July 1, 2008

अध्यारो बिहानी

मृदुल

बिहानी तारा अस्ताइ गयो उज्यालो पनि देख्नै नपाइ।
शहिद्को सप्ना ओझेल परे नया इतिहास् लेख्नै नपाइ॥


लोकतन्त्रको जग् हाल्दै आधीले सबै भत्काइ दियो।
निरंकुस अध्यारोमा जाकेर सधैंलाइ नै थच्काइ दियो॥
अन्गिन्ती आशाका फुलहरु फर्कनै नपाइ मुर्न थाले॥
शान्तीको स्वास फेर्नै नपाइ फेरी पनि जन्ता मर्न थाले॥


हक हित अधिकार खोस्यो स्वतन्त्रता कुनै भोग्नै नपाइ।
शहिद्को सप्ना ओझेल परे नया इतिहास् लेख्नै नपाइ॥
सतीको श्र्राप परेर होकी कहिलै माथी उठ्न सकेन।

निहित् स्वार्थको परिधि नाघी आफै भित्र जुट्न सकेन॥


उज्यालोको कठोर् प्रतिक्षामा जिन्दगी अब थाकी सक्यो।
सर्वभौमको बिहानीलाइ कालो बादलले ढाकी सक्यो॥
खिचातानी मै अल्झिय नेता अराजकत्ता छेक्नै नपाइ।
शहिद्को सप्ना ओझेल परयॊ नयाँ इतिहास् लेख्नै नपाइ॥




मेरो संसार

म बाचेको सँसारमा पानी छैन छ आगो मात्र
जलाउछ रुवाउछ छन बेदना र चित्कार मात्र

तिमीलाइ देखाउदिन म खुकुरिको धारको बाटो
हिड्दैछु म पिल्सिएर सधै आफ्नोहरुको साटो

तिमी नआउ मेरो सँसारमा त्यहाँ हाँसो हराउछ
रोजबरु अर्को बाटो जहाँ फूलहरु फुल्छ

आगोको भुम्रोमा हिडन बिन्ति नगर साह्रो
जलन सहि जीवन काट्न हुन्छ अति गाह्रो


- अशोक " खलान को मान्छे "
ड्राम्स्टाड जर्मनी


June 29, 2008

बहुला र "पागलहरू"

सानै छँदा एक दिन बुबासंग डिल्लीबजार तिर हिडिरहेको थिएँ । बिच सडकमा एकजना चर्को स्वरमा चोर औला ठाडो पार्दै बर्बराउँदै थियो “ … मलाई यो देशको राजा बनाईदिनु, म यो बाटो सुनको बनाई दिन्छु … …” बाटोमा हिडने सबै त्यहि व्यक्तीलाई हेर्दै हिडिरहेका थिएं।

सुनको भाऊ र राजनीति बारे क, ख, ग पनि जान्ने उमेर थिएन त्यो, तर सुन भनेको महङ्गो बस्तु र राजा भनेका जे पनि गर्न सक्ने व्यक्ति हुन भन्ने थाहा थियो ।

त्यस दिन घर फर्के पछि मैले साँझमा सबै परिवार भएको बेलामा त्यो दिउसो देखेको मान्छेलाई किन राजा नबनाएको भनेर प्रश्‍न गरें । मेरो कुरा सुनेर घरमा सबैजना गलल्ल हासें “धेत! त्यो त बहुला हो … ”

बहुलाको परिभाषा पनि राम्रो नबुझेकोले त्यस पछिका केहि दिनहरुमा मेरो मानसपटलमा त्यो व्यक्ति र उस्को आबाज गुञ्जिरह्यो … । मेरो बाल मष्तिष्कमा त्यसपछिका धेरै दिनसम्म बारम्बार यौटै कुरा आईरह्यो :- त्यो मान्छेलाई राजा बनाए पनि हुन्थ्यो नी !

आफ्नो बचपनाको बारेमा हाँसो लागे पनि त्यो ‘राजा बन्न पाए सुनको बाटो बनाउने मान्छे’ को भने मलाई पछिसम्म सम्झना छ ।

यथार्थको धरातलमा बसेर सोच्दा सुनको बाटो बनाउने कुरा असम्भब भए पनि त्यतिबेला बाटोमा हिंडने ठुलै मान्छे पनि उसका कुरा सुन्दै हिडेको याद छ मलाई । त्यो यौटा केवल कोरा कल्पना र पागलपन थियो … तैपनि तात्कालीन समयमा ‘राजा’ र ‘सुन’ शब्दले सबैको ध्यान खिचेको हुनसक्छ ।

सोच्दा सोच्दै मेरो मानसपटलमा फेरि त्यो बहुलाको बिम्ब र आबाजहरु घनिभूत भएर गुन्जन्छन, म अचानक फेरि आफुलाई डिल्लीबजारको त्यहि सडक छेउमा पाउँछु । त्यो बहुला आज पनि पूर्वबत आफ्नो “घोषणा पत्र” को पाठ गरेर कराउँदै छ “ मलाई राजा बनाईदिनु … म यो बाटो सुनको बनाई दिन्छु … …”

अहिले म मा बचपना छैन र मलाई उस्को त्यो सुनको बाटो बनाउने योजनाले पनि तान्न सक्दैन । मलाई थाहा छ त्यो बहुला हो र उसलाई आफुले बोलेको कुराको न कुनै ज्ञान छ न जिम्मेबारिपनको बोध ।

म त्यो बहुलालाई वास्तै नगरि बाटोमा अगाडि बढ्छु … तर अचानक बाटोको आर्कोतर्फबाट झुण्ड-झुण्डमा हुलका हुल मानिसहरु देखापर्छन । म बिस्तारै त्यो झुण्ड भएतर्फ बढ्छु, अगाडि भीडको बिचमा अलिकता अग्लो मञ्च बनाईएको थियो र त्यसमाथी एकजना व्यक्ति चोर औंला ठडाएर मच्ची मच्ची कराउँदै थियो “ मलाई भोट दिनुहोस् म यो टोलामा ढल बनाईदिन्छु, … बाटो बनाईदिन्छु … , पानीको समस्या समाधान गर्छु … … ”

हेर्दा हेर्दै मेरो आखाँ अगाडी चलचित्रका दृश्‍यझै गरि सबै घटनाक्रमहरु घुम्न थाल्छन्। हेर्दा हेर्दै त्यस्तै अरु धेरै जना ठाँउ ठाँउमा देखीन्छन् । कोहि २ बर्षमा मेलम्चिको पानी ल्याउने, कोहि ५ बर्षमा नेपाललाई स्विटजरल्याण्ड बनाउने आदि आदि । सबैले यथार्थीय धरातलमा कुनै पनि हालतमा पुरा गर्न नसकीने सपना बाँड्दै थीए । तर सफा लुगा लगाएको र यौटा यौटा झण्डा पनि समाएकोले सबैजना ति व्यक्तिहरुको कुरा ध्यान दिएर सुनेका देखिन्थे ।

म पुन झसंङ्ग हुन्छु र बास्तबिकतामा फर्कन्छु । मलाई अब देशका नेताहरुको अगाडि त्यो डिल्लीबजारको बहुला ‘पागल’ लाग्न छाड्छ ।



June 28, 2008

हप्ता हंगामा - रित्तिएको बरफ

टेन्सन पनि अनेक अनेक हुन्छन, पानि परे पनि टेन्सन नपरे पनि टेन्सन,हिउ परे पनि टेन्सन,नपेरे पनि टेन्सन। यस्तै भएको छ उत्तरी धुर्वमा(north pole) अहिले। बार्है महिना हिउले ढाकिने उत्तरी धुर्व यस पटकको गर्मीमा पुरै हिउ पग्लिने संभावना औलाइएको छ। उत्तरी धुर्व र आसपासका शहरमा जाडो न गर्मि जती बेला पनि हिउ पर्न सक्छ। हुन त मुस्तागं माथी ५,५०० मिटर को उचाइमा जेठ महिनामा हिउमा खेलेको मैले नि अनुभव संगालेको छु। त्यसैले होला नेपालका हिमाललाइ तेस्रो धुर्व पनि भनिने गरिन्छ। ति हिमालमा कहिले हिउ पर्यो कहिले परेन, कुन बरफ कति बर्ष पुरानो यस्ता याबत कुराहरु कन्चन आकास मुनी हुदै गर्छन, कसैको केही आपत्ती हुदैन। तर बर्षौं लगाएर उत्तरी धुर्वको अध्यन गरेका बैज्ञानीक भने यस पटकको आत्तिएका छन। सधै जसो बर्षो पुरानो बरफ जम्ने उत्तरी धुर्वमा यस पटक एक बर्ष पुरानो बरफ मात्र छ जुन गर्मि समयको अन्तिम सम्म पुरै पग्लने संभावना ५०% प्रतीशत छ। ७ बर्ष पहिले अहिलेको समयमा २ मिटर बरफ थियो भने यस बर्ष १ मिटर मात्र बरफ जमेको छ। पानिले जमिन भन्दा बढी ताप लिने र त्यो तापको असर सिधै हिउमा पर्ने हुनाले प्रिथ्वीको तापक्रम परिब्रतन उत्तरी तथा दक्षिणी धुर्बले सजिलै बताउन सक्छन।
यसरी हिउ नै सक्किनुको मुल कारण बढ्दै गएको प्रिथ्वीको तापक्रम तथा मौसम परिबर्तन हो।तर यसरी हिउ नै सकाउने अर्को कारण Arctic Oscillation पनि हो जसले उत्तरी धुर्वको हिउ पुरै सोरेर गर्मि समुन्द्र तिर लग्दछ। यसरी बरफ पग्लिनुले त्याहा भएका polar beer तथा seal बाच्न समस्या पर्छ भने पानीको उचाइ बढ्नुले खेती योग्य जमिन नष्टहुनुको साथै समुन्द्र छेउका शहर डुब्ने खतरा हुन्छ। तर यसको फाइदा भनेको पानि जहाजलाइ पनामा क्यानल नभइ सिधै उत्तरी धुर्वबाट जान सजिलो हुन्छ। यसका साथै प्रचुर मात्रमा तेल भएको उक्त भुभागमा तेलको उत्खनन गर्न पनि सघाउ पुग्ने छ।


June 27, 2008

विडम्बना-२

प्रयोगसिद्द विज्ञानका असफलताका कल्मषहरू बोकेर
भोक, रोग, हिंसा र आह्रिसले अंकूरित भाष्य घोकेर
एक धोक्रो रहर घिसार्दै मनगढन्ते गन्धे डहरमा
हिँडेको छु , नशालु मादकताको अनौठो झोल धोकेर।

कसैले मानोस् नमानोस् म नै सत्य हुँ, मन्त्र हुँ
कसैले ठानोस् नठानोस्, म नै सर्वोत्कृष्ट तन्त्र हुँ
म स्वतन्त्रता हुँ , म बन्देज हुँ अनि परिबन्द हुँ
म बिनास हुँ , संहार हुँ अनि आफ्नैको आफन्त हुँ।

म कानून, नियम र तिम्रो जीवनको परिभाषा हुँ
सत्य , असत्य, निर्क्योलको अकाट्य आदेशक हुँ
कानुन,, वकिल, जज साहेब, जल्लाद र डोरी हुँ
म सर्वभक्षी सन्त्रासको संबाहक बाबा अघोरी हुँ।

म परिभाषा हुँ, को असल अनि कमसल को?
म निर्णायक हुँ, विज्ञान को औ मिथक को ?
म शासन, प्रशासन र अनुशासन अनि दुस्सासन
म आधुनिक ब्रम्हाजीको वाक्य अनि संभाषण।

यसर्थ,

शब्दहरू, तिमीहरू मेरो खटनमा चल्नुपर्छ
आवाजहरू, मेरो आदेशले मूक वा बोल्नु पर्छ्
नियमहरू, मेरो फर्मानलाई सकारात्मक पढ्ने गर
जीवन, यो शास्वत सत्यलाई स्विकार्दै बढ्ने गर ! -सन्नाटा


June 26, 2008

हरियो घांस र मन्छिएको बोको

टाढा गाउंबाट बगरेले बोको शहरमा लग्दा निकै कलाकारिता अपाउने गर्छ। बथानबाट छुटाएर शहर लग्न बगरेले हिरयो घांस अगाडी देखाउदै देखाउदै शहर सम्म पुर्याउछ। त्यसपछी तान्दै काट्ने ठाउ सम्म पुर्याउछ। बोकाले वगरेको हरकत देखेर कराउछ। बोकाको अन्तिम बिनयलाइ सुने झै गरी बगरेले भगवानको नाममा पानी मन्छिन्छ। जब बोको पानिले भिझ्छ, टाउको हल्लाउछ अनि वगरेले बोको भगवानमा अर्पिएको ठानी तरवारले टाउको छिन्दछ। यो बगरेको पेशा हो, आफ्नो पेशा चलाउन सानो बोको, ठुलो बोको,दुब्लो बोको,मोटो बोको जे जस्ता छन देखेका जती केही बांकि राख्दैन।
यस्तै भएको छ नेपालको राजनिती। लडाईंमा समजधारी भए जसरी राजाले पार्टीहरुलाई सरकारको साचो सुम्पिए। साचो सधैं को लागि गुमेको गुमिसकेको थियो त्यसैले केही हप्ता पहिले शताब्दिऔं पुरानो राज संस्थाबाट ज्ञानेन्द्र बाहिर जादा आफ्नो पुर्खाको बखानको साथै आफ्नो अनुनय प्रस्तुत गर्दै पहाड उक्लिएका थिए। पक्कै पनि राजाको हरियो घांस सुकिसकेको हुनुपर्छ र पार्टीहरुले मन्छिएको पानीमा मुन्टो हल्लाउदै उनी नागार्जुन तर्फ उक्लिए। भर्खरै गिरिजाको पनि हरियो घांस सुकेछ, उनले पनि पानीले भिजेको टाउको हल्लाउदै सहमती भए झै गरी संसदमा प्रस्तुत भए।उनले पनि राजाको शान्ति पुर्ण बहिगर्मन,माओबादीको सहज अबतरणको बोके पुराण सुनाएका थिए। Ninties मा हिंडेका गिरिजाको पक्कै पनि यो अन्तिम premeirship हुनेछ।
के त्यसो भए माओबादी बगरे नै हो त? २० बर्ष पहिले फाट्ट फुट्ट नाम सुनएको पार्टीले सत्ता समाल्ने कुनै लक्षण नै देखेन। उसका पुर्खाका अनेकौं जुक्ति मध्य गाउबाट शहर घेर्ने निती लियो। भर्खर प्रजातन्त्र आएको नेपालमा जनताले के के नै होला भनेर मुख आं गरेर बसेका थिए भने पार्टीहरु प्रजातन्त्र जादूको छडी होइन भन्दै जनता नचाइरहेका थिए। उता जंगलमा गोला बरुदको अभ्यास हुदै थियो। एक जना खाटी कमरेड मेरा परम मित्र थिए। सुनकेस्राको कथा जस्तै लाग्ने माओबादीको कथा हासेर उडाउदा उनि निकै निर्धक्कका साथ भन्दै थिए, जब कुनै देशमा भर्खर परिबर्तन भएको छ, जनता सरकारसंग खुशी छैनन त्यो नि कम्नियुष्टहरुको उर्बर भुमी हो। साच्चै त्यसबेलाको नेपालको स्थीती त्यसतै थियो। उनको कुरा सुन्दा लाग्थ्यो माओबादीको बाटो सुन्स्चित छ। तर पनि उतीखेर माओबादीको बन्दुकले देश कब्जा हुन्छ भन्नु एउटा जोक जस्तै थियो। प्रखर भारत बिरोधी पार्टी बनेर माओबादी पार्टी गाउ गाउमा उत्रियो। भारती ट्रक देख्ने बित्तिकै आगो लगाउदै अन्तिमा भारतीय सेना संग लड्नु पर्छ भन्दै मान्छे बटुल्यो। सबैले देखिहाल्नु भयो, दिल्लिमा १२ बुदे सहमती गरेर माओबादी भारतीय बिस्तारबादलाइ कसरी पराजीत गर्यो। जब नेपाली सरकार निकै कमजोर भयो, माओबादी गिरिजासंग घाटी जोड्न आइपुग्यो। म छक्क पर्दै मेरो साथिलाइ सोद्थे, गिरीजा त माओबादीको नं १ शत्रु होइन र? उनी भन्थे एउटा शत्रुलाइ पराजी गर्न अर्को शत्रुसंग मिल्नु युद्दको आबश्यक्ता हो। त्यसबेला उनिहरुको मुख्य शत्रु नेपालको राज संस्था थियो। उनिहरुले भने झै गरी पार्टीहरु संग मिलेर राजासंगको युद्द माओबादीले जिते। मुख्य शत्रु पराजीत भइसेकेको खण्डमा अर्को शत्रु नै आफ्नो बाधक थियो, त्यो शत्रु थिए गिरीजा प्रसाद कोइराला। माओबादीको अगाडी गिरीजा एक महिना पनि टिकेनन र अन्तिममा सहमती र जनताको नाम जप्दै बोकोलाइ तरबारले छिने झै माओबादीले आफुलाइ माइनस गरेकोमा बिक्षिप्त हुदै गिरिजा सरकारबाट बाहिरिए। सायद गिरिजा हवल्दार नै रहेछन, साधारण माओबादी कार्यकर्ताले गिरिजा माइनस हुने कुरो बर्षो पहिला थाहा पाउदा पनि गिरिजा माइनस भएपछि मात्र थाहा पाए।