January 13, 2008

नियोजित- प्रायोजित दंगामा आक्रान्त काठमाडौं।

भाग १

अर्बाचिन काठमाडौंको दंगा फसादको इतिहास धेरै लामो छैन। २०१८ सालमा ब्यक्तिगत बिबादले भड्केको दंगाले एतिहासिक जन सेवा सिनेमा खरानी भएको थियो। भनिन्छ, त्यतिबेला आक्रोशित भीडले जन सेवा ( हाल बिशाल बजार रहेको स्थानको ठिक सामुन्नेको जुद्ध दमकललाई समेत आगो निभाउन दिएको थिएन रे।

त्यस घट्ना पछि कुनै उल्लेख्य दंगा फसाद भएको सुनेको थिएन २०३६ साल सम्म। २०३६ सालको घट्नालाई दंगा को उपमा दिन मिल्दैन होला नै। तै पनि जीवन को पहिलो दंगा देखेको भोगेको ले केही लेख्ने जमर्को गरेको छु। जुल्फिकर अलि भुट्टोलाई तत्कालीन तानाशाह् जनरल जिया उल हकद्वारा दिइएको फाँसी को बिरोध गर्न निस्केको बिद्यार्थीहरुको जुलुस् माथि प्रहरी दमन को प्रतिक्रिया स्वरुप भएको घट्ना थियो। त्यो घट्नाका बिभिन्न उपघट्नाहरुको प्रत्यक्षदर्शी यो पंक्तिकार पनि थियो।

पहिलो दिन पाकिस्तानी दूताबासमा बिरोध पत्र बुझाउन गएका बिद्यार्थी संगठनहरुका समर्थकलाई प्रहरी प्रशासनले दमन गर्यो। त्यसको भोलि पल्ट त्यो दमनको बिरोध गर्न बसन्तपुरमा भेला भएका बिद्यार्थीहरु माथि चारै तर्फ घेरा हालेर निर्ममतापूर्बक लाठी प्रहार गरे। बसन्तपुर स्थित नव आदर्श बिद्यालयमा ७ कक्षामा पढ्थें र त्यो दमन त्रसित भएर कक्षा कोठाबाट हेरिरह्यौं। त्यस दिन देखि तत्कालीन ब्यबस्थाको बिरुद्द मेरो बाल मष्तिस्कमा बिद्रोह अंकुरायो।त्यस्को भोलि पल्ट हो कि पर्सि पल्ट, ने बि संघका तत्कालीन अध्यक्ष बल बहादुर केसी, अखिल का टंक कार्की लगायतलाई प्रायोजित रुपमा मण्डले घोषणा गरी कालो मोसो र जुत्ताको माला लगाई ठेला गाडामा राखेर शहर घुमाइयो। त्यही भीड अनियन्त्रित भै नया सडक गेट स्थित नेपाल बायु सेवा निगमको भवनमा ढुंगा मुढा भयो र आगो पनि झोसियो। त्यति बेला पहिलो पल्ट गोली चलेको आफ्नै आँखाले देखियो र पहिलो पल्ट कर्फ्युउ के हो भोगियो।

२०४६ सालको राजनैतिक परिवर्तन पछि प्रायोजित दंगाको सिलसिला सुरु भयो। बहुदल घोषणाको लगतै पछि हल्लाको भरमा असामाजिक तत्वहरुको अगुवाई १०-१२ दिन अनियन्त्रित रह्यो हाम्रो काठमाडौं। निर्दोष प्रहरीहरुलाई टेकु क्षेत्रमा कुटी कुटी मारे। हनुमान ढोका स्थित प्रहरी कार्यालय भीडले कब्जामा लिन प्रयास गरे। कार्यालय बचाउन प्रहरीले गोलि चलाउदा केही ब्यक्तिहरु को ज्यान् गयो, ती घट्नाहरुको नमीठो छाप अझै ताजा नै छ।
२०४८ साल को आम निर्बाचन पछि संस्थागत रुपमा दंगा फसाद गर्ने सिल्सिला सुरु भयो। नेपाली कांग्रेसले बहुमत ल्याई सरकार गठन गरेको १ महिना नपुग्दै प्रमुख बिपक्ष दलले सरकार ढाल्ने उदघोष गरे। कर्मचारी र शिक्षकलाई आन्दोलनमा उतारे। बहुमत प्राप्त सरकारलाई काम् गर्नै न दिने अराजनैतिक संस्कार बोकेका पार्टीका कथित क्रान्तिकारीहरुद्वारा सार्बजनिक सम्पति भत्काउने जलाउने असभ्य परम्पराको सुरुवात गरे।दुर्भाग्यबस नेकपा एमालेका शक्तिशाली महासचिब का मदन भण्डारी र नेता जीब राज आश्रितको दास ढुंगा काण्डमा निधन भए पछि काठमाडौले सबै भन्दा पीडादायक् दंगा भोग्यो। सार्बजनिक सम्पति मात्र तोड्फोड् गरेनन्, आम जनतालाई न भै नहुने दूर संचारको दुइ तिहाई कनेक्सन बक्सहरु जलाए। ९० प्रतिशत काठमाडौको टेलिफोन चलेन, कतै कति त ९ महिना सम्म चलेन।मानबीय क्षति त भए भए, अथाह भौतिक सम्पतिको नोक्सान् पनि ब्यहोरे। गिरिजा प्रसादलाई दोष लगाए, एमालेको सरकार आए, गिरिजालाई पाटा कसेर भाटा हिर्काउने सगौरब हुँकार गरे। एमालेको ९ महिने सरकारले न त दोषी को हो भनी खोजबिन गरे न गिरिजालाई कार्यबाही गरे। फगत सत्ता चढ्ने सिंढी बनाए। नेपालको इतिहासमा प्रायोजित र नियोजित दंगाको कालो पन्नाको पहिलो पाना यही हो जस्तो लाग्छ।
क्रमश:



बेबी किंगको कुरा सुनिएको थियो तर बेबी प्रधानमन्त्री चांही देखिहालियो।

गिरीजा प्रसाद कोइरालाको कुरा कति गर्नु भन्यो, नगरी नहुने। केही समय पहिले नेपाली कांग्रेस संबन्धित महीलाहरुको कार्यक्रममा नेपालमा छिट्टै महीला प्रधानमन्त्री हुनेछ भनेर भन्नु हुंदा के भनेको होला, त्यस्तो प्रम हुने सम्भावना भएको कुनै महीला उम्मेदवार हाललाई त कोही छैन जस्तो लागेको थियो। कुरो अहिले बुझियो जब उंहाले आफ्नै छोरी सुजाता कोइरालाई बिना बिभागीय मन्त्री बनाउनु भयो-त्यो पनि प्रधानमन्त्रीको कार्यालय हेर्ने गरी। बेबी किंगको कुरा सुनिएको थियो तर बेबी प्रधानमन्त्री चांही देखिहालियो। त्यसै त पहिले पनि प्रमबाट हुने काम कार्बाही छोरी सुजाता बाट अती प्रभावित हुने गर्थ्यो, तर अहिले झनै प्रधानमन्त्री कार्यालय नै हेर्ने गरी मन्त्री बनाई दिए पछी सुजाताको पावर र पहुंचको कुनै सीमा रहेन।
राजा ज्ञानेन्द्रले कू गरी शासन हातमा लिंदा उनी पुरुषको भेषमा मोटारसाईकल चढेर भारत पुगेकी थिईन, जबकी अन्य नेताहरु कोही नजरबन्दमा थिए कोही यंही भूमीगत थिए। निष्ठा र आस्थाको राजनीती गर्नेलाई त्यसरी भाग्नु जरुरत थिएन, तर उनीले त् बाबुको पद र पावरको दुरुपयोग गरेर चरम भ्रष्टाचार गरेकी थिईन र राजाले सोही भ्रष्टाचार को आरोपमा थुन्न सक्ने भएकोले उनी चोरको खुट्टा काट भन्दा, चोरले थुत्त खुट्टा तान्ने शैलीमा भारत भागीन। माओबादीका मातृका यादवले गिरीजा बाबुको सामुन्ने नै मन्त्री परिषदको बैठकमा रक्तचन्दन तस्करको नाईके सुजाता भएको आरोप लगाएका थिए र गिरीजाले क्रुद्ध भएर मातृकालाई तपाईं बाहिर निस्कनुस भनेका थिए। माओबादीसंग संपर्क स्थापित गरेर उनीहरुलाई शान्तीपूर्ण अवतरण गर्न ज्यान दिएर लागेका के पी सिटौलाको एकतमासले राजीनामा माग्ने यी सुजातालाई शान्ती प्रकृया बिथोल्न दरवार ले राम्रै संग प्रयोग गरेको देखिन्छ।
सुजाता नै प्रम गिरीजाको शासन संचालनमा पहुंच भएकोले राजा-सेनाद्वारा सुजातालाई हातमा लिन सके राजासंस्था टिकिराख्न सकिने कुरो बुझ्यो। सुजाताको भ्रष्ट र बिकाउ चरित्र भएकोले सुजातालाई हातमा लिन पनि त्यती ठुलो कुरो भएन र सेनाले सुजाता संग राम्रै संग संबन्ध बिस्तार गर्‍यो। सेनाको कार्यक्रमहरुमा सुजाता बिशेष अतिथीको रुपमा निम्त्याईन थालिईन्। यहाँसम्मकी सेनालाई दिईने मानवाधिकारवाद सम्बन्धी तालिममा सुजाता प्रशिक्षक समेत बनिन।अचम्मको कुरो होइन त? सेनाको ठेक्कपट्टाहरु सुजाताको मान्छेहरुलाई पार्न थालियो। सेनाले सुजातालाई राम्रै संग गुलीयो चटायो। यता गिरिजा पनि, आफू जनताको शक्तीबाट स्थापित हुँ भन्ने कुरो बिर्सिएर सेनाको समर्थन रहेमात्र आफू सत्तामा टिकिरहन सकने निर्कर्ष निकालेर सेनासंग संबन्ध बनाउन लालायीत देखिए।
अहिले यी सेनाका पुतली मैया प्रधानमन्त्री कार्यालय हेर्न शक्तिशाली मन्त्री बनेकी छन र मन्त्री बनेको भोली पल्टै बिराटनगर गएर राजसंस्थाको वकालत गर्न थालिसकेकी छन। राजा गलत हुन सक्छ, राजसंस्था गलत हुन सक्दैन रे।
यो सरकार गठबन्धन कामचलाऊ सरकार हो र यो जनआन्दोलन II ले स्थापना गरेको सरकार हो। यो कुनै पार्टीको बहुमतको सरकार होइन र यहाँ कसैले मनपरी गर्न पाउदैन। तर गिरीजालाई यो कुरा कसले बताउने। अन्य सबै पार्टीले सरकारमा पठाउने मन्त्री आफ्नो केन्द्रीय कमिटीको बैठक गरेर चुन्दछन। तर नेपाली कांग्रेस मात्र यस्तो पार्टी हो, जसमा को को मन्त्री बन्दै छन भन्ने कुरो पार्टीका अन्य सदस्यहरुलाई रेडियो र टि भीको समाचारबाट मात्र थाहा हुन्छ। के नेपाली कांग्रेस दासहरुको पार्टी हो र यसका मालिक गिरिजा हुन?
अब कू भयो भने दरबारले सुजालाई प्रम बनाउने छ। सुजाता अहिले बेबी प्रम बन्नु त्यसैको संकेत हो।


January 12, 2008

K B ४ ६ ?

अंग्रेजी र नेपाली मिसाएर K B ४ ६ भन्दै भीत्तामा कोर्दै हिडेको टन्ने देखेको छु। रमाइलो लागेर लेखेको हो या कुनै कारण हो त्यो त लेख्ने मानिसलाइ नै थाहा होला। तर ह्यां लेखेको कारण चाहिं जनबरी १४मा पर्ने दौंतरीको १०० दिनमा के गर्ने भनेर सोधेको हुं। सबै संग यसको बारेमा इमेल गरेको थिए, सबै खाले उत्तर साथ इमेल प्राप्त भए। सबै लेख्ने मानिसले केही स्पेशल कुरामा लेख्ने अनि पाठकले त्यसमा बिचार थपेर १०० दिन मनाउने भन्ने बिचार आएको थियो। अथवा सबैले भिन्दै भिन्दै बिषयमा लेखे कसो होला, अर्को बिचार आएको थियो। फेरी थप बचार थियो अहिलेको तातो संबीधान सभाको बिषयमा सबैले बिचार पोखे कसो होला? सबै बिचार राम्रा छन, यो १०० दिनमा कुनै यस्तै केही गरेर धुमधाम संग मनाउनु पर्छ। यसो बुझ्दा सबैले केही न केही लेख्दा एक्दमै राम्रो हुने देखें अनि कसैले संबिधान सभाको बारेमा लेख लेखेमा लेख्ने, पढ्ने सबैले बिचार बाढ्न मिल्थ्यो। यस बाहेको अरु केही छ भने पनि भन्नुहोला, दौंतरी सबैको साझा ब्लग हो, यसमा सबैको बिचारको कदर हुन्छ।


January 10, 2008

No one could save Benazir, why we need to save pakistan?

No one could save Benazir Bhutto, why we need to save Pakistan? I just read the head line of Time magazine. Does it mean Pakistan should be taken care or let chaos rule the Pakistan? Sometimes I feel international community let chaos rule the country so that in the shake of peace, they can control the country. Is international community equally interested in every unstable state? Obviously not. Our neighbouring countries Sikkim and Tibet have been swallowed by Asian super power India and China. Dalai Lama raised the voice, but nobody listened at that time. Now it has become a history, there is no more Tibet. We know very well the story of Sikkim. Now we have the biggest fear that Nepal is going to be the next Sikkim.
Pakistan itself is a powerful Asian nation which has a long history of military rule. Even now it's under military rule. Musharraf is using the treat of the extremist to prove his utility and still ruling the Pakistan. Why world needs to take care of this country? Do they want to bring democracy? No. They want to take care of nuclear power. Pakistan is the least stable nuclear country which has nuclear material for about 60 nuclear bombs. Pakistan has numerous militants group and chaos has flared across the country. And the worst thing, Pakistan shares the boarder with Afghanistan, where Al Quaida leader Bin Laden is hiding. So United States is in the first row to take care of this thing. Though its nukes are protected by 10,000 elite troops, it's hardly known where are those secret locations. That's why US special troops have trained for the worst-case scenario. If Pakistan goes into complete chaos and goes out of control of Mushharaf, U.S. troops will dash in to secure them.



January 9, 2008

गिरिजाको गिर्नु भएको अर्को कथा

तपाईले गिरीजा बाबूको आत्मब्रितान्त पक्कै पनि पढीरहनु भएको छ होला। कति गर्बका साथ उहां आफ्नो गैरकानूनी अतितको बर्णन् गरिरहनु भएको छ। यो कुनै जेल तोडेको कथा होइन। यो कुनै भिडन्तको बिबरण होइन। खान नपाएर रिक्सा चलाउन परेको, मजदूरी गर्न परेको कथा पनि होइन।यो कथा त जाली नोट छापेको कथा हो। कमिशन को लागि तस्करको सुन् भरिया बनेको कथा हो। हुंदा हुंदा उहाँ युरेनियम इज्राएल तस्करी गर्ने कार्यमा पनि संलग्न हुन खोज्नु भएछ। धन्न, बीपीले उंहालाई रोक्नु हुंदो रहेछ। "र" को मिलेमतोमा त्यत्रो बिमान अपहरणको योजना बन्दा समेत बीपीलाई सुंइको हुंदो रहेनछ।
क्रान्तीको लागि निस्चित रुपमा अर्थको जरुरत् पर्छ नै। तर यहि हो त क्रान्तीको लागि अर्थ संकलन् गर्ने तरिका? फेरि त्यस्ता तस्करहरु संग कसरी संगत भएको हो? सुनेको थिएं, ढुन्डीराज शास्त्रीको काम नै बनारसबाट जाली शैक्षिक प्रमाणपत्र ल्याउने र बेच्ने थियो। पछि उनी नै शिक्षा मन्त्री पनि बने क्यारे। प्रजातान्त्रीक् आन्दोलनको जग यस्तै अपराधले बनेको हुन्छ?
गिरिजा बाबूको त्यस्तो उपद्रोले गर्दा नै बीपीले दिक्क भएर भन्नु भएको होला-यो हवल्दार हो भनेर।
यो दूर्भाग्य हो की देश् अहिले देश तिनै हवलदारको कमान्डमा चलेको छ।
युरेनियम् जस्तो सम्बेदनशील पद्धार्थ, बीपीको संबन्ध दूरुप्रयोग् गरेर इज्राएल पठाउन खोज्ने आंट गर्ने कहांसम्मका उधुम मान्छे रहेछन् त यिनी। यस्ता ब्यक्तिले राज गरेको देशमा कसरी भ्रष्टाचार कम् हुन्छ? कसरी तस्करी रोकिन्छ? उल्टो खुम् बहादुर जस्ता ब्यक्ति दाङको बिश्व बिध्यालय शभामा बिशिस्ट ब्यक्तिको रुपमा नियुक्त भएका छन्।
"र" को सहयोगमा नेपालको बिमान अपहरण गरेको कुरा बताएर यिनले यो कुरा खुलस्त पारेका छन कि "र" का सबै भन्दा ठूला नोकर यिनै हुन। यस्ता बाट नेपाली राष्ट्रियता कसरी जोगिन्छ? भारतीय पक्षबाट संधै नेपाली भूभाग अतिक्रमण हुंदा, नेपाली जनता धपिंदा यिनलाई कुनै पिडा हुंदैन। पिडा कसरी होस्-"र" ले बिमान अपहरण गर्न सघाएर यिनलाई जो अपार गुण लगाएको छ। सायद त्यो बिमान अपहरण पछि यिनलाई कहिले पनि तेस्रो दर्जाको डिब्बामा कहिले यात्रा गर्न परेन।
कोइराला परिवारको अहिलेको श्रीसम्पत्ती सायद त्यही बिमान अपहरणको आम्दानीको फल त होइन? नेपाली कांग्रेसको इमान्दार कार्यकर्ताले त्यसको हिसाब किताब माग्नु भएको छ?
गिरीजाको आत्म ब्रितान्त पढन नेपाल साप्ताहीक हेर्नु होला।



भुत बनेको सम्बिधान सभा

देउताको जस्तो दर्जा पाएको सम्बिधान सभा हेर्दा हेर्दै भुत भएको देखियो। जस्ले त्यो उत्तम दर्जा दिएका थिए सम्बिधान सभालाई उनैले भुत बनाएर छोडे। अब भुतको केही काम छैन। जति सक्यो छिटो मन्छाउनु पर्छ। सम्बिधान सभाको कुनै औचित्य छैन। अहिलेको भारदारी हुकुमी संसदको पनि केही काम छैन। अबिलम्ब रोकिनु पर्छ यो दिन दिनैको भतेर।

राजाको काम देश चलाउने हैन। त्यो अधिकार पृथ्वी नारायण, बहादुर शाह जस्ताहरुलाई थियो तर बीरेन्द्र वा ज्ञानेन्द्र जस्ता राजाहरुलाई हैन। ज्ञानेन्द्र त कसरी राजा भए त्यो मैले बुझेको पनि छैन। राजाको भाई राजा हुने प्राबधान त्यो बेलाको संबिधानमा थ्यो थिएन त्यो मलाई थाह छैन।

पृथ्बी नारायण अनि बहादुर शाह जस्तालाई शाशनको अधिकार थ्यो मैले कुन आधारमा भनेको भने उनीहरु दरबारमा बसेर हुकुम मात्रै दिने साशक थिएनन। उनीहरुको जिबन करिब करिब युद्ध भुमीमै बित्यो। परिस्थिती आजको भन्दा धेरै फरक थ्यो। पृथ्बीनारायणको दुहाई दिएर ज्ञानेन्द्र राजगद्दीमा बस्ने कुरा मलाई चै ठिक लाग्दैन। हो जनताले "हुन्छ तिमी सासन गर भनेर जनादेश दिएछन ज्ञानेन्द्रलाई भने म त्यस्को आदर गर्छु"। तर जनताले के भन्छन त्यो त जनतालाई नै निर्धक्क भन्न दिनु पर्यो नी। भारदारी हुकुमी संसदलाई जनताको तर्फबाट कुनै निर्णय लिने अधिकार छैन।

आजको आबस्यकता भनेको सम्बिधान सभा हैन जनमत संग्रह हो। मुख्य मुद्दाहरुमा जनमत संग्रह गरियोस। त्यै जनमत संग्रहको चुनाबमा सांसदहरु पनि चुनिउन। जनमत संग्रहको नतिजा अनुसारको संबिधान बनाओस र पारित गरोस त्यै संसदले। यहाँ नेर मुस्किलको मुद्धा भनेको चुनाब क्षेत्र तोक्ने बारेमा हुन्छ। नेता भनाउँदाहरुको अदुरदर्शी र क्षणिक लोकप्रियताले निर्देशित नितीहरुले चुनाब क्षेत्र र निर्बाचन प्रणालीलाई जटिल परिस्थितीमा पुर्याएका छन। बिखण्डन उन्मुख संघिय संरचनाको वकालत गरेका छन। एकात्मक राष्ट्रवाद हैन संकुचित राष्ट्रवादलाई लोकतन्त्र र नयाँ नेपालको नारा बनाएका छन नेता भनाउँदाहरुले। यस्तो अधोन्मुख बिचारलाई उनीहरुले त्याग्नु पर्छ।

आर्थिक बिकासले मात्रै देशको बिकास सम्भव छ। सामाजिक समन्वयले आर्थिक बिकासलाई पछ्याउनु पर्छ। राजनैतिक नाराले देश बन्दैन। आर्थिक बिकासको लागि बाटो बनाउने सम्म हो राजनैतिक प्रणालीले। हाम्रा तथाकथित नेताहरु राजनैतिक प्रणाली नै सबै रोगहरुको संजिबनी हो भन्ने अलापमा छन। उनीहरुले कहिले चेत्ने हो कुन्नी।

देशमा अमेरीकाको जस्तो जन निर्बाचित सरकार प्रमुख हुनु पर्छ जो संसदको सदस्य नहोस। सांसदहरु केबल सांसद मात्रै हुन। सरकार प्रमुखले आफु खुसी मन्त्रीमण्डल बनाओस, जस्को अनुमोदन संसदले गरोस। बेलायतको जस्तो संसदिय हैन अमेरीकाको जस्तो अध्यक्षिय प्रणाली नेपालको लागि ठिक हुन्छ जस्तो लाग्छ मलाई।

तर सबै भन्दा पहिला जनमत संग्रह होस। जनताले निर्णय गरुन प्रमुख मुद्दाहरुमा। सातदलको निरंकुस सासनको अन्त्य नभए सम्म नयाँ नेपाल र गणतन्त्र अनि लोकतन्त्र जस्ता शब्दहरु केबल सातदल पुराणका भजनमालाहरु मात्र हुन। सातदलहरु बिजयता जस्तो डुक्रिन छोडेर आफ्ना गल्तिहरु स्विकारी जनता सँग माफि मागुन र गल्तिहरु सच्च्याउन। देश सबै नागरिकहरुको हो। स्वघोषित ठेकेदारहरुले जति छिटो महसुस गर्यो त्यति राम्रो। हाम्रो बाटो कठिन छ। चुनाबमा जान डराउनेहरुले आफुलाई जनप्रतिनिधी नभने हुन्छ। हार्ने डरले चुनाब हुन नदिने हो भने चुनाब कहिलेई हुन्न। बिना जनमत के लोकतन्त्र?