January 9, 2010
यूएईका तमूहरु छम छम्ती नाचे २५९४ औं तो ल्होसार कार्यक्रममा
उपस्थित सम्पूर्ण तमू तथा गैर तमूलाई गुरुङ्गभाषाको गितबाट पूर्ण तमू विमलाराज तमू दिपक तमू तथा अन्य कलाकारहरुले स्वागत गितद्धारा स्वागत गरेका थिए ।
सास्कृतिक कार्यक्रमको पहिलो प्रस्तुति कलाकार सम्झना वाईवाले भन्थे चोरी चोरी भन्ने गितको बोलमा आफू नाच्दै दर्शकहरुलाई पनी नचाईन् भने मिलन तमूले मलाई छोरी दिने कोई छ भन्ने कमेडी गितमा नृत्य गर्दा हल दर्शकहरुको हासोले गुाजीएको थियो । उनको हास्य प्रहसन अतिनै उत्कृष्ट थियो । पृथ्वी तमूले स्वर्गिय युक्त गुरुङ्गको गुरुङ्ग भाषाको गित मादल सारङ्गीको तालमा गाएका थिए । राजु तमू बावुराम तमू मेखमाया तथा मिलन तमूले थले छावा भन्ने गुरुङ्ग भाषाको गितको बोलमा गुरुङ्गकै भेष भुषामा नृत्य गरेका थिए । यूएईकी ख्यातिप्राप्त नृत्याङ्गना भावना ढकालले सामूहिक सालैजो भाका कौडा भाका तथा एकल नृत्य प्रस्तुत गरेकी थिईन् । गगन तमू आफैले भर्खरै बजारमा ल्याएको भिसीडी तथा क्यासेटको यो मन होला हरा र भरा मिनीवसमा जाउँ सँगै पोखरा भन्ने पन्चे बाजाको तालमा विमलासँग लोक दोहोरी गाउँदा दर्शकहरुले चिसिएको वातावारणलाई तताएका थिए । पूर्ण गूरुङ्ग दिपक गुरुङ्ग र अन्य कलाकारहरुले गुरुङ्गहरुको अति महत्वपूर्ण घाटु नाचले दर्शकहरुलाई मनोराजन दिलाएका थिए यो नाच औसीबाट सुरु भएर बैषाख पूर्णिमामा समाप्त हुने तमू समाजका अध्यक्ष राज तमूले बताए । नौनी नौनी भन्ने रिमिक्स गितमा पूजा लामा ले नृत्य गर्दा दर्शकहरु नाच भन्दा पनि उनको पछाडी पट्टी देखिएको पुतली आकारको टाटुलाई देखेर वाहा वाह गरिरहेका थिए भने उनको नृत्यमा दर्शकहरु पनि उफ्री उपि्रु नाचेका थिए । स्याम तमू रिचा थापा तथा दिपक तमूको अर्को हास्य प्रहसनले दर्शकहरुलाई सन्देशका साथ साथै भरपूर्ण मनोराजन दिलाएको थियो उक्त हास्य प्रस्तुतीमा दर्शकहरु दिल खोलेर हासेका थिए । पि्रतम तमू तथा सुनीता तमूस्योले वनमा फुल्यो फुल भन्ने गितको भाकामा जोडी नृत्य प्रस्तुत गरेका थिए भने रेखा घिमिरेले नविसे्र तिमीलाई भन्ने गित गाएकी थिईन् । विकास तमूले लोक पप गित गाउँदा दर्शकहरु आफु बसेको कुसर्ि छोड्न बाध्य भएका थिए । यो नानीको शिरैमा फुल रैछ बामरी भन्ने भाकाको गुरुङ्गहरुको अर्को अति प्रचलित कौडा नाचमा दिपक पूर्ण रिचा तथा अन्य तमूकलाकारहरुले डम्फुको तालमा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रमको अन्त्यमा गगन तमू र मेखमायाँ तमूको साथमा दोहोरी चल्दा दर्शक तथा अथितिहरु स्टेजमानै गएर नाचेका थिए । मैपरे स्याङ्गजाको दुवईको ल्होसार कार्यक्रममा भेट भाको भन्ने भाकाको दोहोरी गितमा सबै दर्शकहरुले नाचेर साथ दिएका थिए ।
गुरुङ्ग भेष भुषा पहिरनको १० जनाको बिचमा प्रतिस्प्रधा गराईएको थियो । जसमा ५ जना महिला र ५ जना पुरुष आफ्नो प्रतिस्प्रधिमा उभिएका थिए । उनिहरुले गुरुङ्ग समूदायले पहिरने विभिन्न भेष भुषाहरु पहिरीएका थिए । उक्त पहिरनको निर्णायक मण्डलमा स्याम तमू तथा हस्त तमु थिए । पुरुष तर्फ तिलक तमू प्रथम भए भने महिला तर्फ ज्योति तमूस्यो प्रथम भईन् ।
उक्त तोल्होसार कार्यक्रम तमू समाज यूएईका अध्यक्ष राजू तमूको सभापतित्व तथा नेपाली राजदूतावास अबूधावीका महामहिम राजदूत अर्जुन बहादुर थापाको प्रमुख आथित्वमा सम्पन्न भएको थियो भने दूतावासका श्रम सहचारिका पार्वती अर्याल द्धितिय सचिव लोक बहादुर क्षेत्री पौडेल तृतिय सचिव जितेन्द्र लाव साथै एनआरएन आईसी सीका कोषाध्यक्ष रामेश्वर शाह नेपाली समाजका अध्यक्ष यम प्रसाद तमू एनआरएन एन सी सीका अधयक्ष सि।एम ढकाल साथै यूएईमा स्थापना भएका अन्य नेपाली संघसंस्थाहरुको प्रमुख तथा उप प्रमुखहरुको उपस्थिति रहेको थियो ।
प्रमुख अथिति तथा सभापतिद्धारा दिप प्रज्वोलन गरी कार्यक्रमको उद्धघाटन गरिएको थियो भने कार्यक्रममा गंजमान तमू तथा तेज तमूले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । गाई बर्गबाट बाघ बर्गमा प्रवेश गरेका १२ जना तमूहरुलाई वरिष्ठ सल्लाहकार यम प्रसाद तमूले खादा पहिराई वाघ वर्गमा प्रवेश गरेकोमा स्वागत गरेका थिए । यूएईमा रहेका तथा नेपालमा रहेका तमूहरुको शुख शान्ती तथा शुद्धिको लागि १०८ बत्ती उपस्थित प्रमुख अथिती तथा अन्य अथितिहरुले प्रज्वलन गरेका थिए ।
तमूहरुले उक्त ल्होसार कार्यक्रमलाई बार्षिकीको रुपममा पनि मनाउदै आएको हुनाले उक्त कार्यक्रममा २०१० र २०११ को लागि नयाँ कार्य समितिको पुन राजु तमूकै अध्यक्षतामा नयाँ कार्य समितिको घोषणा पनि गरिएको थियो । नयाँ कार्य समितिमा क्रमश उपाध्यक्ष तेज प्रसाद तमू गंजमान तमू प्रेम तमू महासचिव डि।आर तमू सचिव तुल बहादुर तमू कोषाध्यक्ष यम ब तमू सहकोषाध्क्ष हरी तमूरहेका छन् भने यसै कार्य समितिबाट तमू समाज यूएई क्षेत्रिय नभएर केन्द्रिय हुने पनि घोषणा गरेका थिए । भोजराज तमू दुवई गुाजमान तमू अबुधावी राज तमू अलएन साथै दिल तमू उद्धार रुपा तमूश्यो महिला विभाग सास्कृतिक विभागमा स्याम तमू साथै वरिष्ठ सल्लाहकारमा यम प्रसाद तमूलाई चयन गरिएको थियो ।
उक्त कार्यक्रममा गगन तमुद्धारा आफ्नै लय संगित शब्द शंकलनमा भर्खरै बजारमा आएको दोश्रो लोक भिसीडी तथा क्यासेटको प्रमुख अथिति तथा सभापतिले विमोचन गरेका थिए ।
ल्होसार कार्यक्रममा जनजाती महासँघका अध्यक्ष भूवन राईले उपस्थित दर्शकहरुको भिड देखेर आफु अति हसर्ित भएको साथै अन्य संघ संस्थालाई गतिलो झड्का दिएको बताए । कार्यक्रम सफल हुन कार्यक्रम स्थरिय हुनु पर्दो रहेछ भन्दै गुरुङ्ग तथा अन्य जनजातीहरुको भेष भूषा उनिहरुको मात्र सम्पत्ति नभएर सिङ्गो नेपालको राष्ट्यि सम्पत्ति भएको बताए । उनले भने अब लेखिने संविधानमा जनजाती समाजमा पिछडिएको बर्गलाईसमेत समानरुपले लैजानेखालको ब्यवस्था गरियोस भन्दै नयाँ कार्यसमितिलाई शुभ कामना दिएका थिए । नेपाल पत्रकार महासँघ सम्र्पक शाखा यूएईका अध्यक्ष जाकिर हुसेनले आफुले दर्शकहरु अन्त्यसम्म पनि अति शान्त र खचाखच भएर रहेको पहिलो पटक देखेको बताउदै नयाँ कार्य समितिलाई शुभ कामना दिएका थिए ।
प्रमुख अथिति महामहिम अर्जुन बहादुर थापाले ल्होसारको अवसरमा देश विदेशमा रहेका सम्पूर्ण तमूहरुमा सुख शान्ति छाओस भन्दै शुभकामना ब्यक्त गरे । उनले पुर्व वक्ता भुवन राईको भनाईलाई कोण गर्दै साच्चैनै तमूहरुको भेष भुषा कला संस्कृति उनिहरुको मात्र नभएर सिङ्गो नेपालको पहिचान भएको बताए । उनले शुभकमना मन्तब्य दिने क्रममा राजदूतावासले अब यूएईमा रहेका सम्पूर्ण नेपालीहरुको हक हितको लागि प्रत्येक शुक्रवार नेपाली राजदूतावासद्धारा घुम्ती सेवा साचालन गर्ने बताए । साथै उक्त घुम्ती सेवा बाट यूएईमा रहेका नेपालीहरुको पासपोर्ट नविकरण देखी लिएर अन्य आवश्यक पर्ने डकुमेन्टहरुको सेवा उपलब्ध गराउने बताए । उनले भने कतार तथा साउदी अरबमा लेवरको तलब बढाउने भनिएको र यहाँ पनि लेवरलाई ६ सय दिह्राम्स भन्दा माथी बनाउने सोच बनाएको र अहिलेको यहाँको अवस्थालाई हेरी यहाँ रहेका सामाजिक संघ संस्थाका ब्यक्तीहरुसँग छलफल गरी यसकॊ निर्णय गर्ने बताए ।
पहिलो चरणको कार्यक्रम समाजका महासचिव डि।आर गुरुङ्गले साचालन गरेका थिए भने दोश्रो चरणको सास्कृति कार्यक्रम टेक तमू र ज्योति तमूस्योले साचालन गरेका थिए ।
तमू समाजले आयोजना गरेको विभिन्न सास्कृतिक कार्यक्रममा सहयोग गरेवापत कलाकार भावना ढकाल र दिपक गुरुङ्गलाई तमू समाजले सम्मान गरेको थियो ।
कार्यक्रम दिनको ३ बजे सूरु हुने भनी प्रचार प्रसार गरिएता पनि २ घण्टा ढिलो ५ बजेदेखी सुरु भएको थियो । कार्यक्रमको पहिलो चरणमा करिव साढे १ घण्टा अथितिहरुलाई आसन ग्रहण र अन्य समाजको गतिविधीमा बितेको थियो । कार्यक्रममा प्राय जसो यूएईमा छरिएर रहेका तमूहरुको बाक्लो उपस्थिति रहेको थियो भने सुरु देखी अन्त्य सम्म कार्यक्रम अति शान्त वातावरणमा सम्पन्न भएको थियो । विचि विचमा साउण्ड सिस्टम र डिजे संगको कोओर्डिनेशनको अभावले केही समय कार्यक्रमलाई प्रभाव पारेको थियो ।
January 8, 2010
गाऊँखाने कथा - ३४ (Nepali Gau Khane Katha)
पुड्के बाहुन भान्छा जान्छ, पींधबाट चन्दन तान्छ, के हो ?
यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।
अपडेट: गाउं खाने कथा ३४ को सही उत्तर हो कसौंडी। उत्तर मिलाउन प्रयास गर्ने सबै दौंतरीहरुलाई धेरै धेरै धन्यबाद।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
January 2, 2010
नया वर्ष मुलुक र मुलुकवासीका लागि सुखदायी बनोस् ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
January 1, 2010
नौलो यात्रा २०१०
अन्तमा सुनौलो लक्ष लिइ नया बर्ष २०१० को नौलो यात्रामा निस्कने स्वदेश या बिदेशमा रहेका मित्रहरु प्रती श्पर्स समूहको गित सम्पर्ण गर्न चाहान्छू।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
December 31, 2009
Nepali Bloggers - Bundle up!
http://www.bloggers.com.np/: यो साइटले सबै नेपाली ब्लगहरु अल्फाबेटको आधारमा लिस्टिंग गरेर एउटै छातामा समेटेको छ।हुन त यसमा सबै ब्लग नहोलान तर आजको मितीसम्म यो साइटमा जम्मा ४५० ब्लग दर्ता भएका छन। तपाइ पनि आफ्नो ब्लग छ या साथीको ब्लग छ भने info@bloggers.com.np मा संपर्क गेरर ब्लग दर्ता गराउनुहोस। यस्ले तपाइको ब्लगको बारेमा सबैलाइ जानकारी दिन ठुलो मद्दत गर्नेछ।
nepali-bloggers: सम्पुर्ण नेपाली भाषी ब्लगरहरु बिच एउटा सामुहिक चौतारी गठन गर्ने हेतुले नेपाली ब्लगर्स(Nepali Bloggers) भन्ने गुगल समुह को स्थापना गरिएको हो। दौंतरीमा भएको नेपाली ब्लग भेला पछि यो समुह निकै सक्रिय रहेको छ। हाल सम्म यस समुहमा १६० जना सदस्य भइसकेका छन। http://groups.google.com/group/nepali-bloggers?hl=en यो समुहमा ब्लग सम्बन्धी आफ्ना भनाइ देखी ब्लगको लागी सहयोग लिने दिने आदी गरिन्छ। यस समुहमा नया ब्लगर मात्र नभै पूराना सक्रिय ब्लगर पनि रहेकाले धेरै ब्लगरहरु लाभान्दित भएका छन। यो फोरम पनि सबैका लागी खुला भएकाले मा गएर तपाइ यसका गितबिधीको जानकारी हासील गर्न सक्नुहुनेछ। तपाइ पनि यसमा सदस्य बन्नु परे यो समुहको साइटमा गएर देब्रपट्टी रहेको Join this group बटनमा थिचेर आफुलाइ सामेल गर्नसक्नुहुनेछ।
Face book group: यो फेसबुक समुह बर्णनमा भनिएको छ Nepali Bloggers around the Globe। यो समुहका सामाग्री सबै सामु खुला छन र यसमा अहिले सम्म ११३ जना ब्लगरहरु सदस्य बनेका छन। यो फेसग्रुप ले ब्लग लिस्ट http://hamrocircle.blogspot.com/ पनि संचालन गरेको छ जस्मा नेपाली ब्लगका आर.एस.एस फिड दिइन्छ। यस्ले तपाइको हरेक ब्लग लेखन सबै समक्ष पुर्याउंछ। तपाइ http://www.facebook.com/group.php?gid=24008787206मा गएर यस फेसबुक समुहको सदस्य बन्न सक्नुहुनेछ।
माथी भनिएका ३ वाट नेपाली ब्लग साइटमा तपाइ हुनुहुन्न भने छिटै आफ्नो ब्लग समिल्लीत गराउनुहोस। त्यसले तपाइलाइ अन्य ब्लगर र पाठक समक्ष पुर्याउंछ भने नेपाली ब्लग जगत अझ ठुलो बनाउंछ। सबै ब्लगर मित्रहरु तपाइले अरु नया केही कुरा भए यांहा थप्नुहोला, नया साल २०१० नेपाली ब्लगमा अझ केही नया र राम्रा कुरा ल्याउनुहोला। सहयोग लिने दिन गर्दा नै हाम्रो नेपाली ब्लग समुह सबल बन्दछ। साथै फेब्ररी १ मा हुने दोस्रो ब्लगर भेलाको लागी पनि तयारी गर्नुहोला।
नया बर्ष २०१० को ब्लगर तथा पाठकलाइ हार्दीक शुभकामना।
हेप्पी ब्लगिगं
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
December 29, 2009
नागरिक सर्वोच्चताले जन्माएको खेलाडी
लेखक:- विजयकुमार श्रेष्ठ
नेपाललाई सतिले सरापेको देश भनेर पाका नेपालीको मुखबाट सुन्न पाएका थियौ कुनै बेला त्यस्तो शब्दको पछि लाग्ने हो भनेर नकरात्मक कुरो गर्यो भनेर कुनै बेला गालि गर्नसम्म पछि परेका थिएनौ। कहिले मल्लहरुको पालो,कहिले पाण्डेहरुको पालो, कहिले निरङकुशताको त कहिले शाहहरुको पालो । यस्ता पालै पालोको शासन र शासकहरुको थिचो मिचोले गर्दा नेपालीहरुमा विकान्शोमुश भएर प्रफुल्ल रुपमा आफुमा भएको कला कौसलताको प्रदशन गर्न सकेका थिएनन् । सारा थिचोमिचोको बाबजुत असहिय भएर परिवर्तनको नारालाई बुलन्द पारेर हाते मालो गरेर शासकिए शासनबाट मुक्ति पाउनको लागि देशमा ठुलो क्रान्तिको सुरुवात भयो । सारा नेपालीमा सामन्ति शासनको आगो भित्र भित्रै दन्कि रहेको थियो र छिटै नै देशमा परिवर्तनको प्रत्याभुती नपाली जनताले पाउन सफल भए ।
सत्ता प्राप्तिको सफलतासँगै नेताहरुले पार्टिको विजारोपण गराउन थाले । ठुला दलको नामले चिनीन गयो नेपाली कांग्रेस र दोस्रो ठुलो दलको नामले चिनीन गयो नेपाल कम्युनिष्ट पार्टि माले । रात रहयो औराख पलायो भन्ने उखानलाई सावित गर्दै को भन्दा को कमको होडवाजि हुन थाल्यो र देशमा एकले अर्कालाई विभिन्न लान्छना लगाउदै आफनो शक्ति प्रदर्शन गरि आफनो आफनो पहुंचमा पार्टि खोल्ने फुटाउने कामको सृजना हुन गयो । हरेक पार्टिमा बैचारिक मतभेतको रोगले जरा गाड्न थाल्यो । आफनो घरमा धमिरा
लगाउन कम्मर कसेर अघि बढे । सिङ्गो एउटा कम्युनिष्ट पार्टि फुटेर सयौ चिरामा विभाजन भयो । हरेक पार्टिमा भिन्दा भिन्दै धारको गुटवन्दिको राणनिती हुन गयो । हिजो एक जोर चप्पल किनेर लगाउन नसक्ने नेता भनाउदाहरु राता रात अरवौ पति भएर सिंह गर्जे जसरि गजिर्न थाले । भोकाएर बसेको बाघ जसरि जस्ले सके उसैले आफनो थैलो भर्ने तिर लाग्यो । परिवर्तनको केहि महिना पछाडि नै व्याक्तिबाद लादेर नेताहरुको परिवर्तन आकसिदो तरिकाले हुन थाल्यो । बहुदलिय प्रजातन्त्रको रसस्वादन नेताहरुले मज्जाले लिए । केहि वर्षपश्चात बहुदलिय प्रजातन्त्र पनि नेपाली जनतालाई बोकालाई कुभिण्डो भने जस्तै हुन गयो । नाम मात्रको सत्ता परिवर्तन भयो । शासन र शासकमा परिवर्तन भने भएन । देशमा झन बिकराल परिस्थितीको जरा गाड्न थाल्यो । अन्याय र अत्याचारले सिमा नाग्न थाल्यो ।
जनतालाई फेरि पनि अर्को आन्दोलनको शुरुवातको जरुरी पर्नगयो । बहुदलवादिमा जनताको शासन हुन सकेन । लोकलाई असहिय भयो र लोकतन्त्रको प्राप्तिको लागी नारा घन्किन थाल्यो । नेपाल कम्युनिष्ट पार्टि माओवादि न्यायको खोजीमा जंगल पसे । जनताको नोकर भएको भनेर न्याय निसावको कसि बोकि जंगलबाट आफना बाहुल्यता देखाउन तिर लागे जता ततै र्सवहाराको नारा घन्काउन थाले । संघर्षको सिमा रहेन । कठोर भन्दा कठोर आन्दोलनको शुरुवात गरे । असोचनिय भयानक संघर्ष लडदै लड्दै परिवर्तनको खाका बोकेर हिड्न थाले । र्सवहारा वर्गको शासन हुनु पर्छ भनेर साम दाम दण्डभेद लगाएर आफनो क्रान्ति जारि राखे । दश वर्षो लामो कष्ट पछि माओवादि जनता सामु प्रत्यक्ष प्रस्तुत भए । केहि हदसम्म दिन दुखिहरुको सहारा भएर अघि बढे । संसद भवन भनेको बुर्जुवाहरुको ठगि खाने अखडा हो भनेर चर्का नारा लगाउने र्सवहाराका नेताहरु आफनो त्याग र बलिदानलाई चटक्क भुलेर बुर्जुवाहरुको खालमा हातेमालो गर्न सहमति भए । जनताको लागी चर्का नारा बोकेर हिडेका माओवादि बुर्जुवाहरुको खालमा पसेर सारा कुरालाई अहेस आराममा विलीन गराउन पछि परेन । सभा सम्मेलनमा आफनो बोलीको लगाम खुकुलो पार्ने र जब सभाबाट बाहिरिन्छ सहमतिको नारा लिएर एक अर्कामा तारे होटलको स्वाद चाख्नलाई चुस्त बनेर हिड्ने गर्न थाले ।
सारा नेपाली जनताको सहभागितामा नौलो क्रान्तिको आगो दन्किन थाल्यो र केहि दिनको सर्घषले देशमा लोकतन्त्रको बहाली हुन गयो । नयाँ नेपालको सुरुवात गर्ने तिर सबैदलहरु अगाडि बढे । नयाँ नेपाल बनाउनको लागी नयाँ सविधानको आवश्यकता पर्ने भएकोले सविधान सभाको घोषण गरेर सभासदको निर्वाचन गराउने प्रकृया अगाडि सारियो । देशमा भएका सबै दलले आफनो आफनो हिसावले चुनावि मैदानमा आफना र्समथकलाई खडा गराए । सारा नेपालीको एउटै कौतुहल थियो नयाँ पार्टि नयाँ व्याक्तिलाई चुनेर देश र जनताको भविष्य उज्वल हुन्छकि भन्ने अभिलाषाले गर्दा नेपाल कप्युनिष्ट पार्टि माओवादिलाई जनताले भारि मतले सविधानसभाको निर्वाचनमा विजय हासिल गराएर देशमा सबै भन्दा ठुलो दलको दर्जा भिराउन सफल भए । हामी त चुनावी खेल खेल्ने पार्टि होईन भनेर जनतालाई घुरक्याउने पार्टिले चुनावमा भाग लिएर आफनो बर्चस्सो जमाउन सफल भए । नेपाली जनताले अब त आन्नदको सास फेर्न पाउने भए भनेर आफनो कुटो कोदालो आन्नदसँग चलाउन थाले । चुनाव सकियो सरकारको गठन भयो । राष्ट्रपति नेपाली काग्रेसले पाउन सफल भयो,उपराष्ट्रपति मदेशि जनधिकार फोरमले चयन गर्न पायो । प्रधानमन्त्रि नेपाल कम्युनिष्ट पार्टि माओवादिले पायो । सरकार चलाउने जिम्मा सोहि पार्टिका अध्यक्ष पुष्प कमल दहालको कादमा पर्न गयो । देशमा नौलो विहानीको शासन सुरु भयो भनेर जनता रमाउन थाले । सुरुका दिनमा जनतालाई दिएको वाचा बन्धन देखाउन लागेका थिए । तर के गर्नु त्यो ठाउँ भनेको कस्तो हो कस्तो कुर्सीमा बसेर कुर्सी तताउन नपाउदै भोग विलासको भुतले गाज्न थाल्यो । नाताबाद र क्रिपावादको चर्को विरोध गर्नेले पहिलो प्राथमिकता त्यसैलाई दिन थाले र अहेस आरामी जिवनमा परिर्वतन हुन थाले । मिलीजुली सरकारमा आफनो मात्र निसाना वाजि लगाउन पछि परेन । हरेक कुरामा आफनो पार्टिको निर्णर्यलाई मान्यता दिन तिर लागे नयाँ नेपालका प्रथम प्रधानमन्त्रि । आफनो बोलीमा आङकुसे लगाउन सक्नु भएन ।
हिजो जनतालाई दिलाएको विश्वास माटोमा विलीन बनाउन सफल हुनु भयो । हरेक क्षेत्रमा परिवर्तनको नारा अगाडि सार्नु भयो । तर कुरा एकातिर काम अर्को तिर हुदै गयो । कहिले अनुभव नभएको भनेर झुक्ने गर्नु भयो कहिले परिक्षणकालमा कमि कम्जोरि त भै हाल्छ भनेर आफु पानि माथिको ओभानो हुनलाई चुक्नु भएन । शासकिय स्वारुप बदल्ने भनेर गएको व्याक्ति हिजोका दिनलाई चटक्क भुलेर नेपालमा कसैले नलिएको विलासितामा रमाउन सफल हुनु भयो । योग्यता विहिन व्याक्तिलाई पद बहालिमा प्रमुख कदम चाल्न सुरु गर्नु भयो । अव जनताले शान्तिको सास फेर्न पाउने छ भनेर नारा धन्काउन पनि पछि पर्नु भएन । सहकार्य सहमतिको विन्दुलाई लत्याएर एक तर्फि शासन गर्न थाल्नु भयो । हिजो जनता सामु गरेका वाचाहरु भुल्न पछि पर्नु