गनतन्त्र नेपाल
- मृदुल
राजनीति नजानीकनै राजनीति गर्नेहरु………………………मुर्दाबाद!
माया भन्ने नै नबुझेर मायागर्न खोज्नेहरु……………मुर्दाबाद!
स्वतन्त्रता नबुझेर प्रजातन्त्रको वकालत गर्नेहरु………मुर्दाबाद!
नुनिलो बिनाको नुन बेच्नेहरु ………………………मुर्दाबाद!
पिरो बिनाको खुसा्रनी बेच्नेहरु……………………मुर्दाबाद!
रंगबिनाको रंग बेच्नेहरु ………………………मुर्दाबाद!
सान्तीमा असान्तीको मिसावटको गर्नेहरु ……………मुर्दाबाद!
पेट्रोलमा मट्टितेल मिसाउनेहरु……………………मुर्दाबाद!
महमा सख्खर मिसाउनेहरु……………………………॥मुर्दाबाद!
घिउमा चिउरी मिसाउनेहरु…………………………… मुर्दाबाद!
चामलमा ढुगा मिसाउनेहरु……… …………………… मुर्दाबाद!
प्रेममा धोका मिसाउनेहरु ……………………………मुर्दाबाद!
हिरामा शिसा मिसाउनेहरु……………………………मुर्दाबाद!
मोइ माग्दा कमेरो दिनेहरु…………………………मूर्दाबाद!
आगो माग्दा खरानी दिनेहरु……………………मूर्दाबाद!
फूल माग्दा काँडा दिनेहरु………………………मूर्दाबाद!
रगत दिदा मृगौला साटनेहरु…………………मूर्दाबाद!
म्वाइ खान दिंदा जिव्रो थूत्नेहरु… ……………………मूर्दाबाद!
हाद दिंदा कूइनोसम्म निल्नेहरु… ………………मूर्दाबाद!
जूका भएर चूस्नेहरु………… ……मूर्दाबाद!
सर्प भएर डस्नेहरु ……………………मूर्दाबाद!
अरु भन्दा आफुसंग धेरै धन होस भन्नेहरु……………मुर्दाबाद!
अरु भन्दा आफुसंग धेरै जमिन होस भन्नेहरु … …मुर्दाबाद!
अरु भन्दा आफुसंग धेरै सम्पती होस भन्नेहरु … …मुर्दाबाद!
अरु भन्दा आफुसंग धेरै अधिकार होस भन्नेहरु… ……मुर्दाबाद!
अरु भन्दा आफनो नाम चलोस भन्नेहरु………………मुर्दाबाद!
अरु भन्दा आफनो शत्ता टिकोस भन्नेहरु… ……………मुर्दाबाद!
अरु भन्दा आफनो हैसियत बढीहोस भन्नेहरु… मुर्दाबाद!
अरु भन्दा आफनो हैकम चलीरहोस भन्नेहरु… मुर्दाबाद
अरुलाइ दास आफुलाइ मालिक ठान्नेहरु.........मुर्दाबाद!
अरुलाइ कार्यकता्र आफुलाइ नेता ठान्नेहरु........मुर्दाबाद!
अरुलाइ तीतो आफुलाइ मिठो बाँडनेहरु … मुर्दाबाद!
माछा मिठो माछाको काडा तितो भन्नेहरु … मूर्दाबाद
देशलाइ भिषारी बनाएकोमा नै गर्व गर्नेहरु …………मुर्दाबाद
देशको भाग्यमा दरिद्र लेखाउनेहरु ……………………मुर्दाबाद
गरिवी र संकटको पराकाष्टामा पुरयाउनहरु। ………मुर्दाबाद
चेतनाको ढोका बन्द गर्नेहरु……… …………………मुर्दाबाद
मारेपछि पछुतो गर्ने राजनीतिज्ञहरु …………………मुर्दाबाद
दुखमा गोहीको आँशु झार्नेहरु………………………मुर्दाबाद
हात बाँधेर खुट्टा फुकाइदिनेहरु ……………………मुर्दाबाद
कुमारीमै आमा बनाउनेहरु ……………………… मुर्दाबाद
June 18, 2008
June 17, 2008
गजल ,बुवालाई घर सल्लाह
जपतपको बेला भो बुवा,मोह धेरै हुर्काउन हुन्न
हठ छाडे हामी चलाऊछौ घर धेरै घुर्काउन हुन्न
मिठो मसिनो सबै चपाकै हो, र्याल के लाई चुहाउनु
स्वाद बाँकी होला र हड्डिमा? आशु धेरै तुर्काउन हुन्न
पल्ला घरे दाइले उचालेको भरमा भडकिएर तेसै
आबेगमा आँफै घंटिमा लगाइ पासो सुर्काउन हुन्न
सिङौरी खेल्ल्न नि सिङ चाहिन्छ अबता अती भो
अलिकती भए नि बचेँको इज्जत बेर्थै खुर्काउन हुन्न
होशको कुरा केही हुन्न बर्बराउनथाल्नु भको छ
सुकेको जिउले थेग्दैन भार मन धेरै फुर्काउन हुन्न
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

June 15, 2008
गजल - धेरै साधु
धेरै साधु भए यहाँ बुद्दका आखा फुटाउनेहरु
बाटो छेकी हास्छन आमाको काख लुटाउनेहरु
दु:खका दिन सुखमा साटछु भन्दै कती आए यहाँ
मखमलको डस्ना देखाइ भुसमा सुताउनेहरु
बन्दुकले भबिष्य लेख्छ रे भनी कलम लुकाउदै
नारी हक भन्छन सिउंदोको रंग छुटाउनेहरु
पसिना माग्ने हातहरु रोइरहेछन श्रम रोप्न
पलायन भए गिदी भका,बाकी घर फुटाउनेहरु
राम राम भन्ने हराम भए रे,सुनिदैछ अचेल
जालझेलमा अलमल्लिए भरोसा जुटाउनेहरु
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
बाटो छेकी हास्छन आमाको काख लुटाउनेहरु
दु:खका दिन सुखमा साटछु भन्दै कती आए यहाँ
मखमलको डस्ना देखाइ भुसमा सुताउनेहरु
बन्दुकले भबिष्य लेख्छ रे भनी कलम लुकाउदै
नारी हक भन्छन सिउंदोको रंग छुटाउनेहरु
पसिना माग्ने हातहरु रोइरहेछन श्रम रोप्न
पलायन भए गिदी भका,बाकी घर फुटाउनेहरु
राम राम भन्ने हराम भए रे,सुनिदैछ अचेल
जालझेलमा अलमल्लिए भरोसा जुटाउनेहरु
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
June 14, 2008
स्वयम्भूका आँखामा आँशु
- अशोक " खलान को मान्छे "
ड्राम्स्टाड जर्मनी
स्वयम्भूका आँखा शान्तीले लोलाएको छैन यतिबेला
स्वयम्भूका आँखाका त्राशले लोलाएको देखिन्छ यतिबेला
सत्यलाई अफिमको नशा मान्ने गिभ्रमित जमात देखी
स्वयम्भूका आँखा त्रश्त यतिबेला लाठेहरु देखी
नपत्याए हेर ति नेपाली आँखामा जो घर भएर पनि
सर्बहारा भएका छन सर्बहाराका हातबाट सबै हुँदा हुँदै पनि
जो श्रमको श्रीजनामा रमाउदा रमाउदै पनि
मी दिवश मनाउने हरुको जमातबाट खेदिएका छन लोकतन्त्रमा पनि
स्वयम्भूका आँखा त्रश्त देखिएका छन यती बेला
जिउदो मान्छे पोलियो बुद्द जन्मभुमी मा
न्याय कसले दिन सक्छ मेरो बुद्द लाई
भनु के म बन्दुक ले न्याए गर्छु भन्ने लाई
पञ्चशिलका आदर्श हरु जो पुर्खाले बनाएका थिए
सब च्यातिदै गयो निर्दई बाट जो हर जन का थिए
शिरमै टोपी लगाई सपुतहरु बर्खी बार्न बिवश छन यहाँ
अझ कती बर्ष डरको बर्खी बार्ने हो यहाँ
कलिलो दिलबहादुरको लाश माथि राजनीति मोहोर लादेर
अनी पाशविकता साथ बलराम र नन्दलाल माथि प्रहार गरेर
सुधखोरका बिल्ल भिराएका हुन क्रान्तिकारी हरु ले
न्याय क्षेत्र गोर्खामा अन्यायको बिजरोपे जालसाच
अहिलेत त्यो बिज झाङिएको व्रीक्ष भई फलदिन थालेछ
श्यामसुन्दरको रगतको साटो ४० हजार मत पाएछ
स्वयम्भूका दुई आँखामा तब त आशु देख्दै छु
बन्दुक विजय संग सँगै म सम्पूर्ण रुपले पराजित हुँदै
क्रमश घर बाट बेघर हुँदै सम्पूर्ण ईतिहासमा पूर्णबिराम लाग्दा
यति बेला मैले सम्पूर्ण देशबासी लाई साधुबाद दिन नसक्दा
प्रजातन्त्र को छिप्पिन लागेको बैश बलत्कार गर्ने हरु त
क्रान्तिकारी भिरु भईसके दिग्भ्रमित छन बुद्दहरु त
बोधिसत्व सम्पूर्ण बन्धन देखी को मुक्ती हो
स्वयम्भूका लोलाएका आँखा देख्नु बोधिसत्व खोज्नु हो
बोधिसत्व अब क्रान्तिकारी भिरुहरुको चालवाज उद्द्घोशमा खोज्नु पर्ला
बोधिसत्व क्रान्तिकारीहरु को भुमरिमा खोज्नु हो
बम पड्काउने हरु लाई शान्ती क्षेत्रको उदघोषणमा
राष्ट्रपिता बनाउने सपना सगाल्दै छन देशमा
म मेरो पिता लाई त्यो पुरानो कुर्चिबाट बन्चित गरी
बेघर गरेको निरही भएर हेर्दै छु अचम्ममा परी
यतिबेला स्वयम्भूका दुई आँखा शान्तीले लोलाएका होइनन
माकुराको फोहोर जालो टाङिएर आसुँ झरेको जस्तो देखिएको होइन ।।।

सहमति भित्र असहमति
सहमति भित्र असहमतिले गांजियको संघिय गणराज्य
- औंसिको रात-निभेको लाल्टेन-भिरको बाटो -
- पुरुशोत्तम सुबेदि -बेल्जियम
भारतिय यक चर्चित पुराना गायक मोहम्मद रफिक ले य उटा हिन्दी गजल मा भनेका छन -
नतो कारवां कि- तलास है-----
नतो हम सफर कि- तलास है --
आखिर कुरा त्यस्तै भयो नेपालि राजनितिको जोडघटाउ गर्दा यस्तो छ कि जातियता लाइ प्रस्रय दिने जुन कुनै संगठनले गणतन्त्र समाल्न सक्ने स्थिति हुदैन ।यहां यस्तै भयको छ कि ४ जात ३६ बर्ण लाइ ३६ जात ७२ बर्ण मा रुपान्तरित गरियको छ ।जसले गर्दा नेपाल का सबै जातिहरुको माग पुरा हुन सक्ने छैनन ।सबै जनताको समस्या लाइ य उटै संझेर गणतन्त्र लाइ संथागत गरेमा मात्र गणतन्त्र संथागत हुन सक्ला।माथिको हिन्दी कथनले यहि दर्सायको छ ।
न त्यहि गाडि- बयल ठेला -कार -जहाजमा चढ्ने भन्ने थाह छ ----- न त त्यहि ठाउं मा पुग्ने निधो छ भन्ने कथन आज नेपालका राजनैतिक पार्टि हरुको स्थिति भयको छ।ाफ्नो खुट्टा मा उभिन नसक्ने र राजतन्त्र कै पक्षपोसण गरेर धानियको कांग्रेस संग हुबहु हातेमालो गर्दै आयको यमाले को पनि नेत्रित्व पंति को मनमोजि ले गर्दा नेपाल मा उग्र बाम पन्थि भड्काव चर्किदै गयको छ । माल पायर चाल नपाउने कांग्रेस को अगाडि नेपालि कम्युनिस्ट हरु पनि त्यस्तै पाखे र पछौटे पनका कारण मुल बाटो पहिल्याउन सकिरहेको देखिदैन ।यका तिर २४० बर्से ताना शाह फाल्यौ भन्दै कुर्लिदै हिन्दै छन भने उनै मान्छे हरु मनमनै २४० बर्स खाइ पाइ आयको अधिकार आफ्नै हात बाट फुत्कायौ भन्ने पछुतो मानि रहेको अबस्था छ ।नेपालमा गणतन्त्र हांक्न सक्ने अैडोलोजि भयको नेताको अभाब देखिन्छ ।किन कि जातिय संगठन लाइ प्रस्रय दिनु भनेको देशमा अनाबस्यक दुन्द भद्काउनु हो । ४ जात ३६ बर्ण भनिने नेपालि समाज लाइ ३६ जात ७२ बर्ण मा बिभाजित गराइयको छ ।यसले अन्त्यमा जातिय हिंसा भट्काउने निस्चित छ ।अर्को तिर कुनै पनि नेपालि राजनैतिक सक्तिले छिमेकि रास्ट्र संग नजिक हुन सकिरहेका छैनन ।माओबाद लाइ मुल्धारमा ल्याउने बहानामा अंेरिकाले ठाडै हस्तछेप को खुल्ला राजनिति गरिरहेको अबस्था छ ।जति शुद र टिन संङ गला जोडेपनि आखिर ४० प्रतिसत तेलको भाउ घट्ने होइन ।गध्धि त्यागेर बाहिरियका राजा कै चर्चा परि चर्चा मै दिन बितेर गयको यस घडिमा कहिले कहां कुन किसिमको कानुन लेख्ने भन्ने कुनै निधो छैन ।यस्तै तरिकाले सहमति भित्र को असहमति हुने हो भने २ बर्स पछि देश ग्रिह युद्धमा नजाला भन्न सकिदैन ।यकातिर माओबादि ले जुन कुरा लागु गर्न सक्दैन त्यहि कुराको जिक्ग्रह गर्छ र जुन कुरा हुने निस्चित छ त्यसैको बिरोध गर्छ ।गिर्जा ले अंेरिका र भारत को अडान त्याग्न पनि भयको छैन ।भारतिय ९० नंबरको जर्दा पानको रिण अझै चुक्ता भयको छैन ।पंचायत कालमा भारतमा चपायको महंगो पानको रिण नेपालि कांग्रेस को खाता बाट कटौति गरिदै छ ।
यसरि आ आफ्नो डम्फु बजाउन मस्त रहेका दल हरुले देशलाइ निकास दिनुको सट्टा सहमति भित्रको असहमतिको गांठोमा अल्झियका छन ।यो पदिय भाग बंडा ले रुमलियका नयां नेपालका पुराना थोत्त्रे अनुहारले मल्लिक आयोग लाइ धोति लायर आफु चोखियका छन ।
यकातिर धर्म सापेछित देश लाइ निरुप्रेक्ष घोसणा गरेर झगडाको बिउ रोपियको छ भने अर्को तिर जातिक लैंगिक भासिक नारा अगाडि सारियका छन ।२१ सौं सताब्दिमा आयर नारि पुरुसमा भयको भेदभाब लाइ मात्र हेर्दा हुने बेलामा हजारौ समस्यालाइ कोट्याउनु भनेको गणतन्त्र लाइ उपयोग गर्न नसक्नु हो ।कतै माओबादि लाइ मुल्धारमा ल्यायकोमा कांग्रेस यमाले पछुतायका त होइनन? कतै माओबादि को सेफ लेन्डिंग लाइ ग्राउन्ड सांगुरो भयको त होइन? कतै राजा ग्यानेन्द्र संसद बिउंतायकोमा पछुतायका त छैनन ?
यिनै ३ राजनितिक दाउपेचले देश लाइ अधोगति तिर लैजांदै छ ।यस घडिमा नेपालि जनता औसिको रातमा निभेको लाल्टेन संग भिरको बाटो सफर गर्दै छन ।

गजल- रहर
मृदुल
अधरमा मन्द मुस्कान
बदनमा लालि जोवान
देख्न पाए पुग्छ मलाइ।
सौंन्दर्यको पृष्टभुमिमा
गाजुलु ति आँखाको भाव
लेख्न पाय पुग्छ मलाइ॥
सिउदोको त्यो गोरेटोमा
अनगिन्ती सपना बुन्दै
हिन्न पाए पुग्छ मलाइ।
दिलै देखि माया गर्ने
सिपनाकी ति रानीलाइ
चिन्न पाए पुग्छ मलाइ।
रेसमी पछयौरी ओडेकी
स्वर्गकी रुप्से परीलाइ
देख्न पाए पुग्छ मलाइ।
सौंन्दर्यको पृष्टभुमिमा
गाजुलु ति आँखाको भाव
लेख्न पाय पुग्छ मलाइ॥
संगै बाँच्ने अठोट गरी
हृदयको यो चोखो माया
साँच्न पाए पुग्छ मलाइ।
अग्नीलाइ नै साक्षी राखी
चखेवाको जोलि बनेर
बाँच्न पाए पुग्छ मलाइ।
सुन्दर गुलावी वैशमा
सिन्दुर पोते लगायकी
देख्न पाए पुग्छ मलाइ

Subscribe to:
Posts (Atom)