नगएको हप्ता नेपालको कुनै अज्ञात स्थानमा देसका सबै दलहरुका उच्चस्तरीय नेताहरुको गोप्य रुपमा यौटा सामुहिक भेला भएको जानकारी प्राप्त भयो। संचारजगत र पत्रकारहरुलाई समेत थाहा नदिई गरीएको सो भेलाको खवर, भेला समाप्त हुनलाग्दा मात्रै पाए पनि आफ्ना बेरोजगार जासुसहरुलाई यो ठरकी दादाले तुरुन्तै सभास्थलमा जाँचबुझ गर्न पठाएको थियो । एउटा दलभित्र नै एक-अर्कासंग मिल्न नसकेर भना-भन र लाता-लात हुने हाम्रा नेताहरुको यो बुझीनस्कनुको एकताबद्द भेलाले पहिला त आश्चर्यचकित नै बनायो । पछि आफ्ना जासुसहरुको रिपोर्ट आउनथाले पछि भने सब खुलस्त भए।
सभा सक्केर निस्कदैं गर्दा सबै सहभागीको हातमा यौटा डायरी वा किताबजस्तो रहमयश्य दस्ताबेज देखीन्थ्यो रे । ति दस्ताबेज बोक्ने मध्य एकजनाले भने आफुले लेखपढ गर्न पनि नजानेको बताउँदै नाम उल्लेख नगरि बामदेवले बन्द नगरेको मदिरालयमा एक रातको खर्च गरिदिने भए सो दस्ताबेज दिने शर्त राखेछन । मेरा जासुसले तुरुन्तै त्यो शर्त विना शर्त स्विकार गरी सो दस्ताबेज हात पारे। बास्तबमा त्यो दस्ताबेज डायरी वा किताब केहि नभई यौटा सामुहिक सम्झ्यौता पत्र रहेछ । प्रस्तुत छ सो दस्ताबेज, जस्ताको त्यस्तै:
विषय प्रबेष:
हामि राजनैतीक दल र नेताहरुले समय समयमा वक्तव्य, टिका टिप्पणी गर्दा प्रयोग हुने शब्द र भाषा सिधा सिधा र खरो हुने गरेको सबैलालाई बिधितै छ। त्यसमा पनि सन्चारकर्मी र पत्रकारहरुले बोल्यो कि टिपि हाल्ने र भन्यो कि छापि हाल्ने गर्दा आजकल हामिलाई ‘व्यक्तिगत भनाई थियो’ वा ‘मैले त्यसो भनेकै हैन’ भनेर पनि धर नपाउने भएकोले हामिले बोल्ने शब्द र वाक्यको गोप्य र कुट अर्थ हामिहरुले मात्रै बुझ्ने गरि राख्नु जरुरी भैसकेको छ । त्यसैले अब देखी हामिहरु सबैले सार्बजनिक वक्तव्य दिंदा र टिका-टीप्पणि गर्दा निम्न बमोजिमको शब्द र वाक्यांसलाई निम्न अर्थमा लिने निर्णय गरेका छौं :
शब्द् / वाक्यांश | अर्थ |
विपक्षी दलसंग हाम्रो सम्बन्ध सुमधुर छ। | बाद-बिबाद भए पनि हातै हालाहालको स्थिति भने छैन। |
सानातिना समस्याको बारेमा वार्ता जारी छ । | बिबाद टुप्पोमा पुगीसक्यो र कुनै पनि बेलामा घम्साघम्सी हुन सक्ने छ। |
सौहार्दपुर्ण वातावरणमा वार्ता भयो । | वार्तामा बसेका व्यक्तिहरु बिच तथानाम मात्रै भयो हात चलेन। |
वार्तामा केहि झीना मसिना कुरा मात्रै अडकेको छ । | अब कुराकानी अगाडी नबढने टुंगो लागीसक्यो । |
हामिलाई सरकारमा जान कुनै लालच छैन । | भित्र भित्रै भरमग्दुर प्रयत्न जारी छ । |
यो सरकार एकदम मजबूत छ । | कुर्सीको खुट्टा हल्लन थालिसक्यो । |
सरकार कुनै हालतमा गिर्दैन । | विपक्षीसंग लेन देनको कुराकानी हुँदैछ । |
सरकार कमजोर पार्ने खेल हुँदैंछ । | अब विदेशी महामहिमले पनि संकेत गरि सके । |
हामि सरकारमा नबसे पनि जनसेवा गर्न सक्छौं । | हाई कमाण्डले आदेश दिई सक्यो कुनै पनि बेलामा सरकार गिर्न सक्छ |
हामी कुनै पनि हालतमा आदर्शसंग सम्झ्यौता गर्दैनौं । | भाऊ अझै मिलेको छैन। |
यो सरकार नालायक छ । | हामिले भन्दा राम्रो काम गर्यो भने त बर्बाद हुन्छ ! |
हाम्रो दल यो सरकारमा जाँदैन । | सकेसम्म घुर्क्याएरै मुख्य मुख्य मन्त्रालय लिन्छौं |
हामी सरकार गिराउने खेलमा लाग्दैनौं । | तयारी पुरा छ, केवल ईश्युको खोजी हुँदैछ । |
यो सरकार आफैं ढल्छ । | जत्ति तर्साए पनि छाड्दैन बा ! |
म प्रजातन्त्रकोलागी लडीरहेन छु । | कुर्शी नपाएसम्म चुप लाग्दिन । |
फलानो योजनामा घोटाला भएको प्रमाण हामिसंग छ । | छिट्टै हाम्रो पनि भाग देउ नत्र ……। |
शान्ति स्थिति सुदृण छ । | भोली के हुन्छ ठेगान छैन। |
अस्ति भएको हिंसात्मक घटनामा हाम्रो संलग्नता छैन | जसले जे भने पनि ढाँट्या ढाँट्यै गर्छौं । |
यो अपराधको न्यायिक जाँचबुझ हुन्छ । | अपराधिलाई बोर्डर काट्न त दिनुस । |
हाम्रो दलमा कुनै पनि आन्तरीक समस्या छैन । | पार्टी फुटन तयार छ । |
हामी आफ्नो आस्थामा दृड छौं । | हाम्रो कुनै पनि अडान छैन । |
देशमा हामी मात्रै अग्रगामी छौं । | साँच्चै यो “अग्रगामी” भनेको के हो हँ ? |
हुन त अझै अरुपनि निकै शब्द-अर्थहरु थीए रे तर नशामा उन्मत्त भएका ति नेताले आर्को शनिवार नगरकोटमा लगेर जाँड पार्टि दिएपछि मात्रै बाँकी कागजात दिन्छु भनेर धोका दिएकाले आजलाई यत्ती । बाँकि शब्दार्थ नेपालबाट कागजात प्राप्त हुनासाथ तुरन्तै अपडेट गरिनेछ ।
नोट: मेरो जस्तै खुफीया सोर्स अरु साथिहरुसंग पनि छ र बाँकी शब्दहरु तपाईहरुलाई थाहा छ भने यहि मुनि थप्दै जाँदा पनि हुन्छ ।