January 5, 2009
जवानीको मात
धादिङ
एकदिन जवानीको,मात सकिन्छ सानी
मिठा सपना देखिरहने,रात सकिन्छ सानी
केही कुरा मनमा लेउ, तिम्रो राम्रो भन्दा
नसुने झै गरिरहे, बात सकिन्छ सानी
सम्हाल है यताउता, चुलबुलाउने बानी
नत्र हाम्रो मायाको, जात सकिन्छ सानी
छलछामको बाहानामा, घमन्डी बन्यौ भने
दु:ख पर्दा सुम्सुमाउने, हात सकिन्छ सानी
सोच्नु भन्छन बेलैमा, पछुताउनु भन्दा
शिशिर छाए जीवनमा, पात सकिन्छ सानी
नयाँ पशुपति र माओवादीका दिमागी आयतन ।
सुन्दा पनि उदेक लाग्ने खवर, त्यो पनि सानो घटना एक चोटिमा समाप्त भएको भए पनि भिन्दै कुरा, अब नेपालका महानतम नेताहरुका महानताका कारण राजनीति संसद, पार्टि कार्यालय वा कार्यकर्तामाझको बृत्तलाई नाघेर मन्दिरमा समेत पुगेको छ। यस बारेमा लेख्दिन भनेर बसेको थिएँ, तर आफू नास्तिक नै भएपनि धार्मिक क्षेत्रमा प्रवेष गरी चलाईएको यो माओबादिको नंगानाचको भने बिरोध नगरी सकिएन।
धर्म भनेको मानव चेतनाको उच्चतम शिखरको प्रवेशमार्ग हो र यो कुरालाई पु्र्ण भौतिकबादि दृष्टिले मात्रै हेर्नु आफैमा यौटा गलत दृष्टिकोण हो । त्यसमा पनि कहिले “सर्बोच्चले भन्दैमा मान्छौं र?” त कहिले ‘नया पशुपतिनाथ बनाउन आफू लागिपरेका’ जस्ता मुर्खतापूर्ण र बज्रस्वाँठ बक्तव्य दिएर मात्रै नपुगेर सो पवित्रस्थानमा आईतबारका दिन मान्छे कुट्ने जस्ता हिंसामा उत्रेर मओबादिले पुन एक पटक गैह्र जिम्मेवारिपन र निरंकुशताको परिचय दिएको छ ।
आफूलाई माओबादको ज्ञान नभए पनि धर्म र माओबादसंग गोरु बेचेको पनि साईनो छैन भन्ने कुराचाहि मलाई पनि थाहा छ । अनि जहा कुनै साईनो, परिचय वा नाता गोता हुँदैन भने त्यो बारेमा कुनै जानकारी हुने कुरा पनि भएन। यसरी माओबाद भीत्र धर्म नअटने भन्दै अरुको आस्था र मान्यतामा ठाडै प्रहार गर्ने अधिकार पनि कसैलाई नहुनु पर्ने हो ।
हुन त धार्मिक ग्रन्थहरु हेरेर बस्दैन यो ठरकी, तर एकदिन यस्तै फुर्सदमा कतै पढ्दा कुनै पुराणमा शिव धन वा शिवको सम्पति लिन नहुने कुरामा मेरो नजर गएको थियो । शिव धन, जसलाई शास्त्रमा ‘शिवस्व’ भनिन्छ कसैले पनि लिन वा खान हुँदैन भन्ने पौराणिक मान्यता छ। पुराणमा कसैले ‘शिवस्व’ खाएमा अर्को जन्ममा कुकुर भएर जन्मिनु पर्ने सम्मका कथाहरु आएका छन ।त्यसैले अहिले पनि हामिकहा धेरैजना पशुपति वा शिवालयमा जाँदा जल खाए पनि प्रसाद भने ग्रहण गर्दैनन।
सुन्नमा आए अनुशार पशुपतिका मुल पूजारी राख्न नेपालमा सो पूजा गर्न जान्ने वा सक्ने मानिस नभएर हैन, सधैं मन्दिरमा बसेपछि जत्ती होश पुर्याएपनि ‘शिवस्व’ नखाई साध्य नहुने हुनाले ऐतिहासिक कालदेखि नै कोहि पनि सो कार्य गर्न नमाने पछि मात्रै दक्षीण भारतबाट भट्ट ल्याईएको भन्ने श्रुती पनि छ ।
म यहा कुनै ऐतिहासिक श्रुती वा किम्बदन्तिलाई सत्य सावित गर्न लागी परेको हैन तर कुरा जे सुकै भएपनि कानूनि राजको ठाडै अपहेलना गर्दै मानव आस्थाको मर्ममा चोट गर्न भने कसैलाई अधिकार छैन ।
‘नया नेपाल बनाउने र दस हजार मेगावाट बिद्युत उत्पादन गर्ने’ वतासे गफ दिएर सत्तामा पुगेका माओबादीको राज हुदाँ देश आज पुराना सबै रिकर्डको क्रमभंग गरेर १४ घण्टा अन्धकारमा डुबेको छ ।
बोल्न पाएपछि बोलिको के अर्थ हुन्छ नसोच्ने मात्रै नभई आफैले के बोल्दैछु भन्ने समेत भेउ नपाउने अबस्थाका माओबादी नेताको ‘नया पशुपति’ बनाउने जस्तो बचकाना वक्तव्य पढ्दा भने पक्कै पनि सबैजना कींकर्तव्यबिमुढ भएको हुनुपर्छ । भौतिकतावादि भनेर चिनिएका माओबादि खाली ‘भौतिक कारवाहि’ मा मात्रै भौतिकतावादि देखिएको र त्यो बाहेक विकास, निर्माण वा कुनै पनि रचनात्मक काममा पाईला समेत नसरेको कुरा जग जाहेर छ । अब सोच बिचार नगरी जे मा पनि ‘नया’ भन्ने पुरानो थेगो हालेर ‘नया पशुपति’ बनाउने यिनका कुरा सुन्दा हाँसो लाग्ने भन्दा पनि यिनका दिमागी आयतनका बारेमा सोच्न बाध्य बन्ने गरेकाछन जनता ।
जे सुकै होस, पशुपतिमा भारतिय पूजारी नै हुनुपर्छ भन्ने मेरो पनि मान्यता हैन, तर कुनै पनि कुरा कानूनी प्रक्रिया पुर्याएर मात्रै गरिनु पर्छ र धार्मिक क्षेत्रमा हिसात्मक गतिबिधि सन्चालन गर्न भने कसैलाई पनि छुट हुनु हुदैन । “सर्बोच्चले भन्दैमा मान्छौं र?” र ‘हामी नया पशुपतिनाथ बनाउछौं जस्ता वाईयात र बेतुकी गफ गरेर माओबादिले दुनियाको नजरमा आफ्नो मथींगलको वजन कम भएको जानकारी बारम्बार गराउन कुनै जरुरत छैन, जनतालाई यिनका दिमागी आएतनका बारेमा बिगतका कैयौं घटनालेनै पुर्ण जानकारी दिईसकेको छ ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
गजल- माया आरो भो
रेटी रैछ मुटु मेरो बांच्न गारो भो
छुन्छु भनी भनी यो मन भत्कायौ
बिझिँ बाँचा आज त्यो आँखाको छारो भो
दया माया शिकारीको कहाँ हुदो रैछ
ताकी ताकी हान्यौ तिर छाती तारो भो
सतहमा भेट्या माया मुटुमा राख्न नि
निल्नै नपाई जालमा पार्ने चारो भो
मन नपर्नेको श्वाससै गनायो कि
फन्की फन्की रन्किने रिसको पारो भो
प्यासी जिबन प्यासमै सिमित भा छ
पिउन पनि बिना पानीको धारो भो
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
January 4, 2009
संबाद अर्चनासंग
* कहिले देखी ब्लग लेखन शुरु गर्नु भयो र कसरी ब्लग लेखन तर्फ आकर्षित हुनु भयो?
त्यस्तैमा मलाई एक्जना कस्टमर ले सोध्यो
“Do you have your blog?
मैले ‘No’ भने
उस्ले मलाई सजेस्ट गर्यो why don’t you have your own personal blog?
अहो सिकर्मीका घरमा काठका सामान नभए जस्तो लाग्यो । मलाई त्यो कुरा मनमा बिझ्यो, म त कस्तो हुस्सु आफ्नै ब्लग किन नबनाएको होला है भनेर ब्लग खोलेर लेख्न थाले ।
* आफ्नो ब्लगको लागी कसरी ब्याख्या गर्नहुन्छ?
सर्सर्ती हेर्दा मलाई आफ्नो ब्लग खिचडी जस्तो लाग्छ। यहाँ हरेक कुरा राखेको छु। घर देखी अफिसका कुरा, बोय्फ्रेन्ड देखी नेताका कुरा , गाली ताली, माया रिस सबै ओकल्ने राम्रो ठाउँ भेट्टाएको छु।
* नेपाली महिला ब्लगरको बारेमा केही भन्नुहुन्छ कि? पाठकले ब्लगरको रुपमा लिन्छन कि महिलाको रुपमा लिन्छन तपाइको अनुभव बताइदिनुहोस न?
नेपाली महिला ब्लगर एकदम कम छन्। स्वभाबलेनै आफु लाई व्यक्त गर्न अप्ठेरो मान्ने र केहीलाई टेक्निक्ल्ली के कसो गरेर ब्लग चलाउने ज्ञान नभएर पनि कम भएको हुन सक्छ। अहिले सम्म ७०१ जनामा करिब ६२ महिला ब्लगरको ब्लग bloggers.com.np मा रजिस्टर भएको छ।
मेरो अनुभबमा धेरै जसोले ब्लगरको रुपमा लिन्छन् र कोहि कोहिले केटि मान्छेले के लेख्दा रैछन् भनेर ब्लग पढ्ने गरेको सुनाउछन् ।
* ब्लग लेखनबाट कति सन्तुष्ट हुनुहुन्छ ? तपाईले लेख्नु भएको सबैभन्दा मन पर्ने ब्लग कुन हो ?
ब्लगलाइ लिएर मेरो केहि गुनासो छैन। ब्लगमा स्वतन्त्र रुपले व्यक्त गर्न पाईन्छ। व्याकरण, सुद्दा सुद्दीमा म मतलब गर्दिन। जस्तो आउछ तेस्तै लेख्छु।
महाबिर पुन जि ले म्यागासेसे अवार्ड र चर्चा पाउनु अगाडिनै मैले उहाको वाएर लेस प्रोजेक्ट र उहाको बारेमा लेखेकी थिए । उहाले अवार्ड पाइसके पछि मैले सही मान्छे चिनेर लेखेछु जस्तो लाग्यो । आइटी क्षेत्रमा उहा रोल मोडल हुनु हुन्छ। उहाको मिहेनत र सफलताको कथा लेखेको लेख मलाइ सबै भन्दा मन पर्छ।
* नेपाली बल्गर र बल्गहरु कतातिर जाँदै गरेको अनूभव छ ?
मैले ब्लग सुरु गर्दा र अहिले धेरै परिवर्तन भै सकेको छ। ब्लग सम्बन्धी नेपालीहरुलाई खुब चासो बढेको पाए, मलाई थुप्रैले सोध्ने गर्छन् ब्लग भनेको के हो , कसरी सेटअप गर्ने, पैसा लाग्छ् कि लाग्दैन आदी इत्यादी। bloggers.com.np को डाटाबेस हेर्ने हो भने २००७ मार्च सम्म १३० जना रेजिस्टर थियो भने अहिले ७०१ जना नेपाली ब्लगरले आफ्नो ब्लग रजिस्टर गरिसकेका छन् र दिनहु यो
यो गन्ती बढ्दै छ। मलाई लाग्छ बिस्तारै यो सम्बन्धमा एक कान दुई कान हुँदै चेतना फैलिदै जाने छ र हामीले ब्लगको माध्यम बाट धेरै भन्दा धेरै नेपालीहरुको बिचार बुझ्न पाउने छौं।
* पत्रिका र आइटी संग सम्बद्ध बाहेक अन्य ब्लगका ब्लगर कत्तीको प्रतिपर्स्धाम्क देख्नुहुन्छ?
कस्तो गार्हो प्रश्न। खै मैले त तुलना गरेको छैन। मन परे हेर्ने मन नपरे छिर्दै नछिर्ने।
* नेपाली ब्लगहरु कस्तो हुनुपर्छ जस्तो लाग्छ? कुन कुन अन्य ब्लग हेर्ने गर्नुहुन्छ?
ब्लग यस्तै हुनु पर्छ भन्ने छैन लेखक ले आफ्ना लेख, रचना, मनमा लागेका जस्तो कुरा नि पोस्ट गर्न पाउछन। यो ब्लगर को अधिकार हो। आफ्नो प्रोफेसन अनुसार smashingmagazine.com रेगुलर हेर्छु। त्यस बाहेक उमेश जि को माइसंसार र फुर्सद भए सम्म अरु साथीहरुको ब्लग पढ्ने गर्छु।
* दौंतरी कस्तो लाग्छ, के भए जस्तो भए हुन्थ्यो जस्तो लाग्छ?, फुर्सतको समय के गर्नुहुन्छ?
माफ गर्नु होला मैले त आजै हेरेको। कति रोचक साइट रैछ। कस्तो हुस्सु पहिला था’ नै पाइन।सबै दौतरी भेट हुने चौतारी रैछ। फुर्सदको समय एकान्तमा बसेर मिठा मिठा कल्पना गर्न मन पराउछु त्यसबाहेक धेरै जसो फुर्सदका पल कम्प्युटरमै बित्छ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
मौका मा चौका हान
भन्ने हरु भन्दै गर्छन्
सक्ने ले गर्ने हो
खा’को ला’को पा’को
नेपाली को उखान सबै ले थाहा पाको
-----
लुट्नेहरु निर्धक लुट
कानुन देखे पार्टी को झन्डा लुट
हत्यारा लाई शाहीद घोषणा भएको
देश मा अपराध लाई कस्ले रोक्छ ?
-----
माग, माग आजै क्षति पुर्ती माग
जेको पनि माग्ने भए
आमा ले ९ महिना सम्म पेटमा
कब्जा गरेकी थीइन त्यस्को पनि माग
------
खोतल खोतल मौका यही हो
जता ततै खोतल
जहाँ सम्म आफु आएको ठाउँ देखिन्न
तब सम्म खोतल
-----
तिम्रो आँशु मात्र मोती
अरु को आँशु बर्षा को पानी
कती सम्म लुट्छौ, लुट देश
नेता रुपी देश का बेईमानी
-----
टोपी फाल्यौ दौरा फाल्यौ
पात्रो पनि फाल्ने भन्छौ
फाल् फाल् पालै पालो
पशुपती बुद्ध र देशै फाल्
(माफ है देश को बिक्री को आक्रोस मा पोखिएको भाषा को लागि )
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
गित - तिम्रो सपनामा
फ्रान्क्फर्ट , जर्मनी
कती चोट सह्यौ होला मेरो मुटु झिकी फ्याक्दा
तिमी लाई भनेरै म मलाई भनेरै तिमी
मन लुकाइ बाचेका थियौ,चिट्ठीमै हासेका थियौ
कती मन रोयो होला आफ्नै हातले चिट्ठी पोल्दा
कती आशु खस्यो होला खाली सिउदोमा रंग पर्दा
ति हजार सपनाले कही बास पाएन है
ति हजार रंगहरु कुनै क्यान्भाषमा भरिएन है
कती पिर पर्यो होला सपना नै हत्या हुँदा
कती बाधा सहयौ होला आफ्नै चित्र फरक पाउदा
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest