लोकतन्त्रलाई लोकको शासन भनिन्छ किनभने अब्राहम लिंकनका शव्दमा ‘जनताले,जनताद्वारा जनताका लागि’ गरिने शासन लोकतन्त्र हो । कहिले काहीँ 'प्रजातन्त्र' पनि भनेर बुझिने अंग्रेजी भाषाको 'डेमोक्रेसी' शव्दलाई आजकल नेपालमा लोकतन्त्र नै भनेर बुझिने गर्छ किनभने 'प्रजा' शब्दले राजासंग बढी सामिप्यता राख्छ । अहिले नेपालमा राजा छैनन् अत: प्रजा पनि छैनन् र हुँदै नभएकाहरूको तन्त्र हुने कुरै भएन । अहिले नेपालमा जनताको लोकतन्त्र नामको राज्य व्यवस्था कायम छ र यो खासमा के हो भन्ने कुराको आकार प्रकार यसले ग्रहण गरिसकेको छैन । तर यसो गौर गरेर हेर्यो भने नेपालमा पुरानो राजतन्त्र हटेर गए पनि अनेक प्रकारमा नया र नौला राजतन्त्र, रानीतन्त्र र राजकुमार, राजकुमारीतन्त्रको खेती निकै मौलाएको देखिन्छ । १५ वर्षे हिंसात्मक आन्दोलन गरेर हामिले गनतन्त्र स्थापना गरेका हौँ भन्नेहरूको सपरिवारतन्त्र तर्फ आँखा लगाऔँ त :
१. प्रचण्ड - प्रम , सीता दाहाल - फर्स्ट लेडी, प्रकाश दाहाल- बेबी किङ, रेणु दाहाल- बेबी क्वीन, नारायण दाहाल- गणतान्त्रिक अधिराजकुमार र अरू केही नाम नखुलेका मन्त्री स्तरीय सुविधाभोगी भाइ भारदारहरू १००% ।
२. बाबुराम- मन्त्री, हिसिला - मन्त्री , मानुसी- बेबी क्विन ( राज्य मन्त्री स्तरीय जागिरे) सपरिवार जागिर १००% ।
३. देव गुरूङ- मन्त्री, यशोदा सुवेदि गुरूङ- सभासद र राज्य मन्त्री स्तरीय सुविधा काने समविधानसभा समितिकी अध्यक्षा
४. कृष्ण महरा- मन्त्री, २ छोरा सल्लाहाकार राज्यमन्त्री स्तरीय जागिरे ।
५. राम बहादुर थापा - मन्त्री , पत्नि - सभासद , छोरा -सल्लाहकार
६. हितमान शाक्य र बिमला थापा सभासद
७. झक्कू र पूर्ण कुमारी ( समिति अध्यक्ष )
८. मोहन वैद्य की बेबी क्वीन पशुपति क्याम्पस् चाबहीलमा स्ववीयू भिड्दै हुनुहुन्छ ।
माओवादीको माथिल्लो राजनीतिक पद सम्हालने उच्च वर्गीय यस्ता ६०,७० जना परिवारवादी सेटहरू छन् रे जसले अहिलेको परिवर्तित माहौलमा विविध सरकारी सुविधाहरूको उपभोग गरी क्रान्तिलाई नया उचाइमा उठाएका छन् रे !
यी भए मेरो सम्झनामा भएका नया नेपाली राजा, रानी, राजकुमार र राजकुमारीहरू । माओवादी जस्तो क्रान्तिकारी पार्टीले परिवारवाद र पारिवारिक राजकुमार राजकुमारीहरूको यो किसिमको लावा लस्कर लगाउनुलाई जनवादी गणतन्त्रको शुरूवात हो भन्ने देखाउन चाह्यो भने ,हजारौँ लाखौँ ज्यानको बाजी लगाएर पार्टीको लागि लडाईँ लड्नेहरूको हेसियत के रहने त ? प्रश्न उठ्नु स्वभाविक हैन र ? जवाफ आउन सक्छ, पार्टीले लडाईँ लड्दा सबै परिवार होमिएका थिए त्यसैले लाभ लिन पाउनु उनीहरूको हक बन्छ नि ! हुनसक्छ, तर तल्लो तप्काकाको जनताका लागि क्रान्ति गर्ने हरूले अवसर पनि त तल्लो तप्काका लागि नै छाडिदिएर, परिवारवादको जालो च्यात्न सक्नु पर्दैन र ?
March 16, 2009
जनवादी गणतन्त्रका फर्स्ट लेडी र बेबि किङहरू :
March 15, 2009
गाउँखाने कथा - ७ (Nepali Gau Khane Katha)
थालीमाथि बटुकी, बटुकीमा झोल,
तह लाउन त्यसको कान मोल।
के होला त्यस्तो,उत्तर मिलाउनेलाइ गाउं पुरस्कार।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
जीवन
नंग्खेल-६ भक्तपुर (हाल हैटी)
जीवन सारे कठीन भो , बाँच्ने आधार पाउनलाई
आकाश पनि साँगुरियो, एकमुठी सास फेर्नलाई
अरुको दुखमा दुखेर, अरुलाई हंसाउनु पर्ने
चोटे चोट सहेर पनि, अरुलाई बचाउनु पर्ने
यो जिन्दगीको कथा येस्तै, आंधिभित्रै रम्नु पर्ने
सबै इच्छा मेटाएर, इशारामै चल्नु पर्ने
जहां मन राख्न खोज्छु, त्यहाँ जाल बुनिंदोरैछ
मीठो बोली भित्रभित्रै, संसारे ड़ुब्दोरैछ
ईश्वर तिम्रो सृष्टी पनि, झूठो नै हुने हो कि
हरेक निर्दोष आत्माहरू, रोएरै मर्ने पो हो कि
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
नेपालीले पाएका पहिला र अहिलेका नयाँ अनुभुतीहरु - १
बिजय कुमार श्रेष्ठ
धादिङ्ग हाल जोईन्ट वेस बलाद ईराक
साना साना राज्यमा विभाजित भएको नेपाललाई एउटै मालामा गास्न नेपाल एकिकरणको अभियानमा लागेर सिङ्गो नेपाल देश हो भनेर सन्सार भर चिनाउन सफल हुनु भएका थिए श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह । उनैको देनले गर्दा आज हामीले सन्सार भर नेपाली भनेर शिर ठाडो गरेर हिड्न पाएका छौ । के त्यती बेला पनी नेपाली जनताको हात नभएको हो र आफनो देशको नाम उच्च राख्न गोला र बारुदको अगाडि शिर कहिले झुकाएनन् । आफुसँग मनग्य हातहतियार नभएता पनि प्रकृतिकले दिएको ढुङ्गा र दाउराको साथ लिएर आफु बिरुद्ध आई लाग्नेहरु माथि जाई लागेर आफनो स्वाधिनतालाई उच्च राख्न सफल भएका थिए नेपाली जनता । न त भोग नै भने न त प्यास नै भन्न पाए । न त आफनो उमेरको तुलना नै गरे । हिजो ति हाम्रा पुर्खाले लडाईबाट हात झिकिदिएको भए के आज हामी नेपाली भनेर गौरव गर्न पाउथे होला त । आज हामीलाई सोचनु पर्ने विषय भएको छ । ति हाम्रा विर पुर्खाले बलिदान दिएर हामीलाई उपहार स्वारुप छाडि गएका छन् । जब जहानिय राणा शासक श्री ३ हरुको हातमा नेपालको शासन शत्ताको बागडोर गयो त्यस बेला देखि नेपाली जनता माथि अन्याय र अत्याचारको जडले जरा गाढ्न थाल्यो । नेपाली जनता आतंकित र ससंकित बन्न पुग्यो । हिजोका शासकहरुले नेपाली जनतालाई अन्याय र अत्याचार नगरॆको भन्ने कुराको दुई मत छैन । १०४ वर्षसम्म राणाहरुले नेपालमा निरङकुष शासन लादेर नेपाली जनतालाई नोकरको दर्जामा राखॆका थिए । राणाहरुको अत्याचार दमनको सिमा हद भन्दा हदसम्म खेपीरहेका नेपाली जनता असईए भएर न्यायको खोजीमा भौतारिन पुगे । आफना दमन र राणाहरुको अत्याचारको प्रतिबाद गर्न कम्मर कसेर हाते मालो गरेर जुरर्मरुराउन थाले त्यति खेरको लडाईमा राजा श्री ५ त्रिभुवन विर विक्रम शाहले आन्दोलनको अगुवाई बनेर नेपाली जनता र नेपाल रहे हामी सबै रहने छौ भनेर साहासिको पाईला अधि बडाउनु भएको थियो । अधम्य साहास र हातेमालो गरेर नेपालमा १०४ वर्षको निरङकुष तन्त्रलाई अन्त्य गर्न सफल भए २००७ सालमा प्रजातन्त्रको जग बसाल्न सफल हुन गए नेपाली जनता ।
२००७ सालकॊ परिवर्तनले केहि हदसम्म नेपाली जनताले आफनो अधिकारको हक प्रत्याभुती गर्न पाए र पनि नेपाली जनतालाई थिचो मिचोबाट मुक्त बनाउन सकेनन् । केहि वर्षको अन्तराल पछि प्रजातन्त्रलाई शाहवंशिय राजाहरुले आफनो पेवाँ बनाउन सफल भए र तानाशाहि शासन लाद्न सुरु गरे । त्यसको केहि समय पश्चात् सुरु भयो पाचायती व्यावश्था । यो व्यावथाले पनी नेपाली जनतालाई मौलिक हक अधिकारको स्वातन्त्रको अनुभुती दिन र लिनबाट बिाचत गराई दियो । नाताबाद र कृपावाद र जड सुत्रवादको जरा गाडिन पुग्यो । दमनकारी शासन जनतामा लादन थाले । सत्ता परिवर्तन भयो तर शासक परिवर्तन भएन र शासनको कार्यभारको निती नियममा केहि हदसम्म पनि परिवर्तनको महसुस नेपाली जनताले प्रत्याभुती गर्न पाउने मौका सृजना गराई दिएन । सत्तामा बस्ने सत्तासिनहरुले केवल आफनो भुडि मात्र भर्न सफल भए । नेपाली जनतालाई फेरि पनी एक जुट भएर आफनो हकको खाजिमा लाग्नु पर्ने परिस्थितीको समय खडा गराई दिए । जनताको शासन नभएर शासकिय शासनले जरा गाड्यो । अनि नेपाली जनता आफनो मौलिक हक र अधिकारको खोजी गर्न तर्फ उन्मुख हुन बाध्य भयो । ३० बर्षे तानाशाही पाचायती शासनको बिरुद्ध कम्मर कसेर लाग्न थाले । सम्पुर्ण देशमा भएका पार्टिहरुले हातमा हात र काधमा काध मिलाएर एक साथ एक जुट भएर ठुलो रक्तपातको क्रान्ति सुरु भयो नेपालमा कयौ नारीको सिउँदो पुछिएकयौको बेघरबारकयौ टुहुरा जीवन बिताउन बाध्य भयो । आफुले आफनालाई भुल्न बाध्य भए । यो क्रान्तिले बिभिन्न ठाउँमा भुमीगत भएर बसेका जनता नेताहरुको पुर्नरबास गराई दियो । सारा देश भरि जुलुस र नारा घन्किन थाल्यो तानासाहि व्यावश्थाको बिरुद्ध ठुलो र भयानक क्रान्ति हुन गयो । केहि समयको क्रान्तिले देशमा परिवर्तनको पर्दा फेरियो । ३० वर्षे तानाशाहि ब्यावश्थालाई अन्त्य गर्दै देशमा बहुदलिय ब्यावश्थाको बिजारोपण गर्न सफल भयो । नेपाली जनताको अधम्य साहास र ठुलो त्यागले गर्दा देश भरी अर्को नयाँ परिवर्तन हुन गयो ।
२०४६ सालमा नेपालमा बहुदलिय प्रजातन्त्रको बिजारोपण गरि २०४७ साल कार्तिक २३ गने नेपालमा निरङकुस र तानासाहिहरुले बनाएको सबिधानलाई बदर गरेर देशमा नयाँ संविधानको खाका लेखियो । देशमा आम नागरिकको हैसियतले सारा नेपाली जनतालाई मौलिक हक अधिकारको स्वातन्त्रत तरिकाले अनुभुती गर्न पाउने कानुनको निर्माण गर्न सफल भयो । देशमा नेपाली जनताको मन मष्तिक जितेर नेपाली कांग्रेसले बहुमत ल्याउन सफल भयो र नेपाली कांग्रेसको अध्यक्षतामा सरकार गठन भयो । नेपाल कम्यिुनिष्ट पार्टि माले प्रति पक्षको जिम्मेवारीमा बस्न गयो । पाचायती व्यावश्थामा खेलि खाएका पाच भनाउदाहरुले आफनो काचुली फेरी आफनो छुटै् पार्टि खोलेर देशमा तेस्रो पार्टिको दर्जामा उभिन सफल भए । त्यस पछि देशमा नयाँ कानुन नयाँ देश बहाक शाासकहरुको हातमा देशको शासन सत्ताको बागडोरको साचो थामिन गयो । नेपालीे जनताले सोच्ने गरेका थिए अब जन मुखी शासन यो देशमा लागु हुन्छ भनेर तर जॆ सोचेका थिए ठिक त्यसको विपरित तरिकाबाट शासनको कार्यभार चल्न थाल्यो । जनतालाई दिएको गुलावी रसबरिहरु केबल भाषणमा मात्र सिमीत हुन गयो । देशमा नगन्ने मात्रमा राजनैतिक पार्टिहरुको जन्म हुन थाल्यो । एकले अर्कोलाई खुट्टा् तान्ने प्रबृतिले जरा गाड्न थाल्यो । आफनै पार्टि भित्र एक आपसमा बिचमा कुर्सि बिलासिताको मोह बड्न थाल्यो । एकले अर्काको कार्यबिधिमा सहमति जनाउन छाड्न थाले । एक आपसमा कुर्सिको लडाई सुरु गर्न थाले र जनतालाई दिएको आश्वासन र भरोसाहरु तुईएर जान थाल्यो । केही वर्ष नेपाली कांग्रेसले शासन चलायो र पछि गएर नेपाली जनताको मुख पात्र भएर काम गर्न सफल हुन सकेन र दोस्रो संसदिय आम चुनाबमा नेपाल कम्निष्ट पार्टि मालेलाई देश चलाउने जिम्मा लगायो नेपाली जनताले फेरि पनि पहिलाको हविगत भोग्न नपरोस भनेर नयाँ नेतृत्वको खाचोको महसुस गर्दै नेपाली जनताले नेपाल कम्यिुनिष्ट पार्टि एमालेलाई जनताको सेवक सम्झेर सत्ताको बागडोरको भागिदार बनाई पठायो । फेरि पनि जनतालाई सफा र सच्चा देश भक्तको परिचय दिनबाट पछि पर्न गयो नेपाल कम्युनिष्ट पार्टि एमाले । आफैमा मनमुटाब सृजना गराएर भाई फुटे गबार लुटॆ भन्ने उखानलाई सम्झना गराएर एक आपसमा फुट हुन गयो र एउटा सिङ्गो कम्युनिष्ट पार्टि फुटेर चिरा चिरामा परिणत हुन थाल्यो । देशमा ठुलो अन्यौलताको बातावरण सृजना उत्पन्न हुन गयो । नेपाली जनतालाई छोटो अवधिमा बहुदलिय प्रजातन्त्रको स्वाँद जनतालाई बोकालाई कुभीण्डो;भने जस्तो हुन गयो र फेरि पनि देशमा उहि काचुली फेरेका पाचायती नकाबधारिको दिन खुल्न गयो । पाचायती व्यावश्था त हटाए जनताले तर शासक र राजा हटेको थिएन । आफुलाई राजनिती र कुटनितीमा माहिर हौ भनेर सम्झने ति पाचायती शासकहरुले दाउ थापेर बसेका थिए । एक दिन हाम्रो पालो अवश्य आउछ फेरि पनि भनेर कुरी बसेकाहरुको दिन आउनलाई धेरै समय पर्खनु परेन । बहुदल भित्रीएको केहि समय पश्चात बहुदलबादि दलहरु बिच एक आपसमा असमझदारिता र कुर्सि मोहको कारणले गर्दा स्याललाई काल आए पछि गाँउ पस्छ; भने जसरि देशको बागडोरको साचो उहि भेष बदलेका शासकहरुको काँधमा अडेस लगाउन पुग्यो । खिचडि पकाएको जस्तो गरि सरकारमा सामेल भए सबै राजनितीक पार्टिहरु कुर्सिको मोहमा आफनो अस्थित्वसम्म पनि त्याग्न गर्नसम्म पनि चुक्न पछि परेन । राता रात पुजिपतिको दर्जामा पुग्नलाई एक आपसमा पौठे जोरि खेल्न सफल भए । आखिर नेपाली जनताले दिलो ज्यान दिएर देशमा परिवर्तन ल्याएको फाईदा यहि हो त । नेपालका राजनितीक पार्टिका नेताले के सोचेका छन् के जनता भनेको आफुसँग भएको स्वाचालित बस्तु जति खेर चाहियो त्यति खेर प्रयोगमा ल्याउने र काम सकिए पछि बेवास्था गरि रद्दीको टोकरिमा फालि दिने । एक आपसमा टुट्ने र फुट्ने रोग लागेर निरङकुस तानाशाहि जडशुत्रबाद लादेर देशलाई अराजकता तिर धकेल्न थाले । नेपाली जनता सामु गरेका ति रसिला रसवरिले भरिएका आश्वासनहरुलाई प्रभाह नगरिकुर्सिमोहको लडाई बनाई मास्रल आर्टको प्रतियोगितामा भाग लिने गर् थ्यो । देशमा बेरोजगारको समस्याले ठुलो स्थिती सामना गर्नु पर् यो । योग्य र सफल व्याक्तिको कदर हुन छाड्यो । जता सुकै अन्यौलताले जग हाल्न सुरु भयो नेपाली युवा शक्तिमो आँखा अगाडि । अनि भौतारिएर बिदेश पलाएन हुनु पर्ने सृजना खडा गरि दिए देशका जन सेवक र देश भक्तिका नाममा आफना अखडा जमाएका व्याक्तिबादि शासकहरुले आखिर बहुदलीय व्यावश्था ल्याएर के कुराको नयाँ अनुभुति पाउन सफल भयो त नेपाली जनता त्यहि शासक त्यहि राजानाताबादकृर्पाबाद बिलासिताका भोगी कुसर्िका निमीत्त लिप्त भोगी ।
फेरि पनि यो देशमा रगतको खोला बगाउने दिन आयो । त्यसै कारणले गर्दा नेपाली जनताहरु नताबाद र कृर्पाबादको थिचो मिचोले गर्दा असइय भएका कारणले गर्दा देशमा नौलो क्रान्तिको खोजी तर्फ लागे । सारा नेपाली बेरोजगार युवा शक्तिहरु जुरमुराउन थाले र आफनो हक अधिकारको लडाई लड्न फेरि पनि सुरु गरे । त्यो लडाईको बागडोर त्यहि सयौ चिरा भएर टुगि्रएका नेपाल कम्युनिष्टको एउटा पार्टि माओवादिले २०५२ साल देखि सामान्तिहरु बिरुद्ध लड्न सुरु गरे । माओवादिबाट पुष्पकमल दाहाल प्रचण्ड र डा बाबुराम भटटराईको नेतृत्वमा अधि बढे गाँउ गाँउमा क्रान्तिको बिगुल फुक्न थाले । सारा नेपाली जनतालाई भ्रष्टचार नातावाद र कृर्पावादको पाठ पढाउन थाले । अन्याय र अत्याचारको सिमाले तहस नहस भएका नेपाली सोझा सिधा जनता लडाईको मैदानमा फेरि पनि उत्रिन बाध्य भए । बन्दुकको सहारामा न्याय खोज्न तिर लागे र जंगली युगको कार्यलाई सर् हानिय गर्न बाध्य भएर जंगलमा बसेर नै आफनो युध्द लडे । २०५८ सालमा देशमा काल रात्रि जस्तो भयानक जघन्य घटना घट्न गयो । रात्रिभोजको नाम गरेर श्री ५ बिरेन्द्र विर विक्रम शाहको परिबार र वंशको नाश गरिएको थियो । श्री ५ ज्ञानेन्द्र विर विक्रम शाहदेवले राज्य गद्धि आफनो हातमा लिएर देशको शासन गर्न शुरु गरेका थिए । त्यसै अबसरमा राजा श्री ५ ज्ञानेन्द्रले उग्रवादीको नामले परिचित नेपाल कम्युनिष्ट पार्टिका कमाण्डर प्रचण्डको शिरको मुल्य समेत तोकि दिएका थिए । त्यस समय देखि देशमा जन युध्दको भयङकर धनसङराम युध्द चर्किन थाल्यो । त्यसको केहि समय पश्चात श्री ५ ज्ञानेन्द्रको केहि लागेन र माओवादि समक्ष घुडा टेक्न बाध्य भएर युध्द बिराम गराउन दुई पक्ष वार्ता द्धारा युध्द अन्त्य गर्ने योजना बनाएर देशमा केहि हदसम्म भए पनि शान्ति सम्झौता कायम गराउन सफल भए । त्यसै अबसरमा नेपाल कम्युनिष्ट पार्टि माओवादिले आफनो जनसेनाको बटालीनको उत्पती गरायो । क्रान्तिका नाममा धेरै प्रकारका लडाकु जत्थाको जन्म गराएर छाडे । १३औं हजार नेपालीको बलि चढाउन सफल भयो त्यो क्रान्तिले न त नाबालक नै भने न त गर्भवती महिला बृद्ध बाबु आमा नै भने कयौ टुहुरा भएकयौले अपाङ्गको जीवन जिउन परे कयौ विधवा भए । लाखौ नेपाली जनताको आँखाबाटसमुन्द्र सरि आँसुका बलिन धारा बगे । देशमा चक्का जाम नेपाल बन्दहत्या आतंकलुटपाट र अपहरण चन्दा प्रकरणको धिन लाग्दा प्रबृदिका कदमहरु अङ्गालेर नेपाली जनताले जीवनमा नसोचेको दुख भोग्नु पर्यो र अस्सैह भएर त्यो युध्दलाई नेपाली जनताले साथ दियो र १२ बर्षको लडाई पश्चात आफनो युद्ध समाप्ति तिर लाग्न सरकारसँग बात्र्ता सुरु गरे । बार्ता सफल गरि युद्ध बिराम गरि सासंद भनेको बुर्जुवाहरुको मागि खाने भाडो भन्ने नेपाल कम्युनिष्ट पार्टि माओवादीका नेताहरु युध्द बिराम गरेर शासन सत्ताको बागडोरमा आफनो हिस्सा जमाउन पुके । जन सेनाका सेनाहरुलाई क्यान्टोन म्यान खडा गरि शिविरमा राख्ने बन्दोवस्त मिलायो । अनमिनको अध्यक्षतामा शिविर खडा गरि सेना गणना गरी राखियो । हतियार जति अनमिनको अण्डरमा राखियो । त्यसको केहि समय पश्चात नयाँ आन्दोलनको शुरुवात भयो । क्रमश:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
March 14, 2009
धेरै दिन भो झन्डा यो नदेखेको
अपडेट: नेपालको श्रद्दाको निम्ती भोकाएका संपूर्ण नेपालीलाइ आज सौभाग्यो मिल्यो दशरथ रंगशालामा। खेलको नब्बे मिनेट र पून थपिएको ३० मिनेटमा गोल नभए पछि पेनाल्टी सुट भएको थयो। पहिला दुइ पेनाल्टी सुट गोलमा परिणत भएर बराबरी भएता पनि त्यस पछीका बललाइ नेपालीहरुले गोल गर्दै रहे,श्रीलंकालीहरुले बल पोस्ट बाहरी हान्दै गए। श्रीलंकालीहरुहरुको दुइ गोल पछी लगातार ३ बल पोस्ट बाहिर गए भने नेपालीका ४ बल सिधै गोल पोस्ट भित्र छिरे। नेपालले अन्तीम बल त हान्नै परेन, जित सुनीस्चीत भइहाल्यो।
रंगशाला "नेपाल, नेपाल.....भनेर गुन्जीहाल्यो। अनि त दर्शकहरु बार नै नाघेर खेलमैदानमै खुशी मनाउन पुगीहाले। यसरी नेपालको राष्ट्रिय टिम नेपाल रातोले श्रीलंकाली राष्ट्रिय टिमलाइ ४-२ को फराकिलो अन्तरले २० हजार भन्दा बढि दर्शकको अगाडी पुन नेपालको झन्डा गर्वका साथ फहराउनदिन सफल भए।
हारे पनि देश हाम्रै हो, टिम हाम्रै हो तर जितका साथ साथीहरुसंग आफ्नो देशको झन्डा मूनी सुख बाड्नु समय सजिलै काहां पो मिल्छ र? जितका साथ दर्शकहरुले सम्यताका साथ मनाएको खुशि पनि प्रशंसा योग्यो रह्यो। यसरी नेपाल अघी अघी संयमका साथ हामी पछी पछी रहने हो भने नेपाली पून एक भएर समृद्ध नेपाल बनाउन समय लाग्ने छैन। नेपालको जितको खुशीयालीमा दौतरीका संपूर्ण मित्र हरु सित खुशी बाड्न चाहान्छू। यसरी नै नेपालको लागी बेला बेलामा खुशी बाढ्न पाइयोस, हामी सबैलाइ बधाई।
ब्लग लेख्न बस्यो प्राय यस्तो भएन उस्तो भएन, यस्तो गर्नु पर्ने थियो। यस्तै यस्तै कुरा लेख्दा कहिले काही करकश लाग्ने गर्छ। हुन त बिभिन्न खाले कुरामा पनि ब्लग नलेखेको होइन तर मन नै दंग हुने गरी नेपालको बारेमा दौतरीमा कहिल्यै लेख्न पाको होइन। तर आज दिउसो नेपाली पत्र पत्रीका पढेपछी भने तुरुन्तै ब्लग लेखौ जस्तो लागेको थियो। ब्लग सामाग्री देखेर कुरा बुझिहाल्नुभयो होला। यो ब्लग पनि नेपाल कै बारेमा हो तर संपूर्ण नेपालीको शिर उचो हुने बिषयमा हो यो। अझ भनौ न नेपाललाइ बिभिन्न क्षेत्रमा बाड्ने कुरो चलिरहेको बेलामा एउटै देश हुनुको आनन्दको चर्चाको बिषयमा हो यो। बन्द,हडताल र माओबादी युद्दले नेपालको जनजिवन नै तहस नहस भएको बेलामा नेपाली खेलकुदको के हविगत भयो होला। नेपालको खेलकुदमा एकदमै कम बजेट छुट्टिने गर्छ। यसरी सिथील बनेको नेपाली खेलकुद पून जुरमुराएको छ फुटबलबाट। नेपालमा भैरहेको पहिलो प्रधानमन्त्री कपम फुटबलमा नेपाल रातो ले थाइल्यान्डको जे डब्लु क्लबलाई शुक्रबार २-० ले हराउँदै प्रथम प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलको फाइनलमा पुगेको छ। यसरी खेल जितर नेपाल रातोले दर्शकको मन मात्र खुशी पारेन, नेपाल र बिदेशमा बसेका संपूर्ण नेपालकीको मन खुशी तुल्लायो। पुन नेपाली एक भएर खुशी भए। शुक्रबारको सेमीफाइनल लगत्तै शनिबार हुने फाइनल खलेमा भने नेपालका तर्फबाट दुवै गोल गरेका अनिल गुरुङ र दोस्रो गोलको अवसर सिर्जना गराएका जुमानु राईले घाइते अबस्थामा उत्रने छन।
अब भोली हुने खेल मा नेपाल रातो श्रीलंकाली राष्ट्रिय टिम बिरुद्द उत्रने छ। सबैको आशा अनुरुफ नेपालले कडा खेल खेलेर श्रीलंकाली राष्ट्रिय टिमलाइ बिशाल अन्तरले हराओस। र यही अबसरमा पुन संपूर्ण नेपाली एक भएर खुशी मनाउन पाइयोस। लामो सम्म यसरी नेदेखिएको चन्द सुर्य अंकित रातो झन्डा पुन नेपालीको हातमा फरफराएको देख्न पाइयोस। नेपाली हुनुमा सधै गर्भीत हुने मौका मिलिरहोस।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
किन सँधै प्वाँख उम्रेका कमिला बन्छन् हिजोका क्रान्तिकारीहरू ?
एक जमाना थियो बीचमा चिरेको कालो टोपी र खद्दरको इष्टकोट लगाएका कांग्रेसीहरू त्याग र प्रजातन्त्रका पर्याय मानिन्थे । हामी विद्यार्थी हुँदा अभाव, दुख र यातनाको गोता र खली खाएका यस्ता नेताहरू हाम्रा लागि सम्मान अर्पण गर्नु पर्ने पात्र हुन्थे । हिजोका कम्युनिष्टहरू न्याय र समानतको नारा बोकेका जनताका गीत अनि आवाज सुनाएर मान्छेहरूलाई द्रविभूत पार्थे, उत्तेजित बनाउँथे ।
तर हरेक क्रान्तिको बुनियाद यही न्याय, स्वतन्त्रता र समानताका आवाजका लागि हुन्छ अनि जब एउटा क्रान्ति सम्पन्न बनेर हिजोका क्रान्तिकारीहरू सत्ताको सिंहासनमा पुग्छन् अनि किन तिनीहरू परिश्रमी र त्यागी कमिलाबाट प्वाँख उम्रेका कमिलामा रूपान्तरित हुन पुग्छन् ? अनि किन हरेक पटकका क्रान्तिकारी उत्सर्गहरूको कथा एउटा स्वार्थी , लम्पट र भ्रष्टाचारका किर्नाहरूले इन्फेस्टटेड बनेको शासकीय जमात तयार पारेर विसर्जित बन्ने गर्छ , हाम्रो नेपालमा ? के साथीहरूसंग यसको जवाफ छ ?
हिजोका कांग्रेसीहरू भ्रष्ट बने, कतिपय तिनिहरूको अध्याय सकियो। पुरान कम्युनिष्टहरू धनको लाभमा लोभि र पापी बन्दै बिलाप रून पुगे । तिनको पनि ओह्रालो लाग्यो । आज मुलुकमा जनताको लागि काम गर्ने वातावरण भएन भन्दै जनतालाई रुवाउँदै लडिएको कथित जनयुद्दवादीहरू अथवा रगतको खोलो बगाएर हिंस्रक क्रान्ति गर्नेहरू सत्तासीन छन् , तर तिनको राज्य सञ्चालन शैलि सर्वत्र सन्त्रास कायम गर्ने खालको छ । उनीहरूको हरेक कुरा उदेक लाग्दो छ तर पनि त्यो कुराको आलोचना गरियो भने उनिहरूकै शव्दमा प्रतिगामीको मतियार बन्न पुगिन्छ । मुलुकमा यस्तो अजिबोगरीब गणतान्त्रिक लोकतन्त्र छाएको छ, जहाँ केवल लोकतन्त्रको माओवादी लयमा गाइने भजन गाउन मात्र अनुमति छ ।
घुमीफिरी रूम्जाटार भने झैँ फेरि कुरो माओवादीको नै आउँछ ।
- हिजो गाउँघरमा तास खेल्नेहरूलाई , मुखमा तास कोचाएर कथित समाज सुधारको उदाहरण पेश गर्ने माओवाद किन , स्वदेशीहरूले पनि क्यासिनो जान पाउने अधिकार खोज्ने क्रान्तिकारी मागमा आएर टुंगिन्छ ?
- हिजो जिन्सका पाइण्ट लगाएका वा केटाले झैँ ब्वाइज कट कपाल काटेको अनि स्वदेशको संस्कृतिलाई विकृत पारेको आरोपमा केटीहरू माथि जनवादी कारवाही गर्ने क्रान्तिकारिता , किन हिसिला यमी र पम्फा भूसालको जिन्स र ब्वाइज कट धारणसहितको मन्त्रीपदीय शपथ ग्रहणको परिहासमा टुंगिन्छ ?
- हिजो कांग्रेस र अरू बिभिन्न समयमा सत्तासीन बनेका राजनीतिक पार्टीहरूले सत्ता, प्रशासन र प्रहरीलाई राजनीतिकरण गरेको आरोप लगाउनेहरू, आज नेपाली राज्य संयन्त्रको खुलम खुल्ला चरम राजनीतीकरण गर्दा अनि माओवादीलाई आर्थिक नजराना जुटाउने कबुल गरेर सरूवा बढुवाको लिलाम बढाबढमा उच्चदेखि निम्न पदीय कर्मचारीको भाउ लाग्दा देश नया यूगमा प्रवेश गरेको ठान्नु पर्ने यो कुन वाध्यता हो ?
- सरकारमा बस्ने सत्ता कब्जा गर्ने धमास दिने, सरकार र बिद्रोही हुनुको स्पष्ट आभास दिन नसक्ने, बिद्रोही वा सरकारी सेना कसको खाँतिर वा तरफदारी गर्नु पर्ने हो को समेत हेक्का राख्न नसक्ने काइतेपनको जिम्मेवारीलाई चमत्कारी नया नेपालको संवाहक ठानिदिनु पर्ने कस्तो बिजोग ?
- सरकार भएर जनताको जीउधनको सुरक्षाको ग्यारेण्टी लिनु पर्नेले स्वयं बिभिन्न खाले भिजिलान्ते भ्रातृ संस्थाको जन्म गराई चरम खालको राज्यआतंक सृजना गरिरहन पाउने त्यसको बिरोध गर्नेहरू प्रतिगामी र पुनरूत्थानवादी भइने ?
- भ्रष्टाचार, घूषखोरी, अभाव , महंगी, लोडसेडिङ,पानीको हाहाकार, लूट , हत्या , अपहरण , हिंसा, राज्यबिहीनता, दण्डबिहीनताको वर्तमान स्थति के नेपालको इतिहासमा कहिल्यै यो रूपमा थियो ? के अरूलाई आरोप लगाएर आफ्नो अकर्मण्यता,निर्लज्जता र लूटतन्त्रको नांगोपन ढाक्न खोज्नु नै क्रान्तिकारीहरूको गणतन्त्र हो त ?
- हिजो राज्य बिरुद्दको प्रदर्शन र दंगाहरूमा मारिने मान्छेहरू मार्ने हत्यारा गिरिजा वा देउबा हुने गर्थे र यो आरोप क्रान्तिकारीहरू नै लगाउँथे , तर अहिले दिन प्रतिदिन मारिने र मर्ने नेपालीहरूको हत्याको जिम्मेवार को हो क्रान्तिकारीहरूको माथिंगलमा के जवाफ हुन्छ यो प्रस्नको ?
हो आक्रोश र रगत पोख्नु सस्तो थियो होला तर खै लोकतन्त्रको सहिष्णू संस्कृतको विजारोपण गर्न सत्तासीन क्रान्तिकारीहरूको विचार र अनि व्यवहारको अग्रसरता देखापरेको ? के आफ्ना भ्रष्ट अनि दुष्ट कर्म र व्यवहारको अपजश अब पनि हिजोकाहरूलाई दिएर आफ्नो जिम्मेवारीबाट पञ्छिँदै कथित क्रान्तिकारीहरू अरण्य रोदन रून मिल्छ ?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest