मार्च १०, २००८ का दिन, तिब्बतिहरुले, आफ्नो स्वाधिनता खोसिएको ५१ औ बर्षको अबसर पारेर ल्हासा सहरमा शान्तिपूर्ण प्रदर्शन गरे। दबाब र बल प्रयोग बाहेक अरु कुनै कुरा नजान्ने चिनिया प्रशासनले व्यापक दमन गरि धेरै संख्यामा भिक्षुहरुलाई गिरफ्तार गर्यो ।
११ मार्चमा ति गिरफ्तार गरिएका भिक्षुहरुको रिहाईको माग गर्दै बसेका भिक्षुहरुमाथी अन्धाधुन्द अस्रुग्यास र लाठी प्रयोग गरि चिनिया प्रशासनले आफु दमनकै कडा रुपमा मात्रै प्रस्तुत हुने जनायो, अनि संसार भरि शुरु भयो विरोध र दमनको कुचक्र ।
जहाँ एकतर्फ दलाई लामा स्वयंले ध्वंसात्मक गतिबिधिको बिरोध गर्दै आफ्न माग "स्वतन्त्र तिब्बत" नभएको पटक पटक दोहर्याएका छन भने आर्को तर्फ चीनिया सरकारले दलाईलामा लाई 'संतको भेषमा रहेको सैतान' को संज्ञा दिएको छ ।
बास्तबमा चिन सरकार तिब्बतको समस्यालाई यत्ती सम्म न्यून मुल्याकंन गर्दै छ की तिब्बतको समस्यालाई केबल दलाईलामा एकजनाको व्यक्तिगत विचारसंग जोडेर, सिधै भन्दा दलाईलामाको मृत्युको प्रतिक्षामा छ, अनि दलाईलामाको जिवनकालमा नै उसलाई खलनायक सिद्द गर्ने असफल प्रयास पनि। यो चिनिया सरकारको ठुलो गल्ति हो ।
षडयन्त्रको जालो यत्ती सम्म की, चिनीया कम्यूनिष्ट सरकार हालका दलाईलामाको मृत्यु पछि 'आफ्नो पक्ष' को चिनिया नागरिकलाई नया दलाईलामा चुन्ने र त्यस पछि तिब्बतिहरुको एकतालाई टुक्र्याएर बिस्तारै 'ब्रेन वास' को आफ्नो पुरानो हतियारले बाकी तिब्बतिहरुलाई पनि तह लगाउने खाका तयार गर्ने काममा व्यस्त छ ।
आफ्नो प्राचिन र रहश्यमय संस्कृति र धर्ममा यसरी ठाडै प्रहार गर्ने षडयन्त्र बन्न लागेपछि सो संस्कृतिलाई जोगाउन दलाईलामाले पनि आफ्नो जिवनकालमा नै उत्तराधिकारी चुन्ने विचार प्रकट गरे र तिब्बतिहरुसंग व्यापक बहसमा लागे। यसरी आफ्नो हजारौं बर्ष पुरानो र दूर्लभ संस्कृतिमा प्रहार हुन लागेपछि तिब्बतिहरु एकजुट हुनु एकदमै सामान्य कुरा थीयो भने बदलिदो विश्वको परिस्थिति र संसारभरी छरिई सकेका तिब्बति हरुलाई भुलेर दबाब बाट समाधान खोज्नु चिनको ठुलो भुल ।
आफ्नो संस्कृति जोगाउन एकतर्फ संसारभरिका तिब्बतिहरु र उनिहरुका समर्थकहरु एक भएका छन भने आर्कोतर्फ आफ्नो परम्परा कायम रख्दै चिनिया कम्युनिष्ट सरकारले पनि फेरि एकचोटी विदेशिहरुलाई चिन प्रवेश गर्नबाट रोकेर 'बन्द कोठा भित्र अप्रेशन' गर्ने मनाशाय बनाएको प्रष्टै छ ।
ठुलो भन्दा ठुलो समस्यालाई केबल "आन्तरीक मामीला' बताउदै झ्याल ढोका थुनेर अप्रेशन गर्दै आएका चिनिया प्रशासनलाई यस पटक भने विश्व भरि छरिएका तिब्बति, उनिहरुका समर्थक र सञ्चार जगतमा आएको नया प्रगतिका कारण आफ्ना सबै झ्याल ढोका बन्द गर्न नसक्दा निहत्था भिक्षुहरलाई तह लगाउन हम्मे हम्मे परेको छ ।
यौटा नितान्त धर्म बिरोधि कम्यूनिष्ट मुलुकमा यस्तो घटना हुनु खासै नौलो कुर होईन भने तिन, तिन चोटी 'प्रजातन्त्र' आएको हाम्रो देशमा ति निहत्था बौद्धमार्गीहरु माथि व्यापक दबाब हुनु पक्कै पनि शोभनिय कुरा होईन । हामी यदि प्रजातन्त्रका हिमायति हौं र यसैमा हाम्रो विश्वास छ भने ति निहत्था तिब्बतिहरुको जुलुस र प्रदर्शन माथि बल प्रयोग गर्नु हामिलाई कत्ती पनि शुहाउँदैन ।
हामी स्वतन्त्र छौं र स्वतन्त्रतामा विश्वास गर्छौ भने, केवल 'ठूल्दाई' लाई खुशि तुल्याउन मात्र स्वाधिनताको आवाज उठाउने तिब्बतिहरुमाथि अलिकता पनि दमन गर्नु लज्जाजनक हुनेछ । यौटा प्रजातन्त्रीक मुलुकमा अर्को यौटा स्वाधिनताको लडाई लडनेले समर्थन पाउनु पर्छ दमन होईन । बाँकि तिब्बतको भविश्य कसरी निर्धारण हुन्छ त्यो भविश्यकै गर्भमा छ र सकिन्छ भने त्यसकोलागी हामि सबै स्वतन्त्रता प्रेमीले सकारात्मक भूमिका निर्बाह गर्नुपर्छ ।