October 23, 2007

दौतारी सर्भर

साथी भाइसगैको जमर्कोले दौतारीको संगालोमा बाधिएको करिब २ साता बितेछ।यती समयमा २५-३० वटा लेख पस्किसकिएछ। उल्लेखनिय नै लाग्यो,हैन र ?यता बेव साइटमा रंग रोगन पोत्ने काम पनि धेरै गरियो। सुरुमा राखेको लोगो र अहिलेको लोगो आकाश जमिनकै फरक जस्तो लाग्दछ। सबै दौतरीको सहयोगको धेरै नै प्रशंसा गर्दछु।





Sale को मौका पारेर किनेको http://www.dautari.org,%20www.dautari.blogspot.com/तर www.dautari.blogspot.com/ मै समय बित्यो।तर यसको खासै उपयोग गर्न सकिएको थिएन,आज चाही यता उता गरेर त्यसको थान्को लगाएको छु। २४ घन्टा लाग्छ रे यसको असर देखिन,त्यस पछि http://www.dautari.org/ ले राम्रोसंग काम गर्छ होला। दशैले हो कि,लेखहरु यो साता त्यती थपिएन। हुन त भर्खर बामे सर्दै छौ,दौडनको लागी समय पक्कै लाग्ला तर एक हप्तामा ७-८ सयपटक झुल्किन भ्याएछ दौतारीले। उता sajha.com मा चाही औसी लागेको लागै भयो, dautar.org को सेन्सर हटाउन सकिएन। तर पनि सेन्सरमा प्वाल हुदा त्यसको उपयोग गरेको छु - कारण दौतारीको जानकारी त सबैलाइ दिनु पर्यो होइन र ? पुराना तथा नया दौतारी भएर दौड जारी नै राख्दछौ,दौतरीमा सामेल भएर हौसला दिंदै गर्नु होला।


October 22, 2007

परदेशमा दशै

बिदेशमा नेपाल धेरै दुख्छ,झन चाडबाड आए त मन नै नेपाल पुग्छ। यस्सो टिका लगाएर निस्कन पाएको छैन,इस क्युजमी यु ह्याभ ब्लड अन योर फोरहेड भन्छन,के भन्नी के भन्नी हुन्छ । यो पटकको दशै नि खल्लो भयो। बुवा,आमाको आशिष फोन बाटै लिइयो। तर पनि नेपाली जम्मा भएर नेपालकै जस्तै जस्तै रमाइलो गर्ने प्रयास गर्दा यस पटक अली भिन्न रह्यो । एक आपसमा टिका र जमरा लगाएर, शुभ-कामना साटा साट गरेर दशैलाइ रौनकता थपियो। मासु भातले मात्रै दशैं कांहा हुन्छ र ? तर यो अमेरीकामा कता गएर खेल्ने लिंगे पिंग ? अनि त त्यही मासु भातमा सिमित हुन्छ दशैं। धन्न बोकाको फ्रोजन मिट ग्रोसरी स्टोरमा पाइन्छ। तर काठ काट्ने कराउतीले काटेको मासु खादा खादा,काठ नै खाइयो कि जस्तो लाग्छ आजकाल त यो फ्रोजन मिट।

यस पटक भने अलि भिन्नै अनुभव रह्यो।पोहोर सालबाट पढाइ सकिएकाले होम्वर्क र प्रोजेक्टले थला पार्ने दशै यस बेला फुकार गोरु जस्तै भइयो। फुर्सतीलो समय खसी खोज्नमा लागें। अचम्मै!खसी,बोका,भेडा जे चाहियो,त्यही पाइदो रहेछ याहां। असन बजार जस्तै, पैसा भए जे पनि पाइने। तर त्यो खसी खाने मान्छेको त कालै कपाल हुदो रहेछ की क्या हो ? खसी किन्नेको भिड मेक्सिकन,भियतनामिज र केही नेपालीले भरिएको थियो। एकातिर रगत थाप्ने,अर्को तिर रौं फाल्ने अनि अल्ली पर भुडी सफा गर्ने,गाउंकै याद दिलायो मिनीसोटाको खसी बजारले। नवमीको दिन थियो।देबीको थान भए पो बलि दिनु,यो बधसालमा कता रगत चढाउनी? तर मंग(hmong)हरुले त त्यही पनि पुजा गर्दा रहेछन।हाम्रो मात्रै हो कि तिनीहरुको पनि हो दशै, तर तिनीहरुले बोकालाइ पानीले मन्छिदै, धुप बत्ती बाल्दै मार हानेका थिए। कोही कोहीले त गाडी पुजा पनि गरेका थिए। म खसीको भुडी सफा गर्दै यि सबै कुरा दंग परेर हेरेको थिए।
हामीले त यसो दशै यता उता गरेर भए पनि मनाउछौ,वालमार्टबाट माटो किनेर भए पनि जमरा राख्छौ,अबका पिडीले के गर्लान? धन्न टुटे फुटेको नेपाली सम्म बोल्छन। कस्तो मिठो तरकारी हुन्छ,इट स्टीन्क्स भन्छन। रोटे पिगं,लिगे पिगं त यिनीहरुलाइ त कथा नै हुन्छ।
अब त दशैलाइ पनि अमेरिकनाइज गर्नु पर्ला जस्तो भइसक्यो।

दशै आयो Maple फुल्यो
Enjoy गरौला।
Credit काहां पाउंला ?
Shop lift गरौंला ।
Shop lift भन्दा त बरु separate बसौंला ।



October 20, 2007

आफ्नै कथा

ठरकी धेरै पछी घर जाने तरखरमा थीयो । धेरै पछि घर गए पछी एक दुई हप्ता पनि नबसी के आउनु भनी ऊ के लाने के नलाने भन्दै सामानको लिष्ट बनाउन थाल्यो ।

उसले एकचोटी चारैतीर हेर्‍यो, उसलाई आफ्नो कोठामा भएको सबै कुरा आवश्‍यक लाग्यो अनी दुई कोठा सामानलाई कसरी दुई वटा सुटकेशमा अटाउने भनेर सोच्न थाल्यो । उसको नजर फेरी आफ्नो टेबुलमा राखेको "ईकोनमी क्लासको" ठिकट तर्फ पुग्यो। एयरपोर्ट र एयरलाईन्स का कर्मचारीलाई जे जसो भने पनि दुई वटा टीकट बाट उसले कुनै पनि हालतमा ४५ किलो भन्दा बढी सामान लान पाउने स्थीति थिएन ।

जा! बरु यो किताब कापी चाही केहि लान्न, त्यसै त घर जान लागेको त्यसमाथी पनि दशैको बेलामा यत्रा बिधि किताब कापी लगेर के गर्ने ? उसले आफ्नो किताब कापिलाई "प्याकिङ लिष्ट" बाट हटायो ।

तर खै त ? सामान त अझै निक्कै छ नी त ! यो २-४ किताब कापी हटाएर केहि भएन । अबको पालो उस्को नजर आफ्नो बुढीको लुगा फाटामा गयो " हैन तीमी घर गए पछी नफर्कने हो कि के हो किन सबै लुगा फाटा लिएर जादैँ छौ ?"

" कहाँ सबै हाल्नु ….. चाड बाडमा जान लागेको १,२ जोर लुगा त हाल्नै पर्‍यो नि बरु हजुर कै त्यो दुई दुई जोर सुट किन लान लागेको हो …. यसै त यता उता हिडदां मैलिन्छ त्यसमाथि पनि दशैंको टिका लाग्यो भने फेरि "ड्राई क्लिन" गराउनु पर्छ " बुढीले उल्टै आफै माथी आक्रमण गरे पछि ठरकी उल्टो सुटकेशबाट आफ्नै सुट निकाल्न बाध्य भयो, त्यसो त बिबादकै क्रममा ठरकिले पनि बुढिको दुई जोर सारी र यौटा स्वेटर पनि निकाल्यो।

त्यसो त ठरकिले ब्यागमा हाल्न तयार गरेको सामानमा बुढिको अरु पनि निक्कै अनावश्यक चीजहरु देखेको थियो तर फेरी त्यो "ईस्यू" उठाउँदा पून: आफ्नो सर्ट पाईन्ट पनि निकाल्नु पर्ने संभाव्य खतराले ठरकी चुप बस्यो ।

घरको बिबाद साम्य पारेर, दुई कोठा सामानलाई दुई सुटकेशमा 'कम्प्रेस" गर्न नसके पनि एयरलाईनसलाई बढी सरचार्ज नतिरी तोकिएको तौल भित्रै आफ्नो आधारभूत सामानलाई संकुचन गर्न ठरकी सफल मात्रै के भएको थीयो उसको कोठाको तारवाला र खल्तीको बेतारको दूरभाष एकै चोटी बज्न थाले । कुनै अनिशचित शंकाका साथ ठरकीले तारवाला लाई मतलव नगरी बेतारको साधन उठायो "हेलो !"

"…..ठरकी बाबु ! तपाई नेपाल जादैँ हुनुहुन्छ रे ?" उताबाट प्रश्‍न सोधे भन्दा "कन्फर्मेशन" माग्ने शैलीको आवाज आयो, ठरकी ले "हो" "होईन" केहि भन्न पाएकै थिएन "….हेर्नुस न मेरो यौटा सानो सामान थ्यो…" उताबाट अनुरोधात्मक आदेश आयो " ….दशैंको बेलामा लगिदिनु भए….." ठरकीको शंका सहि निक्लियो आफ्नै सामानको अदिकतम कटौति गरेर अति मितव्ययी यात्राको तरखरमा लागेको ठरकिले पनि "हुन्छ" वा "हुदैन" नभनि "हेरौंला नी !" भन्दै पहिलो कलबाट छुटकारा पायो ।

"हैन तिमिले हामी नेपाल जान लागेको कुरा सबैलाई भन्न भ्याई सक्यौकी के हो ? " अबको पालो आफ्नो बुढि माथी शंका जताउँदै ठरकीले प्रश्‍न गर्‍यो । "मैले किन भन्दै हिडंथेँ बरु तिमिलेनै आफ्ना नानाथरीका ब्लगबाट बिज्ञापन गर्‍यौ होला नी!...." बुढिले पनि आफ्नो स्पष्टिकरण संगै प्रत्यारोप गरीन"

एक पछि अर्को गर्दै "शुभकामना" को बहानामा DHL, UPS र अन्य कुरिएरको निशुल्क बिकल्पको रुपमा आफूलाई प्रयोग गर्न खोज्नेहरुको अनगिन्ती फोन आउन थालेपछि मात्रै ठरकीलाई यो कुराको ज्ञान भयो कि यो बिरानो भनिने देशमा पनि उसलाई चिन्ने र उसका नजिकका धेरै मानिस रहेछन ।

श्रीमतीको लागी मेकअप किट र स्याम्पु देखी बुढी आमाको ढाडको रोगको लागि मेडिकेटेड बेल्ट सम्म र सालीको लागी फेन्सी ड्रेस अनि कुनै नवजात शिशुकोलागी ईलोकट्रोनीक सेन्सरयुक्त डाईपर सम्मको अनुरोध र आदेस आए पछी ठरकी कींकर्तव्यबिमुढ भयो । सहयोग नै गरौं भने पनि कसलाई "ल" भन्ने कसलाई "नाई" भन्ने ।

एक मनले त सोच्यो आ ! होस आर्को सालाँ जाउँला नेपाल, तर गृह मन्त्रीको अगाडि केही चलेन ठरकीको। "हैन नजानु नै थियो त किन घराँ सबैलाई आउँछु भनेको त ?, याँ आफ्नो पनि जाने भन्ने मन भैसक्यो ….फेरि यसपाला नगए यस्तो सबैको अनूकूल कहिले आउँछ"

"अब के गर्ने त हेर ! औषधी लगिदे भन्नेको औषधी पनि के नलगिदिनु, औषधी लगिदिएपछि "बेल्ट" पनि लानै पर्‍यो, बेल्ट लगेपछि लुगा र लुगा लगेपछि स्याम्पू । "हैन बुढा ! लान्न भन्न मिल्दैन र भन्या….बुढीले कडक जबाफ दिई ।…… पोहर साल पनि जाने भन्दा भन्दै कुरा मिलेन, आर्को साल मेरो छुट्टी मिल्दैन …."

यता बुढा बुढीको गन्थन जारी थियो भने उता टेबुल माथिको तारवाला र खल्ती भीत्रको बेतार आ-आफ्नै धुनमा बजेका बजै थिए । "ठरकी दादा!" , "ठरकी भाई!!" "ठरकी बाबु!!—यत्ती मात्रै है" फोनबाट अझै भिन्न भिन्न भाकामा भीन्न भीन्न चिजको हल्कारा बनाउने प्रयाश जारी थियो।

"…. परार साल जान ठिक्क पर्दा सुतक लागेको खबर आएर जाने प्रोग्राम क्यान्सील गरियो…" बुढि भने अझै फतफताउँदैं थीई ।

बुढीको अन्तिंम वाक्यले ठरकीको मुहारमा चमक थप्यो, भर्खर सम्म "हेरौलां", "खबर गरौला नी" भन्दै आएको ठरकीलाई बुद्धत्व प्राप्त भएझै भयो । "आई लभ यू बुढी !" ठरकी ले बुढिलाई टाडै बाट प्रेम दर्शायो । भर्खर सम्म हकार्दै आएको बुढो एक्कासी खुशी भई रोमान्टिक भएको देखी बुढी पनि छक्क परी।

"ट्रिङ ट्रिङ ट्रिङ " टेबुल माथीको फोनले पून ठरकीलाई बोलायो "ठरकी दाई! तपाई दशै ताका नेपाल जउनु हुदैंछ रे हो …..?" उताबाट यौटा परिचित आबाजले समर्थनको ऊत्तर खोज्दै थियो " हेर्नुस न मेरो बुबाकोलागी यौटा …."

"जाने भनेको त हो के गर्ने …." ठरकीले बिचैमा कुरा टुङ्यायो "….. के गर्ने हिजो मात्रै घरबाट सुतक परेकोले यसपाला टिका नहुने खबर आयो …… अब टिका लगाउन नमिले पछि के को लागी जाने भनेर मैले त टिकट क्यान्सील गरें …..'
"ओहो …!" " ल ….त…." उताबाट "के?", "कस्को?" "कहिले?" भन्ने सामान्य औपचारीकता समेत पुरा नगरी फोन काटीयो ।

ठरकीले एकचोटी आफ्नो बुढी तर्फ नजर दौडायो… बुढीको अनुहारमा आश्‍चर्य र हर्ष मिस्रित अनौठो भाव देखीयो । " आई लभ यू टु ठरकी" बुढीले लजाउँदै ठरकीलाई अंगलो हाली ठरकी ठुलो बोझ बिसाएर बसेको जस्तै हल्का महशुस गर्न थाल्यो।


October 19, 2007

संविधान सभाको निवाचन पछि पनि नेपाल छ ।

भाग ३

नेपालको राजनैतिक दलको इतिहास पनि करिव एक शताव्दीको हुन लाग्यो । प्रजा परिषदले शुरुवात गरेको दलको अवधारण अहिलको समयमा साना ठुला गरेर सयौ को संख्यामा दलको स्थापना भई सकक छन । यदापी संसदिय इतिहास हेर्र्ने हो भने १० वटा दल पनि छैनन भने हुन्छ । प्रजातन्त्रको स्थापनाको लागि दलको लगानी जतिसुकै भएपनि वनाउन भन्दा भत्काउन सजिलो भने जस्तै राजनैतिक अस्थिरता निमत्याउन दलको ठुलै भुमीका छ । २०४६ सालको भन्दा पहिले को खासै चर्चा गर्न म चाहन्न । तर यस पछि राजनैतिक दलमा कंग्रेस र एमाले सवैलाइ उछेनेर ठुला दलको रुपमा रह्यो । हुनत राष्टिय कंगेसवाट नेपाली कंग्रेस भएदेखि यो पार्टी नेपालको सवैभन्दा पुरानो निरन्तर ठुलो पार्टीको रुपमा अगाडी वढयो । उता कंम्युनिष्टहरु फुटने जुटने हुदै आएपनि अन्तत नेकपा एमाले आफुलाई अर्को ठुलो पार्टीको रुपमा उभ्याउन सफल भयो ।

०४८को निवाचनलाइ हेर्दा देशको तेस्रो ठुलो दलको रुपमा रहेको संयुक्त जनमोचा मध्यावदी निर्वाचन संगै किनारा लाग्यो । तर राजाको र्समर्थकको रुपमा रहेको राप्रपाको स्तर केहि सुधारियो ।मधेशी भन्दै आएको सदभावना पनि स्थिर रहेको थियो ।

राजनैतिक पार्टीमा नेपाली कंग्रेसले २००७ सालको प्रजातन्त्रको लागी अग्रणी भुमीका खेलेको थियो। यसो त प्रजापरिषदका सदस्यहरुले राणा शासनको कडा विरोध गर्दा आफनो दर्जनौ सदस्यहरु गुमाएका थिए। उता कम्युनिष्टहरुले समेत सकिृय सहयोग गरेको थियो । यस पछी कंग्रेस र कंम्युनिष्टहरु २०४६ सालको जनआन्दोलन पूर्व कहिले सफल एकजुट हुन सकेनन ।प्रजातन्त्र र कम्युनिष्ट आन्दोलन वेला वेला मा भए। कंग्रेसको शसस्त्र आनदोलन होस वा कम्युनिष्टको टाउको काटने आन्दोलन सफलता एकजुट नभई प्राप्त गर्न सकिदैन भन्ने कुरा २०४६ सालको आनदोलन ले प्रष्ट पार्छ ।

मेरो विचारमा नेपालका कम्युनिष्ट नेता हरु पदको लोभी छन । अन्यथा सिध्दान्त र मार्गदर्शन एउटै हुदा पनि सयौंको संख्यामा पार्टर्ीीोलिनु नपर्ने हो । हरेक अधिवेशनवाट एउटा धार छुटिने र जोडने हुदा कम्युनिष्ट नेताहरु पदको लागि जे पनि गर्न तयार रहेको पाइन्छ । अर्को तर्फकेही कम्युनिष्ट नेता दरवारको नजिक रहेको आरोप सधै पाइ रहन्छन । दरवारिया कम्युनिष्टहरुले नेपाल काग्रेसलाई फुटाउन जति कोशिस गर्दा पनि काग्रेसका ३ नेता को कारण धेरै सफलता प्राप्त भएन । पुष्पलाल मनमोहन अधिकारी लगा्रएतका केही कम्युनिष्ट नेताका कारण कम्यृनिष्टले नेपालमा आफनो इतिहास जोगाइ राख्न सके जसलाई मदन भण्डारीको वहुदलिय प्रणालीको सिदान्तले अन्तत एमाले सफल वन्न मद्धत पुग्यो ।
हुनत काग्रेस नेतामा पनि पदको महत्व रहेको थियो । तर विपी को कुशल नेतृत्व अनि गणेशमानको संधर्षशिलता र कृष्ण प्रसादको रणनितीले कांग्रेस विखन्डन हुन सकेन । नेताले जनताको मनोभाव वुझेर नेतृत्व गर्नु पर्ने विपीको भनाइ सान्दर्भिक थियो । प्रसंग ०३६ सालको आन्दोलनले उग्ररुप लिन थाले पछि विपी आफैले त्यो आन्दोलन फिर्ता लिनु भयो । यसवारेमा कसैले विपीलाई गाली गरे पनि मेरो विचारमा त्यो सही थियो । नेता जनताको पछाडी हैन उसले त जनतालाई वाटो देखाउने पथपर््रदर्शक हुन पर्दछ । जुन विपीले त्यसवेला गरेका थिए भन्ने मलाइ लाग्छ ।

२०४६ साल पछिको स्थिती निकै भिन्न भयो ।पद र पैसाको कारण कुनै पार्टर्ीीाकी रहेन फुटनलाई ।देशका ठुला पार्टर्ीीभत्रको सक्ती सधर्ष र छोटो अवधीमा करोड पति वन्ने सपनाले नेतालाइ पछ्याइ रहयो ।

नेपाल ससस्त्र संधर्षतर्फवढनु पार्टर्ीीे हात ठुलै छ । छोटो समयमा असिमित चाहना भएका नेपाली जनता र सत्ताको दुरपयोग गरी धन कमाउने नेतृत्व वर्गको उदेश्य एउटै हुन सकेन । फलस्वरुप केही ले यसको फाइदा उठा्रए। मेरो व्यत्तिलगत विचारमा देश यो अवस्थामा पुग्न क्रमश कांग्रेश र एमालेले नैतिक जिम्मेवारी लिन जरुरी छ । २०४६ साल पछि लामो समय सरकारमा रहेको नेपाल कांग्रेस र प्रतिपक्षमा रहेको एमाले दुवैले राष्टिय स्वार्थमा उठन सकेनन ।त्यत्रो लगानी गरेर आएको प्रजातन्त्र खुरुक्क लगेर राजालाई वुझाउने काम दलहरुले नै गरेका हुन - क्रमश घ


October 18, 2007

शुभ-कामना





संपु्र्ण पाठक सम्कक्ष दौतारीको तर्फबाट शुभ बिजया दशमीको उपलक्षमा हार्दीक मंगलमय शुभकामनाका साथै दिर्घायु तथा उत्तोरत्तर प्रगतीको कामना गर्दछौ।


October 17, 2007

सानो नेपाल

बर्गमिटर हेर्ने हो भने पनि नेपाल त सानै छ। झन ति ठुला ठुला चिन र भारतको बिचमा तचेप्टीएर बसेको छ। पृथ्वी नारायण शाह उहिले जन्मेको भएर तरुल भने,अहिले जन्मेको भएस्यान्डविच भन्थेहोलान। माखाको पित्त भन्दा सानो भए पनि आफ्नो देशको माया त जहां गए पनिहुन्छ। बिदेशमा बसे पछी त झन माया बढ्दो रहेछ। त्यसैले त प्राय अमेरीकामा बस्ने नेपालीको भीत्तामानेपालको झन्डा हुन्छ। ह्या मिनीसोटामा त झन एक जना दाइले घरकै कम्पाउन्डमा नेपालको बडेमानकोझन्डा फरफराएका छन। नेपालमा त झन्डा फरफराउन मन्त्री नै बन्नु पर्छ क्यारे । एक पटक को कुरो हो,तारा नाथ राना भाट,पहिलेका सभामुख,एक पटक मन्त्री भएका थिए। कांग्रेसमा ३६ तिरे लागेर खोइ कताहो जादै थिए बाटैमा मन्त्री पद खुस्केको खबर आएछ।त्यस पछि बाटैमा हतार हतार झन्डा निकालेछन।देश त मन्त्रीले ठेक्कैमा लिएको जस्तो, घाटा नाफा सबै ठेकदारलाइ। त्यसो भए अनि चुनाव चाहि टन्डर होला । साच्चै नेता त ठेकदार नै हुन कि क्या हो,त्यसैले त अन्तरिम संसदमा लिलाम बडा बड गरेर सिट बांडेका । लिलाममा पनि एमाले र माओबादीको झन्डै हिसाब नमिलेको! यस्ता हुतीहारा नेताको कुरो के गर्ने,भारतको रौ संग डराउछन,झन भारतले म्याउ गरे त फेन्ट नै हुन्छन होला।
नेतालाइ गाली गरे त सि.के लाल जस्ता भेट्रानले भांडा माझ्ने भन्लान। उनलाइ त भारतीयकै गुलाम गरेको मन पर्छ क्या अनि त उदाहरण पनि अमेरीकामा आएर केही नपाएर त्यही इन्डियन बफेकै कुरागर्छन। कति नेपालीले भारतिय संग कम्पिट गरेर सफलता हात परेको कथा कस्ले भन्दियोस,दिमागमा त त्यहीकरिशमाले सब बे मा स्यान्डविच पोको पारेको खबरले भरिएको छ। कान्तिपुरले नि के गरोस,त्यस्तै हिन्दी फिल्म स्टाइलको ढ्यास ढुस खबर नलेखे पत्रीकै बिक्दैन। अनि त सिकेहरुले अमेरीकामा भाडा माजेको नदेखे के देख्छन त ? झन्डै ओसियन सिटी पुगेनछन,नत्र अमेरीकामा रोटे पिगं खेलाउने देखी पिज्जा पकाउने पनि नेपालीले नै गर्छन भन्थे होला। ह्या हजारौं हजारको ट्युसन बिल तिनको घर बाट पठाइदिन्छन ?कि तिनले प्लेनको टिकट काटेर पठाएका थिए र भाडा नमाज्नु ? त्यही भाडा माज्न पनि २० घन्टा भन्दाबढि पाइदैन,बडो गुड्डी हाक्दा रैछन अमेरीका घुमेर ! अझ फाटा फट हात चलाएर भाडा माजेको थक थक लाग्छ रे, त्यसो भए माओबादी बनेर भटा भट गोली हानेको मन पर्छ होला ?
जि.आर.इ राम्रो गरेर बल्ल बल्ल एसिस्टन्ट सिप पायो, पे चेक बुझ्ने बेलामा त भारतीयको भन्दा कम! सानो देश भनेर थोरै पैसा दिनी हाम्लाइ भनेर करायो,तलब बाड्ने बुढि इन्डिएको ब्यपार सन्धी छ अमेरीकासंग पो भन्छे। नेपालको छैन रे त्यही भएर प्रत्यक पे-चेकबाट २५ डलर थप ट्याक्स काटेको। अनि त ति नेतालाइ गाली नगरे पुजा गर्ने त ? च्याटमा गाली नगर्ने रे ? त्यसो भए त्यो २५ डलर बढि तिर्नु पर्यो भनेर नेपालै बन्द गर्नु पर्ने होला ।
हो ब्रेन ड्रेन भाको हो। तर नेपालमा अस्पताल,बिध्यालय,कारखाना बन्द भएका त छैनन नि?भएकालाइ त काम छैन,अब बिदेशमा गएकालाइ गाली गरेर बस। २० जना मान्छे मागे २०,००० आबेदन पर्छ बिजुली अफिसमा,अनि नबिदेसिए तिनै नेताको भजन गाएर बस्नु त नेपालमा ? प्रसाद जति तिनै नेतालाइ,कार्यकर्ता फोकटमा भक्तजन। अब मान्छे एक किसींमको पशु हो भनेर पनि तिनलाइ दर्शन नै पढ्न पर्दो रहेछ, चोरेर पास गरेकि क्या हो ५ कक्षामा ? त्यही त लेखेको छ नि मानिसलाइ जनाबर जस्तै खाने बस्ने आवस्यक्ताहुने हुदा मानिस पनि एक किसिमको जनाबर हो भनेर। लौ यिनीलाइ फेरी पाच कक्षामा भर्ना गरिदिनु पर्यो।नत्र फेरी जाजरकोटमा माओबादीले भत्काएक झोलुगें पुल मर्मत गर्न पुग्लान। आचि गर्ने पनि आफै,सफा गर्ने पनि आफै,गए हुन्छ जाजरकोटमा पुल मर्मत गर्ने। मर्मत त गरौ आफ्नै पाखुराले,फेरी गोरो छाला संग हात फिजाएको सुन्न नपरोस।
खास त मैले सानो नेपालको बारेमा लेख्न खोजेको,तर साझामा सिकेको लेख टासेछन,कुरो अन्तै गयो। अब सानो नेपालको बारेमा अर्को पटक लेख्ने छु।
क्रमश: