December 15, 2008
गित - बिश्वमा नेपाल
लस् एन्जेलस्
मानचित्रमा हेर्दा लाग्छ नेपाल धेरै सानो छ
तर विश्वलाई ढाक्ने सगरमाथाको छानो छ
हामी नेपाली पौरखी र स्वाभिमानी सधैं छौं
हराउंदैनौं अब कहिल्यै मुलधारको बाटो लाग्छौं
सहयोग भलाई सद्विचार अगाडी बढ्ने मुलमंत्र
गर्दैनौं भुल अब है सिर्जन्छौं खुशीको लोकतंत्र
सत्य अहिंसा शान्तिको हाम्रै भुमी हो मुहान
अपार शक्ति हामीमा बनाउंछौं विश्व नै महान
December 14, 2008
नेपाली समाज यूएईको अध्यक्षमा यमप्रसाद तमू
दुवईको एभरेष्ट ईन्टरनेश्नल होटलमा १२ डिसेम्बर २००८ मा भएको नेपाली समाजको चुनावमा सर्वसम्मतीबाट यमप्रसाद तमू अध्यक्ष पदमा चुनिएका छन् । नेपाली दूतावास यूएईका तृतिय सचिव जितेन्द्र लाभको प्रमुख आतिथ्यमा सम्पन्न उक्त निर्वाचनमा विभिन्न संघ संस्थाका प्रतिनिधी बुद्धिजिवी तथा प्रत्रकारहरुको उपस्थिति रहेको थियो ।
अध्यक्ष पदमा नेपाली समाजका फर्व अध्यक्ष कृष्ण ढकाल, जनजाती महासँघका अध्यक्ष यमप्रसाद तमू र नेपाली समाजका उपाध्यक्ष राजेन्द्र देवकोटाको उम्मेदवारी परेको थियो । कृष्ण ढकाल तथा राजेन्द्र देवकोटाले अन्तिम चरणमा यमप्रसाद तमूलाई समर्थन गर्दै आफ्नो उम्मेवारी फिर्ता लिएका थिए भने उपाध्यक्ष पदमा लक्ष्मण सापकोटा, आसिफ अलि सिद्धिकी र मानबहादुर थापाले उम्मेदवारी दिएका थिए । २ जना उपाध्यक्षको मात्र निर्वाचन हुँने हुँदा मानबहादुर थापाले लक्ष्मण सापकोटा र आसिफ अलि सिद्धिकीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।
महासचिव पदमा धर्मेन्द्र यादव, उत्तम अधिकारी र नारायण अधिकारी तीन जनाको उम्मेदवारी परेको थियो । महासचिव पदमा अन्तिम समयसम्म पनि समझदारीमा आउन ढिलाई भएको थियो । निर्वाचन समन्वय समितिले महासचिव पदमा निर्वाचन गराउनको लागि तमतयार भईरहेको अवस्थामा विभिन्न सामाजिक तथा बुद्धिजिवी बर्गको अनुरोधमा तीन जनाको समझदारीमा नारायण अधिकारीलाई महासचिवमा, उत्तम अधिकारी सचिव पदमा र धर्मेन्द्र यादवलाई नेपाली समाजको प्रवक्तामा समर्थन गर्ने गरी समझदारी भई नारायण अधिकारी महासचिव उत्तम अधिकारी सचिव र धर्मेन्द्र यादव प्रवक्तामा चयन भएका थिए भने कोषाध्यक्ष पदमा रविन्द्र पौडेल निर्विरोध निर्वाचित भएका थिए ।
बाँकी रहेका कार्यसमितिको चयन अध्यक्षको रोहवरमा विभिन्न संघसस्थाहरुको प्रतिनिधित्व हुने गरी पहिलो बैठकले गरिने निर्वाचन समन्वय समितिले जानकारी दिएको थियो । विभिन्न संघसस्थाहरु, नेपाली समाजका सस्थापक सदस्य, आजीवन सदस्यको तर्फबाट करिव १५४ पार्षदहरु उम्मेदवारहरुलाई मतदान गर्नकोलागि हलमा उपस्थित भएका थिए । नव निर्वाचिन अध्यक्ष यमप्रसाद तमूले पार्षदहरुको अध्यक्षतामा राजेन्द्र देवकोटालाई चयन गरेका थिए । नयाँ कार्यसमितिले आउँदो १ जनवरी २००९ देखि आफ्नो कार्य सम्हाल्ने छ ।
विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, बुद्धिजिवी नेपाली समाजका सस्थापक सदस्य, पूर्व अध्यक्ष, पत्रकार तथा अन्य ब्यक्तिहरुले नयाँ कार्यसमितिलाई शुभकामना दिएका थिए । निर्वाचन समन्वय समितिले विभिन्न संघसंस्थाले चुनेर पठाएका पार्षदहरु, नेपाली समाजका सस्थापक सदस्यहरु, पूर्व अध्यक्ष तथा पत्रकारहरुलाई मात्र हलमा प्रवेश गराएको थियो ।
निर्वाचन समवन्वय समितिका सँयोजक यमलाल शर्मा पगेनीले निर्वाचन सम्पन्न भईसकेपछि निर्वाचित भएका पदाधिकारीहरुको निर्वाचित भएको घोषणा गरेका थिए भने प्रमुख अतिथि नेपाली राजदूतावास यूएईका तृतिय सचिव जितेन्द्र लाभले निर्वाचित पदाधिकारीहरुलाई अवीर लगाईदिएका थिए ।
निर्वाचन समवन्वय समितिमा यमलाल शर्मा पगेनीको सँयोजकत्वमा शंकर ज्ञवाली, जनकराज शर्मा, ई. मोहम्मद अयुब, डि.आर. गुरुङ्ग तथा भुवन राई रहेका थिए ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
अतीतको पानाबाट (तेस्रो भाग)
(अतीतको पानाको पहिलो भाग र यांहा छ। अतीतको पानाको दोस्रो भाग यांहा छ।)
प्रत्यूत्तर आउन त आयो तर कुनै उत्साह लिएर आएन। पत्र संक्षिप्त थियो। सबै कुरा त मलाई याद छैन तर पत्र को मजबुन के थियो भने हाम्रो प्रेम सुहाउदैन। कारण तिनी सानो कक्षामा पढ्ने र मचाहि माथिल्लो कक्षामा पढ्ने, पढाइमा पनि राम्रो र म फेरि अर्कै टाइपको मान्छे रे! यो के भनेको मैले राम्ररी बुझ्नै सकिन तर मेरो दिमाग चांहि "हाम्रो प्रेम सुहाउदैन" भनेको कुरामा मात्र ठोक्कियो। घुमाएर मेरो प्रेम प्रस्ताव अस्विक्रीत भएको भन्ने अर्थमा मैले बुझें। केही दिन खूब रन्को चल्यो।
त्यसबेला सम्म सेन्ट अप टेस्ट सकिएर परिक्षाफल निस्कि सकेको थियो। जिल्ला भरिमा दोस्रो भएछु। गुरुहरुले पहिलो नै हुन्छु कि भन्ने आशा गर्नु भएको थियो, तर हुन सकिन। दोस्रो भएपनि सबै साथीहरु, चिने जानेका हरुले बधाइ दिए। तर मेरो प्रेम निवेदनको असफलताले प्रबेशिका परिक्षाको सफलतालाई खल्लो पारिरहेको थियो।तर म चलचित्रका कथाहरुमा जस्तो प्रेममा पागल् भइन। केही नरमाईलो, केही खल्लो, केही अपुर्ण जस्तो महसुस् अवश्य भयो। फेरि कहिले सोच्थें, तिनी बारम्बार् मेरो कक्षा कोठाको ढोका अगाडी आएर नजर जुधाउनका कारण के थियो त, त्यो संयोग मात्र त थिएन र एउटा नियमितता जस्तै बनेको थियो। के त्यो हेराइ प्रेमको निमन्त्रणा थिएन त? के मैले उसलाई गलत बुझेको रहेछु त? आदि प्रश्नहरुले मलाई केही दिन सम्म निकै रुमल्यायो।
सायद समय जुनसुकै घाउको पनि मलम हो। मैले बिस्तारै उनको बिषयमा सोच्न छोडें। लाग्यो, यो प्रेम् भन्ने चिज मेरो कपको चिया होइन र त्यतिखेर मेरो प्राथमिकता एस् एल् सी परीक्षा पनि थियो। स्कूल जान नपर्ने भएपछि उनीसंग भेट हुने कुरै भएन र काम् नपरी उनको घरको बाटो पनि हिंड्न छोडिदिएं। बिस्तारै म पढाइमा अभ्यस्त हुन थालें।मेरा केही साथीहरु मसंग सहयोगको लागि आँउथे, बिशेषगरी गणित र, अंग्रेजी को समस्या लिएर हरेक दुइ-तीन दिनमा कोही न कोही मसंग हुन्थे। एस् एल् सी परीक्षाको तयारी त्यो समय जीवनको एउटा रोमान्चपुर्ण क्षण नै हो। केही कुतुहलता, केही डर, केही त्रास, उत्तीर्ण भएपछि को उच्च शिक्षा र भविष्यको सपना र अनुत्तीर्ण हुंदा हुने पिडा, लाजको डर सबैले भरिएको हुन्छ, त्यो क्षण। कुरालाई अन्यत्र धेरै के घुमाउनू, एउटा अचम्म भयो। हिउंदको पारिलो घाम भएको ले बाहिर आंगनमा गुन्द्री ओछ्याएर पढिरहेको थिएं। मेरो बुवा बाहिर कतै गांउतिर घुमेर फर्कनु भएको थियो। वहांले एउटा चिट्ठी मेरो अगाडी फ्यात्त फ्याँकिदिनु भयो, "रमेशले, यो चिट्ठी खड्ग बहादुर लप्टनको छोरीहरुको हात तलाई दिनु भनेर छोडेको रहेछ।" यति भनेर वहा भित्र लाग्नु भयो। यसो खाममा हेरें, पठाउनेको नाम रमेश राई लेखेको थियो, तर अक्षर् उस्को थिएन। रमेश् मेरो कक्षामा सबै भन्दा मिल्ने साथी थियो र अर्को ताज्जुबको कुरा, उ हिजो मात्र मलाई भेट्न आएको थियो। फेरि उसले चिट्ठी पठाउने नै भए किन ती लप्टन खड्ग बहादुरको छोरीहरु मार्फत् पठाउछ?यो प्रश्नले मेरो दिमाग फनफनी घुमायो।
ती लप्टन् साहेब मेरो बुवाको दौंतरी समुहका थिए र मेर बुवा तिनको घर बेला बेला पस्नु हुन्थ्यो तर उनका छोरीहरुसंग न मेरो न रमेशको कुनै हेलमेल थियो र रमेशले मलाइ चिट्ठी तिनीहरु मार्फत् पठाउने कुनै सम्भावना थिएन। एउटा बिष्मय अनि कुतुहलता बिच् पत्र खोलें, खाम् भित्र अर्को खाम पो निस्कियो र सक्कली पत्र प्रेषकको नाम् त त्यहा पो थियो। मैले अक्षर् पनि चिनि हालें। मेर मुटूको धडकन् तीब्र भयो, उच्चस्वास भयो र गर्मी बढ्यो। हिउंदको त्यो जाडोमा पनि पसिना आउला जस्तो भयो।
क्रमश:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
तस्बिरमा जीवन
नेपाली ब्लगहरू बामे सर्दैछन। केही ताते ताते गर्दैछन। एक आपसमा बाटो हेर्ने देखाउने गरे पक्कै पनि नेपाली ब्लग समाजलाइ ठुलो सहारा हुनेछ। त्यसैले प्रत्यक हप्ता एकजना नेपाली ब्लगरको आफ्नो ब्लग समबन्धी कुरा राख्ने प्लान बनाएका थियौं। यस्ले प्रस्तुतीमा नयापन ल्याउने मात्र होइन कि ब्लगरले ब्लगलाइ कसरी हेरीराखेका छन, त्यो पनि पाठक सम्म पुर्याउंछ। ब्लग भित्र ब्लगको फर्मयाट कस्तो बनाउने त्यो सप्षट थिएन। यस पटक दिपक जडितलाइ खेस्रा प्रश्न राखेको थिएं। उहांबाट खेस्रै इमेल प्राप्त भयो। यो एक प्रकारको इमेल संबादनै भन्दा हुन्छ। दिपक जी को इमेल संबाद जस्ताको तस्तै।
दिपक जडित
सबभन्दा पहिलोकुरा त म अस्पस्ट भएँ यो फर्म्याट कस्तो रहने हो भनेर -जे होस् शिर्षक तस्विरमा जीवन राख्छु भन्नुभएको छ । त्यो तपाईंले गर्नुहुने हुँदा जसरी गर्नुहोस् तर मेरो फोटो ब्लगकै कुरा गर्दाभने मैले अगस्ट १९ मा पछिल्लो अपडेट गरेको रहेछु । पछिल्ला दिनहरुमा फोटो ब्लग चलाएकै रहेनछु अब अगाडी चलाउने त छु नै त्यसैले यतिखेर म तस्विरमा जीवन भन्दा पनि अक्षरमा जीवन र जगत नियाँलिरहेको छु ।
अब तपाईंको प्रश्न अनुशार जाउँ -मैले २००६ जुलाई ३ देखि मेरो साहित्य संसार र विविध नामको ब्लग शुरु गरेको थिएँ । ब्लगको बारेमा त्यसबेला खासै जानकारी नभएपनि ब्लग भनेको आफ्नो भावनाहरु बाँड्ने वेब डायरी हो जस्तै लागेको हो । हुनत अझै पनि ब्लगको सर्वमान्य परिभाषा लेख्न म सक्दिन होला किनभने यस्लाई कसैले कसरी कसैले कसरी प्रयोग गर्लान तथा हेर्लान । मैले ब्लग शुरु गर्नुभन्दा अगाडी आफ्ना रचनाहरु नेपाली फण्टमा टाईप गरेर कम्प्युटरमै यौटा फोल्डर बनाउंदै राख्ने गर्थें । यो ब्लग चलाउने आ ईडिया फुरेपछि भने ब्लगमै आफ्ना रचनाहरु पनि संकलन हुन सक्ने गतिलो उपाय देखेर सुरु गरेको हुँ । पहिलो पटक खोलेको ब्लग मेरो साहित्य सँसार र विविधलाई म मेरो मूल ब्लग मान्छु भने त्यसपछि मैले ब्लगमै एक अञ्जुली माया भन्ने अनलाईन गिती संग्रह बनाएको छु १११ वटा आफ्ना गीतहरु राखेर । त्यस्तै मेरो कविता यात्रा भन्ने कविता संग्रह पनि बनाएको छु भलै त्यसलाई पुरा गरिसकेको छैन । त्यस्तै खोलेरै मात्रै छोडेको छु अर्को ब्लग गजल गुँड भनेर त्यसमा आफ्ना गजलहरु संकलन गर्ने विचारमा छु । अर्को मैले खिचेका तथा संकलन गरेका तस्विरहरु राख्नलाई तस्विरमा जीवन र जगत भन्ने फोटो ब्लग पनि चलाउँछु ।फोटोग्राफीमा ज्ञान नभएपनि आफुसँग भएका फोटोहरु पनि संकलित रहने ठानेर चलाएको हुँ फोटो ब्लग चैं । ति बाहेक हाम्रो गौरादह भन्ने ब्लग पनि दर्ता गरेर संचालन समेत गरेको थिएँ । गौरादह क्षेत्रकै केहि साथीहरु मिलेर त्यसलाई अघि बढाउने ईच्छा थियो मेरो तर आवश्यक सहयोग कसैबाट नपाएर त्यसलाई बन्द गरिदिएँ ।
आजभोली म के गर्दैछु भन्ने प्रश्नमा पनि मलाई कहिल्यै केहि गर्न सकेको जस्तो या गर्दैछु जस्तो लाग्दैन सँधै केहि गर्न खोजीमात्रै रहेको हुन्छुआजभोली पनि केहि गर्न खोजीरहेको छु । बसाई अलास्काको एँकरेजमा छ अहिले । गत जुलाई ६ देखि म यहाँ छु । अन्यत्र बसेर सुन्दा अलास्का अहो ! त्यो त हिममय ठाउँ - बाह्रै महिना हिउँ नै हिउँले पुरिने । सँधै जाडो मात्र हुने भन्ने जस्तो लाग्थ्यो तर त्यस्तो होईनरहेछ । त्यस्तो ठाउँमा त मान्छेको बस्ती नै छैन अथवा भएपनि मुश्किलले यहाँका आदीवासीहरुको एकाध रहेछ । पहिले कोलोराडोमा म चारवर्ष भन्दा धेरै बसेको हुँदा मलाई यो ठाउँ कोलोराडो भन्दा त्यती फरक लागेन । समुद्र छेउमा भएर होला सिरेटो चल्दा चिसो अलि ज्यादा हुने चैं पक्का हो । के गर्नुहुँदैछ भन्ने प्रश्न दैनिकी चलाउने सवालमा हो भने चैं सामान्य काम गर्छु । स्कुल कलेज गईएन ।म ब्लगमा धेरै जस्तो आफ्ना कथा , कविता , गीत , गजल ईत्यादी मात्र लेख्ने गर्छु । केहि होलान ति बाहेकका कुराहरु लेखेको त्यस्ता मध्येमा म हाँसेको कुरा भनेर मैले ३ भाग लेखिसकेको छु त्यो लेख्दा आनन्द लाग्छ भने पहिले नै श्रद्धाञ्जली सम्झनाको भन्ने टाँसो आफुले लेखे मध्येमा राम्रो लाग्छ ।
नेपाली ब्लगहरु कस्तो हुनुपर्छ ? यस्मा पनि ठ्याक्कै यस्तै हुनुपर्छ भन्ने के छ र ? जस्तो भएपनि हुन्छ तर जे पायो त्यहि पनि हुन्छ भन्ने हैन । ब्लग चलाउन सक्ने ब्याक्ती भनेको जहाँ बसेको होस् नेपाली समाजको यौटा शिक्षित ब्याक्ती नै हुन्छ उसले ब्लग जस्तो स्वरुपको चलाएपनि पहिलो प्राथमिकतामा समाजलाई सहि बाटोमा लैजाने सामाग्रीहरु राख्नुपर्छ । समाचार मुलक ब्लग नै छ भनेपनि यो समाचार साईट हैन ब्लग त हो भन्दै हुँदै नभएका र मनगढन्ते समाचार बनाएर ब्लगमा ठेल्नु हुँदैन । साहित्य कला सम्बन्धि ब्लग छ भने पनि समाजमा सकारात्मक संदेश जाने सामाग्री हुनुपर्यो । यस्तै मान्यता राख्छु म चैं ।
दौंतरीमा पहिले पस्दा कस्ले चलाउंछ केहि नदेखेर के हो यो अत्तो न पत्तो जस्तो लागेको थियो तर दौंतरीको बारेमा पढेपछि थाहा पाएँ । दौंतरीमा तपाईंहरुको प्रयास प्रसंसनिय छ । दौंतरीहरु धेरै धेरै बढ्दै जाउन । दौंतरीलाई शुभकामना !मैले त यति नै भन्न सकें । ब्लगभित्र ब्लग स्तम्भमा अन्य ब्लगरहरु सँग के सोध्ने र कसरी प्रस्तुत गर्ने भन्नेमा तपाईंहरु अझ स्पस्ट हुनुभयो भने सजिलो हुन्छ है ।
दिपकजी का ब्लगहरु:
तस्विरमा जीवन र जगत
एक अञ्जुली माया / गिती संग्रह
गजल गुँड
मेरो कविता यात्रा
मेरो साहित्य सँसार र विविध
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
हामी कता जाँदैछौ
शेखर ढुङेल
12/09/08 का दिन एकातिर दलका नेता झलनाथ खनाल उनका युवा दस्ता Youth force ले कानुन हातमा लिने काम नगरेको भन्दै पत्रकार सामु बोल्दै थिए उता youth force एभरेष्ट होटेलमा छपामार सैलिमा डेढ दर्जन मह्ङा गाडी तोडफोड गर्दै कानुनी राजको उदाहरण दिदै थिए। नेपालमा यो के भईराखेको छ ? हामी जती स्वतन्त्रता र मानवधिकारको लागि लडाईं लडेको कुरा गर्छौं त्यति नै दस कदम पछाडि आमान्बिय कार्य गरी राखेको र्छौं । यि र यस्तै असहज लाग्ने कान्ड दैनिक भैराखेका छन् । एकले अर्कालाई हिलो छ्याप्ने र गल्ती दोहोर्याई रहेका छन् ।
यस्तो खराबी देखिनुमा दल मात्र जिम्मेवार छैनन्, हामी प्रत्यक जिम्मेवार छौं । हामीमा चेतनाको कमी छ हामीमा बिकृतिले राज गरेको छ । हामीमा धैर्यता छैन, हामीमा सढ्भाब छैन , हामीमा त्याग छैन, हामी शान्त छैनौं, हामी कसैलाई पनि मौजूदा नियम कानुन, प्रशासन, प्रहरी, नेता माथि विश्वाश छैन, जायज नाजायज खोट्याउने सक्ने छमता छैन। हामी धम्कीको भाषा मात्रा बोल्द्छौ मिठाश हामीमा रित्तिदै छ । कसले हाम्रो मन मश्तिस्क्मा बिष घोलिरहेको छ? अब चेतना भनौ भने क्रान्ति नै क्रान्तिका भेल बहाइ राखेका छौ। दलित भनी भेदभाउ, बोक्सी भनी कुट्पिट लूट्पाट, यातना, अपहरण यही हो त आधुनिक समाज र सभ्य कानुनी समाज को गती? अरूको मात्र दोष थोपर्ने बानी परेको हामी नेपाली प्रत्येकको काम के अग्रगमन तर्फ लम्कदैछ ? यो राष्ट्र र जनता प्रती जिम्मेवार को ? यो बिकृतिपूर्ण प्रब्रितीको कारक तत्व के हो ? त्यस्को निराकरण कहिले कस्ले र कसरी गर्ने? यो अहम सवालमा क्रान्तिकारी भन्न रुचाउने नेताहरुको ध्यान गएन भने अब प्रजातन्त्र मात्र होइन देश कै अस्तित्व नरहने पक्का छ।
यस्तै असहज कान्डै कान्ड हरुका समाचार पढिरहदा यो लेखकको मन एकाएक एसै जगत को एउटा देश, हामी जस्ताइ दु:ख भोगेका मानिस बसेको देश जापानको याद आउंदछ त्यहाका मानिस, व्यबहार, सद्भाभ, अनुशासन देखेर मन कुडिन्छ अनी भन्न मन लाग्दछ के हामी मान्छेनै हौ। कहिले काहि केही धर्म परिवर्तन गरेका पाखण्डी नेपाली क्रीस्चियनहरुले लगाउने गरेको आरोप सत्य पो हो कि जस्तो लाग्दछ" ति भन्दछन् हिन्दू धर्मका आजका बाहुन छेत्री पुर्व जन्मका राक्षसहरु हून, हाम्रो देशको ईतिहास र हाम्रो व्यबहार देख्दा आरोप लगाउने लाई सहायता नै पुगेको छ।
प्रसँग जापानको यहाँ राजनैतीक दल मध्ये जापान कम्युनिष्ट पार्टी आर्थिक रूपमा अरु दल भन्दा सम्पन्न छ। तर राज्य सम्थन्त्र हाबी छैन , विश्वको पुरानो राजशाही छ । बिरोध भन्दा सम्मान बध्दो छ । जनतालाई सभ्य, अनुशासित , सहयोगि, शिक्षा दिन सफल जापानको छोटो भ्रमणको क्रममा देखेको भोगेको कुर राख्न मनलाग्यो।
क) एक जापानिज मित्रको साथमा भ्रमण गर्दै थिए त्यहाँको ट्राफिक प्रहरीले रोके, जपनी परम्परा अनुसार नमस्ते अनी माफ एकै शब्दमा पोख्दै डिस्टर्ब गरेकोमा क्षमा मागी हामी आज नियमित सवारी साधन को अवस्था चेक गर्दै छौं , तपाई तपाईंको कागज पत्र दिई सहयोग गर्नु हुन्छ कि ? उन्ले पनि राम्रो काम गर्नु भएछ धन्यवाद भन्दै आफ्नो कागज पत्र दिए चेक गरी सके पछी फेरी क्षमा माग्दै सहयोगको लागि धन्यबाद् भन्दै दुई वटा स्याउ र दुई केरा भएको ब्यग दिए, अनी भने तपाईंको यात्रा शुभ होस । अन्दाज लगाएँ नेपालतिर भएको भए कस्तो सम्बाद हुन्थ्यो होला?
ख) टोक्यो भन्दा १०० कि मि पर ओगावा नामको सानो शहरमा मेरो बसोबास थियो - पैदल् यात्राको क्रममा तीन ,चर कि मि लामो सङ्लो पानीको कुलोमा थरी थरीका साना-ठुला अनगिन्ती माछाहरु देखिन्थे मेरो दिमागमा आयो त्यत्रो बस्ती बिचको कुलोमा रहेको ति माछाहरुको अस्तित्व कसरी कायम हुन्सक्यो होला? जापानिज मित्रले भने यो प्रकृतिक शुन्दरताकोलागी स्थानीय जनताले नै कृतिम कुलो बनाइ माछा पालेका र उनिहरुले नै स्यहार सुसार अनी दानाको ब्यवस्था गर्छन्, मार्ने, खाने, अनुमती छैन कसैले केही गर्दैन।
ग) बाटोमा हिडदै गर्दा तार बार समेत नभएको बिशाल तरकारी फार्म देखियो, बाटो छेउमै एउटा पाल टाँगी त्यहाका सिमी, बोडी, फर्सी, काँक्रा, भ्यान्टा गोल्भेँडा आदी प्याक गरी मुल्य लेखी राखिएको थियो- कुनामा एउटा काठको बाकश (खुत्रुके) थियो वरीपरि कोइ देखिएको थिएन। मौका पाउने बित्तिकै अर्काले मिहिनेत गरी हुर्काएको फल्फुल चोरि खाइ हाल्ने म जस्ताको जिज्ञासा बड्ने नै भयो। जापानिज मित्र हायाकवाले भने यी हाम्रा ईलाकाका मिहिनेती किसान हुन। कसैले त्यसै लैजाने अपराध गर्दैन, तोकिएको मुल्य खुत्रुकेमा हाली दिन्छ र सामान लैजान्छ। चोरि हुँदैन- चोरि गर्नु ठुलो अपराध हो भन्ने हामी ठान्छौ त्यो पनि येस्ता मिहिनेती किसानको ठाँउमा कथमकदाचित चोरी भयो भने त्यो कोही बिदेशीकै काम हो भन्ने विश्वाश राख्ने रहेछन।
घ) एक दिन Tokyo को करीब ४ हजार विद्यार्थी भएको कलेजमा पुगेको थिएँ, कलेजको भूई तल्लामा पुगे पछी हायाकवाले जुत्ता फुकाल्न थाले र मलाई पनि फुकाल्न भने, कारण सोधेँ उन्ले भने कलेजको सरसफाई कायम राख्न त्यहाँ कलेजले विद्यार्थी लगायत प्रत्यकका लागि जुत्ता राख्ने बक्सा बनाएको थियो-आफ्नो जुत्ता राख्यो, त्यहाँ राखेको नरम, सफा अनी आवाज न आउने चप्पल लगाई भित्र जानु पर्दथ्यो- कस्तो अनुशासन ?
ङँ) १९९६ तिरको कुरा हो टोक्योमा एउटा जापानिजको हत्याकान्डमा नेपालीको नाम मुछिएको थियो- उनी फरार थिए - प्रहरिले सम्भब्य ठाँउमा छापा पनि मार्यो- फरार मित्रका नजिकका साथीहरुलाई सोधपूछका लागि बोलायो- 'ओवर स्टे' बसेका मित्रहरुलाई अब नेपाल पठाइदिने भयो भन्ने चिन्ताले ग्रस्त थिए- हाँसी हाँसी फोन गरेर खबर सुनाए- सोधपूछ सकिए पछी- कहाँ काम गर्छस ? कती कमाउँछस ? भनी सोधेछ। अनी प्रहरीले त्यो दिन कमाइ बराबरको पैसा पनि खाममा राखी अनुसन्धानमा सहयोग पुर्र्याएकोमा धन्यवाद भन्दै, चिया, कफि, खाना सामेत खुवाई पठाएछ र थप भनेछ राम्रो सित काम गर, नेपालका आफन्त लाई सहयोग गरे वहाँ । जापानिज प्रहरी नेपालमा भाको भए ?
च) १९९२ म त्यहाँ हुँदा एक जना सित ७० हजार येन् सापट लिएको थिएँ - म अर्कै शहरमा बस्दथे- मैले साधारण खाम्मा राखी सो पैसा हुलाक मार्फत पठाइ दिएको थिएँ। जापान भित्र २४ घण्टामा एक ठाँउबाट अर्को ठाँउमा साधारण चिट्ठी पुगी सक्दछ। एक हप्ता बित्यो साथीको हातमा पुगेन। जापानमा त्यस्तो हुनै सक्दैन। साथीले मलाई झुटो भन्ने पक्का थियो। मैले मित्रलाई भने तिमी तिम्रो छेउको पोस्ट अफिसमा सोध म मेरो ईलाका कोमा सोध्छु। त्यसै गर्यौं तीन दिन पछी कामबाट फर्कँदा ढोकामा टोक्योको मुख्य पोस्ट अफिस बाट दुई कर्मचारी आएका रहेछन भेट हुन नसकेपछी यो मिती, समय र मानिसलाई यँहा भेट्ने सम्भब नभएकोले यो नम्बरमा फोन गर्नु भनी सुचना राखेको चिट्ठी पाएँ । तोकेको स्थानमा पुगेँ त्यहाँ अनुसन्धान अधिकारीले यस्तो स्वागत र सिस्टता अनी बार बार सरी सरी भनी राखेका थिए, लाग्दथियो ति कतै ठुलै अप्राधी हुन र म पुलिस हुँ। म अक्मक्की राखेको थिए मेरो बारेमा अनी कहाँ मेल खसालेको कस्ता कस्ता नोट थिए सबै कुरा सोध्पुछ गरी सके पछी ति अधिकारीले त्यो ७० हजार येन् , टिकेट र खामको पैसा त्यो दिन को मेरो कमाई हुने १० हजार येन् समेत् दी सानो कागजमा सही गराए अनी माफ माग्दै भने हाम्रो कर्मचारीबाट गल्ती प्रमाणित भै सक्यो उन्लाई बर्खास्त गरी जेल पठाइ सकेका छौ। उस्को तर्फबाट म एक पटक फेरी माफ माग्दछु भन्दै ढोका सम्म आइ बिदा गरे।
त्यती मात्र होइन त्यहा धर्ना बस्दा सम्बन्धितलाई भन्दा अरुलाई बाधा पुर्याउन नहुने मान्यता छ । जुलुश निकाल्दा सडक पेटी मात्र प्रयोग गर्ने चलन छ सवारी साधन सडक बस शपीङ मल आदी जहाँ सुकै जापानिजहरुले एक अर्का प्रती दर्शाउने सौहार्दता , सहायता, सिस्टता आदर व्यबहारको के बयान गर्ने ? किन हामी त्यस्तो हुन सक्दैनौ ? कमसे कम् एउटा वा मेरो कारणले अरु ले दु:ख झमेला पाउन हुन्न भन्ने एउटा सामान्य मान्यता पनि हामी बाट लागु हुन सकेको छैन । नयाँ नेपाल को लागि कुनै नयाँ शुभ कामको थालनी खोइ ? पुराना भात्काउने, तर नयाँ जग नराख्ने ? खराब काम को सिको गर्न सक्छौ, तर किन राम्रो कामको सिको गर्न कजुस्याई ? जापान ले १९४७ ताका नै लागु गरेको सिविक सेन्स सम्बन्धी कानुन किन नबनाउने ?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
बेल्जियममा वर्ल्ड म्युजिक प्रोग्राम सम्पन्न
पुरुशोत्तम सुबेदी
-बेल्जियम
गत १३ डिसेम्बर शनिबार को दिन बेल्जियम को लुभेन सहरमा वर्ल्ड म्युजिक प्रोग्राम भब्यताका साथ सम्पन्न भएको छ । झन्डै ४,००० हजार नेपालीहरु रहेको बेल्जियममा बिभिन्न जाती र भाषा भाषी नेपालीहरुको बसोबास रहेको छ भने अर्को तर्फ बेल्जियममा नेपाल बाहेक अन्य थुप्रै मुलुकका मानिसहरुको समेत बसोबास रहेको छ । हरेक बर्ष झै यस बर्ष पनि लुभेनमा बिभिन्न देशबाट आएर बेल्जियममा बस्ती बसाएका मानिसहरुको कल्चर डान्स प्रोग्राम सम्पन्न भयको छ ।
आ - आफ्नो देशको खानाको पारीकार का साथै आ -आफ्नो भेस भुसामा सजियर रहेका मानिसहरुको सो कार्यक्रमको रौनक बयान गरेरै नसकिने खालको थियो । झन्डै १५ देसको संलग्नता रहेको उक्त विश्वकल्चर कार्यक्रममा कलाकारहरुले बिभिन्न नाचहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपालको तर्फ बाट ईन्द्रधनुष स्पोर्ट क्लव (लुभेन ) र बिश्व मगरसंघ बेल्जियमले भाग लिएको थियो । भाग लिने देशहरुमा नेपाल -फिलिपीन्स -कोंगो -रुवान्डा -मरक्को -टर्की- भियतनाम -काजकिस्तान -भुटान -कुर्दस्तान -कोलम्बिया लगाय १५ औं राष्ट्रहरु रहेका थिए । त्यस्तै नेपाली कार्यक्रमको सुरुवातमा ईन्द्रधनुष क्लब को तर्फबाट क्ल्ब का उपाध्यक्ष अनन्ता गुरुङले नेदरल्यान्ड भाषामा स्टेजबाट मासलाई जानकारी गराउदै क्लबको नृत्य सुरु भएको थियो भने समुहगत महिला नृत्यको रौनक ले मासबाट गडगडाहट ताली बजिरहेको थियो । ईन्द्रधनुष क्लबका अध्यक्ष मिन्ड गुरुङ उपाध्यक्ष सुर्य ढकाल लगायत संस्थाका अन्य सदस्य हरुको पनि उपस्थिती रहेको थियो । ईन्द्रधनुस क्लबले ८ बजे पछी आफ्नो कला प्रस्तुत गरेको थियो भने विश्व मगरसंघले राती १०:३० को समयमा आफ्नो नृत्य कला प्रस्तुत गरेको थियो । बिश्व मगरसंघको तर्फबाट मार्के मगर- वीर मान घरती मगर सेक्रेटरी कुलबहादुर मगर लगायत अन्य थुप्रै सदस्यहरुको उपस्थिती रहेको थियो । साथै कार्यक्रममा एन आर एन बेल्जियम का महासचिब नन्द घलेको पनि उपस्थिती रहेको थियो ।विश्वमगरसंघ को तर्फ बाट सोनिया थनेतको नाच प्रदर्सन भयको थियो । स्मरण रहोस सोनिया थनेत ट्यालेन्ट अफ द एयर २००८ मा बेल्जियममा प्रथम भयकी १५ बर्सिय बालिका हुन । उनको न्रित्यले मासलाई झनै मोहित तुल्यायको थियो । सांझ ६ बजे बाट सुरु गरिएको उक्त कार्यक्रम राती १२: ३० मा समापन भयको थियो ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest