एस.एल.सी तहको महेन्द्र मालामा कुनै समय एउटा लेख थियो - अन्तिम भोज। ४-५ कक्षा छंदा मामाको पूस्तकबाट त्यो लेख पढ्ने मौका मिलेको थियो। बिजय मल्लको उक्त लेखमा लेखक अन्तिम भोजमा सरिक भएको आफ्नो अनुभव बाढेका छन। लेखमा अर्को दिन घाम उदाउन पूर्व संसार नष्ट हुंदै थियो, त्यसैले हरेक राष्ट्र प्रमुख एउटा यस्तो बिशाल भोजमा सामेल हुंदै थिए जुन अन्तिम भोज थियो। संसार अन्तय हुनुमा तिनीहरुमा कुनै पिडा थिएन। उनीहरु सबै भोजमै मस्त थिए। यसमा लेखक निकै दुखी देखिन्थे। मानौ संसार अन्त्य हुनुको पिडा भोग्ने त्यो भोजमा तिनी एक मात्रै थिए। भोजको प्रकार पढ्दा यस्तो लाग्दथ्यो संसार अन्त्य हुने कुरा तिनीहरुलाई पहिलै बाट थाहा थियो। त्यसैले अन्तीम भोज यसरी तयार गरिएको थियो की त्यो भोज हरेक कोणबाट इतिहांसका सबै भोजलाई माथ गर्ने खालको होस।
March 17, 2014
February 27, 2014
धमिराहरु
Ashok Aryal
धमिरा हरु कमिला जस्तै हुँदैन्न
कमिला हरु धमिरा जस्ता हुँदैन्न
मिहनत एकता को पराकाष्ट संसार
आर्को ध्वंम्स बिनाश को संन्जाल
धमिरा जब जब घर को ढोका म लाग्छ
सुन्दर माटो को कलात्मक लेपन लगाउछ
त्यो घर को खाबो नढले संम्म ।।
.............................. ..........
धमिरा हरु कमिला जस्ता हुँदैन्न
श्रीजनाको आवरण भित्र
बिनाश को रुपान्तर धमिरा को स्वभाब हो
सुन्दरता को भ्रम भित्र कुरुप्ताको गुण हो
धर्म नै उस्को ध्वंश अराजता हो
परिवर्तन को असार दर्कदा
धमिरा हरु कमिला हुँ भन्छन
सुरक्षित अबतरण खोज्छन
.............................. ..
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
February 21, 2014
निर्मोही
यौ आँफैले निर्मोही बनेर !
सक्दिन उभिन अब चट्टान बनेर !!
बदनाम भएँ म जिउंदै मरें ,
अरु के दियौ र प्रेमिका बनेर !
चर्किन्छ मुटु तिम्रो सम्झनाले ,
अनि बहन्छ आँशु बाढी बनेर !!
छुटें तिमि बाट म तिम्रै मायाले ,
वतासले उडाको कसिंगर बनेर !
यायावर आत्म बोकेको मान्छे ,
कहाँ बाँच्न सक्छु म भीष्म बनेर !!
- प्रयास
जर्मनी
सक्दिन उभिन अब चट्टान बनेर !!
बदनाम भएँ म जिउंदै मरें ,
अरु के दियौ र प्रेमिका बनेर !
चर्किन्छ मुटु तिम्रो सम्झनाले ,
अनि बहन्छ आँशु बाढी बनेर !!
छुटें तिमि बाट म तिम्रै मायाले ,
वतासले उडाको कसिंगर बनेर !
यायावर आत्म बोकेको मान्छे ,
कहाँ बाँच्न सक्छु म भीष्म बनेर !!
- प्रयास
जर्मनी
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
February 13, 2014
मन मुटुमा छ्यौ तिमी
मन मुटुमा छ्यौ तिमी, गुलाफमा किन साटनु?
अन्तर भाब बुझे पछि, भाषण चै किन छाटनु?
देखाएर वा लेखाएर, बिज्ञापनमा टांग्न पर्दैन
मनमै भए'छि माया, शब्द भित्र किन बाटनु ?
आस्था श्रदा विश्वाश ,जब सम्म दिगो हुन्छ
बिथ्यामा उपहार, संगै केक किन काटनु ?
बिना धडकन मुटु , तिमी बिना तेस्तै म
जेछु म यस्तै त छु ,तिमिलाई किन ढाटनु ?
जुन तारा होइन ,दुख्दा तिमी साथ हुन्छु
मायामा गर्न नसक्ने, कुरालाई किन आटनु ?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
छिमेकमा अझै काला अंग्रेजको राज बाँकी छ
मनु ब्राजाकी
छिमेकमा अझै काला अंग्रेजको राज बाँकी छ ।
नेपालअको बाघ मर्ने अझै रिवाज बाँकी छ ।
बेचीसक्या रै'छ अब खोज्नु कहाँ आफ्नो सिमाना ?
औंठाछाप,पन्जाछाप राखेको दराज बाँकी छ ।
झूठो इतिहासजस्तै साहित्यका पाना पनि छन,
चिन्तन गर्न हामी सँग कुहिएको प्याज बाँकी छ ।
लोकतन्त्र भन्दा पनि भोकतन्त्र आज फस्टायो ,
लाम लागि जुठोपुरा खान यै कबाज बाँकी छ ।
नयाँ बन्ने छाँट छैन ,पुराना छन नयाँ रंगमा,
छोरा ,गुण्डा ,देशद्रोहीहरुकै समाज बाँकी छ ।
नेपाली हुँँ भन्ने गर्ब कतै पनि आज रहेन,
आँखा चिम्ली बसेका छौं , यत्ती हाम्रो लाज बाँकी छ ।

" अलमल को यात्रा " - १
संविधान सभा-२ को सफल निर्वाचन पश्चात् आम नेपाली जन मानसमा जुन आसा र अपेक्षा कांग्रेस - एमाले बाट गरेका थिए ठ्याक्कै त्यसको विपरीत दिशामा पार्टीहरु को क्रियाकलाप केन्द्रित भईरहेको छ. पहिलो संविधानसभामा भएको लज्जाजनक पराजय बाट भर्खरै बौरिंदै नेका अनि एमाले फेरी उही पुरानो सत्ताको छिना झपटी मै सम्पूर्ण ध्यान केन्द्रित गरीरहेको छन् ! यो भन्दा ठुलो दुर्भाग्य अरु के हुन् सक्छ ! साँच्ची नै यस्तो बेला मा खाँचो पर्दो रहेछ राज नेता को , मान्छे ले अनायासै सम्झिने रहेछन राजनीतिको घेरा बाट हरायर गइ सकेकाहरु लाई ! बि पी , गणेशमान, मदन भण्डारी, किसुनजी अनि गिरिजाबाबु जस्ता रास्ट्र लाई एउटा दिशामा मोड्न सक्ने युग पुरुषहरु यो देश मा पनि जन्मे कै हुन् ! आज हामी संग सामान्य नेताहरु मात्रै छन् औसत दर्जाका, तिनीहरु मध्ये पनि धेरै त् तल्लो दर्जा मै राख्नु पर्ने जस्ता पनि छन् , प्रचण्ड , बाबुराम, बामदेव ,शेरबहादुर, गच्छेदार जस्ता लाई नेता भन्नु पर्ने नेपालीको बिडम्बना कसले पो बुझ्छ र अनि बुझेर नै पो के हुने हो र ? वर्तमानमा नेपाल लाई केन्द्र विन्दुमा राख्ने नेताहरु एउटा दुइटा हुन् ति पनि आफै दरो खुट्टा टेकेर उभिन सक्छन जस्तो देख्न छोडियो !
राज्यले राजनेताको माग गरि रहेको छ जस्ले वर्तमानको दोबाटो बाट मुलुक लाई सुरक्षित तवरले डोर्याउन सकोस ! तर हामी कहाँ तिनै थोत्रा पटक पटक परीक्षण भैसकेको स्वाभिमानबिहिन बसी अनुहारहरु को थुप्रो मात्रै छ ! परीक्षण हुन् बाँकि २ वटा सामान्य अनुहार छन्, तिनीहरु पनि दल भित्रकै गुट उपगुट मा जेलिएका छन् ! ३६से ७४रे बाट सुरु भएर तान्त्रिक-संस्थापन हुँदै ४०से र ६०मा आइपुगेको छ नेपाली काँग्रेस ! सरकारको मोर्चा देखि पार्टीको मोर्चा मा समेत पटक पटक निकम्मा साबित भएका देउवा आफ्ना
राज्यले राजनेताको माग गरि रहेको छ जस्ले वर्तमानको दोबाटो बाट मुलुक लाई सुरक्षित तवरले डोर्याउन सकोस ! तर हामी कहाँ तिनै थोत्रा पटक पटक परीक्षण भैसकेको स्वाभिमानबिहिन बसी अनुहारहरु को थुप्रो मात्रै छ ! परीक्षण हुन् बाँकि २ वटा सामान्य अनुहार छन्, तिनीहरु पनि दल भित्रकै गुट उपगुट मा जेलिएका छन् ! ३६से ७४रे बाट सुरु भएर तान्त्रिक-संस्थापन हुँदै ४०से र ६०मा आइपुगेको छ नेपाली काँग्रेस ! सरकारको मोर्चा देखि पार्टीको मोर्चा मा समेत पटक पटक निकम्मा साबित भएका देउवा आफ्ना
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Subscribe to:
Posts (Atom)