माओवादीहरूको नेतृत्वमा गणतन्त्र नेपालमा सरकार बन्यो र यो सरकारबाट धेरैको आशा थियो एउटा गतिलो प्रकृयाको आरम्भ हुनेछ । राजनैतिक, कानूनी, कानूनी राज्य, लोकतान्त्रिक विधि र सुशासनको कुरा मात्र सुन्दा आजित परेका हामीलाई आशा थियो , अब हरेक कुराको राजनीतिकरण हुने छैन र सरकारी काम कार्यवाहीको तौरतरिकामा विधिसम्मत पारदर्शिताको निर्वाह हुनेछ । तर , वर्तमान सरकारका कामलाई हेर्दा भने , माओवादीहरू अझै पनि राज्य र यसका अंग अवयवहरूलाई ध्वंश नै पार्न खोजिरहेका छन् कि भन्ने प्रतीत हुन्छ । यो कुराको चर्चामा मैले आज , माओवादी नेतृत्वको सरकारका केही राजनैतिक नियुक्तिको कुरालाई मात्रै अगाडि सार्दै , माओवादीले राज्ययन्त्रलाई कसरी सिलसिलाबद्द ढंगले एउटा गाइजात्रे प्रहसनमा रूपान्तरण गर्दैछ भन्ने कुराको सानो उदाहरण पेश गर्न खोजेको हुँ ।
घोषित, अघोषित रूपमा माओवादी सरकार चलाउन चाहन्न बरू सत्ता कब्जा गर्न चाहन्छ भन्ने कुरा त उसका नेताहरूको बेला कुबेलाको फलाकोबाट नै देखिएको हो । तर कब्जा गर्ने नियतमा पनि उसको पार्टीको उद्देश्य कम तर त्यहाँका सनकमणी संकृणहरूको दबदबा मात्र देखिनु उदेक लाग्दो पक्ष बनेको छ , जसले माओवादीलाई राजनैतिक पार्टी कम र हुल्लडहरूको जमात बढी बनाएर छोडेको देखिन्छ । यसका चाख लाग्दा उदाहरण हेरौँ :
१) केही महिना अघि माओवादीले योजना आयोगमा नया उपाध्यक्षको रूपमा डा पिताम्बर शर्माको नियुक्ति गर्यो । तर उनलाई रत्तिभर सूचना नदिई अनौठा नामधारी राजनैतिक कार्यकर्ता र नातागोताले भरिएको एउटा डफ्फालाई सदस्यको रूपमा मनोनयन गरेको घोषणा सुनायो । बाबुराम भट्टराईकी साढू दिदी, गिरिराजमणीका दाइ, एकजना पूर्व भलिवल खेलाडी, अनि अर्का एक लडाकू कार्यकर्ताले भरिएको यो डफ्फाको नाम सार्वजनिक भएपछि , माओवादी र पार्टनर सत्तारूढ दललाई यति लाज भयो कि डा पिताम्बर शर्माले त उपाध्यक्ष पदबाट राजीनमा दिएर हिँडे नै , केही दिनपछि यो लाजलाई टोइलेट पेपेरमा लपेटेर आफ्नो खल्तिमा फिर्ता लान सरकार वाध्य भयो । फलत : पूरै डफ्फा नया आयो, अहिले के गरिराछ यो डफ्फाले अनुसन्धान जरुरी भएको छ ।
२) मातृकाको सनकले नेपाललाई नपुगेको हो कि भनेर प्रकृतिले अर्को सनकमणि पनि मुलुकमा जन्माइदिएका रहेछन् जसको नाम हो- गोपाल खुम्बु । आँफुले ने गरेको दावा अनुसार ई कृस्तान मन्त्री मैलो नपर्ने भएकाले एक महिनामा मात्र एकचोटी नुहाउँछन् रे !( पढ्नुस केही समय अघिको नेपाल पत्रिका)। यी मन्त्रीका अनुसार नेपालमा शान्ति ल्याउन प्रतेक नेपालीको आफ्नो बन्दूक हुनुपर्छ रे ! नेपाललाई ८०० जिल्लामा बाँड्ने यी नया ईसाइ मतालम्बी योजनाकारले केहि समय अघि पशुपतिमा विष्णु देवकोटा नामका पार्टी कार्यकर्तालाई मूल भट्ट नियुक्त गर्दै, रडाको मच्चाए । विधि र कानूनको बाटोबाट पशुपतिको आम्दानीलाई नियमित बाँध्ने व्यवस्था गर्नुको साटो , करौँडो धर्मावलम्बीको संवेदनशिलतालाई यिनले र माओवादी पार्टीले यसरी धज्जी उडाएकी उनीहरू धर्म निरपेक्ष दल हुन कि धर्म सापेक्ष स्वयंले बिर्सिए । तर यो नियुक्तिको सान्दर्भिकता त्यतिबेला सकियो , जतिबेला प्रचण्डले यो लगायतका नया नियुक्तिहरू फिर्ता गरेको घोषणा गर्नु पर्यो ।
