राजतन्त्र नै नेपालको प्रगतिको एकमात्र तगारो भएको र सो को अन्त हुनासाथ राष्ट्रले विकासपथमा फड्को मार्ने र १० बर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गरी देश झीलिमिलि पारी विदेशमा समेत बिजुलि निर्यात गर्ने उदघोषकासाथ सत्ता प्रवेष गरेको माओबादी सरकार र यसका नेतृत्व के कस्ता प्रगती र विकासका कार्यमा व्यस्त छन मैले लेखिरहनु आवश्यक नै छैन ।
स्थिति र परिस्थिति जे जस्तो रहेपनि र सामजिक, राजनैतीक र आर्थीक पक्षको कुनै लेखाजोखा र अध्ययन नै नगरी हावादारी चमत्कारका कुरा गरेर 'त्रिशुल बाबा' को उपनाम समेतले विभूषित भएका प्रधानमन्त्री हालका केहि दिनमा भने यथार्थवादी हुँदै गरको अनुभव गरेको थीएँ मैले।
गिरिजा कोईरालाले सधैं 'फू' गर्दा सरकार ढल्छ भने झैं, हल्का पाराले 'हामि आएपछि देश त्यसै बन्छ" भन्ने वचकना सोचका साथ सत्ता प्रवेश गरेका माओबादी कामरेडहरुले शुरुमा त सरकारमा आएपछि पनि दिवा स्वप्न देखाउन छाडेनन् (त्यो सपना उनिहरु आफैं देख्दै थीए कि जनतालाई मात्रै देखाउँदै थिए भन्ने चाहि स्वप्नदर्शीलाई नै थाहा होला) ।
कामरेडहरुको स्वप्न भंग भएको र 'उँट पहाड नजिक आएको' कुरा त्यति बेला छर्लङ्ग भयो जब हाम्रा क्रान्तिकारी प्रमले नाटकीय सुधार सम्भव रहेनछ भनेर माग १२ गते सम्बोधन गरे । देशको धरातलिय स्थितिको अध्ययन विना हावा गफ र संबिधान सभाको चुनावमा समेत अनगिन्ति सपना बाँडेर हिडेका राष्ट्रका दिग्गजका ति कुरा तिनका पहिलाका चम्तकारीक विकासका कुरा भन्दा ठ्याक्कै विपरीत भएपनि मैले भने त्यसलाई सकारात्मक रुपमा लिऐको थिएँ – कमसेकम ढिलै भएपनि कामरेडलाई नेपालको यथार्थताको बारेमा त ज्ञान त भएछ भनेर-- ।
सूदुर जंगलको चौतारीमा बसेर उदण्ड कार्यकर्ताको अगाडी विना कुनै जानकारी 'पुरानो सत्ता' बेकम्मा भएको भनेर सराप्न र गफैको भरमा देशलाई माथि उठाउन जति सजिलो थियो, सहर पसेर 'नया सत्ता' को रुपमा आफ्नै हातमा डाडु पन्यौ आएपछि त्यो गरेर देखाउन त्यत्तीनै गाह्रो मात्रै हैन असम्भव पनि रहेछ भन्ने जानकारी भएपछि कामरेड आफैले पनि माघ १२ को सम्बोधनमा सो कुरा उल्लेख गरे :- '...सराप्न र दोष दिनका लागि अब ती छैनन्...'
ढिलै भएपनि स्वप्नलोक बाट यथार्थको दुनीयाँमा आउनु सकारात्मक कुरा थियो । मैले सोचें, माओबादीले पनि अब देशको धरातलिय यथार्थलाई बुझेछन्, अब भने कमसेकम नाटकिय सुधार र चमत्कारका गफ हुने छैनन् ।
केहि दिन अगाडी हम्रा प्रमको फेरी अर्को बक्तव्य आयो। यसले भने मलाई झस्कायो!, नयाँ बर्षको दोस्रो दिनमा प्रमले भने: “मैले हैन, चमत्कार जनताले गर्ने हो” । आफुलाई जिम्मेबारिबाट पुरै पन्छाएर उनले यती सम्म भने कि: " मानिस प्रचण्डले चमत्कार गर्ने भन्ठान्दा रै´छन्, चमत्कार जनताले गर्ने हो।" ।त्यसो त, नामकोलागि मात्रै जनाताको नाम लिने र आफ्ना अभिष्ट सिद्ध गर्ने सबै कार्य-कूकार्य लाई 'जन' भुषण भिराएर कार्य फत्ते गर्ने माओबादीका पुरानै शैली हुन । यस हिसाबमा जनतालाई आफ्नो दायीत्वबोध हुनु राम्रै कुरा हो, तर कामरेड!, सबै काम जनताले नै गर्ने हो भने तपाईले चाहि के गर्ने त ?