June 6, 2011

गाउँखाने कथा ४७ (Nepali #Gaukhane #Katha)


अपडेट: गाउँखाने कथा ४७ को सहीउत्तर हो: हलो

उत्तरको प्रयास गर्नुहुने सबैलाई धन्यबाद।
-----------------------------------------------------------
सप्ताहान्तको समय पारेर नेपालीलाई मनपर्ने गाउँखाने कथा लिएर हाँजिर भएको छ।


दिनभरि लाखा धुनी,रातभरी कान्लामनि, के हो?

यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।



May 27, 2011

बन्दूकको ब्रम्हनालमा सुतेको संविधानसभा

आज मे २८ २०११, तदनुसार जेठ १४ २०६८ को दिन नेपालको इतिहासमा पहिलो पटक गठित संविधानसभाको आयू सकिने दिन हो । शुरूमा २ वर्षे कार्यावधि र पछि थप गरिएको १ वर्षे कार्याकाल सकेर तीन वर्षे आयू पूरा गर्दै , कुनै सिन्को नभाँची यसले स्व-मृत्यूवरण गर्ने सक्ने परिस्थिति आइपुगेको हो । अन्तिम घडीमा कुनै चमत्कार नभएमा , यो सभा आज मध्यरात पछि इतिहास बन्न सक्छ ।
माओवादी पार्टीले शुरू गरेको जनयुद्ध नामको हिंसात्मक युद्धका हिंसात्मक र आपराधिक आतंकका १३ वर्ष, संसदीय कालका भ्रष्टाचार, अकर्मण्य र अस्थिरतायुक्त अन्तरसंघर्षका तिनै १३-१५ वर्ष, अनि बहुदलीय राजनीतिक व्यवस्थाका कारण आफ्नो विशेष अधिकार गुमाएको राजदरबारले आफ्ना विशिष्टता पुन: प्राप्त गर्न भरमग्दूर प्रयास गरेका षडयन्त्रमूलक तिनै १५ वर्ष र तिनको उत्कर्ष राजदरबार हत्याकाण्ड र राजा वीरेन्द्रको वंश बिनाश सम्म पुग्दा नेपालको आधुनिक इतिहास सबै बिडम्बनाहरूको सांक्षी बनिसकेको थियो । दरबार काण्डको पृष्ठभूमिमा राजा ज्ञानेन्द्रको अकण्टक राजा बन्ने महत्वाकांक्षाले माओवादीको अपेक्षा अनुरूप संकेत नमिल्दा, बहुदलीय राजनैतिक पद्दति बिरूद्ध थालिएको माओवादीलाई तिनै संसदीय बहुदलियताको पक्षमा उभिएर सहकार्य दियो । महत्वाकांक्षी राजा बिरुद्ध , संसदवादी दलहरू र माओवादीको गठबन्धन बनाउन भूमिका खेल्ने भारतिय राजनैतिक संस्थापनको चाहनाले मूर्त रूप लिँदा , १२ बूँदे सम्झौता र संविधानसभाको बाटो खोलिएको हो ।
शान्ति प्रकृयामा बहुदलियतालाई स्वीकार गरेर प्रवेश गरेको माओवादीले हिंसा र हिंसात्मक जत्थालाई त्याग नगरी


May 20, 2011

विष वृक्ष रोपेर अमृत फल्छ र ,बाबुरामजी ?


लमजुङ दुराडाँडा पाणिनी संस्कृत मा वि का विज्ञान र गणित विषय शिक्षक तथा नयनियुक्त प्रधानाध्यापक मुक्ति अधिकारीको रूखमा बाँधेर गोली ठोकी मारिएको फोटो सायद नेपाली मिडियामा सर्वाधिक सर्कुलेटेड फोटो मध्ये एक हो । यो फोटो माओवादी कथित जनयुद्धका समयमा असहमतहरू विचार बोकेर बाँचेका ग्रामीण तहका चेतनशिल शिक्षक र सामान्य राजनैतिक कार्यकर्ताहरूको तत्कालीन समयमा हविगत के-कस्तो थियो भन्न काफी छ ।
तर, माओवादी शान्ति प्रकृयामा आइसके पछि , लमजुङका ती शिक्षक मुक्ति अधिकारीको हत्या जायज थियो त ? भन्ने प्रश्न माओवादी नेता बाबुराम भट्टराईलाई एउटा टेलिभिजन साक्षात्कारका क्रममा सोधिएको थियो । बाबुराम भट्टराईले सो प्रश्नको गोलमटोल जवाफ दिँदै भनेका थिए ‘ व्यक्तिगत रूपमा मुक्तिसरको हत्या गलत थियो होला , तर इतिहासले समीक्षा गर्दा कतिपय हत्याहरू आवश्यक हुन्छन्’ । विपक्षीहरूले समेत मूर्धन्य विद्वान ठानेका भट्टराईको त्यो खालको जवाफ , माओवादी हिंसा र हत्याका दुष्कर र दुर्नाम अतिचारहरूको रक्षाका खातिर प्रकट गरिएको एउटा अमानुस तर्क थियो । हत्या, हिंसा र जोरजुलुम कै कारण माओवादीले नेपाली जनमानसमा त्रास र हाहाकार मच्चाउन सफलता प्राप्त गर्‍यो र त्यही त्रास र आतंकका छायामा सम्पन्न चुनाबमा ऊ सबैभन्दा ठूलो राजनैतिक दल बनेर समविधानसभा सम्म आइपुग्यो । धेरै नेपालीले उसका पक्षमा यस कारण पनि मत दिएका थिए कि , ठूलो दलको जिम्मेवारी वोधले उसले आफ्ना हिंसा र दुष्कर्मका उच्छृङ्खलताहरू त्याग गर्ला । तर त्यसो भएन , माओवादी ठूलो दल भएर पनि उसका युद्धकालीन उन्मादी व्यवहारहरू वाइसिएल , छापामार र हिंस्रक कार्यकर्ता मार्फत प्रदर्शन भइरहे । अरू माथि , हत्या र हिंसाको जोरजुलुम कायम रहँदासम्म माओवादीले भन्ने गर्थ्यो ‘ यो बिरोधीहरूले चलाएको हौवा हो ‘ । तर गएको हप्ता माओवादी मुख्यालय रहेको कोटेश्वरको पेरिसडाँडाबाट पार्टीका महासचिव दिनानाथ शर्मा मार्फत आफ्नै पार्टीका मजदूर नेता तथा सभासदको नेतृत्वमा पार्टी कै शिर्षतम् मध्येका नेता डाक्टर बाबुराम भट्टराईको हत्याको षडयन्त्र बुनिएको समाचार प्रेस वक्तव्य मार्फत सार्वजनिक गरियो , त्यति बेला लाग्यो संसार साँच्चै गोलो छ । अरूलाई गरेको प्रहार घुँएत्रो झैँ फर्किएर आफ्नै थाप्लामा बजारिन पनि सक्दो रहेछ !


May 14, 2011

ब्लग बियांलो

बलगरहरू आ-आफ्नो तरीकाले आफ्नो ब्लगमा प्रस्तुत हुनुहुन्छ। ब्लगक्षत्र पनि अनूभव तथा रुची अनुसार
रेखांकन गर्नुहुन्छ। तर एउटै बिषयमा सबै ब्लगहरूको खुला मत जान्न पाए कस्तो हुन्थ्यो होला?यो बिचार मनमा खेली राख्थ्यो तर केही महिना पहिला ब्लगर नबिन मालाकारले परिस्क्रित तरिकाले सल्लाह दिनूभयो। र गत हप्ता उहांसंग थप छलफल गर्ने मेसो जुर्यो।

ब्लग बियांलो आउने हप्ता देखी थालनी गर्नेछौं। नेपाली ब्लगकको क्षत्र जस्तै बियांलो बिषय पनि साहित्यिक,राजनैतिक,सामाजीक आदी सबै रहनेछन। हरेक बिषयमा करीब ५० शब्द या त्यो भन्दा कम शब्दमा ब्लगरहरुको धारणा प्रस्तुत गर्नेछौं। भाषा भने अंग्रेजी या नेपाली दुबैमा हुनेछन। तपाईहरुले पनि कुनै बिषय ब्लग बियांलोमा राख्न मन लागे दौंतरी इमेलमा इमेल गर्नुहोला। ब्लग बियांलोलाई अझ प्रभावकारी बनाउने कुनै उपाय छ भने पक्कै पनि खबर गर्नुहोला।


May 9, 2011

The Last Post - अन्तिम पोष्ट

ल अब यती हो। म मरीसके र यो मेरो अन्तिम ब्लगको अन्तिम पोष्ट हो। दु:ख लाग्दो शिर्षकको अचम्मको ब्लगका लेखक हुन डेरेक मिलर (Derek Miller-www.penmachine.com).४१ बर्षको उमेरमा क्यान्सरको ब्यथाबाट ज्यान गुमाएका डेरेक मिलरले आफू मर्नू अघि तयार पारेको यो ब्लग आफन्तको सयोग मार्फत मरेको एक दिन पछि प्रकासित गरेका थिए। उक्त अन्तिम ब्लगमा डेरेकले आफ्नो रोग देखी अन्त्य र बिछोडको बारेमा लेखेका छन। लेख निकै भाबुक छ। बिज्ञानमा डिग्री हासिल गरेता पनि मिलर लेखक र सम्पादकको काम गर्दै आएका थिए।
भ्यानकूभरका यि प्रख्यात ब्लगरको ब्लग करीब १० बर्ष पूरानो हो। आफ्नो बारे देखी संगीत तथा आफ्ना लेख ब्लगमा राखेका छन। जिबीत रहंदा अनेक किसीमका ब्लग त हामीले लेख्ने पढ्ने गरेका छौं। तर म्रित्यु पक्षात लेखिएको यो ब्लग भने संसारमै पहिलो हुनेछ। हामी पनि चल्तीबाट आर्काइभमा पूगेको उनको ब्लगमा गएर


May 7, 2011

गजल

सेबक हाजिर छ जब हजुर बोलाइसिन्छ
बैशमा यस्तै हो मैसाप किन टोलाइसिन्छ

के के गर्न जान्या रैछ यो गरीबले नि हजुर
मौका त दिएर हेरिस्यो ब्यर्थै किन लोलाइसिन्छ

जस्ले हान्यो तेस्ले जान्यो निशानाको कुरा हजुर
कल्पी कल्पी बस्दै फेरि मन किन घोलाइसिन्छ

आँट कहाँ म नाथेको मनको कुरा खोलु भने
मन बुझे सबै खोल्छु जे जे हजुर खोलाइसिन्छ

श्पर्शको लालच छ , छनक मात्र दिस्यो हजुर
सबै कुरा मोली दिन्छु जे जे हजुर मोलाइसिन्छ