January 12, 2009
बाडुल्कीको तरङगमा
धादिङ, हाल इटली
बाडुल्की लाग्छ भन्थ्यौ तिमीलाई मेरो सम्झाइमा
बिर्सीयौकी के हो कुनी थोरै दिनको बसाइमा
न कुनै खबर आयो न त बाडुल्की नै लायो
आशाहरु देखाएर निरास पारे जस्तो भयो
के थाहा कुनी अर्कै मनले ठुलै आशा छर्योकित
बाडुल्किको तरङगमा रङ नम्बर पो पर्योकित
किन हुन्छौ सिरीयस हास्न सिक भन्दै
मनभित्रको चाहानलाई पुर्ने खाडल खन्दै
छोडि गयौ इच्छाहरुलाई काडे तारले बारी
मलाई पार्यौ दोधरमा वारी जाउकी पारी
न सम्झनाले तिम्रो साम्झनाले अन्तै डेरा सर्योकित
बाडुल्किको तरङगमा रङ नम्बर पो पर्योकित
कहिलेसम्म रोइ बाच्ने पिरै पिर बोकी
बुझेर नि नबुझेको जस्तो गर्या हो कि
भनी हाल मनको कुरो किन पार्ने गाठो
प्रेम पनि हुँदै हो नि जीवनको एउटा पाटो
हिर्दयको कुन भित्र मेरो माया मर्योकित
बाडुल्किको तरङगमा रङ नम्बर पो पर्योकित
परिचय प्रभा आचार्यको कबिता संग्रह परदेशबाट
यो कबिता सङ्रह मेरो लेखनक्षेत्रको डेढ दसक पछी प्रकाशनमा ल्याएको हो यस्मा सबै कबिताहरु बिभिन्न पत्रीकामा प्रकाशित भएका छन र कत्ती भने अमेरिका भित्रिएपश्चातका छन यो कबिता सङ्रहमा देश प्रतिको माया,पर्देशको पीडा,नारिहरुको बेदना,मान्छे कसरी इछ्याहरुको कमारो बन्छ, मान्छेहरुमा किन अहमताले बास गर्दछ? अनी मनहरु किन र कसरी बिभाजित हुन्छन?, अनी कबिता के हो ?भन्ने कुराहरु जस्ता मैले समेट्न खोजेकी छु । २०६३ सालमा प्रकाशित सङ्रहको बिमोचन कार्यक्रम काठमाडौंमा भब्यताको साथ डा. गोविन्द राज भट्टराई को प्रमुख आत्तित्थ्यमा र बिष्णु बिभु घिमिरेको सभापतित्वमा बिमोचन भएको थियो। म परेदेशमा नै भए पनि आफ्नो देशबाट पलायन भएको आभास नहोस् भन्नकालागी मैले यो सङ्रह निकालेकी हुँ र यो सङ्रहको अमेरिकाको कोलोराडोको बोल्डरमा पनि प्रमुख अतिथी नेता बेनुप राज प्रसाइ र कोलोराडो च्याप्टरका नेपाली साहित्य समाजका अध्यक्ष ज्ञानेन्द्र गदालको सभापतित्वमा एक साहित्यिक कार्यक्रममा बिमोचन गरिएको थियो। यस भित्रका केही कबिताहरु: २)''मन बिभाजित भएपछी'' ३)''पराइभूमिमा छट्पटाइ रहेछु''
१)'' पीडाको अर्को रूप नारी ''
ऊ स्वास्नी मान्छे
मुटुको दहबाट कसैलाई
एक अन्जुली माया उघाएर
दिन सक्छे ,
तर ---बदलामा उस्ले
स्वार्थिपनको उपहार पाउन सक्छे ।
ऊ स्वास्नी मान्छे,
आफ्नो शरीर पस्केर
कसैको भोक मेटाउन सक्छे
तर ---सट्टामा उस्ले
घ्रीणाको उपनाम पाउन सक्छे ।
मुटु रित्याएर माया दिनु
शरीर पस्केर भोक मेटाइदिनु
अन्त्यमा ---उस्ले
जीवनभरी अभिश्राप पाउनु र
जुठेल्नाको फ्याकिएको जुठो हुनु हो
अनी ---स्वास्नी मान्छे हुनुको अर्थ
पीडाको अर्को रूप हो ।
आगन एउटै भएर पनि मन बिभाजित भएपछी
छानो एउटै भएर पनी
बिचारमा फरक परेपछी
आफ्नो पनि बिरानो हुदो रहेछ ।
छहारि एउटै भएर पनि ब्यवहाँरमा फरक परेपछी
घरपनी भिन्न लाग्दोरहेछ
आकाश एउटै भएर पनि
स्वार्थ अनायस उब्जिए पछी
धर्ती एउटै भएर पनि
पाइला बेग्लै चालेपछी
माटो पनि बिभाजित हुदो रहेछ ।
देश एउटै भएर पनि
स्वार्थ अनेक भएपछी
भाषा एउटै भएर पनि शास्त्र अनेक भएपछी
आफ्नै मुलुक पराइ लाग्दो रहेछ ।
दुखेका चोटहरुमा
शान्त्वनाको मल्हम लगाउदै
म,
आफ्नै देशको झझल्को
आँखामा टसाएर
पराइभूमिमा भौतारिरहेछु ।
शायद ---बिवस्ता नै हो कि ?
आफ्नी आमाको न्यानो स्पर्श
बिर्सनु पर्ने
कि ---बाध्यता थियो ?
मैले आफ्नो माटोबाट
बिस्थापित हुनुपर्ने ।
चाहे जे होस्
म सूर्योदयको बिहानिमा
आफ्नी आमाको सम्झनामा
एक अन्जुली पानी चढाउछु
म ,
रङिन क्षितिजलाई नियाल्दै
मनको बगैचाबाट स्वछ फूल चडाउछु ।
खोसिएका हासोहरुमा
आश्वासनको रङ पोत्दै
म आफ्नै देशको माया
छात्तिमा बोकेर
पराइभूमिमा छट्पटिइ रहेछु
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
January 11, 2009
कविता - तिम्रो बारे
बिजयकुमार श्रेष्ठ,
धादिङ्ग कटुन्जे (हाल ईराक)
गजल लेख्ने गजलकार होईन म, न त गितकार नै परे
अनयासैमा केवल दुई चार शब्दमा मनका तरङ्गहरु कोरे ॥
सोचेको थिएन हाम्रो भेटघाट यति छिटो हुन्छ भन्ने बारे
कसैबाट सुन्न थाले दौतरी ब्लग बनि गुगलमा छाको छ रे ॥
कम्प्युटरको सहारा लिई गुगल सर्चमा घुम्न थाले
दौतरीको माया पाउन गुगल सर्चमा आई डि फाले ॥
गुगल सर्चको माध्यमबाट तिमीलाई पाईकन छाडे
जानी नजानी तिम्रो लागी उपहार रुपी शब्दजाल बाडे ॥
साधुवाद छ दौतरी तिमीलाई हाम्रो मित्रताको बारे
रहि छौ तिमी मित्रताको शिखर चुम्न सिकाउने सितारे ॥
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
हैन गिरिजाले भनेको सांच्चै हो कि क्या हो?
नेताले माइक पाए पछि के? बोल्न त भरमार बोलीहाल्छन माइक छोड्ने झन नामै लिदैनन। बहुदल आएपछी अरू केही नभए पनि नेताहरुको बोल्ने भाषणमा त खुब बिकास भाको छ। बिकासको खोया नभए पनि भाषणमा चै नेपाली जनता बिश्वकै सुखी र भाग्यमानी छन। बहुदल आए पछि आकाशै छुने नेता गिरीजा हुन। कहिले कुनै गफ चियाको कपमा आएको तुफान भन्थे कहिले भने यांहा ग्र्यान्ड डिजाइन छ भनेर कुर्लन्थे। खोइ के हो त्यो ग्र्यान्ड डिजाइन कसैले छारो फोर्सो बुझेका होइनन। कम्नियुष्ट भने पछि गिरिजा तिन कोष परैबाट चिढिन्थे। अब कम्नियुष्ट नेता निकै फुर्तीला, खुब भाषण दिने, गिरिजालाइ टेन्सन। कसरी भीत्ता लगाउने तिनीहरुलाइ, अनि जांहा पनि त्यही डाइलग पेल्थे, "कम्नियुष्ट जे बोल्छ त्यो गर्दैन जे गर्छ त्यो बोल्दैन"। गिरीजाले आफुले भनेको चाही के पो गरेका थिए र अनि उनको त्यो डाइलाग सधै हासोमै उडाइन्थ्यो। हुन त गिरीजा आफु केही गर्ने नै भन्दैनथे गर्नै के पो पर्यो र? अहिले त गिरीजा थलै परेका छन के कुरा गराइ भो?
कुरो सबैलाइ थाहा भएकै हो, माओबादीले कब्जा गरेका सम्पती सबै फिर्ता गर्ने। अस्ती भर्खरै हो प्रचण्डले कब्जा गरिएका सबै सम्पती फिर्ता गर्ने ३ महिना म्याद दिएका । के भन्ने खोइ, आफ्नो सम्पती पाउन पनि प्रचण्डकै कृपा चाहिने। प्रचण्डको कथा उही बिरबलकै खिचडी त होला नी, तर पनि आफ्नो सम्पती दिन्छु भने पछि खुसी नहुने कुरै भएन। तर आजको कान्तीपुर पढेर पो झसंग भए, गिरीजाले ठिकै भनेका हुनकी भन्ने। हिजै मात्र माओबादीको जथ्थाले तेह्रथुममा अरुण तेस्रो आयोजनाको २० रोपनी जग्गा कब्जा गरेर त्याहां आफ्ना कार्यकर्तालाइ घर टहरा बनाउन लगाएछन। कारण चाही खेरा गएको जग्गा उपभोग गर्न त्यसो गरेको रे!कुरा पनि कस्तो? अब मेरो खल्तीमा सयको नोट छ मैले खर्च गरिन भनेर अरुले खोस्ने त? बुझी नस्क्नु छ बा यो माओबादीको राजनिती! भन्न त तेह्रथुमका सि.डि.यो ले जबरजस्ती जग्गा कब्जा गर्नेलाइ कडा भन्दा कडा कारबाही गर्ने रे। तर बामेदेबले एक घन्टी फोन हाने पछि कुं गरेर बस्ने त होलान नि सि.डि.यो साप!
पशुपती नाथले कल्याण गर भनुम भने पनि पशुपती पनि पोलिटिक्समा छिरी हाले। अर्को साल पशुपतीलाइ पनि चुनाबमा टिकट मिल्ला जस्तो छ। कता फर्कने हो अब खोइ?
आज एउटा साथीले भन्थ्यो के रे "बुझीस नेपाल सोमालिया जस्तै हुन्छ, २-४ बर्षमा सरकार छरकार केही हुदैन,जिल्लै पिच्छे प्रधान मन्त्री हुन्छन"। मैले नि भने अहिलै नै सोमालिया भन्दा खत्तम भइसक्यो नि नेपाल। ति सोमालियाका पाइरेट्स भन्दा कम छन त वाइ.सि.एल? कमसे कम सोमालियाका पाइरेट्सले पानी जहाज मात्रै कब्जा गर्छन,यि वाइ.सि.एल ले त दौडने बाख्रा पाठा देखी गुड्ने गाडी सम्म केही बांकी राख्दैनन्। बरु नेपाल सोमालिया भएकै जाती। त्यही फेबातालका २-४ वटा डुगां कब्जा गरे मात्रै । नत्र भने पानी जहाज नेपालमै आउदैन,वाइ.सि.एल हेरेका हेरै। तपाइहरु नरिसानुहोस है पाठक बृन्द, अब देखेको कुरो त भन्न पाइयो नि है? आफ्नो देश भनेर के गर्नु सब भन्दा थर्ड क्लास काम त्यही हुन्छ। यस्सो चिया खर्च दिए पछी काम नहुने ठाउ कहीं छ त?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
ब्लग लेखन र यसका चुनौति ।
सन १९९४ मा Justin Hall ले शुरु गरेको links.net भन्ने विश्वकै प्रथम बल्ग शुरु हुँदा यसको विकासक्रम यसरी जाला भनेर सायदै कसैले सोचेका थिए होलान । आज ब्लगको संख्या लाखौंमा हैन करोडौंमा छन र संख्यात्मक बृद्धि संगै ब्लग जगतमा गुणात्मक विकास र विबिधता आउने क्रम पनि जारी छ । ब्लगको शुरुवात र विकास वारे मेरो अघील्लो पोष्ट जय ब्लग! ह्याप्पी ब्लगीङ मा केहि सामान्य जानकारी राखी सकेकोले यो पोष्टमा त्यसतर्फ नजाऔं ।
अब ब्लग जगतका हालका स्थिति, चुनौति र भविश्यको वारेमा साधारण चर्चा गरौं । पत्र पत्रिका वा अन्य बिद्युतिय संचारमाध्यम जत्तीकै अत्यावश्यक सेवा वा सुबिधाको रुपमा ब्लगलाई नलीईए पनि ब्लग जगतको लोकप्रियता दिनदिनै बढदै गईरहेको र यो मानिसहरुको दैनिक जनजिवनको यौटा अंग बनिसकेकोमा भन्नेमा कसैको दुई मत नहोला । यसको व्यापकता र विबिधतालाई एकैछिन संकुचन गरेर हेर्नेहो भने उपलब्ध सामाग्रीका हिसाबले विश्वमा हाल जानकारि मूलक, समाचार मूलक र मनोरन्जनका गरी तीन प्रकारका ब्लगहरु बढी चलेको देखीन्छन ।
समाचारको लगी ख्याति प्राप्त बिबिसी र सफ्टवेयरका महारथी कम्पनी माईक्रोसफ्टले समेत आफ्नो आफ्नो ब्लग चलाउनुले यो समाचार वा सुचनाको छुट्टै बिधा भएको कुराको पुष्टि गर्छ ।
नेपाली ब्लगको कुरा गर्ने हो भने हाल समय समयमा अपडेट हुने ब्लगहरुमा पनि समाचार, साहित्य र विबिध ब्लगहरु नै प्रमुख देखिन्छन। यदा कदा केहि समुह वा संगठनले मुखपत्रको रुपमा ‘ब्लग’ सन्चालन गरेको देखीए पनि त्यस्ता ब्लगको संख्या धेरै भने छैनन् ।
सतहि रुपमा हेर्दा ब्लग संचालन रोमान्चक र सजिलो देखिए पनि यो बिधामा पनि आफ्नै जटिलता र चुनौतिहरु बिद्यमान छन । जहा पत्रिकामा एकचोटी लेखिएको लेख र समाचार नै प्राय अन्तिम सत्य मान्नु पर्ने स्थिति हालसम्म पनि बिद्यमान छ भने ब्लगमा भने यसका हरेक पोष्टकोलागी यसका प्रेषक वा ब्लगर उत्तरदायी हुनुनै पर्छ । आफूले लेखेको पोष्टप्रति आउने टिकाटिप्पणीले ब्लगरलाई उत्तरदायी मात्रै बनाउँदैन अझ बढि अध्ययन र जानकारीकोलागी अभिप्रेरित पनि गर्छ, यो नै ब्लगको यौटा रचनात्मक पाटो हो ।
हुन त ब्लग स्वतन्त्र माध्यम हो तर यसको स्वतन्त्रताको पनि कैयौंले भारि मूल्य चुकाएकाछन । World Information Access को यौटा रिपोर्टमा सन २००३ देखी २००८ सम्ममा विश्वमा करिव ६४ जनाले ब्लगमा लेखीएको बिषयका कारण पक्राउ पर्नु परेको कुरा उल्लेख गरेको छ। बिशेष गरी चीन, बर्मा, ईरान लागाएतका मध्य पूर्विय देशहरुमा कहिले स्वतन्त्रता त कहिले कुनै राजनैतीक विषयमा लेखेका कारण ब्लगरहरुले थुनामा सेमेत बस्नु परेको छ ।
प्रकाशित आंकडा भन्दा अप्रकाशीत वा गुपचुप रुपमा सजायको भागि हुनु पर्नेका संख्या निकै बढी हुनसक्ने अनुमान बिभीन्न अन्तराष्ट्रिय संस्थाहरुले गरेकाछन । बाहिर प्रकाशमा आएका आकडाहरु मात्रैलाई सहि मान्दा पनि:
- बिगत पाँच बर्षमा ६४ जना बल्गरहरु पक्राउ परेका छन।
- पक्राउ परेकाहरुले कम्तिमा १ दिन देखी बढिमा ८ बर्षसम्मको जेल सजाय पाएका छन।
- ८ बर्ष जेल सजाय पाउने ४ जना चीनिया नागरीक रहेका छन।
- थुनामा बस्नु परेको समयाबधि सरदरको हिसाबमा प्रति ब्लगर १५ महिनाको छ ।
- चीन, ईरान, ईजिप्ट र वर्मा ब्लगरका लागी सबैभन्दा असुरक्षीत रहेको छ।
- पक्राउ पर्नेहरु मध्य प्राय सबैलाई सरकारी नीतिको बिरोध गरेको, संस्कृति माथी प्रहार गरेको र शान्ति स्थिति खलबल्याउन लागेको जस्ता आरोप लाग्ने गरेका छन ।
हुन त केहि नेपाली ब्लगरहरुलाई पनि यदाकदा डर वा धम्कि दीईएको भन्ने कुरा सुन्नमा आएपनि यसरी बल्गमा लेखिएको बिषयकै कारण कुनै ब्लगरले सजायको भागि बन्नु परेको कुरा भने हालसम्म प्रकाशमा आएको छैन। तर सन्चार माध्यमलाई दुश्मन ठान्ने रवैया भएकहरु शक्तिमा बसेको बेलामा र दिउसै मिडिया कार्यालयमा भौतिक आक्रमण गरेर समाचारको मुख थुन्ने प्रयाश गर्नेहरु गतिशिल रहँदासम्म नेपाली ब्लगरहरुले पनि आफूलाई पूर्ण सुरक्षीत महशुस गर्न सकेका पनि छैनन् ।
त्यसो त नेपाली ब्लगको कुरा गर्दा यदाकदा आफुलाई मन नपर्ने मान्छेको खेदो खन्ने र कारण वा बिना कारण पनि केहि समुह, दल वा गुटको बिरोध गर्ने काममा कलम खर्चिने ब्लगको संख्या पनि कम छैनन् । अनी ब्लगलाई पेशा र लेखन कार्यलाई सेवा बनाएर लेख्नेहरु पनि छन, तर समष्टिमा हेर्दा नेपाली ब्लग जगत बिस्तारै परिस्कृत हुँदै गएको अनुभूति भने हामि सबैले गरेको कुरा हो ।
ब्लगको गतिबिधिलाई र बल्गका सामाग्रीलाई एकैछिन पर सार्दा संसारभरिनै व्याबसायिक र गैह्र व्याबसायीक गरी दुई प्रकारका ब्लग चलेकाछन । अनि कुनै कर्पोरेट कम्पनि वा निकायले संचालन गरेको ब्लग बाहेक अन्य बल्गहरु संचालन गर्न पनि कहिलेकाहि आर्थिक समस्याले पनि बाधा पुर्याउन सक्छ। कुनै शक्ति केन्द्रको स्तुति गान नगर्ने वा भजन मण्डलीमा सामेल भएर तिनिहरुको सबैकामलाई जायज ठहर्याउने राग अलापेर नैतीकताको सम्झ्यौता नगर्ने हो भने साधारण ब्लगरले आर्थीक श्रोत जुटाउन गर्न सक्ने यौटै कार्य भनेको Google AdSense, Live Search Cashback वा YPN (Yahoo! Publisher Network) को माध्यमबाट अनलाईन विज्ञापनमा जुटनु नै हो। तर ब्लगले निश्चीत लोकप्रियता हासील नगरेसम्म यो सम्भब पनि हुँदैन।
यसरी ब्लगीङ आफैमा यौटा चुनौतिपूर्ण कार्य हो भने चुनौतिमै रमाउने र सृजनात्मक कार्यमा रम्ने मानव स्वभावका कारण यो बिस्तारित हुने क्रम भने जारी नै छ। यसमा रहेका कमि कमजोरी हटाएर ब्लगीङ बिधालाई स्वतन्त्र, रचनात्मक र सृजनात्मक बनाउने जिम्मा पनि हामिहरु आफ्नै भएकोले हामिनै यसमा जुटनु पर्छ ।
बाकी तपाईहरुको विचार पनि सुनौंन !
यो पनि हेर्नुहोस!
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
January 10, 2009
परदेशबाट लय प्रभा
उक्त कृतीमा के के छन, भिविष्यमा उहांले आफै भन्नुहुने नै छ। आज उंहाको एउटा गित तपाइहरु समक्ष राख्दैछु।
प्रभाजीलाइ पनि दौंतरीको तर्फबाट सानो सम्मान- दौंतरीमा अब देखी हरेक हप्ता गित, कबिताको संगालो आउने छ जुन स्तम्भको नाम उंहाकै नामबाट हुने छ- "लय प्रभा"। जनताको ब्लग जनता प्रती नै समर्पित गर्न पाउदा निकै आन्नद मिलेको छ- (नेपालियन)।
भेटिएर छुट्नुभन्दा नभेट्नु नै राम्रो
कर्कलाको शीत हुन्छ,लाको माया हाम्रो ।
माया भन्नु खेल होइन, दाउमा राखी खेल्ने
साँचो माया अमिट हुन्छ,सुख,दुख झेल्ने ।
तड्पिएर जिउनु भन्दा,नसम्झिनु नै राम्रो
रातमा फुल्ने फूल बन्छ लाको माया हाम्रो ।
प्रीत साट्नु ठट्टा होइन, क्षणभरमा भुल्ने
भावनामा बहेर मात्र ब्यर्थ किन जिउने ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest