प्रभा आचार्य
हुन त सबैले सबैको गुण,बैगुणको चर्चा गरेर साध्य हुँदैन तर ती कुराहरु पनि मन भित्र गाडीएको हुनु पर्दछ, चाहे बिझाएर होस् वा त्यस्ले शान्त्वानाको रूप लिएर होस् । हुन त बाचुन्जेल हजारौसँग मिलन हुन्छ, बिछोड हुन्छ सबैलाई सम्झेर साध्य पनि त हुन्न । तर सम्झिन लायक र बिर्सिन लायकलाई भने मान्छेले अवश्य मनमा राखेको हुन सक्छ ।यस्तै आनन्दसङको क्षण पनि मेरोलागी सम्झिन लायक भएर मैले यसरी संस्मरण बनाइ पोख्ने अभिप्शा गरिरहेकी छु ।
आनन्दसङको भेट प्राय: दिनानुदिन हुन थाल्यो किनकी मैले उसबेलाको (शाही सैनिक रेडियो कार्यक्रम मा नाटक ,गीतिकथा लेख्न शुरु गरेकी थिए )। हामी प्राय रेडियो, एफ. एमव जहाँ जाँदा पनि संगै जान्थ्यौ । आनन्दको गीत रेकोर्डिङ जहाँ हुन्छ त्यहा मलाई बोलाउनु हुन्थ्यो ।मैले पनि आफ्नो हुँदा बोलाउँथे । प्राय: मेरो चाँही नयाँ गायक, गायिका, सङीतकारहरुसँग सामिप्यता भएकोले उनिहरुसँग भेटाउन म आनन्दलाई कुनै ठाउँमा बोलाउने गर्दथे । आनन्द पनि कुनै हिच्किचाहट बिना जहाँ भन्यो त्यही आउनु हुन्थ्यो । त्यस्को अर्थ मैले आनन्दको बारेमा पहिला नै भनी सकेकी छु कि वहाँमा आडम्बर, अभिमान थिएन । को नयाँ को पूरानो ? कुनै बिभेद थिएन झन वहाँले त नयाँ र संघर्षशिल हरुलाई त प्रोत्साहन दिनुपर्छ भन्ने भावना राख्नु हुन्थ्यो । मेरो पनि धारणा त्यस्तै थियो त्यसैले त हामी झन बिचार र भावनाले नजिकियौ शायद । यसरी आनन्द र मेरो साङितिक,साहित्यिक भावनामा अझ प्रगाड सम्बन्ध बनेर अघी बड्दै गयो । हाम्रा गीत हरु दुइजनाका सल्लाहा र सुझाउमा अझ परिमार्जित हुँदै गए । म भने सधैं हत्तारिएर लेख्ने जे लेखे पनि १० मिनट मा सक्नु पर्ने त र आनन्दको भने ठीक मेरो बिपरित थियो एउटा गीत लेखेर सक्न झण्डै महिनाभन्दा बढी लाग्ने । एक लाइन आज लेख्यो अनी त्यो कागजको खेस्रा गोजिमा हाल्यो अनी अर्को लाइन फेरी लेख्यो त्यस्लाई पुरा गर्न समय लाग्ने । आनन्दको गोजिमा प्राय: गीतका लाइन का टुक्राहरु भेटिन्थे । अनी आनन्दले भन्नु हुन्थ्यो दिदी तपाईं कसरी तुरुन्त लेख्नु हुन्छ?, म त त्यसरी सक्दिन । तर हाम्रो बिछोड भएको पनि लगभग अब त ८ बर्ष जत्ती भयो अब भने आनन्दको लेखन शैली कस्तो छ म भन्न सक्दिन, मेरो भने उही हो । यसरी आनन्द र मेरा दिनचर्याहरु साङितिक् फांटको ब्यस्तता मा नै बित्यो । त्यो समय मेरा पनि गीतहरु धेरै रेकोर्डिङ भए, अहिले म सम्झिन्छु एक दिन त म कस्तो बेफुर्सदी भए भने दुई चार वटा स्टुडियो मा मेरै गीतहरु मात्र रेकोर्डिङ भै रहेका थिए । मलाई धौ-धौ पर्यो ती स्टुडियोहरुमा कुद्न, किन कि म रेकोर्डिङको समयमा आँफै बस्ने गर्दथे शब्दहरुमा हेरफेर र अशुद्दता नहोस् भनेर । अनी आनन्दले पनि मलाई बोलाउने गर्नु हुन्थ्यो । यस्ता संस्मरणका क्षणहरु अझै छन । आनन्दले म प्रती गर्नु भएका कृतज्ञताका पलहरु प्रशस्त छन जुन म क्रमश:पोख्दै जानेछु । शायद आनन्दलाई लाग्ला कि यो संस्मरणमा साचै म त्यही आनन्द नै हुँ भनेर ?, मैले आनन्दलाई सर्प्राइज दिए झै हुनेछ । कसैले गरेको ब्यवहार, गुण उस्लाई भनिरहनु पर्दैन । मनमा राखेर उसप्रती अनुग्रहित हुन भने पर्दछ अगाडिको झुठो प्रशङ्शा भन्दा मनमा रहेको क्रितग्यपन नै सदा सर्वदा अंमिट रहन्छ /
क्रमश :