October 17, 2007

सानो नेपाल

बर्गमिटर हेर्ने हो भने पनि नेपाल त सानै छ। झन ति ठुला ठुला चिन र भारतको बिचमा तचेप्टीएर बसेको छ। पृथ्वी नारायण शाह उहिले जन्मेको भएर तरुल भने,अहिले जन्मेको भएस्यान्डविच भन्थेहोलान। माखाको पित्त भन्दा सानो भए पनि आफ्नो देशको माया त जहां गए पनिहुन्छ। बिदेशमा बसे पछी त झन माया बढ्दो रहेछ। त्यसैले त प्राय अमेरीकामा बस्ने नेपालीको भीत्तामानेपालको झन्डा हुन्छ। ह्या मिनीसोटामा त झन एक जना दाइले घरकै कम्पाउन्डमा नेपालको बडेमानकोझन्डा फरफराएका छन। नेपालमा त झन्डा फरफराउन मन्त्री नै बन्नु पर्छ क्यारे । एक पटक को कुरो हो,तारा नाथ राना भाट,पहिलेका सभामुख,एक पटक मन्त्री भएका थिए। कांग्रेसमा ३६ तिरे लागेर खोइ कताहो जादै थिए बाटैमा मन्त्री पद खुस्केको खबर आएछ।त्यस पछि बाटैमा हतार हतार झन्डा निकालेछन।देश त मन्त्रीले ठेक्कैमा लिएको जस्तो, घाटा नाफा सबै ठेकदारलाइ। त्यसो भए अनि चुनाव चाहि टन्डर होला । साच्चै नेता त ठेकदार नै हुन कि क्या हो,त्यसैले त अन्तरिम संसदमा लिलाम बडा बड गरेर सिट बांडेका । लिलाममा पनि एमाले र माओबादीको झन्डै हिसाब नमिलेको! यस्ता हुतीहारा नेताको कुरो के गर्ने,भारतको रौ संग डराउछन,झन भारतले म्याउ गरे त फेन्ट नै हुन्छन होला।
नेतालाइ गाली गरे त सि.के लाल जस्ता भेट्रानले भांडा माझ्ने भन्लान। उनलाइ त भारतीयकै गुलाम गरेको मन पर्छ क्या अनि त उदाहरण पनि अमेरीकामा आएर केही नपाएर त्यही इन्डियन बफेकै कुरागर्छन। कति नेपालीले भारतिय संग कम्पिट गरेर सफलता हात परेको कथा कस्ले भन्दियोस,दिमागमा त त्यहीकरिशमाले सब बे मा स्यान्डविच पोको पारेको खबरले भरिएको छ। कान्तिपुरले नि के गरोस,त्यस्तै हिन्दी फिल्म स्टाइलको ढ्यास ढुस खबर नलेखे पत्रीकै बिक्दैन। अनि त सिकेहरुले अमेरीकामा भाडा माजेको नदेखे के देख्छन त ? झन्डै ओसियन सिटी पुगेनछन,नत्र अमेरीकामा रोटे पिगं खेलाउने देखी पिज्जा पकाउने पनि नेपालीले नै गर्छन भन्थे होला। ह्या हजारौं हजारको ट्युसन बिल तिनको घर बाट पठाइदिन्छन ?कि तिनले प्लेनको टिकट काटेर पठाएका थिए र भाडा नमाज्नु ? त्यही भाडा माज्न पनि २० घन्टा भन्दाबढि पाइदैन,बडो गुड्डी हाक्दा रैछन अमेरीका घुमेर ! अझ फाटा फट हात चलाएर भाडा माजेको थक थक लाग्छ रे, त्यसो भए माओबादी बनेर भटा भट गोली हानेको मन पर्छ होला ?
जि.आर.इ राम्रो गरेर बल्ल बल्ल एसिस्टन्ट सिप पायो, पे चेक बुझ्ने बेलामा त भारतीयको भन्दा कम! सानो देश भनेर थोरै पैसा दिनी हाम्लाइ भनेर करायो,तलब बाड्ने बुढि इन्डिएको ब्यपार सन्धी छ अमेरीकासंग पो भन्छे। नेपालको छैन रे त्यही भएर प्रत्यक पे-चेकबाट २५ डलर थप ट्याक्स काटेको। अनि त ति नेतालाइ गाली नगरे पुजा गर्ने त ? च्याटमा गाली नगर्ने रे ? त्यसो भए त्यो २५ डलर बढि तिर्नु पर्यो भनेर नेपालै बन्द गर्नु पर्ने होला ।
हो ब्रेन ड्रेन भाको हो। तर नेपालमा अस्पताल,बिध्यालय,कारखाना बन्द भएका त छैनन नि?भएकालाइ त काम छैन,अब बिदेशमा गएकालाइ गाली गरेर बस। २० जना मान्छे मागे २०,००० आबेदन पर्छ बिजुली अफिसमा,अनि नबिदेसिए तिनै नेताको भजन गाएर बस्नु त नेपालमा ? प्रसाद जति तिनै नेतालाइ,कार्यकर्ता फोकटमा भक्तजन। अब मान्छे एक किसींमको पशु हो भनेर पनि तिनलाइ दर्शन नै पढ्न पर्दो रहेछ, चोरेर पास गरेकि क्या हो ५ कक्षामा ? त्यही त लेखेको छ नि मानिसलाइ जनाबर जस्तै खाने बस्ने आवस्यक्ताहुने हुदा मानिस पनि एक किसिमको जनाबर हो भनेर। लौ यिनीलाइ फेरी पाच कक्षामा भर्ना गरिदिनु पर्यो।नत्र फेरी जाजरकोटमा माओबादीले भत्काएक झोलुगें पुल मर्मत गर्न पुग्लान। आचि गर्ने पनि आफै,सफा गर्ने पनि आफै,गए हुन्छ जाजरकोटमा पुल मर्मत गर्ने। मर्मत त गरौ आफ्नै पाखुराले,फेरी गोरो छाला संग हात फिजाएको सुन्न नपरोस।
खास त मैले सानो नेपालको बारेमा लेख्न खोजेको,तर साझामा सिकेको लेख टासेछन,कुरो अन्तै गयो। अब सानो नेपालको बारेमा अर्को पटक लेख्ने छु।
क्रमश:


October 16, 2007

मैले बुझेको माओबादी। भाग २

मैले बुझेको माओबादी। भाग २।

धेरैले सुनेको पनि होला, न सुनेको पनि होला। यदु गौतम माओबादीको हातबाट सेरिनुको कथा।गौतम जी माओबादी त्यागेर एमालेमा प्रबेश गरेका ब्यक्ति हुन्। माओबादी भित्रका आन्द्राभूडि सबै थाहा भएका।उपचारको सिलसिलामा शिक्षण अस्पताल बरोबर धाउनु पर्ने भएका कारण महाराजगंज, शिक्षण अस्पताल नजिकै डेरामा बस्नु हुन्थ्यो। एक दिन बिहानै गौतम जीले निर्मल निवासबाट निस्कदै गरेका महा काम्रेड भेट्नु भएकै कारण मारिएका हुन रे।।त्यस पछि गौतम जी ले यो कुराको जानकारी माधव नेपाल जीलाई दिनु थियो रे। मारिनु भन्दा केही दिन अगाडि यदु गौतमले श्रीमती तीर्था गौतमजी लाई, आफु मारिन सक्ने जानकारी गराएका थिए रे।

हुन त यस्तो कहानी सबै सत्य हुनै पर्छ भन्ने छैन, तर यहाँहरुले पनि बुझे हुन्छ, एमालेका केन्द्रीय स्तरका नेताहरु संग। यस्तै मिल्दो जुल्दो कहानी बताउने छन्। पक्कै पनि हावा न चली पात हल्लिएको छैन।

यसरी नै सशस्त्र प्रहरीका आइ जी क्रिष्ण मोहन श्रेष्ठ मारिए, एका बिहानै मर्निङ् वाक हिडिराखेको बेला, कुसुन्ती छेउमा।यो घट्ना हुनु को केही दिन अगाडि मात्र, गुप्तचरबाट महा कामरेडहरु काठमाण्डौमै छन् भन्ने रिपोर्ट गरेका थिए। जानकारी प्राप्त हुना साथ आफै पछि लाग्दा त्यो महा कामरेडहरु चढेको गाडी निर्मल निवासमा प्रबेश गरेको भेट्टियो रे।त्यसको केही दिन मै उहाँलाई गोली हानियो।यी सबै मैले एमालेका जिम्मेदार नेताको मुख बाट सुनेको हुं।

कांग्रेसका राम् चन्द्र पौडेलले भनेका थिए, माओबादीहरुको माइबाप निर्मल निवासमा बस्छन् भनेर, हावामा उडाए धेरैले।हुन त यी कहानीहरु कुनै पनि राजनैतिक बाद,शिद्धान्त र स्वाभाबिक बहाब संग मेल न खाला। तर मित्रहरु, नेपालको राजनीति र घट्ना क्रमहरु कुनै पनि प्रतिपादित थ्योरी संग कहिलेइ मेल खाएको छैन र खाने पनि छैन। किन कि हाम्रो नेताहरु र राजनीति बाहिर र भित्र एकै कहिलेइ भएन। बाहिर जे देखिन्छ, त्यो भित्र छैन।जसले चर्को स्वरमा भारतको बिरोध गर्छ, त्यसले त्यति नै मात्रामा भारतको माना चामल खाएको हुन्छ।क्रान्तिकारी देखिनेहरुले जनतालाई भ्रान्तिमा राखेका छन्। क्रमश:

संविधान सभाको निवाचन पछि पनि नेपाल छ ।

भाग २

मैले उल्लेख गरेको ३ शक्ती मध्ये पहिलो शक्ती राजाको वारेमा आज विचार गरौ । २४० वर्षो शाह वंशको इतिहासमा म अरुको धारणको केही तर्क मान्ने पक्षमा छैन । शुरुका केही वर्षएकिकरणको नाममा युद्धमा केद्रित थियो ।अनि सत्ताको लागि संधर्षभन्दै १०४ वर्ष राणा शासन को गणितिय हिसावलाई म राजाको प्रत्यक्ष शासन अवधीको रुपमा मान्ने पक्षमा छैन । २००७ सालको प्रजातन्त्र र १०१७ साल पछीका ३० वर्ष २०६१ साल पछिका २ वर्ष राजाको प्रत्यक्ष शासन अवधी हो । यति अवधीमा नेपालमा राजतन्त्र वलियो वन्ने प्रत्यक्ष अवसर मिल्यो ।

सैनिकलाई शाही सैनिकको रुपमा विकसित गरि त्यसको परमाधिपती रुपमा राजा भए पछि राजाको शक्तीले आकास छोयो । दोस्रो जनआन्दोलन पछि राजाको शक्तीमा केशी हृास आएपनि पर्ण हटिसकेको छ भन्ने मलाइ लाग्दैन । एकापटी सेनामा रहेको राजा प्रतिको आस्थामा कमि आएको छ जस्तो मलाइ लाग्दैन । अर्को तर्फराजाका र्समर्थक नै छनैन भन्ने पनि होइन । राजा ज्ञानेनद्रको व्यापारिक कौसलता र युवाराज पारसको चरित्रको कारण वर्तमान राजा प्रति जनता लाई वितृष्णा लागे पनि अझै एउटा ठुलो जमात राजाको र्समर्थक रहेको मेरो अनुमान छ । यो जमात सात दलको गठवन्धन भित्रै रहेको छुपेको छैन ।

राजा हटाउने कुरा गर्दा हामी सजिलै समस्या सकिने तर्क गछौ । तर यो दुभाग्य पुर्ण तर्क वाहेक केही हुन सक्दैन । हाम्रो मुलुकको अवस्थामात्र नहेर्ने हो भने क्याम्वोडियामा पुन राजा फकाएको घटनालाई उदाहरण लिउ । नेपालको भुतरातल र राजनैतिक परिवेश हेर्दा राजाले निवासनमा पनि उतिकै चलखेल गर्ने छन भन्ने मेरो राय हो । ठुलो क्षेत्र भारत ले ओगटेको र खुला सिमाना सधै नेपालको लागि खडकिन सक्छ । माउवादीलाई धारमा ल्याउदा देशमा शान्ती हुन्छ भन्ने तर्क अहिले र्सार्थक छैन । झनै जातिय राजनितिको चपेटामा नेपाल परेको छ । यसैले यदी राजालाइ सदाको लागी नेपालवाट हटाउने हो भने के नारा मात्रले हुन्छ । यसको पछि पर्ने असरको वारेमा वेलामा नै सचेत हुनु आवश्यक छैन? जनताले चाहेमा राजतन्त्र हटदैन भन्ने होइन तर परिणम र त्यसको समाधमाको उपाय के त -
क्रमश

प्यारमा इमान हुनेको


प्यारमा
इमान हुनेको सधैं सुन हीराको हार हुँदैन प्यारमा,
बेइमान नगरे कसैको कहिल्यै हार हुँदैन प्यारमा
तोडेर तोडिने काँचो धागो होइन चोखो माया,
जब जून तारा दिने झुठो उपहार हुँदैन प्यारमा

तन हेरी तर मन न जुराइ गांसेको प्यार हो भने,
अमर प्रेमको कुनै सार्थक उपसंहार हुँदैन प्यारमा।

हृदयको आकृती अनि आबृती दुबैको एकै हुने हुन्छ,
अनन्त जीवन यात्रा भरिको साथ भार हुँदैन प्यारमा


October 15, 2007

टिका नलाउं

आमा
यो दशैमा म टिका लाउन्न
मलाई आशिष नदेऊ शत्रुलाइ जित्नु भनेर
अहिले आफ्नै दाजु भाइ शत्रु हुदैछन ।

मलाइ खसि किन्न नपठाऊ
म खसि काटेको हेर्नै सक्दिन
आजकाल मधेसतिर मान्छे काट्दैछन।

भो अब मुक्तीनाथ पनि नजाउं
त्यो त अर्कै दैश भैसक्यो
अर्को जिल्लाकालाई आजकाल बाटो छेक्दैछन।

खराब कुरा चर्को बोलेर मुखिया अनि
लोकतन्त्र शब्दकोशमा शब्द थपेर
मान्छेहरु बिद्वान बन्दैछन ।

आमा तिमी पनि स्लोक फेर
टिकामा लोकतन्त्र ल्याउ
संविधान सभाको चुनाब सरेकोले
हामी टिका नलाउं ।

संविधान सभाको निवाचन पछि पनि नेपाल छ ।

सवै जना संविधान सभा तर्फकुदी रहेको वेला तेस पछिको विषय उठाउन तार्किक हुन सक्छ वा सक्दैन त्यो त म भन्न सक्दिन तर के सविधान सभा नै नेपाल र नेपालीको अन्तिम लक्ष्य हो र - यस पछि नेपाल को स्थिती के हुने त्यो वारे वेलामै सोच्नु आवश्यक छैन र ? के नेपालमा संविधान सभाले सवै समस्या समाधान गर्न सक्छ ?

सविधानको वारेमा सवैलाई थाह छ । तर कानुन को विधार्थी को नाताले भन्नु पर्दा सविधानले सवै कुरा समेटन सक्छ भन्ने मलाइ लाग्दैन । संविधानको मुल मर्म यसको प्रस्थावनाले वताउने भएता पनि केही नितिगत विषय वस्तु भन्दा अरु सविधान सभाको उदेश्य हुन सक्दैन । मौलिक अधिकार राज्यका सम्रचना को स्वरुप निति र संविधानको वाधा अडचन फुकाउने केही विषय वस्तुमा वाहेक अरुलाई प्रस्तावित संविधानले समेटने अवस्य छैन ।

चाहे संसारको सवै भन्दा सानो संविधान भएको अमेरिका होस वा सवै भन्दा ठुलो संविधान भएको भारत अथवा सविधान नंै नभएको वेलायत , राज्यको मुल कानुन संविधान भन्दा ठुलो प्रतिवद्धता हो भन्ने मेरो व्यक्तिगत विचार हो । प्रजातन्त्र पछिको संविधान २०४७ किन सफल हुन सकेन हामीले कहिले सोचेका छैनौन ।राष्टिय स्वार्थ भन्दा व्यक्तिगत र पदिय स्वार्थ रहे सम्म कुनै सविधान पनि दिगो हुन सक्छ भनि म मान्न तयार छैन । यति खेर अष्टिनको भनाइ सान्दर्भिक होला कानुन सम्प्रभुको आदेश हो । वोलीमा जनता र्सव शक्तीमान भनिएपनि केही व्यत्तलीले सत्ता को खेलमा जनताको कुनै औचित्य राख्दैनन । उदाहरुणको लागि धेरै पर नजाउ के २०४६ को जनआन्दोलन को मर्म यति छिटै कुठाराघात होला भनि हामीले सोचेका थियौ र - यस विषयमा पनि लेख्न त मन थियो तर आजको विषयको मुल उदेस्य यो होइन यस वारे पछि लेख्ने छु ।

नेपालको विभिन्न शक्तीमा दल माउवादी राजा जनता जे भनेता पनि वाहृय शक्ती को यो भन्दा ठुलो भुमिका रहेको छ । यहा वाहय शक्ती को वारे कुरा उठाउन छोडने हो भने पनि जनताको नाममा उठेका नेपालमा अहिले सम्म ३ शक्ती छन । प्रजातान्त्रीक शक्तीमा आधारित दल हरु ,राजा अनि हतियार लिइ सधर्षवा क्रान्ती लाई मुल नारा दिने शक्ती । अहिले राजालाई एक्ल्याएर सातदलको गठवन्धन शक्तीलाई मात्र शक्ती को रुपमा व्यख्या गर्नु भविस्यमा ठुलो भुल हुन सक्छ । सविधान सभा ले निमाण गर्ने नया संविधानले राजतन्त्र विहिन नेपाल त वनाउला तर के दिगो शान्ती उपलव्ध गराउला यस वारे सोच्नु आवश्यक छ । खुला सिमाना र २४० वर्षो इतिहासलाई कसरी तह लगाउन सकिन्छ अहिले सम्म कुनै दलले स्पष्ट पार्न सकेको छैन । दोस्रो जनआन्दोलनको वल नेपाली जनता हो भने पनि राज संस्था जरै वाट उखेल्नु पर्छ भन्ने माउवादीको भनाइ र गर्राई अवस्य मेल खादैन । वन्दीलाई भत्ता दिएको भनि र्सार्वजनिक स्थलमा राजालाई दिएको वजेटको ढाकछोप गरिए पनि वजेट दिन संसदले रोक्ने प्रयत्न गरेर । सम्पति राष्टियकरण गरेका भनि दरवार राष्टियकरण गर्दा आम नेपाली झुकिए झै सवै नेपाली अवस्य झुकिदैन । नोटवाट राजाको तस्विर हटाएको ध्वागं फुके पनि नोटमा हुने पानी छापमा राजाको तस्विर हटेन । अनि जति राजा फाल्ने नारा दिएता पनि संविधान सभाको चुनाव नै हुन नसक्नु अरुको स्वार्थलाई वुझन टाढा जानु पदैन ।

क्रमश