकोले म कोलकोत्ता, कालेम्पोङ, सिलिगुरी हुँदै आफ्नो ठाउं जाने अभिष्ट बोकेर यात्राको तयारीमा लागेँ । मेरी जुम्ल्याहा दिदी जो कालेम्पोङमा छिन् उस्लाई भेट्ने अझ तिब्र इक्षा भएकोले म पहिला कालेम्पोङ नै जाने निधो गरेर तयार भएँ तर भिनाजुको फुर्सद नुहुने भएकोले मलाई अप्रिलको पहिलो हप्ता नै आउने सुझाउ दिइयो । त्यसैले टिकेट अप्रिल १ को कन्फर्म भयो । मलाई कता कता लागेको त थियो अप्रिल फस्टमा यात्रा गर्दैछु कतै म अप्रिल फूल त हुने हुइन ? भनेर । म अप्रिल फस्ट को दिन बोल्डर बाट बाटो लागेँ । जीवनमा यत्ती लामो यात्रा एक्लै कहिले गरेकी पनि थिइन, तर पनि मलाई बाटोमा केही होला भन्ने र कतै हराउँछु कि भन्ने चिन्ता भने पटक्क लागेको थिएन किन कि म सबैलाई चाँडै साथी बनाइ हाल्छु र बिदेशमा नै बरु सहयोग पनि पाइन्छ भन्ने एक प्रकारको विश्वाश पनि म भित्र थियो ।

टिकेट डेन्वरबाट सन्फ्रान्सिस्को, सिङापूर त्यस्पछी एकैचोटी कोलकत्ता को थियो । बाटोमा कतै ट्रन्जिट छ भन्ने उल्लेख थिएन । म पनि ढुक्क परेर उडेँ । दुइवटा लग्गेजहरु पठाएर दुइवटा चाँही ह्याण्ड क्यारी बनाए । समान पनि निक्कै नै थियो । मलाई निक्कै गार्हो पनि भै रहेको थियो । जहाज डेन्वरबाट उड्यो । म निस्चिन्त थिएं । मलाई एक रत्ती पनि मनमा त्रास, भय थिएन । जब सन्फ्रान्सिस्को पुगें त्यहाबाट मेरो समस्या शुरु भयो। पहिलो पटकको यात्रा कहां के गर्नु पर्छ त्यती थाहा भएन म चेकिङ्मा पसें, डकुमेन्ट्सहरु के देखाउन थालेकि थिएं मेरो हण्द्क्यारीहरु त अघी नै कार्गोमा लगि सकेछ ।जस्मा मेरा सारा अमुल्य बस्तुहरु, दबाइहरु, पैसाहरु थिए ।मैले चाबी पनि लगाएकी थिइन । भरै सब काम सकेर हेर्छु त छैन । उता जहाज उड्ने बेला भै सक्यो आफुले दबाइ खाइ रहनु पर्छ । म त अत्तालिए । एक जना नेपाली बहिनी नै हुन उनी उस्लाई मद्घत माग्ने आशाले उस्लाई आग्रह गरे किन कि उनी त्यहिकी कर्मचारी थिइन, तर उन्ले आफु नेपाली हुइन भन्ने खालको ब्यहोरा देखाइन । उस्का साथीहरुले पनि भने त त नेपाली होस् उस्लाई के पर्‍यो बोल्न भने, तर त्यो बहिनिले म नेपाली हुइन भनेर अङ्रेजिमा भनिन। त्यही बेलाबाट मेरो मनमा नमीठो आधी सल्बलाउन थाल्यो । अन्तमा मैले एउटा ईण्डियन भाईलाई भेटे र आफ्नो सम्मस्या भनें । उस्ले मलाई मद्घत गर्‍यो र त्यहा भन सुन गरेर त्यो ब्याग चाँही एक्छिनमा हात पर्‍यो बल्ल म दुक्क परे । तर मलाई त्यो नेपाली केटीको ब्यवहाँर र सोंचले खिन्न बनायो । अनी म फेरी त्यहा बाट उडे ।

मलाई जानकारी थ्यो कि अब सिङापूर सिधै ८ घण्टा ट्रान्जिट छ भनेर । जहाज ल्यान्ड भयो सबै उत्रिए म पनि उत्रिए । अनी एअरपोर्ट भित्र छिरियो म एक ठाउँमा बसे । म दुक्क थिए कि सिङापूर त्यही हो भनेर म त ८ घण्टा बस्न तयार थिए तर जब मैले त्यहा अन्नाउन्स गरेको सुने त्यो त हङकङ पो रहेछ मेरो सातो पुत्लो उड्यो किनकी मङोलियन हरु सबै एकै प्रकारका हुन्छन कसरी चिन्ने? । फेरी काउन्टर मा सोधे तिम्रो जहाज उड्न लागेको छ चाडो जाउ भनेर भने त्यहाका कर्मचारीहरुले। आफुले टिकेट नकाटेकोले गर्दा पनि मलाई त्यस्तो धोका भयो । झन्डै त्यहा पनि जहाज छुट्यो। राम्रो जानकारी नली म हिंडेकिले मलाई धेरै समस्याहरु सँग जुध्नु पर्‍यो। तर पनि आफ्नो देशमा भन्दा सहयोग पाइने भएकोले त्यस्तो अप्ठ्यारो चाँही भएन अनी भाषा नबुझ्दा र त्यहाका नियमहरु फलो नगर्दा भने चाँही जस्ले पनि दु:ख पाउन सक्छन। बिदेशको यात्रामा धेरै चनाखो हुनु पर्छ नत्र कहबाट कहाँ पुगिन्छ । तर मलाई भने त्यहाका नियमहरु नबुझेर हैन टिकेट कहाँ कहाँ सम्मको हो भन्ने जानकारी नभएर मात्र मैले पिरोलिनु पर्‍यो । यसरी म लामो यात्रा काट्दै गए । त्यस्पश्चात मात्र सिङापूर आयो म त्यह ८ घण्टा बसे । मलाई त्यहा ८ घण्टा बितेको पत्तो नै भएन किन कि त्यहा मैले सिगापुरे महिला हरुलाई साथी बनाइ हाले ।

८ घण्टा पश्चात जहाज कोल्कत्ताको लागि उड्यो। खै कत्ती घण्टामा हो जहाज रातिको ११ बजे कोल्कत्तामा ल्याण्ड भयो । थाकेर लखतरान भएर उत्रिए त्यहा मलाई रिसिभ गर्न भिनाजु आउनु भएको थियो । सबै प्यासन्जरहरु आ-आफ्नो लग्गेज लिनलाई ब्यस्त भए सबैले लि सके रातिको १ बजी सक्यो मेरो त लगेज नै आउँदैन सबै हिडि सके म मात्र त्यहा बाँकी छु । त्यही त हो इन्डियाको ठाउं मलाई नौलो र मङोलियन अनुहार देखे मेरा पछी धेरै जना बङाली भाषा बोल्दै मलाई अत्याउन थाले । भिनाजु बाहिर हुनुहुन्छ भित्र पस्न पनि दिदैनन । न म सँग फोन छ यहाँबाट लगेको फोनले काम नै गरेको छैन ता पनि म आत्तिइन । तिनिहरुको मलाई हरेश खुवाएर लुट्न लागेका थिए, तर मलाई किन हो केही डर पनि लागेन र लगेज छुटे आइहाल्छ भन्ने दुक्क थियो र तिनिहरुलाई भने ''मेरो समान छुट्यो त तिमीहरुलाई किन यस्तो साह्रो पर्‍यो ?, म दुक्क छु मलाई जान देउ म भोली समान लिन आउँछु भने, तर तिनिहरुलाई त कसरी यस्लाई तर्साएर पैसा असुल्ने र हेल्प गरेको जस्तो गर्ने भन्ने थ्यो । मैले सिधै भने म ४ वटा भाषा जान्दछु । तिमीहरुले बङालिमा के भन्दैछौ । म सब बुझ्छु भनेर भने पछी एक एक जना गर्दै हराउन थाले । अनी मैले भने मेरो भिनाजु पनि यहाँको इन्कम ट्याक्स अफिसर हो के मलाई टाडाको भनेर तिमीहरुले अत्तल्याउन खोजेको ? भनेर भने पछी एक जना गएर मेरो भिनाजुलाई भेट्यो । अनी मात्र ल आज जानु भोली आउछ समान भन्यो । त्यत्ती हुँदा उदै पनि एक्जना त मेरो पछी लागेर पैसा माग्न थालयो मैले पनि पिछा छुटाउन १० डलर दिए के गर्नु त ?
यसरी कोलकोत्ता सम्मको यात्राले मलाई आजित बनायो अनी सोंच्न थाले अझै कत्ती दु:ख पाउने हुँ भनेर गन्तब्यस्थल् त अझै आउन बाँकी नै थ्यो । क्रमश …

(यो यात्राको दोस्रो भाग यहाँ छ । )



गाउँखाने कथा - १२ (Nepali Gau Khane Katha)

अपडेट: यस पकको गाउं खान कथा एउटा नभएर ३ वटा थिए। तर यो कथा निकै रमाइलो र चलन चल्तीमा आएको थियो। यो कथालाइ वाका जी ले सुरुमै मिलाउनु भयो। वाका जी अब गाउं माग्नुहोला। गजल पारीको गाउं चाही नभन्नु होला है।
------------------------------------------------
खाउं-खाउं रोटी खाइनसक्नु
दाउं-दाउं बहर दाइनसक्नु
टेकुं-टकुं लौरी टकिनसक्नु, के होला यस्को उत्तर? पहिलो उत्तर मिलाउनेले गाउं पाउनुहुनेछ।


दुनियाँ को उपहास भएर बचेँ

गुरु केदार बराल
अमेरिका


दुनियाँ को उपहास भएर बचेँ
पागल को उपमा पाएर बचेँ
तिमीले मलाई छोडे देखि
म यस्तै धेरै हालत म बचेँ
आँखा को आसु रित्ताएर बचेँ
मुटु को घाहु लाई सहेर बचेँ
हासो सबै सएर बचेँ
एकान्त लाई साथी बनाएर बचेँ
सुनसान तिम्रो याद म कल्पेर बचेँ
तिम्रो तस्वीर छाती म च्य्पेर बचेँ
आफु लाई आँफैबाट हराएर बचेँ
म यस्तै धेरै हालत म बचेँ
तिमीलाई अरु सगै हिंडेको हेरेर बचेँ
दुनियाँ मा तिम्रो चर्चा सुनेर बचेँ
त्यो हाम्रो आतित सम्झेर बचेँ
म यस्तै धेरै हालत म बचेँ
खाली अस्तिपञ्चर लिएर बचेँ
मुटु बिनाको ढुक्ढुकी लिएर बचेँ
तिम्र लागि हजरौ अपहेलना सएर बचेँ
लाखौं पटक मरेर बचेँ
तिमीले मलाई छोडे देखि
म यस्ता हजरौ हालत म बचेँ
आफ्नै मुटु चुडेर बचेँ
हजार पटक रोएर बचेँ
भन तिमी म कसरी बचेँ
तिम्रै याद म बचेँ
तिम्रै नाम जपेर बचेँ
न म सक्छु भुल्न तिमीलाई
न सक्छु याद मा वीरसिना तिमीलाई
धोका नै धोका को जीबन मा
जिन्दगी नै धोका सम्झेर बचेँ
अझे माया सम्झेर बचेँ



April 30, 2009

मायालुकॊ आङकुसेमा

श्रेष्ठ बिके -ईराक बलाद

पानीको गहिराई कसलाई के थाहा त्याहा भुमरि पो रहेछ
माया दिनेको मन कसलाई के थाहा एकोहोरीएको हुदो रहेछ
कसरि पत्ता लगाउनु माया कहाँ छ र मुल्य कति पर्ने रहेछ
विश्वासको आधारमा जोडिएर संसार चलाउनु पर्दो रहेछ ॥
न त सानो ठुलो नै भन्ने गर्छ न त उमेर नै नाप्दो रहेछ
अन्तर आत्माको भावनालाई साटेर भाव विहलमा बग्दो रहेछ
समुन्द्र पारि पनि मायाको तिरले हानी वर्षा झारि दिदो रहेछ
उराठ लाग्दो जिन्दगीलाई पनि सरलतामा भिजाई दिदो रहेछ ॥
मायाले भिजेको जिवनमा काउसाको बिरामी सर्दो रहेछ
काउकुतिले सताउन थालेपछि कहिले भेट्ने पार्दो रहेछ
समयको चक्रव्यूहलाई भुल्नु पर्नेसम्म बाध्य पार्दो रहेछ
मायालुकॊ आङकुसेमा फस्न सारै गाह्रो पो पर्दो रहेछ ॥