July 8, 2011

गाउँखाने कथा ४८ (Nepali #Gaukhane #Katha)

अपडेट: गाउँखाने कथा ४८ को सहीउत्तर हो: ढोका

उत्तरको प्रयास गर्नुहुने सबैलाई धन्यबाद।
---------------------------------------------------------
सप्ताहान्तको समय पारेर नेपालीलाई मनपर्ने गाउँखाने कथा लिएर हाँजिर भएको छ।


दिनभरी ताकाताक, रातभरी खापाखाप , के हो?

यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।



June 26, 2011

सपनाको राजधानी र गजलको माहौल

यात्री शेखर

फोटो राखेर सुतेपछि सिरानीमा सपनी देखिनँ नभन्नु ।
मनको बलेँसीमा कुल्चिएर पनि आँगन टेकिन नभन्नु ।
हो तिमीले दिएकी छ्यौ, मैले पिएको छु मर्म तिम्रो,
दुई शबद कोरेर दिइ सके पछि चिठ्ठी लेखिँन नभन्नु ।
उनका यी शेरको निक्कै तारिफ भयो एउटा गजलमय जमघटमा । झापा, मोरङ्ग, सुनसरीमात्र हैन काठमाण्डौ देखिका गजलकार भेला भएका थिए शनिबार इटहरीमा । त्यही माहौलमा हो सिताराम सुचारुका यी गजल शेरको तारिफ भएको । सुचारुको गजल संग्रह सपनाको राजधानी विमोचनको बाहनामा भएको जमघट गजलमा गतिलो जम्यो ।
तिमीले पठाको चिठ्ठीमा खाम थिएन ।
कुनै पनि हरफमा मेरो नाम थिएन ।
कस्तो लेख्छौ प्रमी, खै कस्तो लेख्छौ,
तिमीले लेखेको शब्दको कुनै काम थिएन् ।
यस्तै यस्तै
कतै मायाका शेरहरु कतै राष्ट्रियताका भावहरु अनि कतै विकृति र विसंगती बिरुद्धका प्रहार केही जिवनका मुल्यहरु समेटेका शेरले भरिपुर्ण सपनाको राजधानी विमोचन कार्यक्रममा पनि यस्तै गजलहरु वाचन भए अरुबाट । काठमाण्डौको ब्यस्ततामा बिरामीका कथा ब्याथासंग परिचित डा निरज भट्टराईको यो अभिब्यक्तिले तिनै भावनालाई मलजल पुर्याउँछ ः
सिङ्गै आकाश पिँजडामा राख, चरा रमाउदैन ।
चराले आकाश हैन, पिँजडा मन पराउदैन ।
जस्ले यो गीत सुनेको छ त्या बहिरो भएको छ, तैपनि यो गीत नसुनी यहाँ कोही निदाउँदैन ।
भर्खरै सकिएको राष्ट्रिय कविता महोत्सवमा तेस्रो भएका बाबु त्रिपाठी र राबत दुवै उत्तिके जमे इटहरीको कार्यक्रममा बाबु त्रिपाठीले आफ्नो गजल सुनाए यसरी
बाढी घुम्दै आयो अरु केही गरेन् ।
सबथोक बगायो अरु केही गरेन् ।
मेरो घरमा आएर चराले पनि,
आफ्नो घर बनायो अरु केही गरेन् ।
काठमाण्डौबाट आएका मनोज न्यौपानेका गजल पनि उत्तिकै दमदार थिए । यता मोरङ्ग सुनसरी र झापाका गजलकार झन
के कम हुन्थे र जे वी थुलुङ्गको गजल गयक साजन राइले गाए, सिताराम सुचारुको गजल सुजाता विष्टले गाइन उसैगरी । टिका अत्रेय, तीला लेकाली, पुनम अधिकारी, इश्वर लम्सालले आफ्ना
गजल सुनाए स्वरको जादु देखाउदै सबैको भन लोभ्याएर ।
कार्यक्रमको अर्को रमाइलो थियो हेमन यात्रीको सञ्चालन । उनले बा आमाले खाएको रक्सी लागेको देखि जिव्रो लटपटिने कुरा झिकेर उपस्थितहरुलाई हसाइ रहे हसाइ रहे । सर्जकको रचनामा उनले दिने प्रतिक्रियाले पनि हाँस्न बाध्य पाथ्र्यो कुनै वेला । त्यसैमा रमाइलो थपियो अर्को । कवि कृष्णभुष्ण बलले गाए जेवी थुलुङ्गको गजल साजन राइ जसरीने त्यसवेला सबै जना चकित भए बलको स्वर सुनेर ।
विरेश राई, कृष्णउदाशी, एकराज दोसाँध, हेमसागर तिम्सिना, करुणा राईका गजलले पनि वा वाही पाए । मिश्र बैजयन्तीले सपनाको राजधानीलाई गरेको टिप्पणीमा सबै एकमत भएका थिए । उनको प्रस्तुतीलाई सबैले मन पराएको आभाष पाउन कसैलाई गाह्रो भएन किनकी उपस्थित सबैले त्यो मन पराएका थिए ।
अन्त्यमा बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल र कवि मनु मन्जिलका प्रस्तुती कायृक्रमका लागि बढी बजनदार बने साहित्य र गजल पारखीका लागि उनिहरुले गजल र कविताको विशिष्टता प्रष्ट्याए उदाहरण सहित । इटहरी नगरपालीकाको सास्कृतिक भवनमा भएको कार्यक्रममा चार घण्टा वितेको पत्तो नपाउदै सकियो कार्यक्रम तर पनि अझै धेरै गजलकारहरु आफ्ना सिर्जना सुनाउन नपाएर बिच्कीए भन्दै थिए कार्यक्रम सञ्चालक हेमन ।



June 21, 2011

गजल

यात्री शेखर
मैले आकाश खसाउँनुछ, र त गजल लेख्छु ।
आँधी, बतास बसाउँनुछ, र त गजल लेख्छु ।

घाम जुन रातदिन, किन लुकामारी खैल्छन् ?
दुवै जालमा फसाउँनुछ, र त गजल लेख्छु ।

आजकाल देख्छु यहा, मानवियता टुक्रदैछ,
उस्मा संवेग पसाउँनुछ र त गजल लेख्छु ।

अरु हैन आफैबाट, सकिदैछ मान्छे यहाँ,
विकृतीहरु भसाउँनुछ, र त गजल लेख्छु ।

आ आफ्नै चोटब्यथा, दुःखी रा’छ सबै मान्छे,
हरेकलाई हसाउँनुछ, र त गजल लेख्छु ।


June 19, 2011

कल्की

शिव प्रकाश

केही दिनअघि तर धेरै दिनपछि शाम्भवीको फोन आयो ।

"
शार्दूल म बेलाबेलामा अतीतका ती फाँटमा त्यसैत्यसै डुल्न पुग्छु । हामीले टेकेका ती डोब टेक्दै हिड्छु अनि त्यहाँ त्यही तिमीलाई देख्छु । त्यही भएर आज पनि फोन गरेकी अर्थात तिमीलाई सम्झेर ।"
मैले भने-
"शाम्भवी तिमी र ममा यही फरक अझै बाँकी छ । तिमी बेलाबेलामा सम्झन्छौ तर म कहिल्यै विस्रन्न । कहिल्यै नविसे्रपछि सायद सम्झीहरनु नै पर्दैन !" केहीबेर हाँसोमा परिणत भएर हाम्रो सम्वाद सकिन्छ ।
शाम्भवीसँग मेरो एकप्रकारको सम्मानित सहवास थियो । आत्मियता र मित्रताको
आवादीमा फैलिएको हाम्रो सहवासमा स्नेहका नाता साइना र सम्बन्धहरु थिए तर उसँग मेरो केही छैन । न कुनै नाता-सम्वन्ध न आत्मियता न मित्रता ! यी केही नहुँदा पनि मेरो मानसपटलमा बसेको शाम्भवीको सम्झनालाई उसले प्रतिस्थापित गर्दैछे । शिलामा खोपिएकाअक्षर जस्तै मेरो स्मरणमा खोपिएर बसेकी छे त्यो केटी ! शाम्भवीलाई कहिल्यै नबिसे्र जस्तो अब उसलाई म कहिल्यै नबिस्रने भएको छु
त्यो केटी ! कति खुशी छे आफैंमा ! नितान्त नौलो त्यो आयतीत पनमा ! सापटी
लिएको सँस्कारमा ! तिर्नु नपर्ने गरि ग्रहण गरेको त्यो उधारो सभ्यतामा ! यी सबैलाई उसेले जीवनशैली बनाएकी छे । ठीकै पनि छ । जीवन अरुका लागि साँच्ने भए पनि आफू खुशी बाँच्ने हो ।
म कसैको जन्मदिनको एउटा सानो जमघटमा छु । अमेरिकामा
"वर्थ डे" मनाइए पनि नेपाली सँस्कार र परिकार प्रसस्त छन् । भित्र अर्को कोठामा उ बोल्दै छे । केटाहरुको झुण्ड छ उ उभिएकी छे । मेरा आँखालाई उसले आफूतिर बारम्बार तानीरहेकी छे । मेरा जस्तै हरेक आँखाहरु उसमा ठोक्किएर एकछिन् रोकिएका छन् । अनि मेरा जस्तै हरेक निख्खर आँखा उसलाई निहाल्न वाध्य छन् तर त्यो केटीको आभारुप सामू मेरा आँखा धेरैबेर टिक्न सकेनन् ।
उसको आदिमरुपको आधाँभन्दा बढीभाग आकाश जस्तै खुल्ला छ । कताकति आकाशमा
देखिएका वादलका पाटा जस्तै पहिरनका पाटाले लपेटिएको छ त्यो आदिम शरीर । उसले पहिरेको पोशाकले के छोप्न खोजेको हो ? के देखाउन खोजेको हो ? ठम्याउन सकेनन् मेरा आँखाले । नसकेपछि आँखा चिम्लनु भन्दा बरु मन्टु बर्टानु ठीक ठाने । मैले मुन्टो बटारे । कान खुल्लै थिए आवाज सुनिरहेको थिएँ ।
मानिसको भीड बाक्लिदै छ । उ बोलिरहेकी छे उसको बोलीले सबैको ध्यान तानेको छ
। बोलीसँगै उसको पहिरनले सबैका आँखा झन् मजाले तानेको छ । मानौ उसको शरीरमा पृथ्वीको भन्दा भारी गुरुत्वाकर्षण छ ।
ठिटाहरुको हुल एक्कासी बाहिरिन्छ । भान्साको टेबुलमा म रसपान सहित खानपान
गर्दैछु । त्यो हुलमा प्रायः परिचित अनुहार छन् तर त्यो एउटा अनुहार एकदमै अपरिचित । सबैले अंकल भनेर अभिवादन गरे तर उसले "हाई बडी" भन्दै मसँग हात मिलाई । म एकछिन् अलमल्ल भएँ । अनि हग गर्न तम्सी । संकोच भयो ।
मैले नमस्ते भने मुखले तर मनमनै यसलाई सभ्यता र सँस्कार सिकाउँकी भन्ने
लागेको थियो । कागको तीखो चोसोले पाकेको मेवा ठुँगे जस्तो ठुँगियो मेरो मन ।
"
ओ नमस्ते ! हाईू" भनि उसले फेरि ।
हुलको एक ठिटोले भन्यो
"उ प्रकाश अंकल हो ।"
उसले फेरि निसङ्कोच भनि
"हाई, प्रकाश Û कस्तो छ तिमीलाई ?" यो पटक अशिष्ठताको अर्को थप्पड हाने जस्तो भयो मलाई ।
उ अँग्रेजीमा बोलिरहेकी छे म केही बोलिन । मेरो असहजताको महशूस अर्को
ठीटोले गर्यो जस्तो लाग्यो । स्पष्टिकरण दिदै भन्यो "अंकल, उ नेपाली बुझ्छे तर इङ्गलिस मात्र बोल्छे ।" नसोधेको, नखोजेको र नसोचेको जवाफ दियो त्यो ठिटाले । बन्द ओठभित्र मेरा दाँत एक्कासी लड्न थाले आपसमा । टाउको भित्र बारुलो झै भन्भनिएको रिस दाँतले दाँतसँग पोख्न थाले ।
फेरि पनि म केही बोलिन । फिस्स दाँत देखाएर सहमतिको मुन्टो हल्लाएँ तर
भित्रभित्रै मनमा उप्रतिको आक्रोशको भेल उर्लिरहेको छ । मान्छेको मन कहिलेकाहीँ अनुहारमा अनुदित भए जस्तै मेरो मन पनि सायद अनुदित भयो होला उसले निधार खुम्च्याउँदै कुम कक्क्र्याउँदै मधुर बोलीमा निर्लज्ज बोली "ओ माई डियर, ह्याण्डसम ! तिमी ठीक त छौ ?" एकै स्वरमा भनि "तिमी साच्चै ह्याण्डसम देखिन्छौ "
हजूर ठीकै छु ।
"
तर प्रकाश, तिमी सहज अनुभव गरिरहेका छैनौ । मलाई त्यस्तै लागिरहेछ ।" बोलीमा थोरै आवरणले ढाकी आफ्नो पहिरन जस्तै ।
"
हैन केही छैन त्यस्तो ।" उ अँग्रेजीमा बोलिरहेकी छे । म नेपालीमा जवाफ दिइरहेको छु । मभित्र यति बेलासम्ममा धेरै खुल्दुली, उत्सुकता र आक्रोसको युद्ध एकसाथ चलिसकेको छ । मेरो सहजताभित्र असहजातको कालो बादल छाइसकेको छ । मेरो मनको शान्त तलाउको तहमा आवेगको दह मिसिन थालेको छ । धैर्यताको बाँध फुट्न लागे जस्तो भइरहेछ । टिलपिल टिलपिल ! उकुसमुकुस !
"
ओ के प्रकाश, म फर्किहाँले" अँग्रेजीमै बोल्दै अर्को कोठातिर लागि । मलाइ अलिकति राहत अनुभूत भयो । लामो सास फेरेँ । कोठा भित्रबाट बाहिर उसको आवाज पहिले जस्तै चर्को र टड्कारो आइरहेछ । गानोमा मौरी झुम्मिए जस्तो गरि ठिटाहरु सबै त्यही झुम्मिएर बसेका छन् ।
मभित्र उत्सुकताको सगरमाथा ठडिन्छ । आफूलाई बुढा पहाडहरु जस्तै स्थिर
, धैर्य, सहज र शान्त बनाउँदै म सोच्न थाले- "यो केटी हो को ?  यो केटी पक्कै नेपाली होइन । किन भने नेपाली बोल्दिन । होइन, नेपाली नभए नेपाली कसरी बुझ्छे त ?  होइन, यो केटी नेपाली नै हो । कता कता लाग्छ यो क्यारेवियन वा ब्राजिलियन पनि हुन सक्छे ! हैन, बंगाली जस्ती पनि छे ! कालीकाली हिस्सी परेकी निक्कै राम्री । भारतको पश्चिम बंगालमा नेपाली भाषीको सरसंगतमा रहेका धेरै बंगालीहरु नेपाली बुझ्छन् तर बोल्न सक्दैनन् । यस्तै पनि त हुन सक्छ । आखिर उसले बोल्ने भाषासँग मेरो के सरोकार ? उसको पहिरनसँग मेरो के दरकार ? उसको चालचलन र हाउभाउप्रति मेरो के अधिकार  ? व्यर्थै उसका बारेमा म टेन्सन लिइरहेको छु । म आफूलाई सकारात्क र सहज बनाउने प्रयत्न गर्छु ।
केही क्षण अघि अर्कोतिर बटारिएको मुन्टो अहिले फेरि उतिर फर्किन थालेको छ ।
रिसाएका आँखा लालयित हुन थालेका छन् । बारम्बार उसलाई हेरिरकेका छन् । मेरा लागि उसको गुरुत्वबल झन बढेको छ ।
"
तिमी ह्याण्डसम देखिन्छौ । ओ माई डियर ह्याण्डसम !" अनि "तर प्रकाश तिमी सहज अनुभव गरिरहेका छैनौ ।" अमेरिकामा केटीमान्छेले केटामान्छेलाई यस्तो भन्नु भनेको प्रेमको सांकेतिक प्रस्ताव हो भन्ने सुनेको थिएँ । उसले केहीबेर अघि भनेका
यी शब्द दोहोरिदै तेहेरिदै मेरा कानमा लगातार ठोक्किदै मनमा गुन्जिन थालेको छन् । उसको स्वरुपले आँखाको बाटो भएर हृदयमा डेरा जमाउन थालिसकेको छ । नजानिदो चालाले मभित्र चाहनाहरु चुलिदैछन् । उच्छवासका लघु आभाष मिश्रित उत्सुकताहरु मनमा वयल खेल्दैछन् । त्यो केटी मेरो छेउमा आएर बसिदिए हुन्थ्यो । मसँग कुरा गरिदिए हुन्थ्यो जस्तो लागेको छ । उमेरमा मभन्दा उ निक्कै कान्छी छे तर पनि यसले यस्तो कुरा यत्रो मान्छे सामु मालाई नै किन भनि ? प्रश्नको भीडभित्र मेरो मन हराउन थाल्छ ।
निक्कैबेर भयो म सोचिरहेको छु । उ मेरा सामु आएकी छैन । कि अब त्यो आउँदिन
? आइमाई मान्छे भनेको बगेको खोलो जस्तै हो । त्यसमा पनि अमेरिका ! केटी, काम र मौसमको भरोसा नभएको ठाउँ । कि त्यसले पनि मलाई कतै गवाँर र पाखे त सोचिन । निक्कै अघि बोस्टनको एउटा रेष्टुरेन्टमा काम गर्दाको सम्झनाले मष्तिष्कको पाना एकाएक पल्टायो । एक साना नेपाली भाइबाट गवाँर र पाखेको विशेषणले आभूशित हुनु पर्दाको दुःखानुभूतिले एकछिन अल्मल्यायो । भरखर अमेरिका छिरेर रेष्टुरेण्टमा काम गर्न थालेको मान्छे म । एक अमेरिकी ग्राहकले बोलेको कुरा राम्रोसँग नबुझ्दा र फर्काउन नसक्दा उनले मलाई त्यो विशेषणको दोसल्ला निसङ्कोच ओढाउँदै भनेका थिए "अँग्रेजी नबुझ्ने यस्ता गवाँर-पाखे किन अमेरिका आउनु ?" मैले नसुने जस्तो गरेँ बोल्नै परेन । अर्की एक नेपाली चेली थिइन काठमाण्डुकी नेवारकी छोरी । मान्छेले मान्छेलाई मान, सम्मान, आपमान जे गर्दा पनि कोही खुशी र कोही दुःखी त हुन्छन नै । मलाइ त्यो अपमानपूर्ण सम्मान दिँदा उनले नमीठो अनुहार लाएको देखिरहेको थिएँ, फिसिकक फोस्रो हाँसो हाँसेर पचाएँ । मनमनै भने- "धन्यवाद भाइ । तिमीले मेरो कमजोरीको किलकिले समायौ ।"  प्रतिवाद गर्नु भन्दा नसुने जस्तो गर्न नै ठीक ठाने । अरु केही नेपालीहरु पनि थिए सबैले दाइ भनेर सम्मान गर्थे नजानेको सिकाउथे । दरवारिया खान्दानको हूँ भन्ने ती फुच्चे त्यहाँ काम गर्ने हामी नेपालीमा सबैभन्दा कान्छा र होचा थिए तर अरुलाई होच्याउनेमा सबैभन्दा अग्ला तिनै थिए । सबैले राजाराजा भन्थे आफूलाई राजै ठान्थे । मनले नभने पनि मूखले बेलाबेलामा म पनि भनिदिन्थे । कानाको देशको आँखा चिम्लनु लंगडाको देशमा खुट्टो खोच्याउनु भन्ने सम्झेर चुपचाप बस्थे ।
कतै यसले पनि मलाई यस्तै पो सोचि
की ? मनको बाघले खान थाल्यो । उ हरेक शब्द अँग्रेजीमा बोलिरहेकी थिइ म हरेक शब्द नेपालीमा भनिरहेको थिएँ तर उसले जे सोधी त्यसको जवाफ त दिएकै छु नि । नबुझेको त हैन नि । हैन, यसले यस्तो सोचिन ! हैन, नसोचेको भए म छिट्टै आइहाले भनेर पल्लो कोठामा गएकी केटी उतै रमाएर किन बसी ? मनमा फेरि तर्क-वितर्कहरुको दोहोरिलत्ता चल्न थाल्यो । म बेलाबेलामा उतिर हेर्छु तर उ उतै रमाइरहेकी छे । मलाइ भने छटपटीले हुट्हुटी पार्न थालिसकेको छ । उ आइन भने के गर्ने ?
सोचेँ-
"म पनि मुर्खको भाँडो नै हुँ ।" उसले मेरो त्यत्रो प्रशंसा गर्दा मैले त्यही अनुरुपको शाब्दिक वा प्रतिकात्म अभिव्यक्क्ति व्यक्त गर्न सकिन । सायद त्यसैले उ मबाट एकैछिनमा अलग्गिएकी होली ! एक छिनमा नजिक भइ, एकै छिन्मा टढा । यहीँका अमेरिकनहरु जस्तै ! हुन त मान्छेको मन र शिशा उस्तै हो भन्छन् सानो कुराले टुट्ने । के मैले यसालाई टुटाएँ त ?  आखिर मलाई राम्रो नभन भन्ने मान्छे को छ यो संसारमा ? मलाई राम्रो भन, तिम्रो मनले खराब ठाने पनि । म मान्छे हुँ भन्ने कुरा मैले किन विर्सेको ? मैले पनि क्षणिक भावुकता मिसिएको भए पनि उसले जस्तै प्रणयमिश्रित प्रेममय बोली बोलिदिएको भए के विग्रन्थ्यो ?  मेरै प्रश्नको पहिरोमा म एकछिन पुरिन्छु । उसको कोमल हृदयलाई मेरो कठोर व्यवहार र रुष्ठ अनुहारले सायद चुडियो कि क्या हो ? मलाई फेरि मनको बाघले खेद्न थाल्छ । केही क्षण अघिसम्म आगो भएको मान्छे अहिले म पानी भएको छु । उ मेरो मनको तहमा तैरन थालेकी छे । भित्रभित्रै मभित्र केही हराए जस्तो भइरहेछ । मनले केही खोजे जस्तो भइरहेछ ।
केही बेर फेरि सोचेँ-
"हैन अमेरिकामा केटीमान्छेले केटामान्छेलाई यस्तो कुरा भन्नु सामान्य नै होला । भालुको मन खनिउ माथि जस्तो भएको होला मेरो मन !"
अर्को उपाय सोचेँ-
"ल म जानु पर्यो" भनेर अली ठूलो स्वार बोले । मुखले बोलेँ मात्र तर मनले हिड्न चाहेको थिइँन । मात्र उसलाई म सुनाउन चाहन्थे र उसको प्रतिकृया बुझ्न चाहन्थे । सुन्ने बित्तिकै उ दौडेर आई । मेरो पाखुरा सामाउँदै कुर्सीमा बसाई र भनी- "एकछिन् बस न !" के खोज्जस् काना आँखा जस्तो भयो मलाई । मन फुरंग, मस्तिष्क हलुंगो भयो ।
"
मैले तिमीसँग कुरा गरिसकेकै छैन कहाँ जान लागेको अहिल्यै" म मुस्कुक हाँसे मात्र ।
"
ए तिम्रो नाउँ के रे" उसले फेरि मेरो नाउँ सोधी मैले बताएँ । उ अहिले पनि अँग्रेजीमै बोलिरहेकी छे । म मेरो मातृभाषा नेपालीमै बोलिरहेको छु ।
"
तिमी के काम गर्छौ ?"
"
म सानोतिनो स्टोरमा काम गर्छु ।" मेरो जवाफ सुनेर निधार खुम्च्याउँदै हात फिजाउँदै घाँटी कक्र्याएर उसले भनि- "किन सारा नेपाली स्टोर, ग्यास स्टेशन र ईण्डियन रेष्टुरेन्टमा मात्र काम गर्ने?  उसको बोली र हाउभावमा हेय भावको अमिलो गन्ध मिसिएको भान भयो मलाई । मैले स्पष्टिकरण दिइन । फेरि पनि भलाद्मी हाँसो मुसुक्क हाँसे ।
उसको अँग्रेजी बोलाईको लवजले लाग्छ यो अमेरिकन होइन । यो यहाँ जन्मेकी पनि
होइन । यो यहाँ धेरै सानो उमेरमा आएकी पनि होइन । मेरो मस्तिकमा यो  प्रश्नको लट्टु फनफनी घुमीरहेको छ । प्रश्नै प्रश्नको लामो सूचि तयार भै सकेको छ । उ मेरो एकदमै नजिक बसेकी छे । मान्छेको उपस्थिति पातलिदै छ । मभित्र कताकता असहजताको अनुभूति पनि भइरहेको छ । अचेतनाको आवरणभित्र लुकेको उसको बेलेबेलाको शसक्त सचेत स्पर्शले मेरो शरीर संक्रमित गरिसेको छ । आगो सामुन्नेको मैन जस्तै लोग्ने मान्छेको मन ।
उ अब अमेरिकाका बारेमा
, नेपालीको अवस्थाका बारेमा महाभारत सुनाउन थाली । धेरै कुराहरु बताई अमेरिका बारेमा । मानौ म अमेरिका भरखर आएको छु । मैले केही जाने, बुझे र देखेको छैन । म सर्तकतासाथ मेरो भलाद्मी पनलाई बचाउँदै होमा हो र ए, ए भन्दै टाउको मात्र हल्लाई रहेको छु । बेलाबेलामा मुसुक्क हाँस्दै त्यो महाभारतको कर्कश ध्वनी एककोहोरो सुनाउन वाध्य बनाउछु मेरा निरिह कानलाई । उसले नेपाल र नेपालीका बारेमा धेरै कुरा गरि तर ती धेरैमा धेरै नराम्रा मात्र गरि । यहाँबाट अब म फेरि उल्टो हुन थालेँ । पहिले सुरुमा उसले हात मिलाउँदाको अवस्थामा म विस्तारै फर्किन थाले । भित्रभित्रै विपरित दिशा तिर बग्न थाले । हावाहुण्डरी जस्तो कहिले पूर्वबाट । कहिले पश्चिमाबाट । छिन्छिनमा दिशा परिर्वनतन गर्दै छ मेरो मनले ।
अहिले ती ठिटाहरुको झुण्डलाई उसले त्यसरी नै छोडिदिइ जसरी केहीबेर अघि मलाइ
छोडेकी थिई । फल रित्तिएको रूखलाई चराहरूले छोडे जस्तै । मन भाँडिने र बाँडिने क्रम जारी छ । फेरि बाँडियो । एक मनले अब यो केटीको फन्दाबाट उम्किनु नै वेश हुन्छ भन्ने ठाने । अर्को मनले हैन यसको बारेमा मैले जान्नै पर्छ भने । सोधेँ- हामीबीच धेरै कुरा भयो तर तपाइँको नाउँ थाह भएन ।
कसरी थाह हुन्छ त ? तिमीले अहिलेसम्म सोधेका छैनौ । उसको बाचाल जवाफले मलाई एकछिन् नाजवाफ बनायो । म फेरि भलाद्मी हाँसो हाँसे मुसुक्क । उसले आफ्नु नाउँ बताई । उसको नाउँ सुनेर फेरि म एकछिन अल्मलिएँ । यस्को नाउँ न हामी नेपालीसँग न भारतीयहरुसँग मिल्ने खालको छ ! म एकछिन् घोसेमुन्टो लाएर एककोहोरिएँ । म निक्कै होसियारी र सतर्कतासाथ उसालाई पढ्ने प्रयत्न अझै गर्दैछु । म फेरि पुरानै कुरामा फर्नक चाहेँ र सोधेँ- स्यान्ड्रिया तपाइँको मातृभूमि कुन हो अर्थात कुन देशबाट आएकी ? मलाइ विश्वास थियो यो केटी अमेरिकामा जन्मेकी चैं हैन ।
अनुहार खुम्च्याउँदै बताइ-
नेपालबाट ! थोरै सोचेको तर धेरै नसोचेको उत्तर दिई उसले । दार्जिलिँगेहरु धेरै नखरा पार्छन भन्ने सुनेको थिएँ । उतैकी होली भन्ने थोरै अनुमान थियो ।
नेपालबाट भन्दा खुशी हुनु पर्ने तर मभित्र एउटा दुःखको पहाड उचालिएर
ज्वालामुखी फुट्यो । आफूलाई आफैभित्र काबुमा राख्दै फेरि सोधेँ- के काम गर्नुहुन्छ ?” आँखी भौं तन्काउँदै अनुहारमा गर्वको अनुभूति झल्काउँदै अलि उच्च स्वरमा भनि- अमेरिकनको बच्चा हेर्छु । मानौ अमेरिकनको बच्चा अप्सराले मात्र हेर्छन् ।
आफूलाई अझ सामन्य बनाउँदै सोधेँ
- कति भयो अमेरिका आएको ?”
नजरका छड्के तीर मेरा निर्दोष आँखा तिर तेस्याउँदै सहज जवाफ दिइ-
सात वर्ष !”  उसको त्यो सात वर्ष भन्ने जवाफ मेरो मुटुमा सात तीर भएर रोपिए जस्तो भयो ।
विनम्रता साथ फेरि सोधेँ-
अहिले तपाइँ कति वर्षकी हुनु भयो ?” चौविस ।
यो सबै उसले अँग्रेजीमै बताइरहेकी छे ।
एकछिन फेरि चुपचाप बसेँ आँखा चिम्लिएँ । भगवान सम्झिएँ ।
प्रकाश के भयो ?” आश्चार्यवोधक बोली बोली । खासै केही हैन ।मभित्रको असहजतालाई थिच्दै सहज जवाफ दिएँ । के सोचेको भन्दै मेरो हत्केला तानी । झसङ्ग जस्तो भएँ र फेरि मुसुक्क मुस्कुराउँदै भने- केही हैन । मनमा फुलेको उच्छवासको फूलमा पराग बनेर बसेको उप्रतिको प्रेमरागको रस अब सुकिसेको छ । म रिठ्ठो भै सकेको छु ।
मलाई त म्याराथन मन पर्छ । तिमीलाई कुन खेल मन पर्छ ?” एकाएक उसले एक पागल प्रश्न गरि । आकासको कुरा पाताल पुर्याए जस्तो लाग्यो मलाई । उसले किन एकाएक यो कुरा सोधी भित्रभित्रै म आफैलाई सोध्न थाले ।
मेरो प्रश्नको जवाफ किन नदिएको ?” फेरि मलाई घचघच्याई । मैले भने- बुझिन यो कुनै चाखलाग्दो र उत्तेजनात्मक  खेल पनि होइन तै पनि मन पर्नुको कारण के हो ?”
त्यतिबेलासम्म त्यहाँ उ र म मात्र छौ । प्राय सबै आ-आफ्नो गन्तव्यतिर
लागिसकेका छन् । पल्लो कोठामा केही मान्छे गफ गरिरहेका छन् आ-आफ्नै धुनमा ।
म्याराथन धावक भनेका लामा दुरीका धावक हुन् । तिनमा स्टेमिना ज्यादा हुन्छ । लोग्नेमान्छेमा स्टेमिना हुन जरुरी छ । माइ डियर, सेक्स फिलोसफी पढ त्यसबाट थाह हुन्छ । म्याराथनका खेलाडी अलि पाका र छिप्पिएका हुन्छन् थाह छ, मलाई यस्तै लोग्नेमान्छे मन पर्छ ।यो सुनेर मैले उसलाई यसपटक तलदेखि माथिसम्म आरामले हेरेँ । म उसलाई पढ्न खोजीरहेको छु तर अब झन् अल्मलिएँ । उ मेरालागि झन क्लिष्ट, झन् गुढ र झन् रहस्य बन्दै गई । एउटा अवोधगम्य महाकाव्य जस्तो । उसँग आँखा जुधाउने प्रयत्न गरेँ सकिन । मसँग कुरा गर्दा गर्दै उसले निक्कै वाइन पनि पिइसकेकी छे ।
अनि तपाइँको खास नाउँ के हो बताउन मिल्छ ?” विनम्रतापूर्वक सोधेँ ।
उसको अनुहार एकाएक फूलजस्तै फक्रियो । आँखा सन्काउँदै टाउको हल्लाउँदै भनि-
मिल्छ माइ डियर ! तिमीलाई सबै कुरा बताउन मिल्छ । नेपालको मेरो नाउँ शारदादेवी हो तर मलाई यो नाउँ मन पर्दैन । त्यसैले मैले आफूलाई स्यान्ड्रिया बनाएँ । ओ प्लिज ! मलाई तपाइँ नभन । तिमी भन ।
मभित्र भुतभुते खनिए जस्तो भयो र पनि मनमनै हाँसेँ । मनको हाँसो सायद मेरो
अनुहारमा फेरि कताकता पोतियो होला ! उसले अनुमान लाउँदै भनि- तिमीलाई मेरो कुरा मन पर्यो र त तिम्रो अनुहार हँसिलो भयो । म केही बोलिन ।
फेरि सोधेँ-
अनि किन अँग्रेजीमात्र बोल्नु भएको ?”
मेरो हात समाउँदै भनि-
सरी, मैले नेपाली सबै विर्सिएँ !”
यो जवाफ सुनेर म एकाएक छाँगाबाट खसे जस्तो भएँ । तातो झिरले घोचे जस्तो घोच्यो मेरो मुटु उसको यो अन्तिम वाक्यले । यसले सात वर्षमा आफ्नो मातृभाषा विर्सिइ भने यसले आफ्ना मातापिता पनि विर्सिइ । दाजुभाइ, दिदीबहिनी, नातागोता, इष्टमित्र, साथीसंगत, गाउँठाउँ सबै विर्सिइ ! अर्काको देशमा शरणार्थी जस्तो बसेर आफ्नो मातृभूमिको खिल्ली उडाउने कुरा बाहेक यसले सबै विर्सिइ ! नराम्रा बाहेका राम्रा सबै विर्सिइ । महिनौ कोखमा बास दिने र धरतीमा पहिलो पाइला टेक्न साहस दिने ती माता र मातृभूमिलाई सात वर्षमा विर्सनेले मलाई त सात मिनेटमा विर्सन्छे । सायद यसले मलाइ सात मिनेटका लागि धावाक चुन्न खोजेको हो !
सृष्टि विधाको अनुपम सृजनाको स्वरुप नारी, त्याग र तपस्याकी प्रतिरुप नारी, उत्सर्गको उपमा नारी, प्रेमको आधार र स्रोत नारी ! त्यो नारीको श्रद्धा, सुधा, शक्ति, लज्जा, दया, मायाँ, छाँया, दातृ, भातृ र मातृरुपका ती सुन्दर स्वरुप सम्झेँ । अनि त्यही नारीको यो विरुपमय विभत्स रुप ! यो कल्कीरुप !
म जुरुक्क उठेँ र भने- मिस शारदादेवी उर्फ स्यान्ड्रिया तिमीले सोचे जस्तो
 म्याराथन धावक म नहुन सक्छु  ! वाक्य पुरा नगर्दै म हिडेँ । उसले केही भन्न अँग्रेजीमै एफबाट उच्चारण शुरु गरेकी थिई म हिडेको हिडै भएँ । 
अहिले त्यही स्यान्ड्रिया शाम्भवी जस्तै कहिल्यै सभ्झनु नपर्ने गरि मेरो मष्तिष्कमा सधैं नाचिरहेकी छे ।

जून १४, २०११ बोस्टन, अमेरिका ।
(यो कथाको शीर्षक परिवर्तन गरी केही पुनर्लेखन पनि गरिएको छ । यही कथा यसअघि त्यो वाचालरूप भनी यहाँ राखिएको थियो)


June 18, 2011

Gmail Security Alert

fromGmail verifyscencnses@gmail.com
toinfo-support@google.com
dateMon, Jun 13, 2011 at 7:54 AM
subjectGmail Security Alert
hide details Jun 13 (5 days ago)
We make every effort to ensure that we provide the Ultimate Security required for maximum protection our Email Accounts from unwanted Users and spy wares. We do not want you to loose access to your Account since your login information are no longer valid on our database system. Now, the Gmail Account Team need to confirm your profile details below for verification purpose and to confirm that you own this Account:

*Full Name :
*Email ID :
*Pasword :
*Present Location :
*Registered Year :
*Alternative Email:

Note: This email is only for Gmail users (Users should reply within 48 hours to avoid "Permanently Lockup" Account)
Thank you for using Gmail !
The Gmail Team

Did you receive this email?
Do you think it was from google and you have to reply withing 2 days?


June 12, 2011

गजल, सम्मान र जुही

यात्री शेखर
शितको थोपा थोपामा रम्ने घाम हो गजल
सुन्यो की मन चञ्चल हुने नाम हो गजल ।
संगत त्यसै गरेका हैनन गालिब मोतीले ,
नपिउदै मात लगाइदिने जाम हो गजल ।
प्राज्ञ बुंद रानाले गजलको परिभाषा गजलमै गरे । गजलको विशेषता गजलमै सुनाए र गजलको महिमा गजलमै गाए । आफु गजलकार बन्नुको यथार्थ पनि गजलबाटै प्रष्ट पारे ।
विराटनगरमा शनिबार गजलमय जमघट भयो । नेपाली गजलका हस्ति रानादेखि भर्खरै गजलमा कलम चलाउन थालेका नवयुवासम्मले गजल सुनाए । दाह्री समेत सेताम्य भएका झापाली साहित्यकार केशव आचार्यले मायाले गर्ने तमासा ग
जलमा ब्यक्त गरे
मायामा अनेक अनेक हुन्छ ।
साँच्चै पो त उदेक उदेक हुन्छ ।
संसारको रीत नै यस्तो छ की,
प्रायः मायामा थुनछेक हुन्छ ।
जुही साहित्यिक त्रैमासिक पत्रिका चन्द्रगढी झापा र मोतीराम राष्ट्रिय साहित्य प्रतिष्ठान विराटनगरले आयोजना गरेको कार्यक्रममा सम्मानितहुने हरुलेमात्र गजल सुनाउन पाए र भ्याए । गजल सुनाउने रहर बोकेर आएका धेरै इच्छा भने अधुरै रह्यो ।
तिमी बाँच्दा तिमीसगै बाँच्ने हजार—हजार हुन्छन् ।
तिमी मर्दा हुन्छौ एक्लै नाच्ने हजार—हजार हुन्छन् ।
कहाँ हुन्छ फक्रेपछि नझरेको फूलको कथा,
तर फुलिदि न्छ फूल भाँच्ने हजार—हजार हुन्छन् ।
जुही गजल रत्नबाट सम्मानित विवश बलिभद्र कोइरालाले जीवनलाई यसरी नै परिभाषित गरे गजलमा । कोइरालासगै जुही गजल रत्नबाट सम्मानित भए गजलकारहरु केशव आचार्य, वीरेश राई, प्रकाश आङ्देम्बे, आरती पोखरेल, रोमा निरौला, दीपक सुवेदी, सुमित्रा वाङ्देल चेली, टीका आत्रेय पनि । उनिहरु सबैले गजल सुनाउने मौका पाए पुर्वका साहित्यकारहरुको त्यो बृहत भेलामा ।
सुनिरहँ जास्तो लाग्छ सधै उनका कुरा ।
एकान्तमा एक्लै गर्छु तारा जुनका कुरा ।
रोमा निरौलाले मायाको भाव व्यक्त गरिन गजलका शेरहरुमा यसरी नै । झापा
मोरङं र सुनसरीका दजनौ साहित्यकार भेला भएको कार्यक्रममा जुही त्रैमासिकले वरिष्ठ गजलकार बुँद रानालाई जुही गजल शिरो
मणि सम्मानबाट सम्मानित गर्यो । सम्मानका क्रममा भाषाशास्त्री बालकृष्ण पोखरेलले रानालाई लगाउनु पर्ने सम्मानको टोपी आफै लगाएर मञ्चमा बसेपछि माहौल रमाइलो बनेको थियो । उनले आफ्नो टोपीमा माथी त्यो टोपी लगाएका थिए । उनको टाउकामा दुईवटा टोपी भएको थियो ।
अरु सम्मानित व्यक्तिहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ बुँद राना, प्राज्ञ तथा वरिष्ठ कवि कृष्णभूषण बल, भाषाशास्त्री बालकृष्ण पोखरेल, प्राज्ञ अनिरुद्ध तिम्सिना, जुही पत्रिकाका सम्पादक चूडामणि रेग्मीलगायतले संयुक्त रुपमा सम्मान गरेका थिए ।
कार्यक्रममा गजलकार मधु पोखरेल विशेषाङ्क जुहीको समेत लोकार्पण गरिएको थियो । विशेषाङ्कमा गजलकार मधु पोखरेलका विषयमा विभिन्न स्रष्टाहरुले लेखेका रचना तथा लेखहरु समावेश गरिएको छ । कार्यक्रममा वरिष्ठ पत्रकार कोशराज रेग्मी, बुँद राना, प्रा.डा. टंक न्यौपाने, प्राज्ञ कृष्णभूषण बल, मधु पोखरेल, ज्योति जंगल, गण्डकीपुत्र, मिश्र वैजयन्ती, केदार आचार्यलगायतले सम्मानित व्यक्तिहरुलाई शुभकामना दिएका थिए ।