August 8, 2008
गजल - बर्वाद
भियना , अस्ट्रिया
तिमी आवाद भयौ , म बर्वाद भए
पश्चातापको भुमरीमा सधैं जलीरहे
तिमी विभोर भयौ, विश्मातमा म परे
गन्तब्य हिन यात्राको बटुवा सरी भए
कोटी कोटी मा एक तिमी , म चैत्र को हुरी भए
साउन को भेल झै अन्धाधुन्द बगिरहे
तिमी सयलमा हुँदा , म मसानमा लडीरहे
तिम्रै झुटको जञ्झिरमा एक्लै जलीरहे
August 6, 2008
Better to starve free than be a ‘fat’ slave
नेपाली भाषामा एउटा उखान छ:- “घर मुली बाटो हगुवा” । शायद यत्ती लेखेपछि मैले यो बाटो हगुवाको परिचय दिईरहनु नपर्ला। हो! म त्यहि चरेषानन्दको कुरा गर्दैछु फेरी ।
केहि बर्ष अघिसम्म नेपालमा ‘माथिको आदेश’ चल्थ्यो, हाल आएर खुलेरै ‘मालीकको आदेश’ मान्ने चलन बढदै गएको छ । यहि क्रममा देशको निक्कै उपल्लो दर्जामा पुगेका दरिद्र बुद्दीले केहि गुलीयो चाटन पाईने लोभ र मालिकको स्याबास्सी पाउने आशमा बिदेशी भाषामा स्वदेशी पदको सपथ गरे । बन्द, तोडफोड र टायरको धूवाले नेपाल रंगभंगीयो तर यिनी मालीकको भक्तिमा अडिग रहे र आफूले सो ‘देव वाणि’ मा गरेको सपथको बारेमा गर्व गरीरहे । बिचमा फेरी मालिकले अरु केहि चाल चले, बिरोधमा उत्रेकाहरुलाई पनि बाँकि उसैका भक्तहरुले “अहिले बिरोध नगरौं … ” “… अदालतमा मुद्दा बिचाराधिन छ … ” भनेर थामपुर पारे । दुई दिनमै फेरी नेपाल शान्त भयो, सबैको मालिक बनेका ठुल्दाईले विजयी मुस्कान दिए , (शायद आफूहरुले चरेषानन्द जत्ती भक्ति गर्न नसकेकोमा अरु नेताहरुमा अलिकता लज्जा र अलिकता चरेषान्नदसंग ईर्ष्या पनि जाग्यो होला) । जे होस हो-हल्ला बिस्तारै हरायो र सबैजना अदालतले केहि गरिहाल्छ की भनेर पर्खन थाले । त्यसपछि चरेषानन्दको मार्फत उनका मलिकले आर्को प्रहार गरे नेपालको कानूनलाई ठाडै उलघंन गरेर। उनले तोकीएएको म्यादमा अदालतमा कुनै जवाफ पनि पठाएनन् । यिनले हिन्दिमा सपथ लिएर गल्ति गरे वा गरेनन भन्ने प्रश्न अब गौण बन्यो, किनकी अब यिनि भाषा मात्रै हैन नेपालको कानून पनि नमानी नेपालको उपराष्ट्रपतिको पदमा बसेका छन । कुनै जमानामा आफै न्यायाधिश भैसकेका मान्छेबाट धेरैले यो कुरा भने आश गरेका थिएनन् । आफ्नो वाईयात करतूतलाई जायज ठहर्याउन उनले कुनै हिन्दि फ्लीमी स्टाईलको तर्क तेर्स्याउने छन भनेर सोच्नेहरुको सोच गलत साबित भयो। मालीकको भक्तिमा लिन भैसकेका यि चरेषानन्द बाबाले सायद भारतिय संबिधान पल्टाए होलान, भारतकै कानूनका किताब हेरे होलान त्यहा कतै पनि नेपालको अदालतको काम कर्तव्य र अधिकारको जिकिर नभेटे पछि सोचे होलान यो नेपालको कानून मलाई कसरि लाग्छ र (म नेपाली भए पो नेपाली कानून अनुशार चल्छु त!) अनि उनले व्यर्थै नेपालको अदालतमा अधिकार क्षेत्रभन्दा बाहिर गएर हालिएको मुद्दाको बारेमा टाउको दुखाउन पनि छाडे । सोचे होलान लालू यादवले हिन्दि बोल्दा कसैलाई समस्या नहुने, प्रतिभा पाटीलले हिन्दि बोल्दा पनि कसैलाई टाउको नदुख्ने अरु त के कुरा सोनिया गान्धिले बुझ्नै गाह्रो हुने गरी हिन्दि बोल्दा समेत कसैलाई मतलब नहुने मैले यसरि शुद्ध हिन्दि बोल्दा मात्रै किन यि मान्छेहरु बौलाएका होलान ! देशमा यसै पनि हजारौं मुद्दा दशकौं देखी थाँति रहेको अबस्थामा अब यो पनि शायद त्यहि संख्या बढाउने मिशील मात्र बन्ने हो त? नेपालकै अदालतको वेवास्ता गरेर नेपालकै कानूनलाई चुनौति दिएर नेपालकै उपराष्ट्रपति पदमा कोहि एकजना व्यक्ति आसिन रहंदा मौन रहन मलाई फेरी पनि आत्माले दिएन । घरको मुली ले बाटो हगेर आफ्नो असलीयत देखाउदैं गर्दा ममा भने झन फेरी आफू नेपाली हुनुको बोध झन घनिभूत भएर आएको छ । यिनी मालिकलाई खुशी पारेर पुलकित हुन्छन, म मेरो भाषा र देशको सम्मानमा रोमान्चित हुन्छु । यिनले हिन्दि बोल्दा स्याबास्सी पाउलान, मलाई नेपालि बोल्दा सन्तुष्टि मिल्छ । यीनि नेपालमा जन्मेकोमा पछुताउदै होलान, म बिदेशमा बस्दा पनि नेपाली भएकोमा गौरवान्बित हुन्छु । चरेषानन्द तिमी मालीकको सेवामा छौ, तिमि दास हौ। म स्वाभिमानि छु, आफ्नो मालिक आफै छु। एकचोटि आफैले आफैलाई ऐनामा हेर त ! तिमि देशको उपराष्ट्रपति भएर पनि दासताबाट मुक्त हुन नसकेर छटपटाई रहेका छौ म एउटा साधारण नागरिक भएर पनि सम्मानित र स्वतन्त्र छु । तिमि नेपाली भएर जन्मियौ र अर्ध भारतीय हुदैं पूर्ण भारतिय बन्ने बाटोमा दासको जिन्दगि बिताईरहेका छौ, म नेपाली भएर जन्मे, नेपालि नै छु र नेपाली नै भई शिर ठाडो बनाएर बाँचेको छु । तिमि मालिको आदेश शिर निहुर्याएर अनुशरण गरि राख, म आफ्नै अडानमा तिम्रो बिरोध गरि रहन्छु … … । तिमी आधुनिक युगको दासहरुको प्रतिनिधि हौ, प परम्परागत जन-समुहको आबाज हुँ । तिमिलाई आफ्नो मालिकको सुरक्षा छातामा भरोसा भएजस्तै मलाई अझै पनि कानूनी राजमा विश्वास छ । जाउ अगाडि के गर्ने भनेर तिमि मालिक संग आदेश माग्न जाउ! म स्वाभिमानि जनतालाई घचघच्याउन जान्छु । जिवनको उत्तरार्धमा पुग्दा पनि तिमिमा बोध आएन, मैले त ४ कक्षा पढ्दै सिकेको कुरा हो “Better to starve free than be a fat slave”
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
वाईसीएल विघटन गर्न प्रचण्डको निर्देशन
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
मेरो लास चितामा छटपटिँदा.......................
तिमी खुशीभइ हिँडनु, मलाई बाँसको डोली चढाउँदा !
तिमी गर्व गरी हाँस्नु, मेरो सवयात्रा अगाडि बढाउँदा !!
मेरो शुभकामना छ तिमीलाई, तिमी खुशीसँग बाँच !
अतित त सबैको हुन्छ अब, तिमी नयाँ संसारमा हाँस !!
शायद कतै मबाट गल्ती भयो होला, सपना सम्झिदिनु !
तिम्रा बाचा पुरा गर्न सकिन कि, त्यसलाई सन्जोग मा लिनु !!
मेरो लासको डोली बाटो लाग्दा, तिमी सिन्दुरको खोजी गर्नु !
मेरो चितामा आगो सल्किँदा, तिमी सिन्दुरले सिउँदो भर्नु !!
मेरो लास चितामा छटपटिँदा, तिमी सुहागको पलङमा सुत्नु !
मेरो लास खरानी हुँदा, तिमी ओँठमा लाली पहिरी उठ्नु !!
मसानघाटमा धुवाँ निभ्दा, तिमी नयाँ लुगा लगाउनु !
तिम्रो अतित सबै खरानी हुने छ, अनी तिमी मन भरी अघाउनु !!
मेरा मलामीहरु फर्किँदा, तिमी दोबाटोमा हेरी राख्नु !
तिम्रो रोजाईको नयाँ सिन्दुर, सिउँदो भरी फेरिराख्नु !!
मेरो बारीमा मखमली नटिप्नु तिमी, फूलेर झर्नु दिनु !
म मर्दैमा के जान्छ र ! मलाई मर्न दिनु !!
तिम्रो संसार छदैछ नि ——–फूली झर्नुदिनु
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
August 5, 2008
कविता - मलामी समय
टेलिभिजनहरुमा
अखवारका मुख्य समाचारहरुमा-
र रेडियोका सम्वादहरुमा
निकै अघिदेखि-
म भेटिरहेछु तिमीलाई
मन पगाल्ने नाराहरुमा-
विकास बोकेका वाचाहरुमा
तर दिनहु लगातार तल झरिरहेँ म
हराई रहेँ आफ्नो देशको सिमानाबाट निरन्तर
जति खेर तिमी सर्वत्र छाएका थियौ-
सत्तामा
शक्तिमा
र शासनको वागडोरमा-
मेरा धेरै चेलीहरु वेचिए विदेशमा
अझै दुख काटिरहेछन्
एकसरो लाउन -
एक पेट खान
र मात्र जीवन जीउने नाममा-
विदेशका ताता घामहरुमा
वाध्य छन् -
वेचिरहन शरिर
आफ्ना मालिकहरुलाई ।
मालिकका छोराहरुलाई ।
छोराका पाहुनाहरुलाई ।
कसरी सम्झाउँ म तिमीलाई !
समयले कोल्टो फेरेको कुरा-
जनताको युद्धमा हारेपछि
तिमी रावण भै सक्यौ भनेर ।
नयाँ रामहरु उदाएका छन् आकासमा ।
नयाँ कृष्णहरु देखिएका छन् मैदानहरुमा ।
तिमी भने सकुनी साढेँ भएर-
अझै ओगट्न खोजिरहेछौ-
विजयी वहरहरुको कोरली ठाउँ-
अझै लाद्न खोजिरहेछौ-
त्यही पुरानो मलामी समय
जवर्जस्ती कलिला मनहरुमा ।
कसरी बुझाउँ म तिमीलाई -
जनमतले कोर्रा हानिसकेपछि
भर्खर एउटा तानसाह -
मान्छे बन्न तयार भयो ।
आफ्नो मुकुट फुकालेर
जनता हुन राजी भयो ।
तिमी त उ भन्दा पनि जब्वर रहेछौ ।
अझै राम बन्न खोजिरहेछौ ।
लाज लागेर आयो
तिम्रो निर्लज्ज अनुहारसँग -
जसलाई फेरि पनि मैले-
टेलिभिजनको पर्दामा
सत्ताकै कुरा गरिरहेको देखेँ ।
समय weelky Sawan 2,2065
अनामनगर काठमान्डौ
Krishna Prasai
Born in 1960, Mr. Krishna Prasai has got two Master's degree both in Sociology and Nepali language and literature from Tribhuvan University, Kathmandu. He is also a President of Jara Foundation and Life member of Literary Journalists Association of Nepal. His anthology of Story "Prakshyapan" (projection) and anthology of poetry "Gham Nabhayeko Bela" (During the sun's absence) (both in English and Nepali) have already published with other five literary books. Mr.Prasai had edited a book with mass volume of poem collection in Nepali language from Indian, Bhutanese and Nepali poets which is Nepal's biggest collection till now, that is "Nepali sama samahik Kabitaharu"(Nepali- contemporary poems) His other poems have been translated and published in Hindi, Japanese, Korean and English languages also. He has received Talent Student Award from Tribhuvan University Kathmandu Nepal in 1989 and UNFPA Award in 1991. Also, he has been honored with some more literary awards.
He has been in countries like, Japan, Korea, Hong Kong, Macaw, Indonesia, Malaysia, Taiwan, Singapore, Bangladesh, Thailand, Bhutan, People's Republic of China and India.
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
एक छिन लाई
ननीभाई देओ एक्छिन ।
चहराए को त्यो ठुलो घाऊ लाई
न लगाउ मलम एक छिन ।
मरुभूमी मन मा लागेको प्यास लाई
न पीलाउ पानी एक छिन ।
प्रेम जोडी राखेको डोरी लाई
न चुडाली देउ एक छिन ।
जीबन भरी परे को पीर
न टार्न खोज एक छिन लाई ।
लोकेश धानुक
" प्रेम बीना को जिन्दकी र बसन्त बीना को बर्ष एउटै हुदो रहेछ "।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest