आफ्नो ६० बर्षे गणतान्त्रिक यात्रा सफलता पूर्वक पार गरेको छिमेकी राष्ट्र भारतमा पुन डा.मन मोहन सिंहको नेत्रित्वमा गठ बन्धन सरकार बनेको छ । आफ्नो भिम काय भौगोलिकता, बिबिध भाषा र संस्कृतिको बाबजुद एकता र राष्ट्रबादी नागरिकहरुको बिश्व कै लागि नमुना मात्रै होइन आफ्ना नागरिकलाई '' मेरा भारत महान '' भनाउन गौरवान्वित र प्रोत्साहित पार्ने त्यहाका महान त्यागी, बेदागी , सरल जीवन र उच्च बिचारका नेता अनी नेत्रित्व पनि उदाहरणिय छन । त्यस्ता निस्वार्थी र त्यागी नेत्रित्व कै कारण भारत आज अग्रगामी छलाङ मार्न सफल भएको छ ।
तिनै नेताहरु मध्य एक आधुनिक भारत लाई आर्थिक रुपले सक्षम बनाउन बिशेष योगदान गर्ने आदर्श पुरुष हुन ७० बर्षिय डा.मन मोहन सिंह, जो ससम्मान निर्बिबाद दोस्रो पटक भारतको प्रधान मन्त्री भएका छन । भारतमा आर्थिक सुधारको लागि इन्सपेकरी राजको सुरुवात, सरकारी नियन्त्रणका बित्तिय प्राधिकरण लाई निजी क्षेत्र मा प्रबाहित गराउने, बिदेशी निबेषको रोक लाई हटाउनु जस्ता आर्थिक सुधारका साथै '' परमाणु करार '' मा गठ बन्धन सदस्यका चर्को बिरोधको बाबजुद बुद्धिमानी पूर्वक अगाडि बढी सफलता पाउनु तत्कालिन भारत र बर्तमान पाकिस्तान को सानो गाउ ' गाह '' को सामान्य परिवार मा जन्मिएका बिलक्षण प्रतिभा, सिधा शान्त स्वभाबका धनी डा.मन मोहन सिंह को पछील्लो नेत्रित्व भारतको लागि ठुलो उपलब्धी हो । उनको कुशलता र अतुलनिय ब्यक्तित्वको अगाडि यस पटक पनि नेहरु परिवारले सरकारको नेत्रित्व गर्ने आत्मबल बटुल्न सकेन । ( पाकिस्तान छुट्टीए पछी उन्को परिवार अमृत्सर बसाइ सरेको थियो )
सन १९६२ मा अक्सफोर्ड बिस्व बिद्यालय बाट '' १९५१-१९६० सम्म भारत को निर्यात सम्भाबना र निती को कार्यन्वयन'' बिषय मा बिद्या पारीधी गरेका सिंहको नाममा सेन्ट जोन कालेजले छात्रबृती कोष नै खडा गरी उन्को सम्मन गरेको छ । आफ्नो उच्च शिक्षा पुरा गरी स्वदेश फर्केर पन्जाब बिश्व बिद्यालयमा बरिस्ठ प्राध्यापक भै दुई बर्ष काम गरे । डा.सिंह ले बिभिन्न बिश्व बिद्यालय, बित्तिय सस्थाका सम्मानित पद मा निस्ठा पूर्वक मिहिनेतका साथ काम गरे पछी तत्कालिन सरकारले बिदेश ब्यापार सल्लाहकार, अर्थ मन्त्रालयको मुख्य सल्लाहकार, भारतीय रिजर्भ बैन्क को निर्देशक, गर्वर्नर ( १९८२-१९८५ ) , अर्थ सचिब , भारतीय योजना बोर्ड को उपाध्यक्ष ( १९८५-१९८७) , प्रधान मन्त्रीको अर्थिक सल्लाहकार ( १९९०-१९९१) , हुँदै १९९१ देखी १९९६ सम्म भारतको अर्थ मन्त्रीको रुपमा काम गरे पछी एक सफल बित्तिय योजनाकार मात्र नभै राजनीतिज्ञ समेत बन्न पुगे । १९९८-२००४ सम्म राज्य सभाको प्रती पक्ष को नेता रहेका डा.सिंह २००४ को आम निर्वाचन पश्चात मिलिजुली सरकार को प्रधान मन्त्री बने , लेफ्ट विङ को बलियो प्रभाब रहेको सो सयुक्त सरकार अनेक बाधा अडचन को बाबजुद सफल भयो र भारतीय काङ्रेसको नेत्रित्वको गठ बन्धनले २६१ सिट प्राप्त गर्न सफल भयो ।
तीन मेधाबी छोरी का पिता डा.सिंह धेरै देश का रास्ट्राध्यक्ष हरु ले प्रशंसा गरेका ब्यक्तित्व हुन । अमेरिकाका पूर्व राष्ट्र पती बूश र बर्तमान राष्ट्र पती ओबामा , बेलायति प्रधान मन्त्री गोर्डन , अफगानी राष्ट्रपती हामीद लगायत चिनिया राष्ट्रपती जिन्ताओ पनि छन । उन्का प्रखर बिरोधि भारतीय बामपन्थी नेता हरु समेत प्रशंसा गर्न वाध्य छौ भन्दछन । भारतको ईतिहास मै डा.सिंह को आर्थिक नीतिले लेराएको परिवर्तन ले गर्दा बामपन्थी बाहुल्य रहेको पश्चिम बंगालले यस पटक को निर्वाचन मा बामपन्थी हरु लाई पछाडि धकेली दियो । लग भग तीन दशक भन्दा बढी देशको बिभिन्न बित्तिय सस्था मा काम गरेका प्रधान मन्त्री डा.सिंह ल आज सम्म कुनै सम्पत्ति जोडेका छैनन र आफ्नो सिख सस्कार को मर्यादामा समेत कटिबद्ध रही आएका छन । आफ्नो २००२ मा बनेको ८०० सि सि को मारुति कार को नबिकरण गर्न आँफै ड्राइभ गरी यातायात बिभाग जान्छन भन्दा धेरैले जिब्रो टोक्न सक्तछन । हाम्रा क्रान्तिकारी नेता ले त झनै पत्याउदैनन होला ।
May 29, 2009
चर्चा गर्नु यस्ता नेता को
गाउँखाने कथा - १७ (Nepali Gau Khane Katha)
बाह्र छोरा तेह्र नाती, एउटा छाता सबै माथी, के हो?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
कस्तो हो त नागरिक सर्वोच्चता
विजयकुमार श्रेष्ठ
-हाल परदेशबाट
नागरीक सर्वोच्चताको वारेमा चर्को बिरोध गर्ने ने.क.पा. एकिकृत माओवादि पार्टिको चाल चलन र सामाजिक मितव्ययीताको बारेमा वर्तमान परिस्थितीलाई मध्य नजर राखेर हेर्नु पर्दा यो कस्तो खालको नागरिक सर्वोच्चताको विषयमा प्रर्दशन गरि राखेको भन्ने बारेमा के हामी नेपाली जनताले बुझने सकेका छौ त देशको सर्वेसर्वा पार्टिको हैसियत लिएको पार्टिले देखाएको नागरिक प्रतिको जन विश्वास के साचो हो त । कि ने.क.पा. एकिकृत माओवादिले उठाएको नागरिक सर्वोच्चताको विषय भनेको केवल आफना समर्थकको लागी मात्र हो कि भनेर हामीले बुझ्नु पर्ने परिस्थिती खडा भएको महसुस हुन आउछ । के नगरिक भनेको एकिकृत माओवादि समर्थक मात्र हो त । पार्टिको र देशको सर्वोच्च पदमा बसेर केवल अरुलाई गालि गर्न र तल झार्न सिवाय हाम्रा पुर्व प्रधानमन्त्री ज्यूले कहिले जान्नु भएन । देशको सर्वोच्च पद धारण गरेको मानिसले एउटा साधारण गोठालोले बाल्ने बोली वोल्दा कत्तिको सोभायमान होला त । हिजो सत्ताको बागडोर समाल्दा पनि प्रतिपक्षले जसरि प्रतिकृया निकाल्दै अरुलाई तथा नाम गाली दिन पछि नपरेको र अहिले आएर झन जगंलको सिंहले जसरि गर्जिन थालेको छ ।
सर्वसहमतीको नाम पनि लिने र देश कव्जा गर्ने शब्दावली पनि दिदै हिड्ने यो कस्तो प्रबृद्धिको राजनितीक दाउपेच हो त । साढे दुई करोड नेपालीले देश चलाउने जिम्मा दिदा पनि आफ्नै बहुवलको कमी भएको कारणले सडकमा उत्रीनु पर् यो के यो कुरालाई अध्यक्ष प्रचण्ड महादयले शान्त भएर सोच्नु भएको छ त । एउटा व्याक्तिको लागी देशलाई रणसङ्गामा होमी दिन पछि नपर्ने व्याक्तिले कसरि नेपाली जनतालाई नागरिक सर्वोच्चताको छाता ओढाउछ भनेर विश्वास लिने त । छाना भित्रको भेटघाट र सभा सम्मेलनमा हामी शान्तिको अग्रदेव हौ भनेर भन्ने अनि जब छाना बाहिरको सभा सम्मेलनमा भाग लिदा खेरि जनता समु आङ फुलाएर भन्न थाल्छन हाम्रो क्रान्ति पुरा भएको छैन । हामीले त देशलाई माओवादिमय बनाउनु पर्छ भनेर अरुलाई प्रति क्रान्तिकारीको सज्ञा दिदै उर्दि फैलाउन पछि नपर्ने । ने.क.पा. एकिकृत माओवादिले जनतालाई दिएको र दिन खोजेको नागरिक सर्वोच्चताको एक झलक यहि हो त ।
कसैले सभा सम्मेलन गर्दा माओवादिको बारेमा टिकाटिपणी गर्न नपाउने त । त्यस्तै यो माओवादिको नागरिक सर्वोच्चताको केहि उदाहरण यहाँ केहि अंश कोटेश्वरको व्यापारी रामहरि श्रेष्ठको हत्याको हत्यारालाई कार्वाहि गर्नुको साटो केन्द्रिय सदस्यमा मनोनित गर्नु बुटवलमा एमाले समर्थक स्थानिय नेता प्रचण्ड थैवको हत्यारालाई कार्वाहि नगर्नु कांग्रेसका स्थानिय नेता युध्द प्रसाद हमाललाई अपहरण गरि निर्ममताका साथ हत्या गर्नु नेपाल कम्युनिष्ट पार्टि मसालका अध्यक्ष सभासद चित्र बहादुर के।सी। माथि सभा गरि रहेको स्थलमा ढुङ्गा प्रहार गर्नु के यो नागरिकको वाक स्वातन्त्रता माथिको उलङधन भएन त नेपालगाजका अखिल छैटौका का। वरुण ध्वज मल्ललाई अपहरण गरि जंगलमा लगि कुटपिट गरि हात खुट्ठा बाधि छाडेको घटना र अहिले हाल सालै विभिन्न जिल्लामा नागरिकलाई जिल्ला छाड्न दिएको उर्दि र जवरजस्ति गाउँ निकाल गर्ने र अपहरण लुटपाट हत्या हिंसा जस्ता कृर्या कलाप गर्ने र गराउन उक्साउने पार्टिले कस्तो खालको नागरिक सर्वोच्चताको विजारोपण गर्न लागेको भनेर नेपाली जनता अन्यौलको भुमरिमा आतङकित भएर आफनो मानव भएर बाच्न पाउने मौलीक हक अधिकारको सदुपयाग गर्नसम्म पाएका छैनन । यसको जवाफ क्रान्तिकारीको अध्यक्षको नाताले नेपाली जनतालाई प्रष्ट पार्नु पर्ने हुन्छ । हत्या हिंसा अपहरण लुटपाट जस्ता अवाछनिय कृया कलाप दिन प्रतिदिन बढ्दै गई रहेको छ ।यसको कार्य विरुद्ध कहिले लागेको छ त । र ने.क.पा. एकिकृत माओवादिले चाहेको कस्तो प्रकारको नागरिक सर्वोच्चता हो त ?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
May 28, 2009
कवि लेखक आँफै पागल बन्नु पर्छ
(अमेरिका )
खोइ !कुन गन्तव्य रोजूँ म
जताततै इर्ष्या र डाहाको प्रतिष्पर्धात्मक बारहरुले
सांघुरिएका छन मेरा बाटाहरु
खोइ ! श्रृजनाको परकाष्ठमा पुगूँ कसरी ?
यहाँ सिर्जिएका सबै श्रृजनाहरु
मुल्यहिन भै पलायनतामा बिलीन भै रहेछन
मेरा आकांक्षाहरु अँध्यारोको कालरात्री
बनेर आँफैलाई डस्न लालयित् छन
त्यसैले ... अब पागलको उपाधी नै
रोज्न आतुर छन मेरा अनन्त इच्छाहरू ............,
यहाँ उदेश्यहीन गन्तव्यमा पाइला चालेमा
रमाउने हुन्छन सबै ,
समयलाई ब्यर्थै हातबाट मिल्काएमा
खुशी हुन्छन सबै ,
यहाँ अश्लील,असभय्ताको बाटो हिंडेमा
बाटो फराकिलो बनाइदिन्छन सबै ,
त र........ त्यही समयलाई
श्रृजनात्मक कार्यमा
बाँध्न खोजेमा टाढा भैदिन्छन् सबै ,
अनि...... बेअर्थको मानसिक पीडामा
डुबाउन खोज्छन सबै ।
त्यसैले........ आजकल त कसैले पनि
सही सदूपयोगको फल
कसैलाई देखाएमा खिशिको पात्र बनाउँछन सबै
अनि..... त बिवशता ,बाध्यताको चपेटामा परी
गन्तव्यहीन बाटोमा लाग्नु पर्छ आँफै
यो अनौठो कु संस्कारको दासी बनी
''कवि'' ''लेखक''
पागल बन्नु पर्छ आँफै ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
नशा र मायाप्रेम
अमेरिका
तिम्रा नयन नै नशालु रहेछन्
अब म हेर्दिन
नशा रहित मेरो जीवनलाई
माया प्रेमको नशामा डुवाउँदिन ।
विस्वास मलाई जागिसकेको थियो
तिमीले नै खुट्टा कमाई गयौं
कसको जीवनमा नशा वनी गयौं
आज प्रेममा अपाङ्घ भयौं ॥
मुस्कान नै परिचय थियो तिम्रो
आफै गुमायौं आज आफ्नो परिचय
कुन कल्पनाको सागर डूव्यो
त्यही भो तिम्रो जीवनको दुर्भाग्य !
आफ्नो ठानी चोखो माया दिएको थिएँ
त्यसलाई लत्यायौ किन
कल्पनाको सागरमा डुबेर
आज आँशु वगाउँछ्यौ किन !
जे साम्झिन्छ्यौ सम्झ तिमीले
म माया प्रेमको नशामा डुब्ने छैन
जीवन डुवाउने त्यो नशामा
अब म मन भुलाउँदिन ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
May 27, 2009
मुर्ख को हामी कि हाम्रा नेता ?
अमेरिका
एउटा कहावात छ नी ' बाघले प्रत्यक बिहान ईश्वर सित प्राथना गर्दछ रे 'हे ईश्वर आज पनी कुनै मान्छे सित भेट नहोस ' त्यस्तै म पनी लेख्न लाई कलम को बिर्को उघार्नु अगी भन्ने गर्दछु कसै को बिरोध मा लेख्न नपरोस जता ततै सुखद समाचार , राम्रा काम का गरेको लेखेको पाइयोस तर के गर्ने ? कि त जानी जानी अबुझ बन्नु पर्यो वा सुन्या नसुन्यै गर्नु पर्यो नत्र त समर्थन मा लेख्ने बिषय मिलेको भए मरी जाउ ल ।
ताजा प्रसँग जोडौ नब निर्वाचित ? प्रधान मन्त्री माधव नेपाल जि लाई हेर्नुस त वहाँ ले शपथ ग्रहण मा नै इमान्दारिता देखाउनु भएन वहाँ लाई न त ईश्वर प्रती आस्था न त जनता प्रती भरोसा त के मन मनै श्रीमती , वा पित्री कस्का नाम लिए होलान शपथ मा कि कि गर्दै ? कि गर्न सक्ने केही होइन के को झुठो सपथ लिनु भन्ठाने कि ? हो त नि पहिले पनी संबिधान को ( २०४७ ) रक्षा गर्छु भनेका थिए नि सकेन त्यसै भएर यो झुटो कसम नखाएका होलान ?कस्तो बाठो ?वा आफ्नो मनोकामना पुरा भैगो देश र जनता जाउन भाड्मा भन्न खोज्या हून ? उन्को पहिलो सम्बोधन पनी कुन त बुहारी भटमास खाएकी जस्तो पट्यार लाग्दो र निरासा जनक रह्यो र भन्नु पनी भयो लोक तन्त्र मा नागरिक सर्बोच्चता हुन्छ रे वहाँ निर्बाचित प्र म रे लौ पत्याउनु पर्यो यत्ती कै मा हास्नु पर्ने त केही थिएन तर म हात खुट्टा फ्याकेर त्यस बेला हासे जब वहाँ ले सरकार को पहिलो निर्णय मा हस्ताक्षर धस्काउनु भयो । रत्न पार्क ? शहिद उत्पादन पार्क ? ढुङ्गा मुडा हान्ने प्रशिक्षण पार्क ? नगर बधु को स्वर्ग स्थल पार्क ? मा '' गणतन्त्र स्तम्भ '' ठड्याउने रे वहाँ का भजन मन्डली ले त यो निर्णय अती गम्भिर , जनता र देश लाई दुरगामी असर् पार्ने , राजनैतिक स्थाइत्व र शान्ती अनी बिकास को मुल फुटाउने स्तम्भ हो भनी व्याख्या गर्लान मलाई भने एमाले सत्ता बाट सडक मा पुगेको भोली पल्ट को लागि आबस्यक ढुङ्गा मुडा को अग्रिम जोहो वा अती नै उदारबादि भएर अन्य दल बिशेष गरी माओवादी लाई दु:ख नहोस भनेर ढुङ्गा मुडा को ब्यबस्था गरी दिए जस्तो लाग्यो ।
एक पटक सोचौ त संसार को कुन तन्त्र यस्ता स्तम्भ ले जोगिएको छ ? रुसिया का सालीक हुन कि जर्मनी पर्खाल के तिन्ले कुनै तन्त्र को रक्षा गर्न सक्यो ? टाढा किन जानु राणा हरु का सालीक हुन कि पञ्चायत काल मा चौक चौक मा ठडिएका राजा का सालीक हुन कि पन्चायति रजत जयन्ती स्तम्भ के राणा र पञ्चायति शासन टिक्यो ? के मा छोडि के मा हात भने झै प्रधान मन्त्री को पहिलो निर्णय कस्तो सस्तो र अर्थ हिन ? '' जब सम्म कुनै तन्त्र को लागि जनता को मनमा विश्वाश को स्तम्भ खडा हुँदैन तब सम्म कुनै पनी तन्त्र को नाम मा गरिने यस्तो काम को खर्च फजुल ठहरिने छ '' ।
सालीक वा स्तम्भ ढलाउनु र बनाउनु ले कुनै पनी तन्त्र , जनता र देश राहत पाउने होइनन । जनता ले के दु:ख भोगेका छन तिन्को निराकरण को लागि यो गर्ने भनी कुनै निर्णय भएन । राज्य कारण जनता ले दु:ख पाएका सैऔ बिषय छन ति बाधा अडचन फुकाइ दिनु पर्यो भन्ने सोच किन राखेको होला ? ल एउटा उधाहरण हेर्नुस लगभग दुई बर्ष देखी सरकार ले गुठी अधिनस्थ जग्गा मा किन बेच , कित्ता काट , घर निर्माण कार्य रोक्का गरी लाखौं जनता लाई सरकारी सुकुम्बासी बनाइ राखेको छ त्यस्ता र अन्य समस्या लाई प्राथमिकता मा राख्नु पर्ने की नपर्ने ? एक पटक जनता लाई सम्झौत निर्णय गर्ने बेलामा के गर्दा तिन्ले राहत पाउद छन ?
केटा केटी बेला मा एउटा गफ हो कि सत्य कुन्नी सुनेको थिए तत्कालिन राजा महेन्द्र ले अरनिको राज मार्ग ? जन मार्ग ? बनाउन लाग्दा भारत ले भनेको थियो रे त्यसो नगर त्यो बाटो बाट कमुनिस्ट छिर्छ र तिमी लाई खान्छ अनी महेन्द्र ले जवाफ दिए रे कमुनिस्ट मोटर चढेर आउने होइनन देश मै जन्मने हुन , बरु यो बाटो र अन्य बिकास को काम गरिन भने जनता ले मलाई खान्छन भने रे । त्यस्तै माधव जि हरु ले बुझ्नु जरुरी छ , स्तम्भ ले गणतन्त्र लेराउने र जोगाउने होइन '' जब सम्म दल हरु ले जनता को मन मा यो ब्यबस्था नै हाम्रो निर्बिकल्प आस्था हो भन्ने विश्वाश को स्तम्भ खडा गर्न सक्दैनन् '' । खोइ के भनौ केही महिना अगी जानी नजानी हो कि झुक्किएर हो पूर्व प्रधान मन्त्री प्रचन्ड ले भनेका थिए ''नेता होइन जनता ठिक हुनु पर्दछ सहि नेता लाई चूनेर पठाउनु पर्दछ '' कुरो त सोर्है आना ठिक हो नि होइन र ? तर तर ले खायो घरबार भन्दथ्यो एउटा ले ल भन्नुस हामी मुर्ख कि नेता ?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest