January 15, 2013

गरौंला स्वागत

प्रकाश सापकोटा

गरौंला स्वागतको तयारी हजूर
कहिले हुने हो सवारी हजूर

ध्वजाले सजाउँला यो मनको मझेरी
फूलबुट्टे गलैंचा पसारी हजूर

नबोली नबोली चलेको चल्यै छ
आँखा र आँखाको जुवारी हजूर

के नाता लगाउनु दोधारै दोधारमा
बनौ कि पियारा-पियारी हजूर

मुसुक्क हाँसे त बस्थें म कुरेर
दिलैको ढक्कन उघारी हजूर


January 13, 2013

यो एउटा कथा हो

तपाईँले कथा सुन्नु देख्नु भएको होला। पर्दामा देखिने कथाको शूरुमै भनिएको हुन्छ यो काल्पनिक हो,
कसैको जिबनसंग मेल खाएमा संयोग मात्र हुनेछ। तर यांहा कुरा गरिन लागिएको कथा काल्पनिक होइन ।
त्यसैले संयोग बस कसैसँग मिल्ने जाने संभावना छैन,यो कथा सरासर एक जना पत्रकारसँग मिल्न जान्छ।
करीव १० बर्ष पहिले घटेको यो घटना अहिले पुन ताजा भएर आएको छ।
कलमको सहारामा जिबन गुजारा गर्ने एक पत्रकारलाई राजनीतिक युद्धको निसाना बनाइयो। उनी निसानामा
मात्र परेनन्, परिवार र समाजसित कहिल्यै नफर्कने गरी जमिनमा अन्त्य गरियो।  मरेपछि पनि
समय समयमा यी पात्रलाई ब्यूँताउने गरिन्थ्यो। कहिले पत्रकारले आफ्नो पक्षमा खडा गर्थे त कहिले
नेता पक्षले आफ्नो पकड देखाउने उनको भूत उठाएर तर्साउँथे। उनी त मरेर गए, तर उनलाई मार्नेले कहिल्यै
सजाए भोगेनन्। उनका परिवारले कहिल्यै न्याय पाएनन्। न्याय त धेरैले पाएका छैनन तर कानुनको घेरामा
परेका अपराधी पनि अनेक बाहानमा निर्दोष साबित हुँदै यही समाजमा फर्केका छन। यसरी अपराधीको
मनोबल त बढ्छ नै, मरिनेका परिवार यस्तो लाचारी कानुनी प्रक्रिया देखेर मरे तुल्य हुन्छन्।  परिवारको
आशा हुँदो हो, एकपटक अपराधी समातिएला,सजाएको भागि दार बन्ला र मरेको आत्माले शान्त पाउला।
तर  उनीहरुसंग मरेकाको आत्म शान्त पार्न तर्पण पानी बाहेक केही हुदैन।
माओवादी जनयुद्धमा मारिएका हजारौं कथा मध्ये २०६१ साउन २७ गते मरिने पत्रकार डेकेन्द्र थापाको कथा
हो यो। यो कथा छापामारद्वारा मारिएका अन्य ब्यक्ती भन्दा फरक छैन। अपराधीले सजाय पाउने संभावना
पनि उतिकै न्यून छ। जुन पार्टीले उनलाई सिद्यायो उही नै सरकारको कुर्चीमा बसेको छ। मुखियाको छोरोलाई
सजाए दिने भनेर कस्ले मुख खोल्ने। त्यही अबस्था छ अहिले। उनका हत्यारालाई सजाए भए उनको आत्माले
पक्कै शान्ति पाउने थियो,उनका परिवारलाई एक किसिमको पीडाबाट मूक्ती हुनेथियो। उनको आत्माले
छिटै शान्ती पाओस भन्नका निम्ती कान्तीपूरमा छापिएको उनको कथा तपाईहरू बिच बाड्न चाहान्छु।


कुन देवको पूजा गर्ने

बसन्तमोहन अधिकारी

कुन देवको पूजा गर्न कुन मन्दिर जान्छौ मान्छे

तेत्तीसकोटी देवहरुमा कुन सत्य मान्छौ मान्छे

गीता सार मान्छौ भने अब्यय एक देव साथमा

पण्डितको झुटो कथामा ढुङ्गाको देव छान्छौ मान्छे

अंग भित्र मन बसेछ, मन भित्रको चेतना हेर

आत्मा रुवाई ढुङ्गा पुजी के को फल खान्छौ मान्छे

मन्दिर धाएर दुःख बीच अशान्ति भै रुन्छ मान्छे

अकर्मलाई कर्म मान्दै असत्य बाटो धान्छौ मान्छे

एकै ईश्वर तिमी भित्र सुख शान्ति यो आत्म दिन्छ

पुजारीको चक्रव्यूहमा झूटा देव चाहन्छौ मान्छे


December 20, 2012

सपनाको देशमा सपना टुटेको छ

नबिन मालाकार

गाउँमा वदली हुँदा मेरी आमा आकाश तिर हेरेर,
धारे हात लाउँदै "अब कुन पाखा लान्छस् ?" भनेर बिच्कन्थे ।
खोला साँध परेको खेत, आधा बगेर पारीपट्टी चरन भएको थियो ।
नत पारीकाले दाबी गर्न सके नत हाम्रो हक लाग्यो !
म भने बादल हेरेर खुब रमाउँथे
बादलले लिने आकार हेरेर दंग पर्थें र
बादलको हात्ति चढेर कल्पनाको संसारमा डुबीरहन्थे।
"यो मोरा कति ट्वाल्ल परेर बस्न सक्छ?"
"बादल हेर्ने मान्छे हुस्सु हुन्छ "
मैले बादल हेर्न छोडीन। मेरो घैटोमा घाम लागेन।
आज म बर्षैभरि घाम लाग्ने ठाउँमा छु
तर यहाँ बदलि हुन्न। निलो आकाशतिर टोलाउँछु केवल रिक्तता पाउँछु ।
मानिसले मानिसलाई मानिस नगन्ने यो मरुभूमिमा
आकार बुन्ने र सपना देख्ने मेरो सहारा, बादल, कतै भेटिन्न ।
सपनाको देशमा आएपछि, सपना बुन्ने मेरो क्षमता टुटेको छ ।
 
नबिन जी को ब्लगको लागि http://nabinkm.com मा जानुहोला.
 


December 9, 2012

तारा खस्दा

"खलानको मान्छे"
 
संगै हुँदा कतिपए कुरा हरु भुले हो ला
घुर्काएको याँद आयो फकाउन भुले हो ला ।।
तारा खस्दा आकाश मा उनकै खुशी माग्छु किन ?
सुन् चादी होइन मैले प्यारले फुल दिए होला ।।
सिमेन्टको जङलमा भर्भराउदो बैश ढल्यो
पसिनाले नुहाँहुदा सपनिमा देखे हो ला ।।


फुलको मन्झरिले यहा न-बिच्काको होइन
मनको तरेलिमा उनै बयली नखेलेको होईन
यादै यादको छाँया उडि बादल बन्छ गगनमा
आफैलाई भुले कती सधै उनलाई सम्झे होला ।।
 
 


November 14, 2012

मान्छे र घाम

बसन्तमोहन अधिकारी
 
मनमोहक, सुन्दर
रातो लाली
धर्तीको आँगनमा
स्वतन्त्र स्वाधिनता बिच
टुकु टुकु अघि बढ्दा
सबै लोभीन्छन्
छुन लालहित हुन्छन्
तिमी मलाई
भोलीको आँड भरोसामा
कतै ढोक्छन्
कतै चुम्छन्
हाम्रो वालपन
सुखै सुखमा बित्यो
हाम्रो आगमन
समयको चक्र
यो जवानी
अतृप्तहरु
आफ्नो राग मेट्न
स्वतन्त्र स्वाधिनताको रगंमा
समाहित भैदिन्छन्
धिप धिप
आज होकी भोली
कसले ताप्ने,
निभ्न लागेको आगो
डुब्न लागेको घाम
अन्ततः
स्वार्थी दुनियाँ
थाहा नदिई भाग्छ