September 13, 2008
आफ्नो पुर्खा सम्झन कहिले सम्म भारतीय स्तम्भ प्रयोग गर्नु पर्ने ?
September 12, 2008
Jokes - Healing Power
Collected and posted by:- Eklavya
1. While traveling one summer, a couple stopped at a restaurant and struck up a conversation with an elderly native.
"They sure do have a lot of peculiarities around here," the man commented.
"Yeah," agreed the local. "But they all leave after the tourist season's over."
2. This lady had just had her 50th birthday and found the decade marker traumatic. When she went to get her driver's licence renewed, a very matter-of-fact woman typed out the information, tested her vision, snapped the camera and handed her a laminated card with her picture on it.
"You mean I have to look at this for the next four years?" she jokingly said to her.
"Don't worry about it," she replied. "In four years it'll look good to you."
3. A woman entered a lingerie store, dragging her five-year-old son with her. The child, who'd had his fill of shopping, protested, "Mom, do we have to go in here?"
"You said you wanted a little brother, didn't you?" she replied.
4. Having grown up outside New York, this pastor barely knew a cow from an ear of corn. Until, that is, he married a small-town Ohio girl. Once, he had an assignment at a church in a rural community. The day of his first sermon, he tried hard to fit in. With his wife sitting in the first pew, he began: "I never saw a cow until I met my wife."
5. Heard on a friend's answering machine: "Hi, I'm probably home. I'm just avoiding someone I don't like. Leave a message. If I don't call back, it's you."
6. In his first year in graduate school, a student chatted one day with some classmates about the program's difficulty. A professor overheard them and tried to allay their fears.
"Don't worry too much about grades," he explained.
"When you think you know everything, they give you a Bachelor's degree.
Then when you realise you don't know anything, they give you a Master's.
And when you find out that you don't know anything, but neither does anyone else," he continued, "they give you a doctorate." ( I find it the best, do you think so? :-Eklavya)
7. The Healing Power
An elderly couple was watching TV when a TV evangelist came on air to pray for the sick.
The evangelist said. "For those of you who are sick, I want to pray with you so that you can be cured of your sickness. Place your right hand on the part of your body that is suffering from disorder, and raise your left hand."
The old man placed his right hand on the "old fella" (private part), raised his left hand, and closed his eyes.
His wife saw what he did, and slowly whispered, "Honey, this prayer is to heal the sick, not to raise the dead"
8. At an exclusive restaurant, a party of diners was exhausting the waiter with relentless demands. Through it all, he remained professional. Finally one of the patrons asked the waiter to take the group's picture. He did - from the neck down.
some Question: Why do testing labs prefer to use lawyers instead of mice?
Answer: Because there are more lawyers than mice; the scientists don't get as attached to the lawyers, and there are some things mice won't do.
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
गजल - गाँसको आसमा श्वास
यहाँहरुको प्रतिकृयाको मलाई खाँचो छ। रचनाको चोरीको प्रसंगलाई गजलमा उतार्ने कोशीश गरेको छु
गाँसको आसमा श्वास गले,टिठ लाग्दो हो चोरको पनि
उर्बर हुने भए भूमी,लौ है काम लाग्दो हो फोरको पनि
गिदिमा गुदी नभए पछी टाउकोको बिर्को किन उघार्नु
बिबेक भए पशुले नि ख्याल राख्दो हो खोरको पनि
सिन्का सिन्का जोडेर लठ्ठी बनाउने होड किन हुन्छ
पन र मन जिउदै राखे,शक्ती हुँदो हो स्वोरको पनि
मच्चिन मन हुनेले पिङको झडका हैन फडका मार्नु
मक्किएको पिङमा थच्चिनु,हुन्न दोष डोरको पनि
मान सम्मान धन बैभब खोसेर पाईन्छ र कहाँ ?
आनन्द त त्यहाँ आँफै कमाई ल्याको थोरको पनि
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
September 11, 2008
घुस्यालाइ चिन्नुहोस
आजै चोरिएको लेख लेखिएको थियो। यसले धेरैलाइ झस्काएको थियो। मिहेनेत गेरेर खानेको समुह चोरेर खानेको समुहसंग सधै तर्सिने गर्छन। घुस बिना मिहेनेत आफ्नो पदको दुरूपयोग गर्दै कमाउने सम्पती हुंदा यो पनि एक किसिमको चोरी नै हो। अब भन्नुहोस त नेपालमा सज्जनको संख्या धेरै कि चोरहरुको? ८ हजारको तलब खाएर ८ लाखको घर ठडाउने चोर नभएर साधु हुन्छन त? तर कर लगाएर पत्याउन नै कर लाग्छ नेपालमा अझै पनि हुलाकमा काम गर्नेलाइ भन्दा भन्सारमा काम गर्नेलाइ छोरी दिने चलन छ।
भ्रष्टाचारविरुद्ध जिल्ला साजाल बागलुरुले मालपोत कार्यालय बागलुरुका २ कर्मचारीले एक सर्वसाधरणबाट ४ हजार ५ सय रुपैयारु घूस लिएकोमा कारबाहीका लागि माग राख्दै जिल्ला प्रशासन कार्यालय बागलुरुमा दर्ता गराएको उजुरीको प्रतिलिपि बा.जि.प्र.द.नं.रु६२०रु२०६४रु०६५ भ्रष्टाचारविरुद्ध जिल्ला संजाल DISTRICT ANTI-CORUPTION NETWORK (DAN) बाग्लुङ २०६४ Baglung 2007 पत्र संख्या चलानी नं। मिति रु २०६५-५-८ श्री प्रमुख जिल्ला अधिकारीज्यू जिल्ला प्रशासन कार्यालय बाग्लुङ । विषय: कारबाही गरी पाउँ । उपर्युक्त विषयमा लोकतन्त्र बहाली र गणतन्त्र स्थापना भएपछि देशका सबै क्षेत्रमा आमूल परिवर्तनसहित राज्यको पुनस्रंरचनाको कुरा उठिरहेको छ । वर्तमान अवस्थामा सेवाग्राही वा सर्वसाधरण नागरिकहरुले सरकारी कार्यालयरुमा निष्पक्ष स्वच्छ र पारदर्शी सेवाको अपेक्षा गर्नु स्वभाविकै हो । यसै सन्दर्भमा नागरिकको दैनिक कार्यसरुग प्रत्यक्ष सरोकार राख्ने मालपोत कार्यालय बागलुरुमा २०६५ साल जेठ १२ गते बागलुरु जिल्लाको विकट क्षेत्र बोंगादोभान गा.वि.स.व वडा नं. ८ का भुवानीशंकर पूनले उहारुका पिता दुर्गाबहादुर पूनको नाममा रहेको जग्गा आरुनो नाममा नामसारी गर्दा कार्यालयका कर्मचारी पृथ्वी गौतम र विश्वनाथ शर्माको मिलेमतोमा रु १० मात्र राजश्व दस्तुर लाग्ने कार्यमा पैसा नदिए काम बन्दैन भन्दै रु.४५०० (अक्षेरुपी चार हजार पाँच सय) घूस लिइ नामसारी गरिदिएकाले यस मामिलसंग सम्बन्धित कुराकानीको रिकर्ड राखिएको सी.डी. थान १ प्रमाणसहित यो निवेदनसाथ पेश गरिएको छ । निजहरुलाई कानून बमोजिम कारबाही गर्नका लागि अनुरोध छ । बोधार्थ: अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डौं । मालपोत कार्यालय बाग्लुङ । राष्टिरुय सतर्कता केन्द्र काठमाण्डौं । Anti corruption Component DANIDA, HUGOU Pro-public, Kathmandu सामाचार माध्यमहरु । द………… योगेन्द्रमिलन छन्त्याल उपाध्यक्ष ( फन्टको सम्स्याले गर्दा पत्र संख्या,चलानी नं आदी छुट्न गएकोमा क्षमा प्रार्थी छौं)
केही समय पहिले बागलुंगको मालपोत कार्यलयमा घुस लिदै गरेका कर्मचारीको कुराकानीको पर्दाफास गरिएको थियो। एक पक्षिय भन्ने गर्थे यो फसाउन गरिएको चाल हो भने अर्को पक्ष भन्थे यो घुस्याको कान समात्ने बेला हो। तर त्यो समाचार मात्रै भयो कारबाही नै भएन। अहिले उक्ता काण्डको पिडित समुह अख्तियारको दैलोमा नै पुगेका छन। अख्तियारलाइ बुझाइएको पत्रको बिबरण पत्रपत्रीकालाइ पनि बितरण गरिएको छ। यसै क्रम उक्त पत्र दौतरीको पेटारोमा पनि आइपुगेको छ। प्रस्तुत छ उक्त पत्रको अंश जस्ताको तस्तै।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
यहा हुनु हुन्छ कबिता चोर
दुबै कबिताको चित्र तल राखिएको छ।
------------------------------
हैन है मानिस ले चोरि पनि हरेक चिजको गर्दा रहेछन । पैसा, कपडा, धान, चामल, मुर्ती कार, मोटार साइकल आदी इत्यादी चिज चोरि भएको हामीले सुनेकै थियौ । कबिता चोरेको भने हामीले पहिलो पाली मात्र सुन्दै छौ र प्रत्यक्ष रंगे हात समात्न सफल भएका छौ ।
बडो गजब्को कुरा छ । यही ११-०९-२००८ मा यि दिनेस खरेल नाम गरेका ब्याक्तिले आज भन्दा ६ महिना अगाडि पुरुशोत्तम सुबेदी द्वारा लिखित ‘जीवन’ नाम को कबिता लाई फेरी आफ्नो नाम दीइ प्रकाशित गराएका छन । नेदरल्यान्ड को ठेगानामा माथि दीईएको मितिमा थुप्प्रै वेब साईटमा प्रकाशीत गरेका छन । हुबहु मात्रा पनि फरक नपारी चोरिको काम लतपत भने झै कबिताको अन्तिम हरफ छोडेर अरु जेउ का तेउ आफ्नो नाम बाट दुनियाँको हरेक वेब पत्रीका पठाएको जानकारी भएको छ । साहित्य कला लाई नै निरुत्साहित हुने गरी अरु कसैको लेख रचना कथा निवन्ध, कविता आदी सामाग्री लाई वेब पेज बाट कपी गरी आफ्नो नाम कमाउने कबिता चोर लाई संसार भरका कविहरुले कुन रुप ले हेर्नु हुन्छ ? प्रश्न खडा भएको छ ।
( के रहेछ जीवन ? पुरुशोत्तम -सुबेदी --- बेल्जियम)
Guest Posted by ramesh Mon, March 31, 2008 22:56:20
धनै धन को मात्र पनि - हैन रहेछ जीवन ।
साग सिस्नु खोले सँग - खेल्दो रहेछ जीवन ।।
घमन्ड र मुर्ख्याइ मा - एक्लो रहेछ जीवन ।
मेलमिलाप र सद्भाबको - साथी रहेछ जीवन ।।
सुखै सुखको मेसो पनि - ब्यर्थ रहेछ जीवन ।
दु:ख बिच जिऊनु पनि - अर्थ रहेछ जीवन ।।
हांसै हांसो मात्र पनि - हैन रहेछ जीवन ।
हांसो रोदन सँग बाच्नु - मज्जा रहेछ जीवन ।।
छांया सितल मात्र पनि - हैन रहेछ जीवन ।
चर्को घाम मा पसिना को - अर्थ रहेछ जीवन ।।
परापमान मात्र पनि - ब्यार्थ रहेछ जीवन ।
परमात्मा को संमान गर्नु - गौरब रहेछ जीवन ।।
ठुलो ठा-लु बन्न खोज्नु - ब्यर्थै रहेछ जीवन ।
सानो बिच बाँच्न सक्नु -यो पो रहेछ जीवन ।।
दिनै दिन को ऊज्वल पनि - ब्यर्थ रहेछ जीवन ।
अंधेरी मा बिस्राम को - अर्थ रहेछ जीवन ।।
बलियो- बाङो मात्रा पनि - हैन रहेछ जीवन ।
निर्धो दुब्लो सँग बाच्नु - मज्जा रहेछ जीवन ।।
भरी पेट मा एक्लो बाच्नु - ब्यार्थै रहेछ जीवन ।
आधा पेटमा तिमी सँग - बाच्नु रहेछ जीवन ।।
पुरुशोत्तम -सुबेदी
बेल्जियम
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
September 10, 2008
दुहुनो छैन तहर को चोखो
पुरुशोत्तम सुबेदी
- बेल्जियम
नेपाल भर्खरै आदिम युग बाट गुज्रे झैं लाग्छ । इतिहांस लामै भएपनी बिकासको खोजी भने अझै हुन सकी रहेको छैन मानिसहरु आफ्नै स्वार्थमा अझै पनि मस्त छन । राष्ट्रको बिकास आफ्नो बिकास वा पहिचान हो भन्ने कुराको ज्ञान आँफै मा सबै लाई थाहा भए पनि यस लाई लागु गर्ने क्रम भने अझै पनि हुन सकी रहेको छैन । आखिर यस्तो किन त ? किन कहाँ अल्झेका छन त नेपालीहरु ? राणा काल देखी नै शासकहरु केन्द्रिक्रृत हुन पुगे । गाउँ बस्ती लाई नेपाल सम्झेनन । काठमान्डौ लाई मात्र नेपाल भनिन्थ्यो त्यती बेला । प्रिथ्बिनारायण शाह का पाला पछीको नेपाल झन्डै महेन्द्र शाहको पाला सम्म पनि सुध्रिएन । जनता लाई सिक्षित गराउनु पर्छ भन्ने मान्यता रहेन । जनता सिक्षित भय राज्य हरण हुन्छ भन्ने मान्यता का मानिसहरु महेन्द्र का पाला सम्म थिए । तिनै को हाली मुहाली भयो नेपाल मा । शिक्षा के हो र यसले आफु र देसलाई कहाँ पुर्याउँछ भन्ने ज्ञान नहुनु र त्यती बेलाका केही शिक्षित गनिने हरु पनि चाकडी बाज संग सम्बन्धित हुनु नेपाली शिक्षा र जागरण अगाडि आउन नसक्नु हो । आफ्नै खर्चले पढेर विद्वान भए पनि तत्कालिन सरकार ले ब्यवस्था मिलाई गाउ तर्फ शिक्षक हरु पठाउने स्कुल कालेज खोल्ने आदी काम मा ढिला सुस्ती गरी रहेको थियो । यानी कि त्यस समयका सासक हरु अरु टाठा बाठा हुन सिक्षित हुन भन्ने चाहदैनथे । केही मानिस हरु पढेर पनि जागिर आँफै खोज्थे । त्यो पनि प्राइभेट । गाँउ गाँउ मा स्कुल खुलेकै थिएनन । बल्ल बल्ल गाउलेको बलबुतोमा खुलेको स्कुल मा मास्टरको अभाब हुन्थ्यो । गाउले मिलेर कसैको थोत्रो कटेरो मा मैना को २५ पैसा फिस तिरेर पनि मेरै पालामा अर्थात २०२७-२०२८ तिर पढियो । २०२० -२०२१ साल को गाउ फर्क भन्ने अभियान मात्रै नारामा सिमित गराउन पुगे त्यती बेलाका पंचहरुले ।
मेरो ब्याज भन्दा १० बर्ष अगाडिका जेरेसन को पालाको कुरा हो । यो झन्डै २०२० -२०२२ साल तिरको कुरा हो (भनेको सुनेको ) पर्वत जिल्ला को लेखफांट गाबिस मा गाउलेको सहयोगमै एउटा स्कुल खोलिएछ । जुन स्कुल मा गीता चन्डी पढाईन्थ्यो रे । मेरै दाजुहरुले चन्डी को किताब बोकेर स्कुल गयको ताजै जस्तो लाग्छ । त्यती बेलाका विद्यार्थी हरु लाई चन्डी घोकाइन्थ्यो । गाउलेहरुले नै मास्टर को तलव भत्ता को ब्यवस्था मिलाई दिन्थे । जती जना बिद्यार्थी हुन्थे । त्यसैको आधार मा बेतन (तलव ) को किटानी हुन्थ्यो । तर त्यती बेला केही चामल र केही पैसा दिनु पर्थ्यो । नुन घ्यु आलु हरिया तरकारी आदी मास्टर लाई बुझाउन पर्थ्यो रे । त्यस ताका पर्वत जिल्लाकै संकर पोखरी मुढिकुवा फलेवास तिरका मानिस हरु मास्टर भयर जिल्लाको दुर्गम् गाउमा पढाउन जाने गर्थे रे ।
कुरा त्यसै बेलाको हो । एक दिन त्यस गाउका मास्टर (हिमालय नाम ले चिनिने ) लाई बेतन (तलव ) दिने दिन आएछ । यसै क्रम मा सबैले आ-आफ्नो बेतन फिस बुझाएछन । सबैले पैसा चामल तरकारी नुन -घ्यु आदी बुझाई दिएछन ।त्यसै क्रम मा मेरो जेठो दाजु गजाधर सुबेदिको पालो आएछ । मेरो दाजु पनि त अरु भन्दा के कम । सबै विद्यार्थी ले बुझाए जती चामल पैसा तरकारी बुझाई दिनु भएछ । तर मनमा आफु लाई लागेको असजिलो के थियो त मेरो दाजु लाई ? के छुट्याउन सक्नु हुन्छ ?
५ भाई र ४ दिदी बहिनी बाबु आमा सहित् ११ जनाका साथ रहेका गजाधर सुबेदी को गोठमा त्यस बेला २ वटा भैंसी ब्याउने बेलाका थिए भने एउटा भैंसि ले १५ मुठी मात्र दुध दिन्थ्यो । ११ जना लाई १५ मुठी दुध ले अरु भैंसी ब्याउने बेला सम्म गुजारा गर्नु सिवाय अर्को बिकल्प थिएन त्यस घरमा । त्यस्तो अवस्थामा प्राय सबैको घरमा घिउ को अभावै हुन्छ । घिउ को अभावले त्यस घर लाई पनि अछुतो राख्न सकेन । बिहानको दुध बेलुका खाने र दुध माथिको तहर भुटन् को रुपमा प्रयोग गर्ने । बेलुकिको दुध बिहान खाने तहर चाइ चोखिन (भुटन)को रुपमा प्रयोग गर्ने त्यस घरअको दैनिकी जस्तै थियो त्यती बेला ।
जव मेरो दाजुले मास्टर हिमालय लाई आफुले दिनु पर्ने पैसा चामल तरकारी बुझाए - त्यस बेला मेरो दाजु को मुहार अंध्यारो र सरमिन्दा थियो रे । किन भने त्यती बेला का विद्यार्थी पनि अरुलाई हेप्ने गरिव लाई आंखा तर्ने गर्थे रे । शायद त्यही भएर होला मेरो दाजु त्यस घडी मा अली न्यास्रो हुन पुगेको । उता मास्टर हिमालय रेग्मी ले पनि आखा तर्न सुरु गरी हाले । सबै को भाग मा नौनी घ्यु पगालेको सारो करिना घ्यु देख्छन हिमालय मास्टर ले तर मेरो दाजुको पोकोमा एउटै चिजको कमी देखेर मास्टर हिमालयको नेत्र बल्न सुरु हुन्छ । धेरै बेर पछी हिमालय मास्टर ले आफ्ना विद्यार्थी गजाधर सुबेदी मेरा दाजु लाई अली झोक्कियर प्रश्न गरेछन -खोइ त तिमीले घ्यु ल्याएको ? निरिह अवस्थामा रहेका मेरा दाजु ले आफ्नो सिर झुकाउदै हाम्रो घरमा घ्यु छैन रे माणसाप भनी जवाफ दिनु भएछ । त्यसबेला अरु उनका क्लास का साथी हरु पनि हास्न थालेछन् ।
समयले कहिले काही मानिसको दैनिकी मा केही पुर्ती गर्छ भने कहिले काही कुनै चिज को अभाव पनि बनाइ दिन्छ । त्यस दिन दाजु गजाधर सुबेदी लाइ पनि घ्यु को अभावले दुखित त्युल्याइदियो । उता यक जना किसान को छोरो को घरमा घ्युको आभव का कारणले चित्त दुखाउनु भएका माणसाप हिमालय रेग्मी को रिसले नेटै काटेको थियो । जाबो २ थुर्मी घ्यु अथवा २ वटा आलु का डल्ला बरावर को घ्यु ले विद्वान हिमालय लाई के नै पो असर् पर्थ्यो र । उनले आफ्ना चेला लाई राम्रै जवाफ दिएको भए हुन्थ्यो जो कोही ले पनि भन्न सक्छ । माणसाप हिमालय ले कसरी सोधे होलान त त्यो अवस्थामा मेरो दाजु गजाधर सुबेदी लाई ? धेरै गिरेर प्रश्न गरेका छन माणसाप हिमालयजी ले त्यस घडीमा । सभ्यता को ज्ञान त्यस बेलै देखी खड्खियको देखिन्छ । सिक्षित हरुले सामान्य स्वार्थमा अरु पर्ती आक्रोस देखाउनु राम्रो होइन जस्तो मलाई लाग्छ ।
यहाँ माणसाप हिमालय ज्यु ले कस्तो प्रश्न गरे त्यता तिर नजाउं । बरु प्रश्नको थोरै हिस्सा के थियो भने तेरो घरमा केको चोखिन गर्छौ त ? दुहुनो छैन ? मेरो दाजु को एउटै जवाफ थियो ----दुहुनो छैन तहर को चोखो गर्छौं ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest