३५-३६ साल तिरको कुरा हो क्यार तत्कालीन राजा बिरेन्द्रको पालामा निर्दलीय शासनको बिरोधमा प्रजातन्त्रवादीहरुको देशव्यापी आन्दोलन चलेको थीयो । त्यसलाई राजा बिरेन्द्रले एक्कै घोषणाबाट मत्थर पारीदिए ।
तात्कालीन स्थितिमा राजाले "देशमा बहुदलीए व्यबस्था लागु गर्ने वा सुधार सहितको पञ्चायत" जनमत संग्रहबाट निर्णय लिने भनी जनमतको घोषणा गरे । हामी सानै थीयौं र राजनीतिको 'र' पनि थाहा थीएन । तर पछि बिस्तारै थाहा भयो त्यो सुज-बुझ सहित फ्याँकीएको यौटा पासा मात्रै वा राजाको बेजोड 'चाल' मात्रै थियो । जनमत भयो र 'पहेलो' अर्थात 'पञ्चायत' ले चुनाव जित्यो, तर न त कुनै संबैधानिक परिवर्तन भए न त पञ्चायत नै सुधारीयो ।
एक किसिमले 'जन-अनुमोदन' पाएको पञ्चायत, पहिला भन्दा झन 'खतरनाक' भएर निक्ल्यो ।
समयले कोल्टे फेर्यो र त्यसपछि हालसम्मको स्थितिमा आँउदा देशको शासन व्यबस्थामा बृहत परिवर्तन भई सकेको छ । अहिले पञ्चायत मात्रै हैन, माओबादि "मूल धारमा प्रवेश गर्ने" तय भएपछी प्रजातन्त्रवादी र माओबादिको सयुक्त आन्दोलन पश्चात राजतन्त्र नै धाराशायी भई सकेको छ, तर जसरी ३६ सालको जनमत पछाडी पनि पञ्चायत सुध्रीएन त्यसैगरी जन-आन्दोलन २ र संसद प्रवेस पछि पनि माओबादी सुध्रिएका छैनन् ।
मिडीयाको जानकारीमा नआईपुग्ने वा नआएका खवर त कती छन लेखा-जोखा गर्न सकिने स्थिति छैन, तर आम संचार माध्यममा आएका यिनका करतूतलाई हेर्दा पनि माओबादीमा कुनै सुधारको संकेत देखीन्न।
ढाँटने, छलने, तर्साउने र तेर्स्याउने (बन्दूक तेर्स्याउने) काम मात्रै होईन हत्या, हींसा, चन्दा, अपहरण केहि रोकीएका छैनन्। पत्रकार बिरेन्द्र साहको हत्या देखी लिएर भर्खरै समाचारमा आएको 'खोटाङ लूट' को प्रकरण हेर्नुहोस सबैमा माओबादीकै हात रहेको छ ।
पत्रकार बिरेन्द्र साहको हत्यामा पहिला ठाडो इन्कार गरे पनि आखिर कुनै 'ढाँट" ले पनि काम नगरे पछि त्यो दानवीय कार्य आफ्नै दलबाट भएको उनिहरुले स्विकारे । अनी जति ढाँटे पनि सत्य कुरा लुकाउन नसक्ने ज्ञान प्राप्त भएकोले यसपालाको प्रहरी चौकि लुटने आफ्नै पूर्व कार्यकर्ता रहेको कुरा माओबादीका नेता सिपी गजुरेलले बताईसकेका छन् । (अब यो 'पूर्व' कार्यकर्ता र 'पश्चिम' कार्यकर्ताको नाटक भने भन्नेलाई लाई भन्दा सुन्नेलाई लाज लाग्ने कुरा हुन त्यसैले यसबारेमा धेरै कलम खर्च नगरौं)
यी त नसुध्रीएका माओबादीका केहि प्रकाशमा आएका कूकर्मका प्रकरणहरु मात्रै हुन, ती बाहेक यो समाचार, यो समाचार, यो समाचार, र यस्ता कैंयन प्रकाशित र अप्रकाशित समाचारहरुले सुध्रीन नसक्ने माओबादीका सच्चा चरित्र उदाङ्ग पारीरहेका छन् ।
समष्टीमा माओबादीको मूलधार राजनीति प्रवेश केवल यौटा सुरक्षीत अवतरण र जनता झुक्याउने खेल मात्रै हो। न त माओबादीको कुनै कार्यले उनिहरु प्रजातन्त्र प्रति प्रतिवद्ध भएको देखाएको छ, न त उनिहरुको चरित्रमा सुधारको लक्षण नै। त्यसैले उनिहरुको संसद प्रवेश पनि केवल 'सुधार सहितको पञ्चायत" जस्तै हो। तर यौटा कुरा चाहि पक्कै छ, जसरी तात्कालीन पञ्चायत नसुध्रिए पछि विस्तारै अलोकप्रिय, अस्विकृत र तिरस्कृत हुदैं आर्यघाट नै पुग्यो त्यसै गरि आफूलाई सुधार्न नसके माओबादी पनि दिग्भ्रमित, विकृत र घृणित हुदैं ईतिहासको पान्नाबाट बिलाउने छन् ।
Email ThisBlogThis!Share to FacebookShare to Pinterest