April 4, 2010
यूएईबाट सास्कृतिक कार्यक्रमद्धारा अग्नी पिडितलाई राहत
नेपाली राजदूतावास यूएईका द्धितिय सचिव लोक बहादुर क्षेत्री पौडेलको प्रमखु आथित्य तथा समाजका सभापति तुलसी तामाङ्गको समापतित्वमा सम्पन्न उक्त सास्कृतिक कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा उप प्रमुखहरु साथ साथै यूएईमा छरिएर रहेका प्रवासी नेपालीहरुको उपस्थिति रहेको थियो ।
उपस्थित अतिथीहरुलाई समाजका उपाध्यक्ष सुरद प्रधानले स्वागत मन्तब्यद्धारा स्वागत गरेका थिए भने प्रमुख अतिथी तथा कार्यक्रमका सभापतिले दियोमा बत्ति बालीे कार्यक्रम उद्धघाटन गरीएको थियो । भर्खरै देहवसान भएका शिखर पुरुष स्व। गिरीजा प्रसाद कोईरालाको चिर शान्तिको कामना गर्दै १ मिनेट मौन धारण गरिएको थियो । पहिलो चरणको कार्यक्रममा आशनग्रहण लगायत ईलामको चर्चा परिचचा साथमा कार्यक्रमको बारेमा जानकारी गराईएको थियो भने दोश्रो चरणको कार्यक्रम सास्कृतिक कार्यक्रम रहेको थियो ।
यूएईको अलऐन देखी युवा गायक ज्ञान लामा दुवईको उक्त होटलमा कसैलाई लैजान कम्मर कस्तै थिए त्यसैले उनले भन्दै थिए मायाँलुलाई आजै लैजाउकी भनी आको छु कम्मर कसेर उनको गीतमा यूवा यूवती तालमा ताल मिलाउदै झुम्मिए । सायद मायाँलु जान मानीनछन् कि उनले स्टेजमा अर्का सहयात्री प्रेम लामालाई बोलाएर मायाँलुलाई मायाँको डोरीले कस्दै यसपाली ज्यान गए पनि न छोड्ने वाचा गरे दोश्रो गीतबाट । सास्कृतिक कार्यक्रमको पहिलो सांगेतिक प्रस्तुती ज्ञान लामाको गीतबाट सुरु भएको थियो ।
रिमिक्स गितमा पि्रया लामाले मायाँ लाउन र हास्न रहर लागेको आफ्नो नृत्यसँगै बर्ताईन् । सायद काफल पाक्ने समय भएर होला क्ायारे उनले नृत्य गरेको गीतले पनि भन्दै थियो रेली खोला बगर काफल पाक्यो रहर माया लाउन हास्न लाग्यो रहर ।
हिमाललाई ढाक्यो कान्छा हिउको पछ्यौरीले पिरतीको भाका बोल्छ फुल माजरीले फुलबुट्टे गुन्युचोलीमा सजिदै बसन्ती लामा नृत्यसँगै पिरतीको भाका बोल्दै थिईन । साच्चैनै ईलामेलीहरु कुराहरु मिठा गर्दा रहेछन् क्यारे त्यसैले आषिश राई भन्दै थिए मत हजुर ईलामे ठिटो कुरा गर्छु सार्हैनै मिठो उनको गीतमा स्टेजमानै गएर दर्शकहरु नाचे ।
कस्तो अचम्म प्रवासमा पनि सायद उनी विचकी थिईन् क्यारे उनलाई पुर्वको च्याङ्गवाले भागेर जाउँ भन्दै थियो भने पश्चिमको सोल्टाले पिरती लाउ भन्दै थियो तर गंगामाया स्याम्वो दोधारमा पर्दै थिईन् भागेर जाने या पिरती लाउने उनको नृत्य गरेको गीतको बोलले त्यहि भन्दै थियो । नविनले कालो टोपी भादगाउले लिएर स्टेजमा आए उनलाई नृत्यमा साथ दिए दर्शकहरुले स्टेजमानै नाचेर ।
झ्याउरेको तालैमा नाचु नाचु लागेको थियो भने मारुनीको भाकामा गाउँ गाउँ लागेको थियो पुजा लामालाई । तर पुजा लामाले मारुनीको भाकामा गाईनन् कम्मर मर्काउदै नाचीन् । दर्शकहरु दोधारमा परेका थिए क्यारे कुन चाही पुजा लामा हुन् भनेर तर यिनी पुजा लामा टाटु देखाउने पुजा लामा रहिछन् । मिना तामाङ्गको दिल ढक ढक गर्दै नाचु नाचु गाउ गाउ भन्दै थियो गीतको बोलले उनको नृत्यसँगै ।
रमेश खड्का भन्दै थिए चट्ट कपाल छोटो कपडा कस्तो सुहाको ब्यङ्गयात्मक कविता मार्फत उनको कविताले ब्यङ्गपनि गर्दै थियो भने समाजमा सन्देश पनि दिदै थियो । दर्शकहरुले उनको कविताको शेयर सकिन नपाउँदै वाहा वाहा भनी रहे । उनको प्रस्तुतै वेग्लै मज्जा दिएको थियो ।
पि्रया स्याम्वोलाई कसैले मोहनी लगाएछ त्यसैले आजकल उनको त्यहि मोहनीले ज्यान खाँदै रहेछ । उनि नाच्दै थिईन ज्यानै खायो उसको मायाँले मोहनी लगायो उस्को मायाँले भन्ने भाकाको गीतमा ।
रोशन राईलाई लठ् पार्दै थियो लज्जाउने सर्माउने वैंशको नानीले त्यसैले उनले भन्दै थिए सललल वगेको त्यो चिसो पानीले । धनराजले ईन्जीन गाडीमा लिएर स्टेजमा आए तर उनलाई विचमा आफ्नै हातले साथ दिएन गीत गाउँदा गाउँदै उनको माईक आफैले अफ गरे । प्राविधीकलाई गाली गर्न लागे र फेरी उही ट्याकलाई दोहोर्याउन लगाए अनी फेरी गाए उहि गीत ।
कार्यक्रम अन्त्य हुदै थियो दर्शकहरु हलबाट बाहिरीदै थिए भने अतिथीहरु बाहिरीने क्रममा थिए तर ज्ञान लामा स्टेजमा आफ्नै एल्वमको गीत घिनताङ्ग घिनताङ्ग लिएर आए । अगाडी बसेका प्रमुख अथिती जुरुक्क उठे अनि उनले गाउँदै गरेको स्टेजमा पुगेर फनक्क नाचे उनलाई साथ दिन अर्का अथिती एनआरएनएका अध्यक्ष स्टेजमा गएर ताली बजाउदै नाच्न थाले । हलबाट बाहिरीएका दर्शकहरु पनि फनक्क फर्की स्टेजमा पुगे अनी नाच्न थाले । यूवा यूवती पनि ज्ञान लामालाई धक्का मार्दै नाचे कार्यक्रमको अन्तिम गीतमा अतिथी लगायत सबै स्टेजमा पुगी नाचे ।
ईलामेली समाज यूएईले तीन दशक देखी यूएईमा नेपालीहरुका समस्याहरुलाई विभिन्न तरिकाले समाधान गर्दै आएका समाजसेवी चन्द्र प्रसाद सापकोटा सार्क गेम तथा नेपाल लगायत यूएईमा लगातार ५ पकट म्याराथुनमा प्रथम स्थान हासील गरेका अभिनारायण अधिकारी ईलामेली समाजलाई विभिन्न स्थानबाट सहयोग गर्दै आएका लोकनाथ सुवेदी साथै विभिन्न सास्कृतिक कार्यक्रममा उत्कृष्ट गीत तथा नृत्य प्रस्तुत गर्दै आएका कलाकारहरु ज्ञान लामा सरस्वती थोकर र मिना तामाङ्गलाई सम्मान गर्दै प्रमुख अथिती तथा कार्यक्रमका सभापतिले दोसल्ला तथा प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा प्रमखु अतिथी नेपाली राजदूतावास यूएईका द्धितिय सचिव लोक बहादुर क्षेत्री एनआरएनएका भु।पु गल्फ सम्योजक चन्द्र प्रसाद सापकोटा एनआरएनए एन सी सी यूएईका अध्यक्ष चुणामणी ढकाल जनजाती महासंघका अध्यक्ष भुवन राई तामाङ्ग समाज यूएईका अध्यक्ष छत्र लामा लुम्विनी वेलफेयर सोसाईटीका डिएल शर्मा आदीले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
सास्कृतिक कार्यक्रम तथा अन्य श्रोतबाट करिव नेपाली १ लाख रुपैया भर्खरै ईलाममा भएको आगोलागीबाट पिडित भएका अग्निपिडीतहरुलाई सिधै हस्तान्तरण गर्ने कार्य रहेको कार्यक्रमका सभापति तुलसी तामाङ्गले बताए । उक्त सास्कृतिक कार्यक्रममा विभिन्न संघ संस्था तथा ब्यक्तिहरुले अग्निपिडीतलाई स्वईच्छाले रकम प्रदान गरेका थिए । कार्यक्रमको सम्योजक सभापति तुलसी तामाङ्गले गरेका थिए । कार्यक्रम साँझ ६ बजे देखी राती ९ बजे सम्म साचालन भएको थियो ।
कार्यक्र खगेन्द्र कट्टेल तथा राजु निरौलाले सयुक्त रुपमा साचालन गरेका थिए भने कार्यक्रमको सम्योजक सभापति तुलसी तामाङ्गले गरेका थिए ।
April 3, 2010
बसाई सर्न के भोर?
बचनकै के त कुरा
भुले सम्झाई के भोर?
मन नपरे ति सब कुरा
होइन भन्न के भोर?
खाएका कसमका के कुरा
छिनभरमै तोडे के भोर?
उन्मादमा गरेका ति कुरा
बेसुर भने के भोर?
आंसुमा डुब्नुको के कुरा
आफू मुस्काए के भोर?
गल्ती भएको के कुरा
सज्जन देखिए के भोर?
साथ मरे त के कुरा
आफूं नमरे के भोर?
अरुको दु:खको के कुरा
सुखलाइ अंगाले के भोर?
प्याराका प्यासको के कुरा्
तिर्खा मेटिए के भोर?
सिमानाको त के कुरा
बास्तै नगरे के भोर?
पोतेमा अल्झनु के कुरा
धागोलाई दोष दिन के भोर?
संबन्ध टुट्नुको के कुरा
सबैलाइ ढांटे के भोर?
भेटेर छुट्नुको के कुरा
भुलेर गए के भोर?
भत्केको घरको के कुरा
बसाई सर्न के भोर?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
April 1, 2010
गाउँखाने कथा - ३७ (Nepali Gau Khane Katha)
-------------------------------------------------
यहां छन् वरपिपल, काशी गए जरा, के हो?
यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
March 30, 2010
एक मान्छेको खोजीमा
कहिले टुँडालबाट नियाल्छु
कहिले निष्पट्ट अँध्यारोमा भौंतारिन्छु
कहिले जुनेली रातमा टहलिन्छु
कहिले फाँटफाँटै दौडिन्छु
कहिले अनकन्टार जंगलको बिचमा कुरिरहन्छु
कहिले ढोका ढक्ढक्याउँदै हिंडछु
कहिले अखवारका पाना सर्सर्ती पल्टाउँछु
कहिले भीडमा एकटंकार हेर्छु
कहिले दोबाटोमा पागलसरि एक्लै भुत्भुताई रहन्छु
केबल
एक मान्छेको खोजीमा ।
-दिनेश चन्द्र पन्थी “दीप”
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
March 29, 2010
धूर्तको विनय, गोहीको आँशु र लासमाथीको राजनीति
“अति विनयम् धूर्त लक्षणम्”- संस्कृतको यो भनाई यसो त मैले सधैं नै एकदम सत्य पाएको छु । तर यस पटक भने यो चार शब्दले चार दिनमा मेरो देशका नेताहरुको चरित्र पुरै दर्शायो ।
प्रंसग गिरिजा कोईरलाको निधन र त्यसपछि विकसीत घटनाक्रमको हो । अघिल्लो हप्ता गिरिजाप्रसाद कोइरालाको राजनैतिक यात्रा र दीर्घ जीवनको पट्टाक्षेप पछि नेपालको राजनितीमा एकचोटी गज्जबको सहिष्णुता, सम-आदर र पर-सम्मानको नाटक देखियो।
उनका आफ्ना दल वा गुटका त कुरै छौडौं, विगतमा उनका कट्टर विरोधी रहेका समेत उनका दूरदर्शी निती, उनको कार्यकुशलता र उनका सोचको प्रशंसा र स्तुतीगानमा व्यस्त रहे । कुरोको चुरोसम्मै सिधै पुग्ने हो भने “नयाँ जोगीका खस्रा छाला” भनेजस्तै गरी उनका नितीसंग सधैं पैठोजोरी गर्दै आफ्नै दबदबा कायम गर्न अग्रसर हुनेहरु नै सबैभन्दा ‘दु:खी’ देखीए ।
उनको सोच र मार्गचित्र अनुसार चलेर देशमा अमन चैन कायम गर्ने र शान्तिस्थापनाको कार्यलाई यथार्थतामा बदल्ने भनेर हरेकले मसाने वैरागका साथ अभिव्यक्ति दिए । मानौं अब सबैजनाको आखाँ खुलेको छ र अब सबै दल र गुटका नेताहरु एक भएर देशको लागि अघि बढनेछन् ।
तर त्यो मसाने वैराग्य र गोहीका आँशु ३ दिन पनि टिक्न सकेनन् । अनि सुरु भयो शक्तिको लागि आ-आफ्नो हकदाबी गर्ने र हैकम देखाउने खेल । उनको अवसानमा जसरी दल र दल बाहिरका सबैले औपचारिकता प्रदर्शन गरेका थीए, त्यसरी नै उनको निधन भएको ७ दिन पनि नपुग्दै आठ थरिका दाबी र हकका हैकमहरु पार्टी भित्र र बाहिरबाट पनि निक्लन थाले ।
दलमा उनको मृत्युको तेस्रो दिनदेखि नै “अब को?” वा “मै हुँ अब” भन्ने शीतयुध्द चर्कीन थाल्यो भने दल बाहिर पनि एकातर्फ उच्चस्तरीय राजनैतिक संयन्त्रको नेतृत्व आफैंले गर्न पाउनु पर्ने मागका साथ प्रचण्ड देखा परे भने अर्कोतर्फ उच्चस्तरीय राजनैतिक संयन्त्रले सरकार ढाल्ने तयारी भैरहेको थीयो भन्ने ‘ग्य्राण्ड डिजाईन’ को खुलासा गर्दै बाबुराम भट्टराई निस्केका छन । फेरि प्रधानमन्त्री रहेका माधव कुमार नेपाले पनि यहि बेलामा ‘गिरिजा कोईरालासंग ३ हजार मात्रै सैनिक समायोजन’ गर्ने सल्लाह भएको उजागर गरेका छन ।
यही रीतमा जाने हो भने नेपालको राजनीतिमा आउँदा दिनमा यस्ता धेरै ‘सल्लाह’ र ‘निर्णय’ हरुका ठेली नै लाग्नेमा कुनै शंका नलिए हुन्छ ।
उदेक लाग्ने कुरा त के भने, यो सबै ‘गोप्यता’ र ‘ग्य्राण्ड डिजाईन’ को खुलासा गरिरहँदा न त कुनै नेतालाई धक वा लज्जाको महशुस भएको छ न त कसैलाई जनताका पिठ्युँ पछाडि बसेर यस्ता नानाथरी गोप्य सम्झ्यौता र समझदारी गरेको भन्दै हिँडदा एकजना दिवंगत आत्माको सम्मानको ख्याल नै आएको छ ।
कोईराला अब हाम्रो सामुमा छैनन् र अबका दिनमा कुनैपनि अलीखित मुद्दा वा विषयका वारेमा उनका धारणा वा सोच के कस्ता थिए भन्ने वारेमा जसले जे सुकै भनेपनि उनी त्यसको समर्थन वा प्रतिवाद गर्न हाम्रो सामुन्ने आउने छैनन् । यस्तो अबस्थामा, यसलाई मौकाको रुपमा लिँदै आफूलाई जहाँ जे कुरामा फाईदा हुन्छ त्यहाँ ‘कोइरालाले यस्तो भनेका थिए’ वा ‘उनीसंग यस्तो तय भएको थियो’ भन्दै हिँडनु कतिसम्म तर्कसंगत र मानवताका कुरा हुन ।
हुन त लासमाथी राजनिती गर्ने वा लासमाथी चढेर सत्तामा जाने मार्ग नेपाली राजनितीमा कुनै नौलो कुरा भने होईन, तर एकजना राजनितीज्ञ, जसले आफ्नो पुरै जीवन प्रजातन्त्रको लढाईमा खर्चे (उनका कमी –कमजोरीको कुरा यसपाला नगरौं) उनको मृत्युलाई समेत मौका बनाउन खोज्नु भने पक्कै पनि एकदमै अशोभनीय र घृणीत कार्य हो ।
हुनसक्छ, कतिपय राष्ट्रिय समस्या वा आगामी रणनितीका वारेमा उनीसंग अन्य दल वा आफ्नै दलका अन्य सदस्यहरुसंग केही बिचार विमर्श वा सर-सल्लाह भएका होलान । तर लीखित दस्तावेज नरहेका हदसम्ममा अब उनको नाम उचालेर आफ्नो स्वार्थ सिद्द गर्न खोज्नु कसैलाई पनि शोभा दिने कुरा हैनन् ।
म चाहन्छु, उनको निधनको लगत्तै दिएका वक्तव्य र समवेदनाका शब्दहरु हाम्रा सबै कमजोर स्मरणशक्ति भएका नेताहरुले एक पटक आफैं पढेर हेरुन अनि दिवंगत आत्माको बदनाम गर्न हैन, सम्मान पूर्वक राष्ट्रीय समस्या र मुद्दामा सहमतिको मिलन बिन्दुमा पुगुन । राजनीति फोहरी खेल नै होला तर यसलाई यत्ती फोहर पनि नबनाउँ कि यसले शारिरिक दायरा नाघरे कसैको आत्मालाई पनि विकृत बनाओस ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
यस्तो लाग्छ किन!?
मिर्मिरेको चिर्बिर झै झन्कार दिने तनभित्र
गुन्जी रहने आवाज मिठो पहरामै हरायो कि!
झ्याउकिरीको स्वर पनि चोरु चोरु लाग्छ किन?
पर्खाइ यो निमेषको पुरै युग बनाउ कि त
दोबाटोमा लुकेर आँखा भरी बिछ्याउ कि त
मनभित्रका खुलदुली पोको पारी पछ्यौरीमा
छटपटीका मीठापल रोजु रोजु लाग्छ किन?
भावनाको रंग कस्तो अझै रंगु जस्तो लाग्ने
रहर साँच्ने अधर, तृषित् ति नयन भित्र
रमाउदै जुनीभरी लुकु लुकु लाग्छ किन ?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest