फुटबल गज्जबको खेल, गोल गरे खेलाडी नगेर गोलखाडी। ९० मिनेट खेल्यो, सबैको वाह वाह बटुल्यो, लास्टमा अर्कोले फुस्स गोल छिराए उसको त के टिमकै करिस्मा एकै मिनेटमा हराउंछ। क्रिकेट र बेसबल जस्तो न त लम्बेतान हुन्छ न त एउटै टिमले पिट्छ। अझ त्यो भन्दा नि चिताउदै नचिताएको टिमले राज गर्न बेर लगाउदैन। त्यस्तै भयो यस पटकको युरोकप। लिग चरणमा गोल गरेर संख्या बटुल्नु पर्ने हुंदा अर्कै निती हुन्छ। त्यसैले नि होला, लिग चरणमा धेरै
गोल देख्न पाइयो भने सोचेका या चिताइएका तगडा टिम क्वार्टर फाइनलमा पुगे। तर क्वाटर फाइनलमा भने हारुवा टिमहरुले चमत्कारनै गरे। हुन त अझै क्वाटर फाइनलको एउटा खेल बांकी छ, त्यसमा पनि गएका तिनवटा क्वाटर फाइनलको द्रिष्य नदेखिएला भन्न सकिन्न। Euro-Cup 2008 मा चार समुहमा १६ टिम थिए। जसवाट लिग खेलाएर ८ टिमलाइ क्वाटर फाइनलमा लगिएको थियो।
Portugal -6 points (winner)
Turkey - 6 points (runner-up)
Czechkoslovakia-3 points
Switzerland-3 points
Croatia - 9 points (winner)
Germany - 3 points (runner-up)
Austria - 1 point
Poland - 1 point
Team C:
Netherland- 9 points (winner)
Italy-4 points (runner-up) Romania - 2 points
France - 1 point
Team D:
Spain -9 points (winner)
Russia - 6 points (runner-up)
Sweden - 3 points Greece- 0 point
एउटा समुहको winner अर्को समुहको runner-up संग भिडेका थिए। यसो गर्नको कारण winner टिमलाइ माथी जान सजिलो होस भन्नु हो भने runner-up लाइ अर्को पटक खेल्न मौका दिनु हो। तर यस पटकको क्वाटर फाइनलमा सबै runner-up ले मौकामा चौका हाने।
Team A को winner Portugal Team B को runner-up Germany संग खेलेको थियो। निकै प्रंशसिय खेल खेलेको Portugal जस्लाइ युरो कपको दाबेदारको रुपमा लिइएको थियो, फितलो खेल प्रदशर्न गरिरहेको Germanyलाइ सजिलै जित्ने आकलन गरिएको थियो तर उक्त आकलनलाइ मिथ्थया साबित गर्दै Germany ३-२ को झिनो अन्तरल सेमी फाइनलमा प्रबेश गर्यो।
Team B को winner Croatia Team A को runner-up Turkey संग खेलेको थियो। हुन त Croatia र Turkey दुबै नब चमत्कारी टिम हुन तर क्रोएसीयाको थप चमत्कार भनेको लिग चरणमा सबै खेलमा जित हांसिल गर्नु हो। खेल निकै घमासान भए पनि ९० मिनेटको खेलमा कुनै तर्फबाट गोल भएन। थपिएको इन्जुरी टाइममा १-१को बराबरी भयो जसमा म्रिगौला प्रतयारोपण गरेका Croatiaका क्लासनिकले गोल गेरर इतिहांस रचेका थिए। तर पेनाल्टी सुट आउटमा Turkeyले ३-१ को अग्रता हासील गर्दै सिमी-फाइनलमा प्रबेश गर्यो।
Team C को winner Netherland Team D को runner-up Russia संग खेलेको थियो। टिम डि बाटै बाहिरिने हो कि भन्ने शंकामा रहेको Russia लिगमा हार नबेहोरेको ९ संख्या बटुलेको Netherlandसंग सजिलै पराजित हुन्छ भन्ने सबैले सोचेका थिए। अहिले सम्मै युरो कप २००८मा सब भन्दा बढि गोल गर्न सफल Netherland युरो कप २००८ को शस्क्त दाबेदार नै थियो। तर रसियन टिमले ३-१ को ठुलै अन्तरले डचहरु माथि धावा बोल्दै सिमि फाइनलमा प्रवेश गरे।
भोली Team D को winner Spain Team C को runner-up Italy संग खेल्दै छ। धेरै गोल गर्नेEuro-Cup 2008मा दोस्रो स्पेन लिग चरणमा कसै संग पनि हार खान परेको छैन। प्रंशसिय खेल खेले पनि थोरै अंक र झिनो गोल बटुलेको Italyको बलले Spain भन्दा बढी नेट चुमे आश्रर्य नमाने हुन्छ!
Email ThisBlogThis!Share to FacebookShare to Pinterest