June 12, 2008

जाँदा जाँदै ज्ञानेन्द्र शाहका मनका कुरा

नेपाली राजनीतिले द्रूत रूपमा पेज पल्टाउने क्रम जारी नै राखेको छ । प्रतेक पृष्ठ पल्टिने क्रम संगै नया कथानक, तस्वीर अनि रहस्यहरू उद्घाटन हुँदैछन तापनि आख्यानाको अग्रगमन भने त्यति अप्रत्याशित नै भने छैन । घट्ना जुन रूपले घटिरहेछन्, तिनको चरित्र केलाउँदा ती नितान्त नया र अभूतपूर्व खालका भने छन् । गम्भीर भएर गम्यो भने, नेपाली इतिहासको बिगत डेढ देखि दुई दशकको अवधि घटनाक्रमहरूको गुणात्मक र परिणामात्क दुवै कसीमा सबैभन्दा अभुतपूर्व रह्यो भन्नुमा अत्युक्ति छैन भन्दा पनि हुन्छ ।

यही अवधिमा नेपालको इतिहासमै पहिलो पल्ट डेढ दशक लामो हिंसात्मक क्रान्तिको दौर चल्यो । साथासाथै संवैधानिक भनिएको राजतन्त्रको छत्रछायामा चलेका प्रजातान्त्रिक सरकारहरू बन्ने र भत्कने क्रम लगभग १५ वर्षे कालमा १५ पटक सम्पन्न भए र विश्व इतिहासमै दूर्दान्त ठान्न वा मान्न सकिने दरबार हत्याकाण्ड रहस्यात्मक रूपमा यही बेला सम्पन्न भयो । वंशवादी राजतन्त्रको अकस्मात उत्तराधिकार सम्हाल्न आइपुगेका राजा ज्ञानेन्द्रले ज्ञान वा अज्ञानतावस पहिले नै नाजुक मोडमा उभिएको राजतन्त्रलाई जनता र राजनैतिक दलसंगको मुठभेडको स्थितिमा ल्याएर उभ्याइदिए, फलत हिंसावादी बिद्रोहीहरू, कुनातिर धकेलिएका दलहरू अनि उपेक्षित गरिएको भनिएको छिमेकी मुलुक एक ठाउँमा उभिएर गणतन्त्रको एजेण्डाले मुलुकलाई संवोधन गर्दा संविधानसभा र राजतन्त्रको अवश्यम्भावी बहिर्गमनको बाटो तय भयो । अन्तत:, २४० वर्षे शाह राजाहरूको क्रम टुटाउने जस अपजस दुवै बोकेर राजाबाट रैतिमा घटुवा बनेका ज्ञानेन्द्र शाह हिजोदेखि नागरिक बनेको स्वघोषणा सहित नारायणहिटी छोडेर निस्किए । उनले बेलाको बोली पनि बोले । पूर्वाग्रह नराखेर समीक्षा गर्ने हो भने उनले बोल्न आवश्यक ठानेर पहिलोपल्ट मनका कुरा राख्न खोजेको प्रयासलाई सुन्दिनुमा कुनै अन्यथा हुँदैन, आफ्ना आग्रह, पूर्वाग्रह र दुराग्रहको नजरियाबाट एकैछिन पर उभिएर ।

ज्ञानेन्द्र शाहले नारायणिहिटीको कास्कि बैठकबाट पहिलोपल्ट पत्रकार सम्मेलनलाई सम्बोधन गरिरहँदा , 'मूर्दावाद', र 'बास्टर्ड' जस्ता शब्दहरू पृष्ठभूमिमा प्रष्ट सुन्न सकिन्थ्यो । यो केवल हामीबीच बाँचिरहेको हूंकार, अहंकार र घृणाको तस्वीरीकरण बाहेक केही हैन । किनभने कुरा सुनेर उसैको कुराको एजेन्डा समाएर हिँड्नु पर्ने वाध्यता कसैलाई नभएको परिस्थितिमा ज्ञानेन्द्र शाहलाई उनको कुरा भन्न रोकावट गरेर गाली र अवरोध सिर्जना गर्नेहरूले कुन लोकतन्त्रको श्रीगणेश गर्लान केवल समयले जवाफ देला ।

ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डदेखि उनको र दरबारको बारेमा चलेका वा चलाइएका अनेकौँ अफवाहहरूको जवाफमा केही भन्न खोजेको देखियो र ती कुराहरू भनेर उनले आफ्नो भारी मन पहिलो पल्ट हलुका पारेको अनुभव गरे होलान् । हुनत नितान्त एक्ला बन्न पुगेका ज्ञानेन्द्रले राजा बन्न खोजिरहेर पनि पाउने स्थिति बाँकि नभएको र उनलाई साथ दिने जुम्राहरु पनि उनको शरीर छाडेर कतै अन्यत्र गइसकेको यो परिस्थितिमा, मुस्काउँदै पत्रकार सम्मेलन गर्दै संविधानसभाको निर्णयलाई स्वीकार र गरेर श्रीपेच र राजदण्ड नेपाल सरकारलाई जतनसाथ 'बुझाएका छौँ' भनिरहँदा कता कता मन छोएको अनुभव भने भयो होला कतिपय स्रोताहरूलाई, मलाई जस्तै । यो अनुभव हुनुलाई र राजतन्त्रको आवश्यकताको दलील बनाएर सोच्ने पाखण्डीपन भने कसैले नगरून् ।यो नितान्त मानवीय कोणको अनुभूति थियो ।

शक्ति र जीवन दुवै सापेक्ष चीज हुन् । सम्पूर्ण अस्तित्व, आर्जन, जीवन, र दर्शन, भोग, साधन,सामर्थ्य, सबै क्षणभंगूर सांसारिकताका सांक्षी हुन् । जीवन हुन्छ , मृत्यु अपरिहार्य छ; हुर्कन्छौँ, बढ्छौँ , अजेय ठान्छौँ र एकदिन ढल्छौँ; महाविजयी ग्रीक योद्दाहरूका साम्राज्यहरू, रोमनहरू, तूर्कहरू र दुर्जेय बहादुरहरूका साम्राज्यहरू क्रमश: पतन भए । अलेक्जेण्डर दि ग्रेट, समुद्र गुप्त अनि सम्राट अशोक जस्ता अपराजेय ठानिएका योद्दा राजाहरूका वंशहरू आज कहाँ पुगे अत्तोपत्तो छैन । भारत स्वतन्त्र हुनुपूर्व विद्यमान अनेकौँ राजामहाराजहरू आज जनताको जिन्दगी बाँचेर नै मस्त रमाएका छन् , शान-शौकतपूर्ण जिन्दगी बाँचेका छन् । नेपाल कै कुरा गर्दा गोपाल, महिषपाल, किराँत, लिच्छवी, मल्ल कालहरू निश्चित समय अस्तित्वमा रहेर अन्त्य भए र अब शाह राजाहरूको युग ( विसं १८२५- २०६५ ) २४० वर्षे अवधि पार गर्दै अस्ताएको छ ।

जाँदा जाँदै ज्ञानेन्द्र शाहले देश र जनताका नाममा केही कामना छाडेका छन् , आँफूमाथि लगाइएका आरोपमाथि केही प्रतिवाद बोलेका छन् र आँफू देश छोडेर पलायन नहुने प्रतिवद्दता दोहोराएका छन् । एउटा नागरिकका रूपमा उनलाई यो गर्नबाट रोक हुनुपर्ने कुनै कारण छैन । तर पनि , उनकै शब्दमा 'आफ्नो रहरबिना नै जिन्दीका दुई विचित्र परिस्थितिमा राजा बन्न श्रीपेचका लागि टाउको थापेका' ज्ञानेन्द्र शाहले नेपाल मै बस्ने निर्णय गरेर अरू के के राजनैतिक विचित्रता अरू देख्ने भोग्ने हुन् हेर्न बाँकि नै छ । तर, नेपालमा अहिलेसम्म व्याप्त सम्पूर्ण खराबी, अफलता, तानाशाही चरित्रको दोषारोपण ज्ञानेन्द्रको बिगत ७ वर्षे राजअवधिको जिम्मा लगाएर, नेपाली राजनीतिका अरू सबै पक्षले आफ्नो दोष भागिदारीबाट छुट्टि लिन खोजेको देख्दा भने, ज्ञानेन्द्र शाहको बहिर्गमन पनि अरू डरलाग्दा पातकीहरूका लागि सन्देशमूलक बन्न सक्दैन कि भनी शंका गर्ने ठाउँ प्रशस्त छ !



June 11, 2008

पूर्वराजाद्वारा राष्ट्रहितमा समर्पित हुने प्रण

पूर्वराजाद्वारा राष्ट्रहितमा समर्पित हुने प्रण / श्रीपेच र राजदण्ड हस्तान्तरण, पत्नी कोमलसहित नागार्जुन प्रस्थान
दीपक रिजाल/इश्वरराज ढकाल (काठमाडौं)
संविधानसभाको निर्णय पछि औपचारिक रूपमा राजाबाट हटेका ज्ञानेन्द्र शाहले नेपालमा बसेर मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्याउने बताउनुभएको छ। कतै खुसीयाली कतै रुवाबासीनारायणहिटी दरबार छोड्नु केही घण्टाअघि बुधबार साँझ नारायणहिटी दरबारको कास्की हलमा आयोजित पत्रकार सम्मेलनमा पूर्वराजा ज्ञानेन्द्रले संविधानसभा निवर्ँचन र जेठ १५ गते संविधानसभाको बैठकले गरेको निर्णयालाई सहज बनाउन आफूले सहयोगीको भूमिका खेल्ने बताउनुभयो।सञ्चारकर्मीलाई नमस्कार गर्दै कास्की हलमा प्रवेश गर्नुभएका पूर्वराजा ज्ञानेन्द्रको अनुहार हँसिलो थियो तर विगतमा आफूमाथि लागेका सबै आरोपको प्रतिवाद गर्नुभएको थियो।राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डमा आफनो परिवारको संलग्नता नभएकोदेखि विदेशमा आफ नो परिवारको नाममा चल या अचल पुँजी नभएको पनि उहाँले स्पष्ट पार्नुभयो।केही समयअगाडि भारतीय छापाहरूमा राजा ज्ञानेन्द्रले भारतमा शरण लिन खोजेका छन् भनी प्रकाशित समाचारलाई लक्षित गर्दै उहाँले भन्नुभयोे- ँमैले देश छोडेर जाने सोच बनाएको छैन। म मातृभूमि नेपालमा नै बसी मुलुकको बृहत्तर हितका लागि योगदान पुर्याउन चाहन्छु। यसका लागि सबै क्षेत्रबाट सहयोग हुने नै छ भन्ने आशा लिएको छु।’पत्रकार र गैरपत्रकारहरूको अत्यन्त भीड रहेको कक्षमा पूर्वराजाबाहेक उहाँका परिवार कसैको पनि उपस्थिति थिएन। अनुहारमा खुसी देखिए पनि पूर्वराजा ज्ञानेन्द्र केही अस्वस्थ देखिनुहुन्थ्यो। सम्बोधनका क्रममा उहाँले तीन पटक खोक्नुभएको थियो।हामी नेपालीका महान् पूवजहरूको रगत, पसिना र बलिदानले बनेको स्वतन्त्र र र्सार्वभौम रहँदै आएको यो नेपाल राष्ट्रको स्वतन्त्रता र अखण्डताका निम्ति म जुनसुकै अवस्था र हैसियतमा रहेर पनि सदा समर्पित रहने प्रण गर्दछु’ -पूर्वराजा ज्ञानेन्द्रले सम्बोधनका क्रममा भन्नुभयो।स्वतन्त्र राष्ट्रको अस्मिता, अखण्डता र मौलिक मान्यता कायम रहोस् भन्ने मेरो भावना छ’ -उहाँले भन्नुभयो।निर्वाचित सरकारलाई अपदस्थ गरेर शासनसत्ता आ�नो हातमा लिएपछि आलोचनाका पात्र बन्नुभएका पूर्वराजा ज्ञानेन्द्रले अहिलेसम्म आफूले सबै काम असल नियतले गरेको तर सफलता पाउन नसकेको बताउनुभयो।ँतत्कालीन हिन्दू अधिराज्य एवम् बुद्धको जन्मभूमि नेपालमा शान्ति आओस् भन्ने असल नियतबाट जुन प्रयासको थालनी गरिएको थियो, त्यो प्रयास विभिन्न कारणले गर्दा सफल हुन नसकेको मैले स्वीकार गरेको छु’ -पूर्वराजा ज्ञानेन्द्रले भन्नुभयो।ँदेशमा आजभन्दा सात वर्षगाडि एउटा असहज, दुःखद र अनपेक्ष्ँित घटनाका कारण संविधान र परम्पराअनुसार राष्ट्राध्यक्षको उत्तरदायित्व ग्रहण गर्दा राष्ट्रधर्म, कुलधर्म र राजपरम्पराअनुसार मुलुकको र्सार्वभौम सत्ता, स्वतन्त्रता, स्वाभिमान, अखण्डता, शान्ति र प्रजातन्त्रको संस्थागत विकास तथा नागरिकको समग्र प्रगतिबाहेक अरूकुनै पनि स्वार्थ आफूमा नभएको तथ्य पनि सबैलाई जानकारी गराउँछु’ -पूर्वराजा ज्ञानेन्द्रले भन्नुभयो।पूर्वराजा ज्ञानेन्द्रले जीवनमा दुइ पटक राजाको जिम्मेवारी वहन गर्नु परे पनि त्यो आ�नो चाहना र इच्छाबमोजिम नभई बाध्यात्मक भएको पनि बताउनुभयो।ँएउटा अकल्पनीय, त्रासदीपर्ण घटना राजदरबारमा घट्दा मेरा पूजनीय दाजु, भाउज्यूलगायत आ�ना आत्मीय परिवारको बीभत्स विनाश भएको र ती प्रिय आदरणीय परिवारजनका शवमा आँसु बगाएर मन हलुका पार्ने मौकासमेत पाउन नसक्ने परम्परा र कर्तव्यको जन्जिरमा बाँधिन विवश मेरो अन्तरवेदना शब्दमा व्यक्त गर्न सक्दिनँ’ -पूर्वराजा ज्ञानेन्द्रले दोस्रो पटक राजा बन्दाको बाध्यताको विषयमा भन्नुभयो।पूर्वराजा ज्ञानेन्द्रले राजा भएपछि आफूले कुनै सम्पत्ति नजोडेको, राजपरिवारका सदस्यको सम्पत्तिको हक नछिनेको र पूवजबाट आएको सम्पत्तिहरू पनि व्यक्तिगत नाममा नराखी संस्थागत रूपमा राख्ने व्यवस्था गरेको बताउँदै नेपालको प्रचलित कानुनअनुसार निजी सम्पत्ति राख्न पाउने हक आफूलाई पनि हुने विश्वास व्यक्त गर्नुभयो।पूर्वराजा ज्ञानेन्द्रले परम्परागत रूपमा शाहवंशीय राजाहरूबाट प्रयोग भई शाहवंशको विरासतको रूपमा रहेको श्रीपेच र राजदण्ड चिरकालपर्यन्त सुरक्षित रूपमा रँख्ने गरी संरक्षणका लागि बुधबार नै नेपाल सरकारको जिम्ममा रहने गरी हस्तान्तरण गरेको जानकारी दिनुभएको थियो।८ः४४ मा दरबार बहिर्गमनपूर्वराजा ज्ञानेन्द्रले बुधबार बेलुका ८ः४४ बजे नारायणहिटी दरबार छोड्नुभएको थियो।


June 10, 2008

मान्छे मान्छे जस्तो छैन

शिव प्रकाश

अभिश्राप तँलाई त्यो ईश्वरको
कुकुर !
विष्टा खान्छस तँ मान्छेको
तँलाई त्यही ईश्वरको वरदान
धन्य तँ
त्यो मान्छेभन्दा महान् छस्
गुनी छस्
इमानी छस्
विष्टा खान्छस् त के भयो
निष्ठा छ तँभित्र
विष्टा नखाने मान्छे
निष्ठाविहिन छ
तेरो तुलनामा तुलनाहीन छ
ईश्वरको अनुपम् रचना
मान्छे !
निकि्रष्ठ छ
मान्छे मान्छे जस्तो छैन
मान्छे तँ जस्तो पनि हुन सक्दैन
तँ मान्छे भएको भए
विष्टा खान्थ्यो होला त्यो मान्छेले
तर मान्छेले आदर्श खादैनथ्यो होला !
अनुदारता ईश्वरको तँ माथि
गधा !
गालीका लाजभाँड लवजहरुसँग
जोडिने सधैं तेरो नाउँ
त्यही ईश्वरको दया तँ माथि
धन्य तँ
सहनशीलताको अतुल उपमा
त्यो मान्छेभन्दा सहिष्णु छस्
हिंस्रक मान्छे
मान्छे जस्तो छैन
तँ जस्तो पनि हुन सक्दैन
तँ मान्छे भएको भए
ढुटो खान्थ्यो होला त्यो मान्छेले
तर मान्छेले मान्छे टोक्दैथ्यो होला !
विवेकहीनता ईश्वरको तँ माथि

गोरु !
बुद्धिहिनतको विषेशण
तेरो विषेशता
त्यही ईश्वरको अनुपम कृपा तँ माथि


धन्य तँ
परिश्रमको पर्याय तेरो लगनशीलता
घाँस खाएर अन्न पोस्ने तँ मान्छेलाई
घाँस नखाने मान्छेभन्दा
उपल्लो दर्जामा छस्
महाबुज्रुक मान्छे
मान्छे जस्तो पनि छैन
तँ जस्तो पनि हुन सक्दैन
तँ मान्छे भइदिएको भए
घाँस खान्थ्यो होला त्यो मान्छेले
तर मान्छेले मान्छे खादैनथ्यो होला !



नौलो बिहानी

हस्त गौतम मृदूल
उदायो अब बिहानी नयाँ निर्दयी रात फाली।
स्वागत गरयौ ह्रदय देखि मन्को दियो बालि॥

देश लूटने जतिलाइ अब किनारा लाउदै छरे।
मेटाउदै यावत संकटहरु शान्ति आउदै छरे।
आशाको राँको बाली मनमा उज्यालो छर्दै छरे।
नयाँ खाका कोरी सूख समृद्धिको कोख भर्दै छरे।

उदायो आज बिहानी नयाँ निरंकुस रात फाली।
स्वागत गरयौ ह्रदय देखि नै मन्को दियो बालि॥

अमर सपनाहरुको बिउ माटोमा रोपदै छरे।
इतिहाँसको जिवित पाना धर्तीमा खोप्दै छरे॥
आमाको आँशु पुछेर अब मलम लाउदै छरे।
स्वतन्त्रताको गित गाउने समय आउदै छरे॥

उदायो आज बिहानि नयाँ अराजकत्ता फाली।
स्वागत गरयौ ह्रदय देखि नै मन्को दिया


June 9, 2008

दुस्वप्न

“तपाई नेपाली हो?” बिरानो देशमा यौटा आत्मीय आबाजले मलाई बोलायो । “हो ! अनि तपाई पनि नेपाली नै हो?” मैले पनि सामान्य ढंगमा अभिवादन संगै वार्तालाप अघी बढाँए ।

“अनि तपाई कुन नेपालको त?’” मेरो प्रश्‍नको झ

जबाफ नदिई उनले सोधेको यो प्रश्‍नले भने म अक्मक्कीएँ “ … हैन के भनेको तपाईले ? नेपाल त नेपाल नै हो नि पूर्व पश्‍चिम कताको सोध्नु भएको भए म मध्यमाञ्चलको वा काठमाण्डु को हुँ”

“ … हैन तपाईले पनि कस्तो कुरा नबुझ्या भन्या ति व्यक्तिले सम्झाउने पाराले मलाई भने “तपाई नया नेपालको कि पुरानो नेपालको पो भनेको?”

“नेपाल त यौटै छ नि के को नया र पुरानो भन्या ?” मैले उदेक लागेर प्रश्‍न गरें ।

“कहाको यौटै हुने तपाई मध्यमाञ्चलको हो भने त्यो त पुरानो नेपाल पर्‍यो … ” उसले सम्झाउने पाराले मलाई बताउन थाल्यो “ … अब नया बनेका प्रदेशहरु चाहि नया नेपाल हुन … ” उ अझै मलाई लामो लामो कुरा बखान गर्दै थियो मलाई भने अब बिरानो देशमा भएपनि सो व्यक्तिमा कुनै आत्मियता नजर आउन छाडि सकेको थियो ।

“… तपाईलाई थाहा छैन अब प्रदेश प्रदेशमा आ-आफ्नै सरकार हुनेछन, अनी अहिले भारतमा रहेका ‘पश्चिम बंगाल सरकार’, ‘गुजरात सरकार’ वा ‘तामिलनाडु सरकार’ जस्तै हामि कहा पनि प्रदेश-प्रदेशका आ-आफ्ना सरकार हुनेछन, तिनले पहिला स्वायत्त, अनि स्वतन्त्र हुदै स्व-निर्णयको अधिकार लिनेछन … ” मलाई उसको आबाजमा अलिकता दबाब, अलिकता व्यङ्य र केहि त्रास समेत महशुस हुन थाल्यो । मैले अब भने त्यो व्यक्तिलाई अलि नियालेर हेरें … ओहो ! यो मान्छे त नेपाली जस्तो पनि देखीदैन … मलाई नजानिदो त्रासले घेर्न थाल्यो र म त्यो व्यक्तिबाट पन्छिन खोज्न थालें ।

“यो सब हामिले नै गराई रहेका छौं … हेर्नुस न … बिस्तारै आत्म निर्णयको अधिकार पाएपछि तपाईको नेपालको ‘स्वरुप’ नै परिवर्तन हुनेछ” यसपाला मैले उसको बोलीमा प्रष्टै रुपमा खिसि गरेको अनूभुति गरें ।

मलाई त्यो व्यक्तिको शिल-स्वभाब र बोली देखि नै घृणा जाग्न थाल्यो “हैन ! तपाई नेपाली हैन र भन्या?”मैले आक्रोश मिस्रित आबाजले सोधें । “हा हा हा हा … तपाई त रिसाउनु भयो जस्तो छ … म पनि नेपाली नै हुँ, … तर भविश्यको अनी त्यो पनि नया नेपालको चाहि … ” उसले निकै कुटिलताले जबाफ दियो “ … अब हाम्रो योजना अनुशार कार्य हुदैं छ र योजना अनुशार नै काम भए तपाई भन्दा हामी ‘बलियो’ हुनछौं अनी हामीले तपाईहरु संग माग्ने हैन तपाईहरु हामिमा भर पर्नु पर्छ … ”

“ के को योजना के को कार्य ? यो नचाहिदो कुरा नगर्नुस … मलाई तपाईसंग कुरा गर्नु छैन " म झर्केर हिडें ।

“ … तपाई जानुस तर याद गर्नुस! अहिले सम्म सबै कुरा हमिले भनेकै भएको छ। तपाईका नेताहरु हामिलाईनै गुरु मान्छन र हामिले भनेकै मान्छन् देख्नु भएको छैन भर्खर पुरानो नेपालमा के भएको छ र के हुदैं छ … …हा हा हा हा हा ” ।

उ अट्टाहास गरेर हास्न थाल्यो मलाई उस्को अनुहार मानिसबाट दैत्यमा परिवर्तन हुदै गएको महशुस हुन थाल्यो … उसको शरिर भिमकाय रुपमा परिवर्तन भएर आबाज पनि अझ भारि हुदै जान थाल्यो “ हा हा हा हा … ” उस्को भयकंर अट्टाहासले म झसंग व्युझीएँ । शरिर पसिनाले तर भएको रहेछ म टी. भि. हेर्दा हेर्दै सोफा मै निदाएको रहेछु … अगाडि टि. भि. मा छिमेकि देशको यौटा न्यूज च्यानलमा नेपाल सम्बन्धि ‘करेण्ट रिपोर्ट’ अझै चल्दै रहेछ … म टी. भि. बन्द गरेर पून: निदाउने प्रयत्न गर्न थालें ।



June 7, 2008

हप्ता हंगामा- श्रिपेच खोजीनिती


आफुले गरेर देखाउनुको सट्टा अरुलाइ दोष देखाएर आफु ठुलो हुने प्रबिर्ती जुनै तन्त्र आएपनि नेपालमा कायमै छ। अहिले सम्म राजाकै दोष देखाएर देश नबनेको दाबा गर्ने राजनितीज्ञहरु अहिले कसरी सत्ता बाड फांड गर्ने त्यसमै अल्झिएका छन।

यता भने लण्डनमा एउटा लिलामी गर्ने पसलले नेपालको श्रिपेच भनेर लिलाममा राखेको छ। निकै आकार्षक मणि द्वारा सिंगारीएको नेपालको राजाको भनेर उक्त श्रिपेच ९०,००० पाउन्डमा बेच्न राखिएको छ। श्रिपेचको ब्याख्या करिब करिब नेपालकै राजाहरुले लगाउने श्रिपेचसंग मिल्दो जुल्दो छ। तर नियालेर तश्बिर हेर्दा थुप्पै फरक पाइन्छ। उक्त श्रिपेच सम्पर्क नाम,फोन सहित उपलब्ध गराइएको छ भने उक्त श्रिपेच भारतमा बनेको हुनुपर्छ पनि भनिएको छ। र सामानको बयानमा श्रिपेचकोमा जोडिएका सामानको अर्थ मुश्लिमका भगवान मोहम्मद प्रती देश सुम्पिएको पनि भनिएको छ।
ज्ञानेन्द्रको समाचारले ठाउ पाउने छोडेको बेलामा उनले नै लगाउने भनेर बेच्न राखिएको श्रिपेचले भने देश बिदेशमा हंगामा मच्चाएको छ।