October 8, 2010

सहमतिको राग र अधिनायकवादको एजेण्डा

दलहरूबीच हुने सहमति र सहकार्यबाट नेपालको वर्तमान राजनीतिक गतिरोधको अन्त्य खोज्न सकिन्छ। तर यो सहमति सरकार बनाउनका लागि मात्र नभएर संविधान निर्माण र बाँकि भविष्यतर्फका लागि पनि हुनु पर्छ । यसका लागि नेपालको राजनैतिक वा शासकीय स्वरूपलाई कांग्रेस वा लोकतन्त्रावादी खेमाका दलहरूले भने जस्तो बहुदलियता र बहुलवादलाई अंगिकार गर्ने लोकतान्त्रिक खालको बनाउन सकिन्छ भने , मुलुकको आर्थिक ढाँचा, सामाजिक न्याय र सम्पत्ति वितरणको तरिकालाई माओवादी वा कम्युनिष्टहरूले भनेको जस्तो समाजवादी प्रकारको बनाएर सबैले स्वीकार्ने खालको बनाउन सकिन्छ । राजनैतिक दलहरू सहमतिमा जान चाहने हो भने , नेपालको समग्र स्वरूपलाई या त माओवादीले भने जस्तो विपक्षी बिहीन बनाउने हो भने दक्षिण अफ्रिकाको संवैधानिक मोडेल अनुरूप जान सकिन्छ या त लोककल्याणकारी राज्यस्वरूपका स्कण्डेनेभियन मोडेलमा जान सकिन्छ । किनभने यी दुई मोडेल पूर्ण संसदीय पूँजिवादी वा पूर्ण कम्युनिष्ट दुवै हैनन् । स्मरणीय रहोस् , पूँजिवादी युरोपका स्वीडेन, फिनल्याण्ड , नर्वे र डेनमार्क जस्ता मुलुकले अवलम्बन गरेको नर्डिक वा स्कण्डेनेभियन मोडेलको आर्थिक तथा राजनैतिक स्वरूप स-साना मुलुकको लागि अति नै सकारात्मक रूपमा प्रभावकारी मानिएको छ र यी मुलुकहरू नै जनताको जीवनस्तरको कसीमा संसारमा लगातार उच्च स्थान बनाउन सफल पनि रहेका छन् ।



October 7, 2010

दौंतरीहरूलाई शुभकामना

दौतरीका पाठक तथा लेखक सबैलाई शुभकामना। दौंतरीमा सामेल भएको ३ बर्ष पूरा भएर आज ४ बर्ष लागेको छ। यो समय छोटो या लामो के भन्ने खै,तर लेख,समिक्षा र संबाद धेरै भएछन। धेरै मित्रता गांसियो,कती त टुटाइयो,कती अझ गांसिदै छ,प्रक्रितीको नियती नै यस्तै होला। दौंतरीबाट धेरै गर्ने सोच थियो,कती गरियो त्यो त पाठहकरुले नै मुल्याकंन गर्ने हो। जे जती गरियो त्यसमा अझ अन्य सामाग्री थप्दै सदैब यो इन्टरनेटको जालोमा दौंतरी बनेर रहिरहने छौं। नेपाली भएर निर्भिक स्वच्छ तथा सही बिचार संप्रेषण गर्दैरहने छौं। दौंतरीसंगै अहिले सम्म रहनु भएकोमा तपाईहरुलाई सबैलाइ बधाइ साथै आउने समयमा पनि दौंतरीसंग रहिरहनु हुन आशा गर्दछौं। दौंतरीबाट हराउनु भएको भए पुन दौंतरीमा आएर रमाउनुहोला।

के राम्रो गरियो,के गर्दा राम्रो होला पक्कै भन्नुहोला,साथै एक आपसमा शुभकामना बाढ्न पक्कै पनि नभुल्नुहोला। नेपालीको ब्लग चौतारी दौंतरी,तपाइ हामीकै साझा सम्पती हो।

विश्लेषण

आदरणिय दिदी बहिनीहरु!

'आज म यहाँहरुको अघि यसरी ऊभिन पाउदा भाव विह्वल भएको छु।
तपाई दिदीबहिनी मात्र होइन तपाईहरु आमा हो । आमा सृष्टीको मुहान हो र ममताको खानी हो।'
उ बोल्दै थियो। 'आजको युग भनेको सभ्यताको युग हो। सभ्यताको शुरुवात हो नारी ! ऊठ्नुस! जाग्नुस!धर्मको ढोगी बनेर होइन कर्मको हत्केलाहरु उठाउदै। अब नारी घर र चौघेरा, पर्खालको पहरेदार होइन सिंगो राष्ट्रको महान योद्दा बन्नु पर्छ.' तालीको गडगडाहटले ऊ भित्र झन उत्साह बढि रहेको थियो।
‘पुरुषको बोलवाला रहेको यो समाजलाई नारी शक्तिको गुन्जयमान ध्वनी चाहिएको छ ।हामी सबै मिलेर नारी ध्वनीलाई प्रतिध्वनीत गरौ। अब यहाँ, नारी पुरुष बिच भागबण्डा हुने छैन स्वामित्वको ,बरु ,शंखघोस् हुनेछ एकताको!


October 6, 2010

शुभकामना गजल

झुल्कियोस दैलो दैलोमा अध्यारो चिरी ज्योति
धेरै भयो निभेको खुशी आउ उषा लाली पोती

पसिना माग्ने माटो रगतको छिटामा रम्दैन
श्रम र शिप कदर भए फल्छ यही मोती

सदभाबको बाताले आस्थाको छानो कसम
झरी छेकिन्न कसै आर्काको छातामा ओती

भोक किन्न सकिन्न चौरासी बेन्जन भए नी
अंऋत हुन्छ बरु पसिनाले कमाको रोटी

खुशीको जमरा पलाओस हर नेपाली मनमा
अटल होस शान्ति बिबेक देउ सरस्वोती

पहिला नेपाल, नेपाली अनीमात्र जनसम्पर्क समिति- गगन थापा

यूएई

गत शुक्रवार दुबईको एक होटलमा आयोजना गरिएको नेपाली जनसम्पर्क समिति यूएईको प्रथम महाधिवेशनमा प्रवासमा पहिला नेपाल, नेपाली अनि मात्र जनसम्पर्क समिति भई चिनिन नेपाली कांग्रेसका युवा नेता गगन थापाले कार्यकर्ताहरुलाई अनुरोध गरे ।

उक्त अवसरमा यूएईमा रहेका सम्पूर्ण संघसंस्थाहरुका प्रतिनिधीहरुको उपस्थितमा अन्तकृया कार्यक्रम समेत सम्पन्न भएको थियो । एनआरएन आई सी सीका कोषाध्यक्ष रामेश्वर शाह, नेपाली समाजका अध्यक्ष, यम तमु, एनआरएन एन सी सीका अध्यक्ष चुडामणी ढकाल, नेपाल पत्रकार महासाघका
 अध्यक्ष शंकर ज्ञवाली, जनजाती महासाघका अध्यक्ष भुवन राई, लगायत अन्य संघ संस्थाका प्रमुखहरुले नयाा कार्यसमितिको उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरे । प्राय वक्ताले गगन थापालाई भर्खरै भएको नेपाली काग्रेसको महाधिवेशनबाट थपिएको जिम्मेवारी सफलतापूर्णरुपमा गहन गर्न आग्रह समेत गरे ।


October 3, 2010

'एक्काइसौँ शताब्दी' : मताग्रही अवधारणा कि वस्तुगत संज्ञा

( निर्मलमणि अधिकारी 'आयोदधौम्य'

धेरै नै प्रयोग गरिने शब्दावली हो यो 'एक्काइसौँ शताब्दी' । लेखाइ र बोलाइ दुवैमा 'एक्काइसौँ शताब्दी' को दुहाइ दिने क्रम बढ्दो छ । तर,हाम्रो देशमा जसरी 'आधुनिक' (Modern), 'आधुनिकतावाद' (Modernism), 'उत्तर आधुनिकतावाद' (Postmodernism),, वैश्विकरण (Globalization) आदि अवधारणाहरूलाई तिनको अर्थ नबुझेरै सर्न्दर्भबिना प्रयोग गरेको देखिन्छ त्यसरी नै 'एक्काइसौ
शताब्दी' लाई पनि नबुझेरै बोल्ने/लेख्ने गरेको देखिन्छ । मोर्डन, मोर्डर्निज्म, पोस्टमोर्डर्निज्म,
  ग्लोबलाइजेसन आदि वस्तुगत संज्ञा होइनन्, यी त मताग्र ही अवधारणा (Ideological concept)हुन् र 'एक्काइसौँ शताब्दी' पनि त्यस्तै हो ।

यी सबै अवधारणाहरू युरोपकेन्द्रित (Eurocentric) भनिने ज्ञानपद्धतिबाट निःसृत हुन् ।


'शताब्दी' मात्रै भनियो भने यो शब्दले सामान्यतया एक सय वर्षो समयावधि भन्ने अर्थ दिन्छ र कुनै सिद्धान्त, वाद, दृष्टिकोण वा मताग्रहलाई जनाउँदैन । तर जब 'शताब्दी' को अगाडि 'एक्काइसौँ' भनी विशेषण लगाइनासाथ यसले वस्तुगत आधार गुमाउँछ । अर्थात्, 'एक्काइसौँ शताब्दी' भन्ने अवधारणा