April 28, 2013

प्रचण्ड र छिमेक भ्रमणको हुण्डरी !


प्रचण्डको चीन र भारत भ्रमणले विशेषतः माओवादी पार्टी र नेतृत्वका कारण क्रमशः अस्थिरता र भग्नतातर्फ खस्किँदो र भत्किँदो देशको भाग्य कायापलट नै हुने हो कि भन्ने भ्रम छर्न 'माओ' विद्वानहरू उद्यत रहेका छन् । यो काममा माओवादी छापादेखि युग पाठक नामका माओविद्वान र नागरिकका किशोर नेपालसम्म खटिएका छन् । एउटा दल विशेसका असाध्यै अस्थिर चरित्र र व्यवहारयुक्त नेताको यस्तो प्रयास देख्दा र यही मतलाई पत्याउने यही मतका  पाठक र जनता पनि यो मुलुकमा रहेको हुँदा यो हाम्रो सोचको दारूण अवस्था नै मान्नु पर्छ ।

अहिले मुलुकमा हिजोको जस्तो कुनै राजा, सेना , बहुमत प्राप्त दलको नियन्त्रण बाँकि रहेन । छिमेकीहरूलाई पनि थाहा छ, नेपालको परिस्थिति अझै केही वर्ष स्थिरताको बाटोमा जाने छैन किनभने , कांग्रेस र एमाले जस्ता लोकतान्त्रिक दलहरूको अपेक्षाकृत शान्त राजनीतिलाई हुल्लड र आतंकका सौदागरहरूले बन्धक बनाएका छन् । नेपालको पहाड र हिमालको जनमत बराबर रूपमा बाँडिएको छ र मधेश निर्णायक भएर कसैको बहुमत बन्न सकिरहेको पनि छैन, जुन भारतले चाहन्छ । छिमेकीलाई थाहा छ, नेपालको स्थिरता र शान्तिको ग्यारेण्टी गर्न नसके पनि अशान्ति र उथलपुथलको अभियन्ता बनेर नेपाललाई अधकल्चो बनाउन नेपाली माओवादीहरूले प्रशस्त काम गरिरहेका छन र गरिरहन सक्छन् । तिनलाई कुनै तरिकाले इङ्गेज गरिरहनु पर्छ । यही उद्धेश्यले माओवादी पार्टीले नियोजित रूपमा पार्टी फुटाएर २ वटा बनाएको छ र एउटालाई उपद्रो गर्न प्रयोग गर्न मिल्ने 'मिलिसिया' को रूपमा 'रेडि' पोजिसनमा राखेको छ । यो माओवादी पार्टीको त्यो foil  हो जस्लाई आवश्यकता अनुसार प्रयोग गरी राज्यलाई अस्त व्यस्त पार्न सकिन्छ । यो


March 28, 2013

बाबुरामको लेगासी ।


मलाई सधैँ लाग्थ्यो बाबुराम भट्टराई नेपाली राजनीतिको एउटा घमण्डी, ढोँगी र आडम्बरी पात्र हुन् । केही नेपालीहरू उनलाई नेपाली मसिहा बनाएर चित्रण गर्न लागि परे । तर बाबुराम त्यो माओवादी पार्टी जसले नेपाली समाजमा सबैभन्दा खतरनाक र निम्न कोटीको हत्या हिंसाको बीऊ रोपेर समाजलाई रगत पच्छे पारेर निर्मम् प्रहार गर्‍यो त्यही पार्टीको सबैभन्दा जिम्मेवार नेता मध्ये एक थिए भन्ने कुरा मान्छेले कति सजिलै र छिटै बिर्सन चाहे । बाबुरामले आँफूसंग असहमत हुने हरूको कत्लेआम  हिंसालाई अझै नाजायज नभनेको कुरा मान्छेले सजिलै बिर्सन चाहे । लमजुङ् दूराडाँका निहत्था शिक्षक मुक्तिसर र हजारौँ फरक विचार राख्ने मानिसहरू  लाई झूण्ड्याएर,  गोली ठोकेर वा अंगभंग गराएर मारिएको घटनालाई आवश्यकता ठान्ने बाबुराम सभ्यताका कुन मापदण्डले राजनीतिमा अरूभन्दा बढी योग्य पात्र हुन् मान्छेले खोज्न चाहेनन् । सामान्य गाउँमा हुर्केको , पढे लेखेको अनि शहरिया रवाफमा मातेकी अर्ध-नारी पुरुषको छवी बोकेकी  गैर जातीय अभिमानी नारी बिहे गरेका र स्त्रिद्वारा दमित बाबुराम स्वयंमा एउटा कुण्ठाका विम्व हुन् भन्ने कुरा मान्छेले बिर्से  । हिजो उनले लाखौँ गरीब र पछौटे नेपाली


प्रेम पाएमात्र पढाइ सप्रन्छ

‘मान्छेलाई बाँच्नका लागि एकचिम्टी बल, एकचिम्टी आधार र एकचिम्टी प्रेम चाहिन्छ,’ आदिकवि भानुभक्तको यो भनाइजस्तै मानिसमा उर्जा सञ्चारको काम प्रेमलेमात्र सम्भव छ ।
उर्जा मानिसमा लागि नभइ नहुने चिज हो । आफैँभित्र रहेको शक्ति प्रयोग गर्न पनि हामीलाई विशेष प्रकारको उर्जाले काम गर्नुपर्छ नत्र हामी आफैँमा रहेको शक्ति र आफैँलाई चिन्न सक्दैनौँ । हामी आफूमा भएको क्षमता आफैँ पत्ता लगाउने अवस्थामा नपुगुन्जेल हाम्रो क्षमताको मुल्याङ्कन अरूले गरिदिनुपर्छ । हामीभित्रको उर्जा अरूले देखाइदिनुपर्छ । कवि भूपी शेरचनले भनेजस्तो भएका छौ हामी ।
....हामी आफूखुसी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाइदिनुपर्ने,
हामी आफूखुसी कहिल्यै छुट्टिन नसक्ने 
कसैले छुटाइदिनुपर्ने...


सग्लो आकृति


कोर्दैछु एउटा सग्लो आकृति
घोलेर मानिसका रंगहरु

हरेकका आखाँबाट टिप्नु छ यौटा रंग
हरेका अधरबाट खिच्नुछ यौटा चित्र
मुस्कान होला कतै कतै
बग्रल्ती पाइएला निरासा नी
चम्किलो भेटिएला केहि केहि
धमिला उस्तै आइलाग्लान्


March 13, 2013

लोकतन्त्रको बन्ध्याकरण

नेपालमा पटक पटक आन्दोलन गरेर राज्यव्यबस्था फेर्ने गरेका राजनीतिक पार्टीहरूले लोकतन्त्र आएपछि
जनता ढुक्क हुन सक्ने अबस्था आएको जिकिर गरेको दशक नपुग्दै लोकतन्त्रको बन्ध्याकरण गरेका छन।
कहिले राना त कहिले राजालाई दोष थोपार्दै देश माथि जान नसकेको व्याख्यान गर्ने पार्टीहरू आफै आफैंमा
झगडा गरेर अन्ततः देशका प्रधान न्यायाधीशलाई देश सुम्पिएका छन। बाटोमा भेटिएको कुराउनी बाँडेर खान
नसक्ने टाटे र पाङ्ग्रे बिरालाले ढेडु बांदरलाइ बराबर बाँड्न लगाउँदा सबै कुराउनी ढेडु बांदरले खाएको पुरानो
लोक कथा नेपालका पार्टीहरूले ब्यबहारमा ल्याएर चरितार्थ गरेका छन।

जनताले चुनेका जनताका छोरालेमात्र देश चलाउन सक्ने भन्दै सबै पार्टीहरुले मिलेर भारतबाट लोकतन्त्र आयात गरेका थिए। तर अहिले न त गाउं,जिल्लामा चुनाबबाट आएका मान्छे छन न त देश चालउने प्रधानमन्त्रीको कुर्चीमा। सबै पार्टीहरु मिलेर देशलाई निकास दिन चुनाब गर्नुपर्नेमा पार्टीहरु बिच न त बिस्वास छ न त सहकार्य। आखिर भोलि भोली भन्दै सहमतीको भजन गाउने मुख्य पार्टीहरु साना दलहरुलाई मिच्दै आफ्नो असमर्थताको लँगौटी प्रधान न्यायाधीशलाई सुम्पेर लोकतन्त्रको बन्ध्याकरण गरेका छन।



February 7, 2013

सिसा त रैछ जिन्दगी

सिसा त रैछ जिन्दगी , फुट्यो बजारै मा 
नबन्दै भत्क्यो नाता , टुटयो बजारै मा 

अस्तित्वको भीख दुनिया सँग माग्दा माग्दै 
आँखा अगाडी जिन्दगीले , लुट्यो बजारैमा 

उराठ पतझड बस्ती भित्र , रंग भर्दा भर्दै 
भाग्य कोर्ने कलमनै , फुट्यो बजारैमा

सिसा त रैछ जिन्दगी , फुट्यो बजारै मा 
प्रभात नै नआई , अन्धकारले छोप्यो बजारैमा


प्रभात
-----
भियना