भएन । जस्तै सिमा बिबाद,सन्धि हस्ताक्षेर जस्ता ठुला ठुला नारा लिएर गएका व्याक्तिले देशको प्रमुख भएर बस्दा ति कुरा उठाउनमा कम्जोरि हुनु भयो । कहिले के वोल्ने कहिले के बोल्ने गरेर आफनो शासन कालको आयु छोटयाउनु भयो । सरकारको १ वर्ष जती पुर्याउन नपाउदै रुख ढले जसरि हुरि वतासको चपेटमा परेर पछारिनु भयो । आफनो पदबाट राजिनामा दिएर पानि माथिको ओभानो हुन माहिर हुनु भयो क्रान्तिकारि नेता । सरकार ढलेको केहि दिन पश्चात फेरि अरु दल मिलेर नेपाली जनताले नपत्याएका व्याक्तिहरुलाई देशको ढुकुटीको चावि सुम्पिन वाध्य भयो । नेपाली जनताले नपत्याएर के भयो र देश चलाउने जिम्मेवारि पाउन सफल भयो रिमोटिए शासकहरुको साथ पाएर नेपाल कम्युनिष्ट पार्टि एमालेका नेता पुर्व महा सचिव माधवकुमार नेपाल । सतीले सरापेको देशमा के के हुन थाल्यो के के हुन थाल्यो । देशको ढुकुटी रित्याएर चुनाव गराउनुको उपलब्धी हास्सास्पद हुन गयो । माधवकुमार नेपालको सरकारमा सबै जसो मन्त्रिहरु जनताबाट पराजित भएका व्याक्तिहरुको बाहुल्यतामा जम्वो मन्त्रि मण्डल गठन हुन गयो । त्यसैले नेपाली उखान यो लोकतन्त्रमा सबका सब लागु भएर छाडेको छ । भाग्यमा भए डाकोमा दुध दोहे पनि बाहिर जादैन भन्ने उखानले माधवकुमार नेपाललाई साथ दियो । अनि त सुरु भयो रिमोटिए शासन सत्ता सन्चालन । शान्ति सम्झौताको चर्का नारा दिनेहरु एक अर्कामा दोष लगाएर शासन सत्ताको जुहारि खेल्न सुरु गरे । त भन्दा म के कम भन्ने बैमनस्यतालाई सिरोधार्य बनाएर देश सन्चालनमा बाधा व्याबधानहरु खडा गर्न तिर लागे । जब नेपाल कम्युनिष्ट पार्टि एकिकृत माओवादि सत्ताबाट बाहिए अनि समाप्त भयो सहमतिको नारा । त्यस पछि सुरु गर्नु भयो नागरिक सर्वोच्चताको गतिलो नारा बोकेर रक्तपातको आन्दोलन चर्काउन शुरु गर्न तिर लाग्नु भयो । हामीलाई त जनताले चुनेर पठाएको पार्टि हो भनेर धमण्ड एकिकृत माओवादि भित्र भित्रै औडा र डाहाले छटपटाउन थाले । उता सत्ता त्याग्नु परेको रन्कोमा जंगली स्वाभावहरु दोहोर्याउन सुरु गरे । फेरि पनि जनतालाई शान्तिले बस्न नदिने परिस्थिती सृजना गर्न तिर लागे । कसैले उसको बारेमा बोलेमा लेखेमा त्यो व्यक्ती असुरक्षित हुन गयो भनेर जाने हुन्छ भन्ने सोच्नु पर्ने दिन फेरि आयो ।
नेपाली जनताले सविधान निर्माण गर्न भनेर पठाएका सभासदहरु आफना आफना भोग विलासितामा कम्मर कसेर लाग्न सुरु गरे । गरिव जनताको पसिनालाई माटोमा मिलाउन तिर लागे । आफुले पाउने अहेस आरामको पछाडि ढौडन थाले । आफनो परिवारमा मसलन्द खर्च देखि सारा कुराको भर्पाई मन्त्रालयमा प्रस्तुत गराउन पछि परेन । सहमति र सहकार्यमा अल्भिएको कुर्सी मोहको खेल नेपालमा आगो दन्के सरि बल्न थाल्यो । देश र जनताको सेवक हु भन्ने राष्ट्रवादिहरुको फुटवल सुरु भई नै रह्यो । तमासे र लहै लहैमा पछि लागेर हिड्ने बेरोजगारि नेपालीहरुलाई तमासे र दर्शकको पक्तिमा राखेर कुर्सी मोहको जालमा गोल गर्न भनि कम्मर कसेर लागेका छन् । जनतालाई भकुण्डो बनाएर सबै पार्टिले गोल गर्न तिर लागे । सडकमा रत्याउली खेल्न सुरु गरे । लुटपाट हिङसाको फोहरि खेल खेल्न थाले । एक अर्कालाई लडाएर नेता भनाउदाहरु तारे होटलको रस्वादनमा मोज लिन थाले । सरकार चलाउनेहरु सकेसम्म आफना आफना व्याक्तिलाई विश्वमा नै नभएको मन्त्रिमण्डल सृजना गराएर देशको ढुकुटीमा रमाउन व्यास्त भए । प्रतिपक्षले देशमा जनता भनेको त नेपाल कम्युनिष्ट पार्टि एकिकृत माओवादिलाई र्समर्थक गर्नेहरु मात्र हुन् भन्ने एक लौटि मनसाय लिएर सडकमा हार गुहार गर्न तिर लागे । जातिको नाममा देशलाई टुक्रयाउने तिर लाग्न थाले । हिजो अरुलाई बिदेशिको नोकर भनेर भन्ने पार्टिले आज खुले आम देशमा भएको समस्या एक आपसमा छलफल गरेर साम्य पार्नु त कता हो कता सिधै निर्धक्कसँग हामी त बिदेशिसँग मात्र वार्ता गर्र्छौ भनेर फुक्न थाले । अनि के हो त यो हिजो अरु पार्टिका नेताहरु भारत गयो भनेर दलाल भन्नेले आज आफुले मालिक भनेर सम्बोधन गर्न कहाँबाट आट आएको अनि यो कुरालाई कुन बाद भनेर सम्मान गर्नु उपयुक्त होला त - सरकारमा बस्नेले मलाई त बिदेशिको सहयोग मिलेको छ भनेर फुक्ने आफनो सरकारको मन्त्रिले मनपरि गरि हिड्दा कुर्सिको खुट्टा लुलो हुन्छ भनेर दण्डहिनतालाई अङगाली जे मन लाग्यो त्यही फुक्दै हिड्ने अनि प्रतिपक्षमा बस्नेले आफनो जन्म भुमीलाई नोकरको दर्जामा परिभाषित गर्दै हिड्ने । के नेपाली जनताले बहादुरी देखाएर देशको नाम विश्वमा उच्च बनाएको यो नोकर हुनको लागी हो । कस्ले दियो एकिकृत माओबादिको नेतालाई देश र नेपाली जनतालाई नोकरको दर्जा दिनलाई अधिकार । त्यसैले पुखौलीले जस्तो सिकायो पछिका पुर्खाले त्यस्तै सिक्ने छ त्यो जति सुकै उच्च ओहदामा पुगे पनि भन्ने नेपाली उखान सावित हुन गएको छ । अब कस्लाई र कुन पार्टिलाई सच्चा पार्टि हो भनेर जनताले विश्वास लिने त - नयाँ नेपालमा लोकतान्त्रिक नेतालाई नागरिक सर्वोच्चताको खेलाडी बनाई दिएको छ । आफनो मनमा जे उब्ज्यो तेहि बोल्दै हिड्ने रण मैदान भएको छ ।
यो विचित्रको सन्जालबाट नेपाली जनताले कहिले मुक्ति पाउने छ । म फलानो पार्टिको त फलानो पार्टिको भनेर एक आपसमा लड्ने अनि आफनो बलि आफै चडाउने चलनले नेपाली जनतलाई कहिले सम्म सतिको सराप लाग्ने हो । देश सन्चालन जिम्मा लिएका पार्टिका नेताहरु एक आपसमा सहमतिको नारा लिएर देशलाई बर्बाद पार्न तिर लागेका छन् । कोहि क्रान्ति गरेर थाकेको छैन भन्ने त कोहि काग कराउदे गर्छ पिना सुक्दै गर्छ भने कानमा तेल हालेर बस्ने त कोहि रिमोट लिएर आफनो निसाना बाजि मार्न तिर लागेका छन् । त्यसैले हामी निमुखा जनताले एक छाक खान पाएर बन्द हड्ताल र जुलुसमा सामेल भएर पार्टिको झण्डा बोकेर हिड्नु भनेको आफनो खुट्टामा आफैले बन्चरो हान्नु सरह भई सक्यो । त्यसैले र्सवप्रथम अब बन्ने सविधानमा पहिला कानुन भनेको नेता भनाउदाहरुलाई लाग्ने कसि बनाउन तिर लागेमा नेपालीले नेपाल हाम्रो हो भनेर आङ फुकाएर हिड्न पाउने छ ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest