शेखर ढुंगेल
मानवले आफुले व्यवस्था गरेको नेतृत्वको अवधारणा ज्यादै महत्वपूर्ण संवेदनशील एवं गरिमामय मानिन्छ । नेतृत्व वर्ग भाषा व्यवहार चरित्र आहार आदिलाई अनुकरणको विषय मानिन्छ । त्यसैले बाइबल कुरान हिन्दू शास्त्रका नायकलाई आदर्शका रुपमा प्रस्तुत गरिएको हो यस कारणले कि ति नायक रुपि पात्रको अनुकरण गरुन र समाज स्वस्थ चरित्र एवं नैतिक वान भै शान्ति छाओस् ।
सबका साझा शत्रु तत्कालिन आठ दलको दिल्ली सम्झौतामार्फत राजसंस्था फ्याकियो । संविधानसभाको निर्वाचन गणतन्त्र घोषणा गरि सत्ताको नेतृत्व सम्हालि सकेपछि प्रम दाहालले कसलाई अब दुश्मन देखेको आफु इतरका दल र जनतालाई दुश्मन देखेको हो भने त्यो दाहालको अल्पबुद्धि मात्र हो । संविधानसभा निर्वाचनमा खसेको मत मध्ये २८ प्रतिशत मत मात्रै दाहालको पक्षमा छ बाँकी ६२ प्रतिशतलाई दुश्मन घोषणा गर्ने हो भने आपुनै खुट्टामा बन्चरो हान्ने काम मात्र हो । बाइबलमा एउटा उक्ति लेखिएको छ- ‘बहुमतले अल्पमत माथि अन्याय नगरोसू’, नेपालमा त अल्पमतले बहुमतमाथि अन्याय गर्दैछ यो कुन शास्त्रको नीति हो?, यो प्रवृत्तिले कतै जनआन्दोलनको पुनरावृत्ति नहोस् ।
सभ्य समाज र स्वस्थ राजनीतिमा धम्की एउटा सामाजिक अपराध हो जुन कानुनत बर्णित हुन्छ । अमेरिकाको कानुनको कुरा गर्ने हो भने सरकारी कर्मचारी मात्र होइन एक सामान्य नागरिकले पनि कसैलाई कुनै प्रकारको धम्की दियो भने सजायको भागी हुनुको विकल्प छैन ।
देशको प्रमले अरुलाई धम्काउन मिल्छ मिल्दैन हाम्रो देशको कानुन कानुनविद र सभ्य नागरिकलाई चासोको विषय नै होइन जस्तो देखिन्छ । देशका प्रम दाहालको हामी एक भै दुश्मनमाथि बर्जन्छौं भन्ने अभिव्यक्तिले सिङ्गो राष्ट्र र कुटनैतिक समूहको कान ठाडो भएको छ । यस अगि पनि प्रम दाहालले त्यस्तै विवादास्पद र व्यक्तित्वको गरिमा विपरीतको अभिव्यक्ति दिइ आलोच्य भैसकेका छन् । आत्म विश्वासको कमि र आवेगलाई संयम् गर्न सक्ने क्षमता नभएका यस्तै व्यक्तित्वबाट विवाद र विमतिका पर्खाल बन्ने गरेका छन् । दाहालको यो उद्घोष विचलित एवं पराजित मानसिकताको उपजको रुपमा नागरिक समाजले लिएको छ ।
नेपालमा आजको राजनीतिमा दुश्मनको र दाहाल को माथि वर्जने अहम् सवाल खडा भएको छ । राणा र पंचायती शासन प्रजातन्त्र विरोधी थियो बहुदलीय व्यवस्था दाहालको दुश्मन थियो रे, अब त तत्कालिन आठ दलको बाह्र बुँदे सम्झौतादेखि संविधानसभा निर्वाचनसम्मको यात्रा तय गरि प्रम बनेका दाहालको दुश्मनको संविधानसभा विरोधी मासिए राजतन्त्रवादी भास्सीए संसद्वादी पराजित भए वा आतमसमर्पण गरिसके यो अवस्थामा दाहालको दुश्मन को र को माथि बर्जने?
नागरिक समाज भन्दैछ दाहालको कमजोर आत्मविश्वास, कमजोर साङ्ठानिक क्षमता लोलुपता नै सबैभन्दा ठूला दुश्मन हुन् कि कार्यकर्ताबाट लुटाउने र राजश्वबाट क्षतिपूर्ति दिलाउने तपाईको सोच दुश्मन हुन। आलिशान राजशी शोख तपाईका दुश्मन हुन, दललाई विवाद मुक्त बनाएर लैजान नसक्ने तपाई स्वयम्को नेतृत्व क्षमता दुश्मन हुन। उल्लेखित तत्कालका दुश्मनसित विजय हासिल गर्न नसके स्वयम् माथि बर्जनुको विकल्प छैन । यो देशमा अरुमाथि बज्रनेको लामो फेहरिस्त छ राणा बज्रे, राजा बज्रे, गिरिजा बज्रे सबै पाखा लागे अब बज्रनि होइन सहमति र सद्भावको बाटो नखोजे स्वयम् बजारिनु पर्नेछ । अरु माथि बज्रीने क्रमभङ्ग गर्न ढिला गर्नु हुन्न । प्रतिपक्षमा बसेको कांग्रेसलाई दुश्मन बर्जन्छ भनेको हो भने झनै अन्याय हुन्छ किनकी ६० वर्षे आपुनो स्थापित नीति परित्याग गरि प्रचण्ड पथ मै आत्म सर्मपण गरिसकेको दल कसरी दुश्मन हुन्छ? । तत्कालिन राजा ज्ञानेन्द्रलाई सत्ता च्यूत गराई दाहाललाई सत्तासिन गराउने कोइरालालाई दुश्मन देख्ने हो भने झनै हास्यास्पद हुनेछ । यो त छोरी कुटेर बुहारी तह लगाउने उक्ती जस्तो अरुलाई दुश्मन देखाइ आपुनै दल भित्रकालाई किरण पक्ष धम्काएको झनक दिने आत्मविश्वास गुमाएको सिपाही जस्तो ताल यो भयो ।
दाहाल माओवादी मात्रका प्रम होइनन्, देशका प्रम हुन । उनले प्रत्येक शब्द र पाइलामा पदिय गरिमालाई ध्यानमा राखी संयमित अनि अनुशासित अभिव्यक्ति र आचरण देखाउनु पर्दछ । व्यक्तिगत शौख, र आलिशानी तृष्णा, देश र जनताका नाममा त्याग गर्नु पर्दछ अनि मात्र पदिय गरिमा कायम राख्न सकिन्छ । देशका प्रम आपुनै देशबासीलाई विपक्षी दललाई दुश्मन सम्झी बजि्रन्छ भन्दछन् ।नेपालीले यो विडम्बना विरुद्ध छाती पिटेर बिलौना पोख्नु बाहेक के गर्न सक्दछौं देश र जनताको हित एवं संरक्षण गर्न जिम्मा दिएको आफ्नै प्रम आफैमाथि बजि्रन्छ भनेको सुन्दा उनी स्वयम्लाई नै आफु देशको प्रम हुँ भन्ने विश्वास छैन रहेछ र जनयुद्धको हाङ्गओभर अझै नउत्रेको रहेछ भन्ने जनताले बुझेका छन् ।