३) पछिल्लो पल्ट प्रज्ञा, कला र नृत्य प्रतिष्ठानमा यिनै गोपाल खुम्बुले यस्तो लिँड्को चलाए कि, सो पदहरूमा नियुक्त गर्नका लागि नाम सिफारिस गर्ने समितिका सदस्यहरू समेत विस्मयमा परे । खुम्बुले केही पूर्व राजावादी, सजातीय र अन्य जनजाति प्राज्ञका यस्ता नामहरू नियुक्तिमा पारेको समाचार सुनाए, जुन कुरा स्वयं उनका पार्टी नेताहरूलाई पनि थाहा रहेनछ । सो नियुक्तिको विरोधमा भएको वक्तव्यबाजीमा स्वयं माओवादी र बाँकि बामपन्थी कथित विज्ञहरू र राजनैतिक नेताहरूको भैरेहेको बिरोध हेर्दा यस्तो लाग्छ कतै माओवादीले राज्य सत्तामाथि आफ्ना कर्म र व्यवहारहरूको फोहरी हिलो खेलिरहेको त छैन ? यो कुरा लेखूञ्जेल त सर्वोच्चले पनि नियुक्ति बदर गराउन अन्तरिम आदेश जारि गरिसकेछ !
'आची गरीसकेर दैलो देख्ने' र आची पोको पारेर खल्तिमा गुट्मुट्याएर सफा बन्ने यो तरिका कहाँ पुगेर टुंगिने हो हेर्दै जाऔँ । "हेरौँ सत्ता कब्जा गर्ने अभ्यासका स-साना रिहर्सलहरूको यो सिलसिला कहाँ गएर कुन ढंगले पटाक्षेप हुने हो ।
February 22, 2009
माओवादी सरकारका नियुक्तिहरू : कस्ता दुर्नाम मजाक
आमाको सम्झनामा बलिन्द्रधारा आशु - २
आज अघी भर्खर फोन गरेको मैले आमालाई । त्यो पापी ॠषि भनाउदो दाइलाई सरखारले अझै केही दिन झ्यालखानामा कोच्ने रे । साच्चै भान्नु पर्दा आमाको पुकारा छ त्यो पापी नछुटोस, कुनै हालतमा । बाउ मार्ने छोरो किन चाहियो यो जमनामा ? आमाको सिर्फ त्यही टकासो छ । अस्ती हात्तीखोरमा अनौठो भेला भयो रे । कुनी कसको मुक्तिको लागि बनेको "परमुक्ती सेना" रे । काकाको छोरोले प्रधानमन्त्री पर्नेलाई गोडफाट र सतर्कको भेशमा कुनी कुन बादको हो सलाम ठोक्यो रे । पन्ध्र हजार नेपालीको छातीमा गोली ठोक्नेहरुले साधारण रामशरण भाईहरुको सलाम खानु महान होला तर मन रोएको त कसले देखेको छ र ? अनी मन जलेको कसलाई थाहा छ र ? श्रिन्खलाबद्ध रुपमा देशका र मेरी नेपाल आमाका ज्वाँईहरु मरिने/मारिने क्रम जारी छ । त्यो त परेका हरुलाई थाहा छ न कि मार्न बानी परेका हरुलाई ।
आमा भन्दैहुनुन्थ्यो, अब बहिनिको विवाह गर्नु पर्ने । तर दाईजो केही दिन नपाउने रे - नियम । अनी अस्ती हप्ताको लगनमा कमरेड खामिको छोरीको विवाह भयो रे । भारतका लक्ष्मी मित्तलको छोरोको बिहे भन्दा बढी तमक झमक रे । आमाले भन्नु भयो, बाबु एही हो नयाँ नेपालको नियम ? गरीबलाई लाग्ने अनी सर्बहारा भनौदा हरुलाई नलाग्ने ? गएको महिना भान्जाले एउटा क्यामरा उअपाहर लिएर आको रे चाइनाबाट, कर लाग्यो रे कमेरको भाउ भन्दा दोब्बर बढी । आमा सोध्दैहुनुहुन्थ्यो , बाबु तर प्रचन्डको तीन लाकह्को खाट चाँही किन चेक जाच नगरि सोझै बालुवाटार ? मेरो कुनै जबाफै भएन । लाइन जने बेला भएको थियो बह्न्दै हुनुहुन्थ्यो आमा । शायद फोनको टुक्रामा चार्गे नभएर होला, कुरो काटियो, फोन काटिएर । नयाँ सरकाअर्को नयाँ उपहारले आमा सँग बाट गर्ने माध्याम पनि काटिएको छ । शायद भोली फोन गर्छु होला अनी कुर गरुला आमा भनेर त चित्त बुझाउनु पर्यो नि होन र ?? क्रमश:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
February 21, 2009
जवानिले काउकति लगायो कि महारानी
जवानिले काउकति लगायो कि महारानी
डोलि चढ्ने रहर मनमा जगायो कि महारानी
अङ्ग अङ्ग पोखिनलाइ अटेस मटेस भा'छ
वैमानिले यौवनको रङ्ग उडायो कि महारानी
एकोहोरो मनसंग वातमारी लजाउनृहृन्छ
पिरतिको धुन मनले जगायो कि महारानी
देखेपनि नदेखे झै तर्की हिड्नृ हृन्छ
नयनले कसैको तस्वीर सजायो कि महारानी
उर्वसी र मेनका मिसिएर तिमी वन्यौ
नभन्नु है वसन्तूले फकायो कि महारानी
तुलसीपुर दागं
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
गीतकार अनी कर्णल आनन्द सँगको मेरा बिगत क्षणहरु - ५
स्विकार्नु न स्वीकार्नु यहाँहरुको इक्षा ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
सुन्दर नेपाल
यो फोटो काठमाण्डुबाट धुलिखेल जाँदा साँगा नपुग्दै पलाँसे टावर रेष्टुरेण्टको साइडबाट खिचिएको हो । ऊ पर तिर हिमाली श्रृङ्खलाहरू पनि देखिन्छन् । छैन त हाम्रो मुलुक मनमोहक ?
यो स्थान काठमाण्डु जिल्लाको पश्चिमोत्तर टोखा गा वि स बाट उत्तरतर्फ पर्ने झोर गाविसको एउटा भाग को हो। यी दुवै नोकिया ५६१० फोनले खिचेको हुँ ।
(नोट:फोटो ठुलो हुने गरी हेर्न फोटोमा क्लीक गर्नुहोला।)
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
अधिवेशन एमालेको, जीत र हार अरूको
इतिहास , सांगठनिक संरचना र व्याप्तिका आधारमा नेपालको बामपन्थी राजनीतिको मुख्य घटक नेकपा एमालेले अहिले बुटवलमा आफ्नो राष्ट्रिय अधिवेशन सञ्चाल गर्दै छ । यो अधिवेशनले आगामी ५ वर्षका लागि एमाले पार्टीको राजनैतिक बाटो र नेतृत्व तय गर्ने छ । हिंस्रक क्रान्तिको पक्षपाती तत्कालको झापाली नक्सलाइटिष्ट कम्युनिष्ट पार्टी मालेले २०४६ सालमा भएको बहुदलीय राजनीतिको पुनर्स्थापना पश्चात आँफूलाई समाजवादी लोकतन्त्रको पक्षमा रुपान्तरण गर्दै बलियो प्रतिपक्ष र कथंकदाचित सत्ताको तहमा पनि स्थापित गर्योस । तर पछिल्लो राजनैतिक परिस्थितिमा , बाहुबली र हतियारधारी कम्युनिष्ट माओवादीको पीठो बिक्न थालेकाले, नेपाली राजनीतिको मूलप्रवाह कम्युनिष्ट कुन हुने भन्ने 'एसिड टेष्ट' पास गर्न पर्ने बेलामा एमालेको अहिलेको अधिवेशन हुन गैरहेको छ । यो सन्दर्भमा, अहिलेको अधिवेशन र यसको 'आउटकम' पनि एमाले स्वयंका लागि भन्दा अरूकै लागि महत्वपुर्ण बन्न गएको प्रतीत हुँदै छ । नीती र कार्यक्रम जे पास भए पनि , अहिले एमाले भित्र देखिएको मुख्य रडाकोको छिनोफानो 'माओवादीका मतियार कित्ता' र 'माओवादी बिरोधी कित्ता' को 'क्लियर कट' विजयमा हुने हो कि भन्ने लक्षण देखिँदै छ ।
के पी ओली माओवादी दादागिरीका कटुआलोचक हुन र माओवादीहरू त उनलाई फुटेको आँखाले पनि नेतृत्वमा आएको देखि सहन्नन् । उनको चुनावी समीकरण पार्टीका वरिष्ठ नेता माधव नेपालसंग हुन सक्ने सम्भावना बढेको छ किनभने माधव कामरेड पनि आँफूलाई माओवादीले बेला बेलामा गरिरहेको मानमर्दनबाट क्षुब्ध हुनु स्वाभाविक हो । कहिले राजालाई दाम चढाएको कुराको बदख्वाईँ गरेर नथाक्ने र कहिले माओवादीसंग समीकरण गरेर पनि राष्ट्रपतिमा झलनाथले माधव नेपाललाई अन्तिम समयमा चिप्लाएको कुरा माधव कामरेडको मनमा खिल बनेर गाडिएको छ। यसमा झलनाथ निर्नायक नहोलान् तर उनले पनि दाउपेच राखेको कुरा सत्य हो । यदि कांग्रेस, एमाले, नेपाली सेना समेतको इण्ट्रेष्टमा माओवादी सरकारको विकल्प खोजिने कुरा निकट भविष्यमा हुने सम्भावना छ भने त्यहाँ एमालेको नेतृत्वमा नेपाल-ओली रहनु मात्र सकारात्मक हुनसक्छ भनेर कांग्रेस र अन्य मध्यपन्थीहरूले तिनको समर्थन गरिरहेका हुन सक्छन् ।
वर्तमान महसचिव झलनाथ खनाल र बामदेव गौतमको खनाल-गौतम समूह एमाले वृत्तमा माओवादी शुभेच्छुकका रूपमा र पूर्व महासचिव माधव नेपाल र खड्ग ओलीको नेपाल-ओली समूहलाई माओवादी बिरोधीको रूपमा चिनिने हुनाले कतिपयले यी मध्ये एउटा वा अर्को समुहको विजयलाई माओवादी नेतृत्वको सरकारको आयूसंग समेत जोडेर हेर्ने गरेको पाइन्छ । अधिवेशनको उद्घाटन समारोहमा , झलनाथले प्रधानमन्त्री प्रचण्डलाई मुख्य अथिति बनाएर मात्र हैन स्वयं आँफू महासचिव रहेको पार्टीको आफ्नै पद र कदलाई सानो पार्दै प्रचण्डलाई अगाडि सारेको कुराको पार्टीभित्र नै बिरोध भैरहेको सन्दर्भमा, झलनाथले के सन्देश दिन चाहे प्रष्ट छ । उता बामदेवको कुरा त कस्तो छ भने मन्त्रीमण्डलको बैठकमा एमालेको नं १ नेता हुँदा हुँदै पनि एमालेको अडान राख्ने काम त्यहाँ जलस्रोत मन्त्री विष्णु पौडेलले गर्ने गराका छन् । स्वयं एमालेका मन्त्रीहरूको बुझाइ छ बामदेव कामरेड केवल प्रचण्डको डेपुटी हुनुमा गर्व गर्छन् र सोही भूमिकामा आँफूलाई राख्न चाहन्छन् । यस्तै रह्यो र भोलि एमालेले अहिलेको गठबन्धनबाट बाहिरिन चाह्यो भने बामदेव कामरेड मन्त्रीमण्डलमा नै छोडिनुहुन्छ होला पार्टीमा फर्कनुहुन्न होला भन्ने गाइँगुईँ एमाले-माओवादी वृत्तमा बेसरी नै चलेको पाइन्छ । यसरी माओवादी सरकारको रक्षाकवच बनेर रहेका खनाल-गौतम लाबी एमालेको नेतृत्वमा स्थापित हुन सकेमा आगामी दिन राम्रै कटाउन सकिनेमा माओवादी समेत विश्वस्त रहेको हुनाले, यो एमाले अधिवेशन माओवादीलाई बेसरी लागेको महशूस सबैले गर्ने नै भए ।
परिणाम जे भए पनि, हुने नै छ । जे होस् , माओवादीको अतिवाद र कांग्रेसको दिशाविहीनताको मझधारमा आँफै आफ्नो परिचयमा क्रमश: हराउँदै गएको एमालेले आँफूलाई विशिष्ट बनाएर राखिरहन र नेपाली राजनीतिको एउटा महत्वपूर्ण शक्ति बनिरहन अहिलेको अधिवेशनलाई भयानक चुनौति र मौकाको रूपमा अपनाउन सकोस् भन्ने कामना भने गर्नै पर्छ । एमाले , खनाल-गौतमको माओवादी ‘बि’ टिम वा माधव- ओलीको एकल बपौति नबनोस् बरू आँफ्नै विशिष्टतामा बाँच्न सक्ने बलियो राजनैतिक प्रवाह बन्न सकोस् , यही शूभकमना !!!
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest