- लूना
केहि वर्ष अघि मात्रै काठमाण्डौ ' मन्दिर नै मन्दिरको शहर ' भनेर बिश्वमाझ चिनिन्थियो तर अब हिजो आजका कुरा हेर्नुस ! तितो सत्य हेर्नुस !! काठमाण्डौ शहर 'कंक्रिट नै कंक्रिटको शहर ' मा परिणत हुदै छ। भैरहेको छ धमाधम ! जब तपाइको दुइ पाइलाले काठमाण्डौ टेक्नु हुन्छ त्यसपछि तपाइको आखाले के देख्नु हुन्छ ? घरै घर ! घरै घर !! हो , यहि घरै घर अर्थात कंक्रिट नै कंक्रिटको शहर मेरो प्यारो काठमाण्डौमा जिबन बाचिरहेका परिवारहरु मध्ये कुनै एक परिबार छ र त्यो परिबार संग सम्बन्धितहरुको कथा लेख्दै छु जुन अन्य लाखौ लाख काठमाण्डौबासिहरुको कथा भन्दा बिल्कुल फरक ' चै ' हुने छैन ।
धुन्चे बजार नजिकैका बस्नेत दम्पतीले आफ्नो बसोबास काठमाण्डौ शहरमा केन्द्रित गरेको करिब १ बर्ष भयो । उनीहरुको साथमा एक सन्तान छ करुण , ऊ सात मा पढ्दै छ । उनीहरु बस्ने अपार्टमेन्टको पहिलो तलामा स्पोर्ट्सक्लब छ । बुबाले तयार गरिदिनुभएको हर्लिक्स पिएर उ स्पोर्ट्सक्लब गयो बिहानभरको खेल अभ्यासको लागि । छोरा करुण बाहिर गए पछी कल्याण
किचनबाट बेडरुमतिर गयो ।
' रुकु ' उसले रुक्मिणीलाइ ब्युझाउन खोज्यो ।
'उम्म्म् '! रुक्मिणी कोल्टे फर्केर निदाईरही ।
' रुकु ! उठ न बा ! आठ बजिसक्यो ! करुण तल गएको पनि एक घण्टा हुनै लाग्यो .!'
December 6, 2010
December 4, 2010
सुकन्या अर्थात नीलिमा
शर्मिला खड्का दाहाल
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
तातो नारी शरीरको निश्वासले र्स्पर्श गर्छ । म ब्युँझन्छु । म अचेतमा छु । आँखा मुस्किलले उघ्रन्छ । फेरि बन्द हुन्छ । सबै इन्द्रियहरू निष्प्राण छन् । बिस्तारै परिवेशको जानकारी लिन खोज्छु । आफूलाई असर्मथ पाउँछु । फेरि इन्द्रियहरू परिचालन गर्न खोज्छु । कसोकसो दहिने हात उठाएर नारी शरीर को मुखमा लान्छु । ऊ मेरो देब्रेपटि्टको छातीमा आफ्ना हृष्टपुष्ट छाती जोडेर सुतेकी छे । मुस्किलले नाकमा फूली छ भन्ने थाहा पाउँछु । उसको आधा शरीर मेरो शरीरमा जोडेकी छे । जिउ शिथिल छ, आफ्नो हैन अरू कसैको जस्तो लाग्छ । बोल्न खोज्छु शब्द निस्कदैनन् । मुटु र मस्तिष्कको समन्वय मिलिरहेको छैन । मस्तिष्क शून्य छ । केही सोच्ने शक्ति नै छैन । केही समयपछि मस्तिष्कलाई झट्का दिन्छु । केही कुरा चलचित्रझैँ घुम्न थाल्छन् ।
म कहाँ छु ? कोसँग सुतिरहेको छु ? कतै धेरै पिएर यस नारीको भविष्य त खराब गरिन् ? अहँ, मैले अहिलेसम्म कहिल्यै कुनै स्त्रीजातिलाई यौनवासनाको नजरले हेरिनँ । त्यसो भए मसँग सुत्ने यी महिला को हुन त ?
म सायद कुनै जङ्गलको झुपडीजस्तो सानो घरमा छु । बाहिर चराचुरुङ्गी उज्यालो हुन लागेको संकेत दिइरहेका छन् । म सम्झन्छु । म काठमाडौबाट पश्चिमको विकट पहाडी जिल्लामा जिल्ला अधिकारी अथार्त सिडिओ भएर खटिएको छु । म स्मरणशक्ति तन्काउँछु ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
December 2, 2010
ब्लगर प्रदिप बस्यालका ब्लग गफ
ब्लग भित्र ब्लग स्तम्भ पून लिएर आएका छौं। यसपटक दौंतरीमा ब्लगर निम्ताउने क्रममा http://pradeepbasyal.com.np/ का ब्लगर प्रदिप बस्याललाई निम्ताएका छौं। प्रदिपजीलाइ कसरी ब्लगर बन्ने भूत चढ्यो सुनौं उहांकै गफबाट। प्रदिपजीको ब्लग तथा दौंतरीको ब्लग भित्र ब्लग स्तम्भ कस्तो लाग्छ प्रतिक्रिया दिन पक्कै नभूल्नुहोला।
१) ब्लगर कसरी बन्न पुग्नु भयो ?
भनेकै वेवसाइटहरु हुनेगर्थे । त्यसैले इमेल एकाउण्टसँगै वेवसाइट ग्यामरले गर्दा मैले कक्षा ९ मै पढ्दै गर्दा ‘विवो’ सबडोमेनमा ब्लग खोलेको थिए । पछि काठमाण्डु आएपछि म दीपक अधिकारी र दिनेश वाग्लेको ब्लगिङ्ग शैलीबाट निकै प्रभावित भएँ । त्यसैक्रममा आशिष लुइटेल, रमेश न्यौपाने, आकार अनिलहरुको ब्लगहरु पढ्ने र वहाँहरुको संगतले पनि मलाई ब्लगबारे धेरै जान्ने अवसर मिल्यो ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
December 1, 2010
खालि बेकारमा !
शिव प्रकाश
छोड अब प्रेमका मात्र, गीत गाउन खालि बेकारमा
जहाँ पनि जहिले पनि प्रीत लाउन खालि बेकारमा !
गर्न खोज्यो एउटा यहाँ, हुन्छ फरक थाह छैन किन ?
तिम्रै छायाँ आउँछ माया, छानो छाउन खालि बेकारमा !
अरु केही धेरै छ गर्नु, धेरै छ लेख्नु, यही जिन्दगीमा,
घुमीफिरी पुग्छ यो मन तिम्रै टाउन खालि बेकारमा !
गीत पनि, गजल पनि, कथा – कविता सेरोफेरो उही
लेखुँ भन्छु अर्थोक केही, केही आउन्न खालि बेकारमा !
दोष दिउँ किन कस्लाई छैन वसमा यो मनको तृष्णा
साँचो सत्य बोल्छ प्रकाश तिम्रै ध्याउन्न खालि बेकारमा !
डिसेम्बर ०१, २०१०।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
November 29, 2010
अनिर्णयको बन्दी
शर्मिला खड्का दाहाल
अमेरिकाको केन्ट राज्य- बाहिर निकै चिसो छ । सडकहरू सुनसान छन् । चहलपहल केही छैन । शून्यता र नीरवताले वातावरण निलेको छ । आज विदाको दिन- दिन त्यसै उराठलाग्दो भएको छ । त्यसैले न्यास्रोपना र एक्लोपनाले अझ बढी गाँजिरहेछ । झन् रिचर्डको सम्झनाले थप नैराश्यता जगाइरहेछ । पोहोरको चिसोमा रिर्चडसँग बिताएका न्याना दिनहरूको सम्झनाले झन् चिसिन पुग्दछु म । उसँग बिताएका प्रत्येक क्षण मस्तिष्कमा ताजै भएर उम्रिन्छन् । गन्तव्यविनाको यात्रा थियो रिचर्ड र मेरो, तर पनि मैले साथ छोड्न सकेकी थिइन । छुट्टीको दिन अझ बढी सताउने गर्छ मलाई उसको यादले । अचानक कलवेल बज्छ । रिचर्डको आकृति आउँछ अनि कतै हराउँछ ।
"ओहो † भिनाजु कहिले आउनुभयो नेपालबाट ?"
"केहीदिन भयो , तिम्रो पार्सल थियो ल्याइदिऊ भनेको समय नभएर.. अनि सालीज्यूको के हालखबर छ ? ह्वाट अबाउट यु ? "
"सालीज्यूलाई भिनाजुले नै बिरानो सम्झनु भएपछि के हुन्छ । "
यस्तै गफ चन्छ प्रो. डा. शान्ताराम र मेरो । ऊ मेरो भिनाजुको साथी त्यसैले भिनाजु नै भन्ने गरेकी छु । कहिलेकाहीँ म जस्तो डायनामिक लेडी जीवनसाथी बनाउन पाइनँ भनेर तीतो ओकल्ने गर्छन् मसँग उनी, तर पनि आफ्नो पत्नीप्रति इमान्दार नै छन् । नत्रभने व्यक्तिगत स्वतन्त्रताले निलेको अमेरिकी संस्कारमा रमाउन उनलाई कुनै गाह्रो पर्ने थिएन । यसो नहुनुमा मेरो दुइवटा अनुमानित कारणहरू छन् । पहिलो त उनी अति ब्यस्त हुनु हो, अर्को चाहिँ भेनाजुको साथी भएर पनि हुनसक्छ । अरू जे सुकै भएपनि मसँग ख्यालठट्टा गर्नमा चाहिँ पछि पर्दैनन् उनी । " ओहो † दिदीले कति मीठो लप्सीको अचार पठाइदिएकी रहिछिन् । "
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
November 28, 2010
अस्तव्यस्त काठमाण्डु :
केही समय वा वर्ष बिदेश बसेर नेपाल फर्किएका हाम्रै नेपालीहरूले ‘फर्केर आउँदा नेपालको तस्वीर उदेक लाग्दो पाएँ ‘ भनेर बताउँदा मलाई त्यो मान्छेप्रति भाउन्न भएर रिस उठ्थ्यो । जिन्दगीको विडम्बना , आँफूलाई पनि परदेशी नै हुन केही विवशता र जीजीविषाका रहरहरूले वाध्य बनाए । एकाध वर्षमा स्वदेश फर्किनु पर्ने सन्दर्भ र परिस्थिति आउने नै भए , आखिर हाम्रा हाँगाबिँगा जता छरिएका भए पनि जरा त स्वदेशमा नै गाडिएका छन् । तर स्वदेश फर्किएर प्रथम गासको रूपमा आँफूले हासिल गर्ने अनुभवहरूले भने प्रतेक पटक दाँतमा ढुङ्गा लगाउने परिस्थिति बनाएका छन् , यसपालि पनि मैले खुशी हुनु पर्ने सन्दर्भ र घटना फेला पार्न सकिन । यसो भन्दा बाहिर बसेर स्वदेशको कन्तो खन्ने शठ-बुज्रुकमा म पनि दरिउँला तर पनि इमान्दारिता पूर्वक भन्ने हो भने मैले स्वदेशमा आशा र भरोसा कहीँ कतै फेला पारिन । मुलुक दश वर्ष उताको भन्दा हरेक क्षेत्रमा मूल्यवत्ता , संस्कार, परिष्कार र आशा-अपेक्षा का पक्षमा जतासुकै खस्केको हो कि भन्ने निराशाववादिताले मलाई यस पटक पनि निर्लिप्त गाँजेको छ ।
काठमान्डू , देशको मुटु र मष्तिष्क दुवै हो , जब यो अस्वस्थ हुन्छ मुलुक दुर्घटनामा पर्छ । अहिले काठमाण्डु जनसंख्याको चाप , भीड र तत्जन्य समस्यामा डुबेको छ । धुँवा, धूलो , यातायातका साधनहरूको अथाह चाप, साँघूरा र नियमबिहीन सडक, सडक पेटीमा जीविकाकाका लागि खोलिएका नाङ्ले र कुम्ले पसल र हजारौँ अराजकताको समष्टि बोकेर पनि निकै व्यस्त, सुस्त र आँफैमा
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
काठमान्डू , देशको मुटु र मष्तिष्क दुवै हो , जब यो अस्वस्थ हुन्छ मुलुक दुर्घटनामा पर्छ । अहिले काठमाण्डु जनसंख्याको चाप , भीड र तत्जन्य समस्यामा डुबेको छ । धुँवा, धूलो , यातायातका साधनहरूको अथाह चाप, साँघूरा र नियमबिहीन सडक, सडक पेटीमा जीविकाकाका लागि खोलिएका नाङ्ले र कुम्ले पसल र हजारौँ अराजकताको समष्टि बोकेर पनि निकै व्यस्त, सुस्त र आँफैमा
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Posted by:
कृष्ण पौडेल (Krishna Paudel)
Subscribe to:
Posts (Atom)