October 20, 2008

कविताभित्र संसार अटेको हुन्छ

आचार्य प्रभा
(अमेरिका )
यौटा स्वछ पाना र कलमको
समागममा जन्मेको म कविता
म भित्र अक्षरहरुको खेती गरिन्छन
अनी ---समग्रमा म
भावनात्मक लहर बन्छु
त्यस लहर भित्र
ह्रृदय छुने भावना हुन्छ ,
कसैको चित्कार हुन्छ ,
पीडा हुन्छ ,बिश्व शान्तिको नारा हुन्छ /
प्रक्रीतिको सौन्द्रय बर्णन हुन्छ ,
आमाको ममत्व हुन्छ
नारीको बेदना हुन्छ
यथार्थमा ,
संसार अटेको हुन्छ /
म कवि हृदयको क्रन्दन हुन्छु
अनी हुन्छु, मनुष्यत्वको प्रतीक
राजनितीको पर्खालले पनि
मलाई छेक्न सक्दैन /
शत्रुताको भयले पनि मलाई
पलायन गर्न सक्दैन /
त्यसैले ---कबिता
गाइनेको गीत हुन सक्दछ ,
मैच्याङको डम्फु हुन सक्दछ ,
सोरठिको भाका हुन सक्दछ ,
धाननाचको ''पालाम ''हुन सक्दछ ,
दोहरिको ''लय''हुन सक्दछ
आखिर ---जे नै भए पनि
कबिता सहिद्को गाथा हुन सक्दछ ,
अस्मिता बेचिएकी चेलीको
चित्कार हुन सक्दछ ,
कबिता हर मर्मको आव्हान हुन सक्दछ ,
स्वच्छ भावनाको प्रस्फुटन हुन सक्दछ,
खाली पाना र कलमको अप्नत्वको
चिन्ह हुन सक्दछ ,
श्रीजनाको अमीट उदगार हुन सक्दछ ,
निस्वार्थ आत्माको देश प्रेमको
सकारात्मक् भावना हुन सक्दछ /


बोस्टनमा महाकवि देवकोटाको शतवार्षिकी

अक्टोबर १८ बोस्टन अमेरिका ।
बोस्टनवासी नेपालीहरुले आज यहाँ महाकवि लक्ष्मीप्रसाद देवकोटाका शतवार्षिकी मनाए । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरको आयोजनामा भएको उक्त कार्यक्रममा वोस्टन वरपर रहेका साहित्यप्रेमी नेपालीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा हार्डभार्ड विश्वविद्यालयका प्राध्यापक डा‌. शिव गौतम, च्याप्टरका महासचिव शिव प्रकाश र कोषाध्यक्ष डा. उषा शर्माले महाकवि देवकोटाको व्यक्तित्व तथा कृतित्वका वारेका प्रकाश पार्नु भएको थियो । च्याप्टरका अध्यक्ष तथा अनेसासका केन्द्रीय उपाध्यक्ष भारती गौतमको सभापतित्वमा भएको सो कार्यक्रममा रमेश शर्मा अच्युत अधिकाएरी पेमानिमा शेर्पा गोकुल ढकाल महेश्वर पन्त सुश्री सृष्टिसुमन पन्त सावित्री नेपाल लगायतले आफ्ना रचना वाचन गर्नु भएको थियो भने ध्रुव धिमिरेले स्वर्गीय देवकोटाको यात्री कविता वाचन गर्नु भएको थियो ।


त्यसैगरि कार्यक्रममा सूर्यप्रसाद नेपाल अच्यतमणी पौडल र मुकुन्द अधिकारीले स्वर्गीय देवकोटा सम्बन्धी आफ्ना अनुभवहरु बताउनु भएको थियो ।
विगत केही वर्षदेखि बोस्टन क्षेत्रमा नेपाली साहित्यिक कार्यक्रको आयोजना गर्दै आएको अनेसास बोस्टन च्याप्टरले हाल नियमित रुपमा द्वैमासिक साहित्यिक कार्यक्रम पनि आयोजना गर्न थालेको छ ।

तस्वीर धन श्रेष्ठ बोस्टन ।



October 19, 2008

प्रवासमा नेपालीको दूर्गती

यसपाली दशैको टिका लगाउने ठुलो धोको सहित नेपालको लागि परिवार सहित हिडियो । जुरिख पछि नया दिल्लीको एयरपोर्टमा पुगे पछि नेपाल समिप्य आएको जति महसुस भयो यहा नेपालीहरु प्रवासमा नया जिवन खोजेर जान चाहने को ताती देखेर मनमा चिसो म लगायत सवैलाई परेको अनुभव भयो । एयरपोर्टको ट्रान्जिटमा करिव १०० नेपाली दाजभाइमात्र नभई दिदी वहिनी कतै खुसी त कतै भविष्यको आसकांले आक्रान्त पारेर दिल्ली मा आफनो प्लेन पर्खदै गरेको दुष्यले सवैको मन चस्स छुयो । राती १ वजे देखि विहान ६ वजे सम्म नेपाल जान प्लेन पर्खेर वसेको म लगायत अरु को आखा वाट एक पछि अर्को गर्दै नेपाली भविष्यको कामना गर्दै दशैको मुखमा अरव लगायत इजराइल इराक अफगानिस्थान जादै गरेको देखियो ।

के यसरी जाने मध्ये सवैको भविष्य सुनिस्चित छ र मनमा यस्तै कल्पना गर्दा गर्दे एक जना कुनामा वसेर रोइ रहेको दृष्य कति करुणामय थियो कि सवैको आखा रसायो । भएछ के भने साउदीको लागि रिन काटेर जानलागेका ति दाइको भिसा र पासपोर्टको इस्यू डेट फरक परेको रहेछ । उनलाई छोडेर सवै गए अनि उनि एक्लै। केही जान्दैनन निरक्षर ति दाइलाई के भएको समेत थाहा रहेन छ । २ दिन भयो केही नखाएको अव के गर्ने र कहा जाने थाहा छैन । एक जना साथीले हतपत आफु संग भएको खाना उनलाई दिइ पछि उनको मुहार मा अलिकति उज्यालो देखा पर्‍यो।

मैले यहा नमस्ते युरोप वाट यो भिडियो साभार गरेको छु जसमा मलेसियामा नेपालीको स्थितीको वारेमा त्यहा स्थित नेपाली राजदुतले जानकारी दिएका छन ।यस्तो दृष्य र स्थितीवाट वच्न नेपाल सरकार र हामीले पनि केही गर्नु आवस्यक छैन र - तर के गर्न सकिन्छ लेख्न अनुरोध छ ।



October 18, 2008

यूएइमा दशैको रौनक

नेपालीहरु बिश्वको कुनै पनि देशमा रहेता पनि उनिहरुले आपःनो रिती रिवाज चाड पर्वलाई बिर्स हुँदैनन्, विश्वमा रहेका नेपालीहरुले विभिन्न तरिकाले यस पालीको दशै मनाए । खाडी राष्ट्हरुमा पनि दशै विभिन्न तरिकाले मनाए ।

यूर्एइको अबुधावी देखी २६० कि.मी टाढा रहेको रासलखेमाका नेपालीहरुले बडो हर्र्सोल्लाहसका साथ मरुभूमिमा दशै मनाए । विभिन्न कम्पनीमा कार्यरत नेपालीहरुले टिकाको दिन कम्पनीबाट विदा लिई मरुभूमिको बिचमा खसी काटेर रमाईलो गरे ।

मरुभूमिको बिचमा सबै नेपालीहरु एक आपसमा शुभकामना आदान प्रदान गर्दै नेपालमा जस्तै गरी दशैको महसुस गरे । नेपालीहरु परिवारदेखी धेरै टाढाको महशुस गरीरहेका थिए र बितेका दशैका दिनहरुका सम्झनाहरुलाई एक आपसमा साटासाट गरेका देखिन्थे । निधारमा रातो टिका लगाउदै नेपालमा जस्तै मान्यजनहरुबाट आर्शिवादहरु लिईरहेका थिए । मरुभूमिको बिचमा पनि दाउराबाट मासु भात पकाई उपस्थित सबै नेपाली साथीभाइहरु एक आपसमा रमाउदै नाच्दै रमाईलो गर्न मस्त देखिन्थे ।

यूर्एइका लागि राजदूत महामहिम अर्जुनबहादुर थापाको निवासमा दशैको शूभकामना आदान प्रदान गर्दै दशै मनाईयो । यूएइमा रहेका विभिन्न तह र तप्कामा कार्यरत विशिष्ट नेपालीहरुको उपस्थित रहेको थियो । उपस्थित नेपालीहरुले एक आपसमा टिका तथा शुभकामना आदान प्रदान गर्दै दशै मनाएका थिए । उक्त अवसरमा यूर्एइका विभिन्न संघसंस्थाका प्रतिनिधीहरु, बुद्धिजीवी, पत्रकार तथा समाजसेवीहरुको उपस्थित रहेको थियो । नेपालका बाढीपिडीतलाई सहयोग गर्ने सम्पूर्ण यूरर्एइबासी नेपालीहरुलाई राजदूत अर्जुन बहादुर थापाले धन्यवाद दिनुभएको थियो ।

त्यस्तै अबुधावी देखी १६० किमी टाढा सारजाहमा पनि नेपालीहरुले एक आपसमा टिका लगाउदै दशै मनाए । दशैको टिकाको दिन बेलुका नजिकैका सबै नेपालीहरु जम्मा भइ मान्यजनहरुबाट जस्तै टिका तथा आर्शिवाद लिएका थिए भने विभिन्न परिकारका मासु तथा अन्य परिकारका खाना बनाई साथीभाइहरुलाई खुवाउनमा ब्यस्त देखिन्थे ।


October 17, 2008

गजल - मनको पाखो बाझो

मनको पाखो बाँझो हुँदा तिमी तर्की दियौ
डुबानमा छु आज भोली फेरी दर्की दियौ

आबरणमा अबतरण दोष आफ्नै हो कि
नौनी जस्तो लागथ्यो छाती भरी चर्की दियौ

हतारमा के थियो भोक थियो कि भोग
फुको फाँको यस्तै निल्न खोज्दा सर्की दियौ

आस्थाको सहयात्रा सहज थिएन क्यारे
यात्रामा एक्लै पारी बिच बाटो फर्की दियौ

मनको दैलो मैलो भयो दिल अन्धो कस्तो
अनुरागमा दाग थेन फेरी झर्की दियौ


October 16, 2008

रोमाको प्रगती र अपांग इतिहांस


केही पहिला रोमा न्यौपानेको मेल उनको ब्लगको ठेगाना ( http://romaneupane.blogspot.com/)सहित प्राप्त भएको थियो। ब्लग हेरें, यु ट्युबका क्लिपहरु हेरें। नेपालका प्राय पत्रिकाले उनको समाचार लेख्न भ्याइसकेछन। यु टुबको भीडियोले बलियो प्रमाण देखाउदै थिए उनि सबल सरह कम्मर मर्काएर मनोरन्जन लिन र दिन सक्छिन। केही लेखु उनको बारेमा जस्तो लाग्यो तर लेख्ने कुरा त सबै पत्र पत्रिकाले लेखी सकेका थिए। फेरी उनको मनोबल पनि असधारण थियो, मेरो लेखले मनोबल के नै थप्ला र ? फेरी उनि दौंतरीको सन्जाल सम्म पनि आउने हुन की होइनन? यस्तै कुरा मनमा खेलाउदा खेलाउदै समय गएको पत्तो नै भएन।
यो बिषय यतिकै हरायो। तर आज यसो यु टुबमा आखा नचाउदै थिंए, रोमाको भीडियो देखा पर्‍यो। उनले कम्मर मच्चाएर गितमा रमेको फेरी हेरें। अनी पुन उनको ब्लगमा छिरें। ब्लगमा अझ सामाग्री थपेर चुस्त पारिएको थियो। खबरहरुमा रोमा अझ छाइएकी थिइन। तर किन किन सबै समाचारमा रोमालाइ प्रोत्साहन भन्दा सान्तवना दिएको पाए। आफुले देखेका भेटेका अपांग आफ्न्त,साथीभाईको सम्झना आयो। हुन पनि हामी अपागंलाइ प्रोत्शाहन भन्दा सहानुभुतीले नै ढाक्ने गर्छौ र उनिहरुला झन अपागं बनाछौं। म पनि सबै अपांगसंग सान्तवनासंगै रम्थे।
जब केही बर्ष पहिले अध्यनको सिलसिलमा अमेरिका आए, अपांगलाइ हेर्ने द्रिष्टीमा १८० डिग्री परिबर्तन आयो। खासमा नेपालमा अपागंलाइ त अबसरको ‘अ’ पनि दिने गरेका रैनछौं। यांहा अपांगहरु सपांग सरह कसैको सहारा बिना स्वतन्त्र जिबन जिउने मात्र होइन सपांगसंग हरेक काम गरिराखेका हुन्छन। हुन त उनिहरुलाइ प्राय सबै बहानमा आबत जाबत गर्ने मिल्ने बनाइएको हन्छ, घर तथा अफिसहरुमा सजिलै आउने जाने ब्यबस्था गरिएको हुन्छ र चर्पी देखी सपिगं मल सम्म कुनै पनि ब्यबधान नहुने ब्यबस्था मिलाइएको हुन्छ। खाने पानि, बिजुली बत्ती त पाउन हम्मे हम्मे भएको देशमा अपांगलाइ अमेरिका सरह ब्यबस्थाहोस भन्न खोजेको त होइन तर जती जहां सकिन्छ अपांगलाइ समाजिक ब्यबस्थामा सामेल गर्न प्रयास गर्नुपर्दछ। सहानुभूती र भत्ता होइन अपांगलाइ सामाजीक हैसियतका साथ बाच्न दिनु पर्दछ। त्यसो गरे मनोबल बलियो भएकी रोमा मात्र होइन मनोबल खोसीएका कैयौं नेपाली अपांगले सहि जिबन जिउन मात्र होइन सबल सरह देशललाइ केही दिन पनि सक्छन। आठ बर्षको उमेरमा दुर्घटनमा एउटा खुट्टा गमाएकी रोमा प्रशस्सत सफलता हासील गरिसकेकी छन। तर रोमा आफै उन्नतीको शिखरमा मात्र नपुगी अन्य अपांगलाइ बैसाखी दिएर आफु संगै माथी लाने प्रयासलाइ मैले प्रशंसाका शब्दले जती समेट्न खोजे पनि सफल हुन सकिन। उनका यु टुबका क्लीप र उनको ब्लगमा तपाइ आफै गएर प्रशंसाको खादा ओढाउनुहोला।