ई मान्छे कट्टरवादी माओवादी नेता मोहन वैद्य हुन् । वैद्य बनेर मान्छे झुक्याउन खोजे पनि ई खास प्युठाने पोखरेल हुन् । यिनले संस्कृतमा आचार्य पढेका छन् । पढाइ अनुसार पण्डित भएर सप्ताह, प्रवचन र धर्मकर्मका कुरा गर्न पर्ने यी आचार्य खूंखार कम्युनिष्ट बने । काठमाण्डूमा पढ्दा, संस्कृत पाठशालाको निशुल्क भात,वास र भत्ता उपयोग गर्दै , त्यतिबेला निशुल्क पाइने रसियन र चाइनिज प्रकासनका कम्युनिष्ट पुस्तकहरू यिनले पढ्न सिके । एउटा पास लिएपछि, चाइनिज दूतावासमा खेलकूद , विशेषत: , ब्याडमिण्टन खेल्न पाइन्थ्यो । हो, यिनले त्यही गर्ने गर्थे ,कुनै बेला ।
ई माओवादी नेता माओवादी हिंसात्मक युद्धकालको पछिल्लो समयमा भारतीय जेलमा थुनिएका थिए । माओवादी शान्ति प्रकृयामा आइसकेपछि मात्र उनी रिहा भए । माओवादी नेता प्रचण्ड र उनको परिवार तथा बाबुराम लगायत कतिपय नेताहरू , हिंसा कालका दिनहरूमा पनि भारतमा निर्वाध र बेरोकटोक आश्रय लिएर बसेका थिए र हिँडडुल गर्ने गर्थे । तर , यीनी र यिनका वफादार चेला मानिने सी पी गजुरेल भने भारतीय जेलमा बन्दी थिए । यसो हुनुमा उनीहरूको के विश्वास थियो भने बाबुराम माओवादी भित्र भारतको पक्षमा काम गर्ने नेता हुन् त्यसैले उनैको सुराकमा वैद्य र गजूरेल जेलमा कोचिएका छन् तर बाबुरामहरू स्वतन्त्र र निर्भय घुम्दै छन् । यो कुरा , बाबुरामको शैक्षिक उचाइ र त्यसले निर्माण गरेको व्यक्तित्वप्रति रिस राख्ने हरू माओवादी ठिनामिना नेतामा भर्न पनि वैद्य कम्पनी सफल भएको छ । अर्को तिर संस्कृत र नेपाली भाषामा मात्र दक्ष यिनी लगायत कतिपय माओवादी नेतामा बाबुरामको आधुनिक शिक्षा माथिको दखल र यही बाटोबाट चिनिएको उनको व्यक्तित्वप्रति असाध्यै ठूलो आह्रिस राख्ने गर्छन् ।
मोहन वैद्य स्वयंमा पार्टीको नेतृत्व गर्न सक्ने मान्छे भने हैनन् । कोठे वैठकमा आफ्नो गुटका युवाहरूलाई हौस्याउनु तथा तिनै