May 21, 2008

निवेदन हराएका कुकुरहरु


-------------------- पुरुशोत्तम सुबेदि -बेल्जियम
(ब्यांगे कथा)
विगत केहि दसक यता बिस्वमा वन्य जन्तु संरक्षण कार्य निकै द्रुत गति मा भएको छ।खास गरि बिकसित रास्ट्र हरु को संलग्नतामा सन्चालित यस कार्यक्रम ले केहि हद् सम्म विस्व बन्य जन्तु तथा पशु पंक्षि संरक्षण ले जस पाएको पनि छ।विकास को तिब्र गति मा विस्वका थुप्रै घर पालुवा जन्तु लाइ पनि असर परेको छ।जस्तो कि मानिसले घर बनाउदा घर भित्र हावा संम पनि नछिर्ने घर बनाउछन ।यस्तो अबस्थामा परेवा गौंथलि आदि पंक्षिले त घर बनाउन सम्म पनि पाउदैनन्। यसको प्रत्यक्ष असर त युरोपियन मुलुकमा निकै परेको पाइन्छ।

मानिसले मानिसलाइ मात्र दुख नदिए सारा प्राणि जगतलाइ नै पिडित बनाएको छ। यहा यसै सन्दर्भमा केहि यथार्थता लाइ केलाउदा यौटा हांस्य ब्यांगे कथा तयार हुन गएको छ। अहिले सारा विस्वमा नारा जुलुस विरोध हुने गर्छ।मानिसले आफ्नो अधिकार प्रप्त गर्न निकै कोशिस गरि बल्ल तल्ल आफ्नो हक प्राप्त गर्छन। यौटा समाज लाइ सेवा गर्ने बहानामा अर्को समाजलाइ दुख दिने -आफ्नो अधिकार प्राप्त गर्दा अरुको अधिकार हनन् गर्ने आदि थुप्रै मानिसका गल्तिले अरु प्राणिको पनि अधिकार हनन् भएको छ।यसै सन्दर्भमा यहा कुकुरलाइ पनि मानिसले अन्यायमा पारेको छर्लंग थाह हुन्छ ।अजकाल कुकुरहरु पनि निकै बाठा भैसके ।अफ्नो अधिकार माग्न अब कुकुरले पनि पछि नहट्ने यौटा ज्वलन्त उदाहरण यहा दर्साइएको छ ।

झन्डै २ दसक पहिले विस्वको कुनै भुमिमा कुकुरहरुको आम भेला भयो।कुकुर समाज मा पनि सबै कुकुर शिक्षित छैनन ।कोहि कुकुर निकै चलाख छन र कोहि त आफ्नो अधिकार के गुमेको र के पाउनु पर्ने केहि थाह नभएका छन बिचरा एक दिन टांठा बाठा कुकुरले सबै कुकुर लाइ भेला गरि हामिले हाम्रो अधिकार संबन्धि लढ्नु पर्ने बताए । कुकुर पनि के के न हुने भयो भनि खुब खुशि भै एक ठाउमा जम्मा भए।तर बिचरा अन्य सबै सोझा कुकुरहरु चकमन्न भयर यौटा भाले कुकुर लाइ सोद्छन -----हैन हजुर ?हामिलाइ के अन्याय परेको छर ? अनि कुकुर मध्यको नेता कुकुरले स्टेज मा गै सबै कुकुर लाइ संबोधन गरि सबै लाइ आफ्नो ठाउबाट आफ्नो अधिकार को लागि लढ्न आग्रह गर्यो ।बिचरा कुकुर हरुलाइ अझै पनि थाह छैन कि हामिले के गर्नु पर्ने हो भनेर ----- नेता कुकुरले स्टेज बाट संखघोस गर्दै भन्यो ---हेर्नुहोस हजुर -------- तपाइ हामि लाइ घोर ठुलो अन्याय भयको छ --- स्रिस्टिकर्ताले हामिलाइ अन्याय गरेका छन ।जब स्रिस्टि कर्ता ले हामिलाइ जन्म दिनु भयो भने हामिलाइ खाने कुरा को बन्दोबस्त गर्नु पनि स्रिस्टि कर्ता कै कर्तब्य हुन आ- उंछ ।यस मानेमा आज तपाइ हामिले स्वर्ग मा रहनु हुने स्रिस्टि कर्ता कहा गएर यौटा निवेदन चढाउनु पर्छ गर्जनका साथ औंला ठडाएर भन्यो ।बिचरा अझै पनि ति सोझा कुकुर ले केको लागि निवेदन दिने ? भन्ने बारे अन्योलमै रहे ।फेरि स्टेज बाट भाषण घन्काउदै भाले कुकुर ले तब आफ्नो मर्का खुलस्त सफा भासामा भुक्न थाल्यो ( भौं- भौं -भौं -भौं - भौं -)यसरि कुकुरले आफ्नै भाषामा आफ्नो अधिकार को लागि उठाइएको आबाज कुकुरहरुलाइ निकै मन पर्यो ।अनि त ---कुकुरहरुले २ खुट्टा टेकेर बडो जोर का साथ तालि बजाए।कुरा के थियो त ? तालि बज्नुमा? कुकुर भाषा लाइ नेपालिमा ट्रान्स्लेट गरेर हेर्दा कुरा यस्तो थियो कि यो कुकुर को समस्या लाइ देखेर मानब जाति पनि पिडित को नहोला र?
कुरा आखिर अन्यायको न पर्यो ? भोटे कुकुर ले शान्त भयर भन्यो ------हेर्नुहोस ? पहिले पहिले मानब जातिले हामि कुकुरहरु लाइ निकै माया गर्थे ---- खाना खाइ सके पछि हात धुने ठाउमा जांदा हात मा कलो लिएर जान्थे ।चे--य----चे ? भन्थे ।क्वाप्प कलो खान पाइन्थ्यो ।यति मात्रै कहां हो र ? उति बेला का मान्छेहरुले जता ततै बारिको कान्ला - बांसको फेद जहां कहिं पनि दिसा गर्थे ।खुब मजाले खान पाइन्थ्यो ।तर अहिले ---------? कुकुर ले बडो गम्भिरताका साथ भन्यो ।अहिलेका मानिस हरु ले पक्कि पाइखाना (चर्पि)मा दिसा गर्छन कहां हो कहां ३ -४ तल्ला माथि लुकेर दिसा गर्छन ।अबत पेट्मा पटुका कस्न पर्ने बेला आइगयो --आसु खसाल्दै भन्यो ।यो कुरा सुन्ने बित्तिकै सबै कुकुरहरु सुंक्क-सुंक्क गर्दै एक अर्को लाइ हेर्दै अब के गर्ने त भन्ने उपायको खोजि गर्न थाले ।उपाए त नेता कुकुरले पहिले नै सोचि सकेको थियो ।या त हाम्रो जिवन फिर्ता ले उ ।नत्र भने हाम्रो गास- बास को ब्यवस्था को ग्यरेन्टि हुनु पर्यो भनि स्वर्ग का स्रिस्टि कर्ता बर्माजि लाइ निबेदन चढाउनु बाहेक अर्को बिकल्प नभएको नेता कुकुरको जिकिर थियो ।

यसै सन्दर्भमा सबै कुकुरको सल्लाह मा यौटा निवेदन लेखेर तयार पारे ।निवेदन निकै सान्दर्भिक र समय सापेक्षित थियो ।निवेदन त तयार भयो तर उक्त निवेदन कहां राखेर स्रिस्टि कर्ता बर्माजि को मा पुग्ने ? कसैको पनि झोला छैन खल्ति छैन ।मुखमा च्याप्नु -पनि कुकुर हिड्दा मुख उक्काउनै पर्यो क्यार -----; त्यस पछि यौटा बुद्दिजिवि कुकुरले दिमाग फुरायो र भन्यो --------मेरै गुद्वार खालि छनि ---मित्र हो के को पिर ? यति जावो सानो निवेदन बोकेर बर्माको मा जान ? सबै को सल्लाह मिल्यो --र वकिल कुकुर को गुद्वार मा निवेदन राखि सबै कुकुरहरु लाम बद्ध तरिकाले बर्मा को निवास तर्फ हिडे ।क्रमस दिन बित्दै गय ---- बाटो मा जे पायो त्यहि खाए बिचरा------- खाए पिए पछि दिसा पिसाब लाग्नेनै भयो क्यार ।मजाले दिसा पिसाब गर्दै स्वर्गका स्रिस्टि कर्ता को घरम पुगे ।भएभरका कुकुर आफु कहां आएको देखेर बर्मा पनि ३ छक पर्नु भयो ।अनि प्रश्न गर्नु भयो ----तिमि कुकुर हरु किन आज यहा आएका भनि हुकुम भयो ।कुकुरहरुले पनि बडो नरम स्वभाब का साथ यौटै जवाफ दिय। हजुर --------------हामि घोर अन्यायमा पर्यौ र हजुर समक्ष यौटा बिन्ति पत्र बुझाउन आयका हौ ं भन्ने जवाफ दिए।बर्माले पनि जुगामा ताउ लागाउदै भने क्या हो त तिमिहरुको माग के छ त तिमिहरुको बिन्ति पत्रमा ? भनि सोझ्दा भय ।तर कुकुरहरु लाइ यो थाह छैन कि हाम्रो निवेदन दिसा गर्दा बाटैमा खस्यो भनेर ।कुकुर ले सुरु गरे निवेदन खोज्न ।खुब खोजे ।यौटा कुकुरले अर्को कुकुरको गुद्वार सुघ्ने ---अर्कोले अर्को को गुद्वार सुघ्ने क्रम जारि रह्यो ।तर निवेदन को अत्तो पत्तो छैन ।बर्मा पनि ३ छक पर्नु भयो कि कुकुरको तालामाला देखेर ।
बर्मा झोक्किदै भन्नु भयो ---छिटो गर? नत्र फिर्ता जाओ ? ----आखिर किन पाइन्थ्यो बाटोमा खसेको निवेदन ? कुकुरले पनि हतपत हराएको निवेदन नखोजि नया निवेदन लेखि पेश गर्नु पर्ने मा पुरानै निवेदनको खोजिमा फेरि मर्त्यलोक फर्कि निवेदन खोजेर ल्याउने प्रस्ताब बर्मा संग गरे पछि बर्माजिले पनि जाओ त तिमिहरुको निवेदन खोजेर ल्याओ भनि कुकुर लाइ फिर्ता गरि दिए ।फर्कने क्रममा पनि कुकुरले खुब खोजे ।भेटिएन ---अझै पनि कुकुरको निवेदन भेटिएको छैन । एक कुकुरले अर्को को गुद्वार सुघ्ने क्रम जारि छ तर निवेदन भेटिएको छैन। कांग्रेस एमाले हारेर हारको समिक्षा को नतिजा पनि निवेदन हराएका कुकुरको जस्तै हो भन्दा फरक नपर्लाकि कसो ?


नया अबसर

-मृदूल

अनगिन्ती सपना ल्याएर मेरो सामू छोडी दियौ।
पत्याउनै नसक्ने गरी आज इतिहास मोडी दियौ।

उही दूख उही पिडा जिवन भरी नै भोगी रहे।
पालो दिएर पूर्खाको पेसामा निरन्तर लागी रहे।
एक दिन यो आगनमा घाम लाग्ला जस्तो थिएन।
भदौमा फालेको काठ काम लाग्ला जस्तो थिएन।

अनगिन्ती चाहाना ल्याएर मेरो सामू छोडी दियौ।
समयले कोल्टे फेर्दा निरंकूस संस्कार तोडी दियौ।

खून पसिना बगाइ खानूमा मलाइ निकै गर्व छ।
नौलो परिवेशमा आमूल परिवर्तनको यो पर्व छ।
जीवनले नया काचूले फेर्ला जस्तो लागेको थिएन।
सर्वभौमिक नागरिक होला जस्तो लागेको थिएन।

अनगिन्ती दायित्व ल्याएर मेरो सामू छोडी दियौं।
सून्दर भबिस्यको तिम्ती नया अबसर जोडी दिया



May 17, 2008

गजल- खप्परै अभागी

खप्परै अभागी रछ भयो पिरै पिर
तडपाएर राख्नु भन्दा बरु मुटु चिर

आङ कनाई छारो उडायौ गाउ चारी
दुनियाँले कुरा काटे झुक्यो अब शिर

मायामा सन्का कहाँबाट पसायौ तिम्ले
साउन भदौ बगेर जिबन भो भिर

मनै भ्रान्ती भाको'छ शान्ती कहा पाउनु
तिमी सित भेटे देखी छैन मन थिर

फुल्छ्यौ भन्ने लाग्याथ्यो,मन खोल्दिए
तिमी दुखयौ सधैं भरी यही मुटु निर

हप्ता हंगामा - माओबादी आतंककारी कि सरकारी

नेपालमा भर्खर भएको संबिधान सभाको चुनाबमा सबभन्दा बढी मत ल्याएको नेकपा माओबादी सरकारमा जान खुट्टा उचालिरहेको छ। संबिधान बनाउनको लागी गरिएको चुनाब भए पनि हार्नेहरुले सरकारबाट भकाभक खुट्टा खसाल्दैछन। सबै जोगी मरे पछि माओबादीको खप्पर भरिने पक्का छ।
जंगलबाट शहरमा मंगल गर्ने पुगेका माओबादी संबिधान माथी पुगेका छन। जंगलमा हुंदा त तिनीहरुलाइ संबिधान लाग्दैनथ्यो नै अहिले त संबिधान बनेकै छैन तिनलाइ के को संबिधान। चुनाबमै ठुलो दल भएता पनि भुट्ने र लुट्ने काम जारी नै राखेका छन। बन्दुक जती सबै कन्टामेन्टमा थन्केकोले छापामारलाइ वाइ.सि.यालमा परिणत गरी गाउ,शहरमा छोडिएको छ। चुनावको असार सकिएकोले असार पछिको गोरु जस्तै वाइ.सि.याल सिगौंरी खेल्दै हिडेका छन। यसरी सहर,सडक र सदन कब्जा गर्ने रोड म्याप माओबादीले तयार पारेका छ।
बिगतमा लुटेको धनहरु बिभिन्न ठाउमा लुकाएको मध्य १७ लाख कोटेश्वरमा बस्ने माओबादी ब्रिगेड कमान्डर केशब अधीकारीको खल्तीमा सुरक्षित राखिएको रहेछ। तर अचानक पाकेट मारएपछि आफ्नै घरबेटी रामहरी श्रेष्ठलाइ अपहरण गरेर पुरानै शैलिमा मारेछन। पैसा हराएको सांचो पनि हुन सक्छ या जनता ठग्ने एउटा बहाना पनि हुन सक्छ तर मान्छेको हत्या भएको चांही पक्का हो। यसरी माओबादीको खातामा १५०१ मान्छे पुगे भने पुन अर्को घरको खुशि लुटियो। माओबादीबाट यस्ता हत्या दिन दिनै हुने गरे पनि राजधानीमै यस्तो घटना घटाइए पछि यो हत्या काण्डले ठुलो रुप लिएको छ।काठमान्डौमा बिभिन्न ठाउमा प्रदशन गरिएका छन भने थुप्रै पसल बन्द छन। माओबादी शुभचिन्तक हत्या भएको भन्दा पनि अब माओबादीलाइ सरकारमा जान अप्ठ्यारो पर्ने भो भनेर पिरोलिएका छन। उता बोद्धिक बर्ग भने कुकुरको पुछ्छर जस्ता माओबादी सरकारमा पुगेर जंगलकै पारा निकालेर कती सकस कटाउने हुन चिन्तीत भएका छन। अब माओबादीले सरकारी र आतंककारी दुबैको ट्याग पाउने भएका छन।


May 13, 2008

सुखको पर्याय

शिव प्रकाश
मात्तिएका यौवनहरु
पात्तिएका जीवनहरु
आधुनिकता भित्र
यौनका नवीन सँस्करण
घामजूनको पर्वाह छैन
वसन्तको उन्मादलाई जिस्क्याउँदै
छताछुल्ल पोखिन्छन्
सभ्यताको आडम्बर ओढेको
सभ्य शहरभित्र
समय
आधुनिकतको
उत्ताउलो रहरमा रमाइरहेछ छ ।
आधुनिकताभित्र
जीवनको अर्थ - रोमान्स
यौन साधनामा समाधिस्थ
रहरलाग्दा युवा युवतीहरु
डरलाग्दा मुद्रामा
साधनारत
यौवनको राग
फूलको मदमोहकता जस्तै
मादोन्मात
जीवनलाई साँधिरेहछन्
चाखिरहेछन्
जीवनका क्षणीक स्वादहरुमा
सुखानुभूत बाँचिरहेछन् ।
सयमले उत्ताउलो रहर बोकेको
आधुनिकताभित्र
बाँच्नुको पर्याय - सुख !
सुखको पर्याय - सम्भोग !
भोकभन्दा बढी भोग
आवश्यकताभन्दा अझ बढी
रहर बनेको छ
जीवनयापनभित्र जीवनपान
समय नै यस्तो छ
समयको यो उत्ताउलो रहरसँग
मालाई पनि कताकता
मात्तिन-पात्तिन मन लागेको छ
भोकभन्दा बढी भोग
सुखको पर्याय - सम्भोग !
बोस्टोन अमेरिका
May 09, 2008


May 11, 2008

समान शिक्षा हैन, बिबिध शिक्षामा समान अवसर

"हामी सवैमा समान क्षमता छैन, तर हामी सवैले आफ्नो क्षमताको विकास गर्न समान अवसर पाउनु पर्छ":- जोन एफ. केनेडि

प्राकृतिक नियम वा अस्तित्वको बिबिधताका कारण कुनै एउटै कक्षा कोठाका बिद्यार्थी, कुनै समाज बिषेशका निवासी वा कुनै पनि निश्चीत स्थानका मानव सन्ततीको सामुहिक चेतनाको स्तर समान हुनु मुश्किलमात्रै हैन असम्भव नै छ ।

एउटै बाबु आमाबाट जन्मेका, यौटै पारिवारीक वातावरण, समान अर्थिक, सामाजिक र सास्कृतिक परिवेशमा हुर्केका जुम्ल्याहा केटाकेटीमा समेत शारीरीक शंरचना वा रुप रंग उस्तै भए पनि सोच्ने तरीका, ज्ञान आर्जन गर्ने क्षमता र बुद्धिको प्रचुरतामा आकाश पातालको भिन्नता हुन्छ भने कुनै यौटा उमेर समुहका सबै केटाकेटीलाई यौटै स्तरको शिक्षा दिनु वा दिन खोज्नु अवैज्ञानिक मात्रै हैन नितान्त अव्यवहारीक र असमझदारीको कार्य हुनसक्छ ।

हाल मुलुकमा बिभिन्न समुह र सरकारमा सामेल केहि पक्षले समेत शिक्षामा समानता ल्याउने र निजी स्कुलहरुलाई राष्ट्रियकरण गरी सबैलाई समान शिक्षा दिने जस्ता कुरा उठाउदैं आएको छ । बास्तबमा यो यौटा अपरिपक्क र हतारको निर्णय हुनेछ र व्यवहारीक रुपमा लागु भएका यो अफाप सिद्ध नै हुनेछ । मानव चेतनाको स्तर स्वभावैले भिन्न छ र भिन्न भिन्न वौद्धिक स्तरका बिद्यार्थीले फरक फरक वा आ-आफ्नो इच्छा र स्तर अनुशारको शिक्षा आर्जन गर्न पाउनु पर्छ ।

हाल नेपालमा साधारणतया दुइ प्रकारका शिक्षालय र दुइ कोटीका शिक्षा उपलब्ध छन् (सरकारी र नीजी) । आन्तरिक कारण र अन्य बिभिन्न बस्तु स्थितीलाई एकैछिन अलग राखेर हेर्दा गुणस्तरको हिसाबले यी दुइ थरी शिक्षालयमा अवश्य पनि प्रष्ट गुणात्मक भिन्नता छन र यसलाई हामीले स्विकार्नै पर्छ । अब प्रश्न उठ्छ अहिलेको समान शिक्षाको लक्ष्य के हो ? ।

यदि सबै बिद्यालय वा कक्षा कोठामा यौटै खालका र एकै गुणस्तरका पाठ्यसामाग्रीको प्रयोगमा जोड दिइने हो भने त्यो अवश्य पनि वैज्ञानिक चिन्तन होईन । किनकी माथी भनेझै सबैजनाको ज्ञान आर्जन गर्ने क्षमता र बुद्धिको प्रचुरतामा प्राकृतिक रुपमै भिन्नता बिद्यमान छन त्यसैले कुनै यौटा बिस जना बिद्यार्थी भएको कक्षा कोठामा शिक्षकले पढाएको कुरा सबैले एकैचोटि र उत्तिकै मात्रामा बुझ्छन् भन्ने कुनै निश्चीतता छैन र हुदैंन पनि । अनि सबैलाई एकै बिषय वा वृतिको शिक्षामा चाख लाग्छ भन्ने कुरा पनि गलत हो ।

यसको मतलव शिक्षामा बिभेद कायम रहनु पर्छ भन्ने चाहिँ पक्कै हौईन । वास्तवमा हाल ऐच्छिक बिषय र चहना अनुशारको बिधा चुन्ने स्वतन्त्र अवसर रहेझै कुनै पनि बिद्यार्थी वा अभिभावकले आ-आफ्ना क्षमता, चाहना र वौद्धिक स्तरको आधारमा भिन्न भिन्न शिक्षा प्रणालीको चुनाव गर्न पाउनु पर्छ र गुणात्मक वा प्रणालीगत भिन्नता भएका यी फरक शिक्षाको चुनावमा आर्थीक व्ययभार भने समान हुनुपर्छ । समष्टिमा प्रणालीगत भिन्नताको आधारमा कुनैपनि समुह वा व्यक्तिको ज्ञान आर्जन गर्ने क्षमता वा चाहनामा तगारो लाग्नु हुदैंन भने सबैले आ-आफ्नो स्तर र क्षमता अनुसार समान शुल्कमा आफ्नो विवेकको उच्चतम बिकासको समान अबसर पाउनुपर्छ ।

माथी बताएझै सरकारको प्रमुख दायित्व सरकारी स्कूलप्रति नभई बिद्यार्थी प्रति हुनुपर्छ त्यसैले सरकारी स्कूललाई मात्रै स्कुल ठान्ने हालको नितीको अन्त भने हुनै पर्छ। समष्टिमा बिद्यार्थी माथी गरीएको लगानीको प्रतिफल कालान्तरमा मुलुकले नै पाउँछ त्यसैले सरकारी स्कूलको लगानीलाई मात्रै उपलब्धीमूलक देख्ने परिपाटिमा आमूल परिवर्तन हुनैपर्छ । स्कूल बिशेषलाई मात्रै हैन समष्टिमा मुलुकका कुना कुनामा रहेका सम्पुर्ण बिद्यार्थीको समानुपातीक र समग्र उत्थानकोलागी राज्यले खर्च गर्नु पर्छ ।

सरकारी र निजि स्कुलको बिबिधता यस अर्थमा हटनु पर्छ की यी दुबैमा देशका कुनै पनि कुनामा रहेका र कुनैपनि आर्थीक स्थिती भएको व्यक्तिको प्रवेश एउटै, समान र न्यूनतम शुल्कमा हुनुपर्छ । तर समानताको नाममा सवैलाई एकै खाले शिक्षा मात्रै दिने सोच भने अवैज्ञानीक मात्रै नभई समाजकै सम्पुर्ण हितको पक्षमा छैन ।

अतः शिक्षामा बिबिधता आवश्यक छ तर सरकारी स्कुललाई मात्रै स्कुल ठानेर त्यसैलाई मात्रै सहयोग गर्ने सरकारी नीतिको अन्त्य हुनुपर्छ जसका कारण निजी स्तरमा खुलेका शिक्षालयले पनि गुणस्तरीय शिक्षा न्यूनतम शुल्कमा उपलब्ध गराउन सकुन ।

यस लेखको शुरुमा जोन एफ. केनेडिको बिचार दिईएको छ र वास्तवमा समानता अवसरकै हुनुपर्छ शिक्षा प्रणालीको हैन । शैक्षीक प्रणालीमा त जति बिबिधता भयो त्यति नै सकारात्मक परिणाम निस्कन सक्छन । तर समानताको कसिको रुपमा कसैले पनि आफूले रोजेको शैक्षीक प्रणालीबाट आफ्नो शिक्षा पुरा गर्न भने अवश्यनै पाउनु पर्छ ।