Showing posts with label हाँसो-ठट्टा/ व्यङ्ग्य. Show all posts
Showing posts with label हाँसो-ठट्टा/ व्यङ्ग्य. Show all posts

October 2, 2024

नेपाल सरकार र AI

 

रराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले Artificial Intelligence AI (आर्टिफिसियल इन्टेलिजेन्स) एआइको प्रयोग मानवताको साझा हित तथा सबैको समृद्धिका लागि जिम्मेवार र मर्यादित रूपमा गरिनुपर्ने बताउनुभएको छ ।#AIinNepal




May 17, 2024

दासढुंगा घटनाको रहस्य

 दासढुंगा घटनाको रहस्य  बारे के.पी. ओली :






March 5, 2024

तपाईंको आजको राशिफल

एक प्रख्यात पत्रिका को राशिफलको सबै राशिको पहिलो लाईन - अरु कुरा आफै मिलाएर बुज्नुस।  

मेष : दिन राम्रो छ। 

वृष : दैनिकी राम्रो छ। 

मिथुन : समय राम्रो छ। 

कर्कट : समय सामान्य छ। 

सिंह : दैनिकी राम्रो छ। 

कन्या : आजको दिन राम्रो छ। 

तुला : दिन राम्रो छ। 

वृश्चिक : दैनिकी राम्रो छ। 

धनु : समय राम्रो छ। 

मकर : समय सामान्य छ। 

कुम्भ : दिन राम्रो छ। 

मीन : दिन राम्रो छ। 



March 1, 2024

नेपाली जोक्स : Nepali Jokes

    • पोखराको पुलले कर्णालीको पुललाई के भन्छ?
    कस्तो लामो ?
    • चेउटे को राजधानी  कहाँ हो ? 

      टोक्यो ।

    • तामाको मामा घर कहाँ हो ?

    बासबारी।

    • लामालाई गुम्बा, जडया लाई के ?

    तुम्बा 

    • स्याउ र च्याउ मा के फरक छ? 

    एउटा रुखमा फल्छा, अर्को भुइमा। 

    • चियाको उल्टो के हुन्छ?

    छ्या गनाउछ। 

    • गोजीमा  हात राखेर कुरा गर्ने लाई के भनिन्छ  ? 

    गोजीनाथ ।

    • जांच मा किन नपढेको ?

    हात्ती पढेर ठुलो भएको हो र?

    • ओछ्यानबाट खसेपछि सिरकले के भन्यो  ? 

    छि: भुइँ  मा पो!

    • घरलाई  के लगाउने ? 
    ठेगाना।
    • कुचो किन फालेको ?

    फोहोरसंग किस गरेर ।

    • चियाले चियियापत्तीलाई  के भन्छ ? 

    झोल भन्दा  झ्यामटो मिठो  ।

    • चन्द्रमा किन रोएको ? 

    ग्रह लागेर ।

    • खाना भ्याए  पछि कुकुर के के भन्छ ?

     "भ्याउ, भ्याउ!"

    • तपाईंले समय सँग किन विवाह गर्नु हुँदैन?

    ठेगान छैन आज हो कि भोलि ?

    • डाक्टर र दाउरे मा के फरक छ? 

    एउटा ले मान्छे चिर्छ  अर्कोले दाउरा चिर्छ 

    • हरिणलाई एक दिनको कामको कति पारिश्रमिक दिनुहुन्छ ? 

    एउटा हिरा ।

    • रुख को हाँगा किन हल्लेको?

    डराएर 

    • एउटा खोला ले अर्को खोला लाई कसरि बोलौछ ? 

    सुसेली हालेर। 

    • भेडा गुल्टेये के बन्छ ? 

    गोलभेडा। 

    • किन गणित लाई कसैले मन परा उ दैनन् ? 

    धेरै जोड घटाउ गरेर।  

    • क्यामेरा म्यान ले किन एउटा आखा चिम्लेर सुटिंग गर्छ ?

    एउटा आखाले हिरोनी हेर्ने, अर्को को आखाले आफ्नो बुडी हेर्ने, नत्र बुडी किच कंदी जस्तो देखिन्छ  ।

    • जोकर के मा काम लाग्छ ? 

    तास खेल्न ।

    • बाल्टिन मा आगो लागे के हुन्छ  ?

     लालटिन   

    • ब्लैक बोर्ड  किन कोठा भित्रै  बस्छ? 

    कालो मोसो लाजले  ।

    • हातमा घडी नहुदा कति बज्छ? 

    छाला बजेर रौठदिन्छ  ।

    • पुड्के ले  किन आफ्नो भाडा तिरेन?

      हाइट नपुगेर  ।

    • भेष नभएको मान्छेलाई के भन्ने? 
    अन्भेषक
    • चम्कने गाइलाई के भन्नुहुन्छ  ? 
    तारी गाइ। 

    Note: This is American style jokes in Nepali Version.



    May 26, 2012

    नेपालको संविधान जारी

    नेपालको संविधान बनाउने पटके संविधान सभा जारी छ। २ वर्ष पाएको म्यादमा पनि संविधानको कुनै खेस्रा तयार नभएको ले पटक पटक म्याद थप्दै सर्वोच्च अदालतले थपेको म्यादमा पनि संविधान बन्ने कुनै लक्षण छैन तर म्याद सकिने अन्तिम दिन सम्म पनि सभा भने जारी छ। साँच्चै कै संविधान त अब छोरा नातिको पालामा आउला तर नक्कली संविधानको खेस्रा भने यस्तो छः


    July 30, 2011

    फोन शिरोमणि

       सबेरै उठ्नासाथै 'हाइ, गुडमर्निङ !' को थेगो अनि बेलुका सुत्‍ने बेलामा 'राम्रो सपना देख्‍नू है, गुड नाइट !' भन्ने नियमित लय । फोन शिरोमणिहरूको परिचय नै यस्तो हुन्छ, मानौं यी मनुवा २४ घन्टे प्रसारणको अभिभारा बोकेका सञ्चारमाध्यम हुन् । काशीका पण्डाबाबाका हातमा ट्यास्स निधार-निधारमा टाँस्ने टीकाको लेप हरपल भइरहेजस्तै फोन शिरोमणिको हातमा फोन नामको भाँडो हुने गर्छ । अरु त अरु, फोनमय सपना देख्‍नु फोन शिरोमणिहरूको रात्रिकालीन ‘पार्टटाइम उद्यम’ हो ।

        टेलिफोन अपरेटर, पीए अनि रिसेप्सनिष्टको धपेडीपूर्ण फोन-यात्रालाई फोन शिरोमणिको अद्‌भूत हर्कतले काँचैMobile-Masti खाइदिन्छ । फोनैफोनको अन्तरंग संगतमा रहेर अभ्यस्त हुन थालेपछि फोन शिरोमणिको उपाधि आफसेआफ सुरक्षित भइहाल्छ । यो उपाधि र ताजको लागि कुनै भनसुनको तात्तातो मनसुनमा गोप्य जुहारी घस्नुपर्दैन । हेर्ने हो भने यो उपाधि स्वतःस्फूर्त सामाजिक सम्मानको रुपमा विकसित हुने अवस्थामा पुगिसकेको छ ।

        कामविशेषले एउटा अफिसमा पुगेको थिएँ । रिसेप्सनमा बसेकी युवती फोनमा व्यस्त थिइन् । आफ्नो काम गुटमुट्याउने पिरलोले रन्थनिएको म तिनको रातोपिरो व्यस्तता देख्दा बिचरी कसरी पो भ्याओस् काम भनेर आफ्नो व्यग्रतालाई एकातिर खुम्च्याएर पर्खिनलाई राजी भएको थिएँ । तर तिनको मुखबाट त व्यस्तताको अर्कै स्वादिलो रन्को पो फुत्किन थाल्यो । 


    September 10, 2010

    चार मुक्तक

    हरुवा र जितुवाको घमासान छ ।
    एउटै कुर्सीको मात्रै तानातान छ।
    के गर्छन यीनले शान्ति स्थापना,
    कुर्सी पाउनै जब हानाहान छ ।

    गर्न लाई त गर्छन् त्याग र बलिदानका कुरा ।
    बोल्न लाई बोल्छन् शान्ति र समाधानका कुरा ।
    राष्ट्रियता र देशभक्ति किताबमै थन्क्यो अब,
    केही उत्तरका गुलाम, केही सुन्छन् हिन्दूस्तानका कुरा ।



    July 10, 2010

    अन्धविश्वास माथिको विश्वास ।

    “Superstition is a credulous belief or notion, not based on reason or knowledge.”

    अन्धविश्वास के हो ? भनेर विकिपेडिया हेर्ने हो भने सुरुमै यही वाक्य भेटिने छ । तर कुनै कारण वा ज्ञानमा आधारित नभएपनि यो अन्धविश्वासको जालो भने संसारभर नै फैलिएको छ।

    बेलावखत अविकसित देश, गाँउघरका बासिन्दा वा कम शिक्षितवर्गलाई यसको ‘अनुयाई’ भनिने गरे पनि विश्वका अत्यन्तै विकसित देश, अन्तन्तै साक्षर वा विद्वत वर्ग वा प्रसीद्धि पाएका व्यक्ति विशेषहरु समेत कुनै न कुनै रुपमा केही न केही अन्धविश्वासको पकडमा आएको कुरा सुनिएको छ र सायद सुनिई रहने नै छ ।

    कतै सानो अनुपातमा त कतै ठूलो अनुपातमा हुने मात्रै हो, तर खोजी गर्दै हिँडेमा धर्मभिरु राजाले खुर्सानीको धुप हालेर सत्ता जोगाउन खोजेको देखि धर्मै नमान्ने आधुनिक कम्युनिष्टहरु समेत भैंसी दोहन र यज्ञ यज्ञादी गरेर आ-आफ्नो परिचय दिएको हामीले देखेको धेरै भएको छैन ।

    भौगोलिक आधारमा हेर्ने हो भने पनि लमजुङ देखि लण्डन सम्म, सींगापुर देखि जनकपुरसम्म सबैतिर यसको जड मज्जाले विस्तार भएको छ। भन्नलाइ गाउँले, निरक्षर वा साधारण मानिसहरु बढी अन्धविश्वासी हुने भनिए पनि प्राय: सहरमा बस्ने, विद्वान र विश्वकै चर्चित नेताहरू झनै यस मामिलामा बढी संलग्न रहेको समेत पाइएको छ । नेपालका जोगी र सन्यासीका पछिलाग्ने र हातमा नानाथरि औठीं धारण गरेर हिँड्ने आत्मविश्वासहिन नेताहरु मात्रै हैन्, हिटलर देखि रोनाल्ड रेगन जस्ता नेताहरु समेत आ-आफ्ना ज्योतिषहरुसंग सल्लाह गरेर मात्रै कुनै काम गर्थे भन्ने कुरा धेरै अगाडि नै प्रकाशीत भैसकेका छन् ।



    June 18, 2010

    Waiter, waiter! there is a fly in my soup.

    वर्ल्डकपका कारण आजकल ब्लगमा लेख्ने समय फुटबलले ‘खान’ थालेको छ । यता ब्लगमा “टि टाईम जोक” नराखेको पनि धेरै भएछ । त्यसैले आज केही रमाइला ठट्टाहरु राख्ने जमर्को गर्दैछु ।

    प्रश्न एउटै भएपनि त्यसका जबाफ भने भिन्न भिन्न र धेरै हुन सक्छन् । त्यस्तै एउटै प्रश्नका भिन्न भिन्न र रमाईला जबाफहरु आजको टि टाईममा। यो पुरै संकलनमा सुरुको प्रश्न भने एउटै छन, तर तीनका जबाफ सायदै हामीले सोचेजस्तो होला । ल हेर्नुस् त रेस्टुरेण्टमा सुपमा झीँगा परेपछी सोधिने प्रश्न र तीनका शानदार जबाफहरु :


    Waiter, there is a fly in my soup !.
    Don't worry sir that spider on your bread will soon get him !.


    Waiter, what's this fly doing in my soup?
    Um, looks to me to be backstroke, sir...


    Waiter, waiter! There's a dead fly in my soup.
    Yes, sir, they can't stand the boiling water.


    Waiter, there is a fly in my soup !
    Don't worry sir, they don't eat much !.




    June 10, 2010

    अमिताभ बच्चन को नसा मा नेपाली खुन

    इतिहास प्रमाणित गर्दछ- महात्मा गौतमबुद्धको जन्म बर्तमान नेपालको लुम्बिनी प्रदेशमा भएको हो । तर, एउटा मित्रराष्ट्रले आफ्नो देशभित्र नक्कली बुद्ध खडा गरेर बडा अचम्मको बखेडा झिकि रहेको छ। बेलैमा यसको खण्डन नगरे काठमाण्डौ पनि लण्डनमा पर्न बेर छैन । अरनिकोको जन्मघर पेकिङ्मा र्सन सक्दछ, जनकपुरकी सीताको माइती, ‘जमशेदपुर’ भएको हल्ला गर्न सक्दछ । अहिले हल्लाहरु सत्य र सत्य- असत्यमा बिलाउने युग हो । तर, युग परिवर्तन गर्ने रिमोर्ट हाम्रो हातमा छ । आउनोस्,यस्ता हल्लाहरुको युगबाट सत्ययुगतिर प्रतिगमन गरौं, इतिहासको पुन:उत्थान गरौं ।
    बुद्धको जन्मस्थलो बारेमा केही भारतीय छापाले गरेको हल्ला जति भ्रमपुर्ण छ, मैले उद्घाटन गर्न खोजेको रहस्य त्यति नै यथार्थपुर्व छ । हामीले कहिल्यै सोचेनौं, यो सानो हिमाली राज्यका सन्तानहरु इतिहासको कालखण्डमा संसारका कुन कुन कुनासम्म पुगेर बसोबास गरिरहेका होलान् !! पत्याउनोस्, नपत्याउनोस्-भारत,बर्मा, मलेसियामात्र हैन- उत्तरी एसिया , दक्षिण अमेरिका, अफ्रिका र मध्येपुर्वका थुपै देशहरुमा दुइ शताब्दी अगाडीदेखि नै गोर्खालीहरु स्थायी बसोबास गरिरहेको प्रमाण फेला परेको छ । बसोबासमात्रै हैन, उनिहरु जहां जहां बसेकाछन् त्यहां त्यहां हल्लनै नपर्ने गरी जरा समेत गाडेर बसेका छन् ।


    June 9, 2010

    नेपाली नेताहरुको वैयक्तिक विवरण !

    नालायक छ सय एकले अरु काम केही नगरे पनि आफ्नो आयु बढाउने र भत्ता पचाउने काम भने आधारातसम्म कसरत गरेर पनि फत्ते गरेर छाडे। संविधान पनि नबनेको र नयाँ चुनाव पनि नभएको यस अबस्थामा हाम्रा नेताहरुलाई अझ नजिकबाट चिन्न र हाम्रा सबै नेताहरुको विवरण अद्यावधिक गर्न अति आवश्यक देखिएकोले सो प्रयोजनको निमित्त हालै एउटा नयाँ वैयक्तिक विवरणपत्र तयार गरिएको छ । आ-आफ्ना क्षेत्रका विजयी नेताहरुलाई यो विवरणपत्र भर्न लगाई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ :


    नेपाली नेताको वैयक्तिक विवरणपत्र

    १)    नाम:
    क)    नागरिकताको नाम:          ख) पार्टिभित्रको नाम:           ग) असली नाम:
    २)    उमेर:
    क)    प्रमाणपत्रमा रहेको उमेर:    ख) अरुलाई बताउने उमेर:      ग) साँच्चीकै उमेर:

    (महानुभावहरुको व्यस्तता र समयाभावलाई दृष्टिगत गर्दै यसभन्दा तलका सूचाङ्कहरुमा केवल एउटा सही उत्तरमा “√” (ठीक) चिन्ह लगाए हुने व्यबस्था गरिएको छ।)


    ३)   लिङ्ग:          क) उभय लिङ्गी                 ख) नपुंसक लिङ्गी        ग) तेस्रो लिङ्गी



    May 25, 2010

    नालायक, छ-से-एक !

    भन्नलाई भन्छन, नभ्याएकोले लेखेनन् ।
    बोल्दा त बोल्छन, नपाएकोले लेखेनन् ।
    दुई वर्षमा नसक्कीने के नै पहाड थ्यो र,
    यि हुत्तिहाराले, न-आएकोले लेखेनन् ।

                                                     चुनावमा बोल्या कुरा भुलेर लेखेनन् ।
                                                     लेख्ने बेलाँ' देश विदेश डुलेर लेखेनन् ।
                                                     कहीले महामहिको उर्दिमा त,
                                                     कहीले साईँलीको भट्टीमा झुलेर लेखेनन् ।

    रोकी राख्दा खान पाउने आशले लेखेनन् ।
    लेखिसक्के भत्ता गुम्ने त्रासले लेखेनन् ।
    न जनताको इच्छा, न शहिदको सपना,
    कर्तव्य भुलेर यि वदमाशले लेखेनन् ।



    May 20, 2010

    दुईटा गाई र विश्व अर्थतन्त्र !

    केही सत्यता, केही व्यंङ्ग्य र केही हाँसोले भरिएको यो परिभाषाहरुको सँगालोले चेनमेलको रुपमा सायद धेरै पटक पृथ्विको परिक्रमा गरिसकेको होला । विकिपीडियाका लेखहरुजस्तै बन्दै, थपिदैँ र कैयौं व्यक्तिहरुबाट सम्पादित हुँदै गएको यो "दुई गाई' को रोचक परिभाषा सायद ईन्टरनेटको पेजहरुमा पनि यत्र तत्र छन। कतै The Economies of Cows, कतै Two Cows Theory अनि Two Cow Economic Theory आदि नामले भेटिने यो परिभाषाको सँगालो आज आफ्नै कम्प्युटरको पुरानो फोल्डरमा भेटिएकोले सबै माझ बाँढदै छु ।

    ल तपाई पनि हेर्नुस दुईवटा गाईले के कसरी संसारको भिन्न भिन्न देश, वाद र आर्थिक व्यबस्थालाई परिभाषीत गर्न सक्छ त:

    Socialism
    You have 2 cows and you give one to your neighbor.

    Communism
    You have 2 cows. The Government takes both and gives you some milk.

    Fascism
    You have 2 cows. The Government takes both and sells you some milk.

    Nazism
    You have 2 cows. The Government takes both and shoots you.

    Bureaucracy
    You have 2 cows. The Government takes both, shoots one, milks the other and throws the milk away.



    May 4, 2010

    गौरवशाली दलको नयाँ सोच !

    गौरवशाली दलका महान नेतालाई देशको स्थितिवारे प्रकाश पार्न पत्राकारले अनुरोध गरे। उनले दाहिने हातको मुठ्ठी बाटरे हावामा मुठ्ठी हल्लाउँदै भने:

    “वर्गीय रूपमा राज्यको पुनःसंरचना नभएसम्म आम जनताले केही पाउँदैनन् । लामो समयदेखि राज्य र त्यसको अधिकारको उपभोगबाट वञ्चित भएका बहुसंख्यक जनताको हितको लागी हाम्रो पार्टी मात्रै लागेको छ।

    वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक उत्पीडनको अन्त्य गरी राज्यको अग्रगामी पुनःसंरचना गर्न हामीमात्रै सक्षम छौं। बाँकी सबै विदेशी दलाल, सामन्तवादका जूठो भाँडा चाटेर बस्नेहरु हुन यिनिहरुसंग केही नयाँ सोच हुँदैन। हाम्रा प्रतेक शदस्यसंग हरेक विषयमा नयाँ सोच छ।


    आधुनिक शिक्षा प्रणालीको वारेमा तपाईको धारणा बताईदिनुस न” । कसैले दलकै अर्कै प्रभावशाली नेतृलाई सोधे:

    नेतृले पण्डितले कठस्थ श्लोक भट्याएको पाराले भनीन् :

    “वर्गीय रूपमा राज्यको पुनःसंरचना नभएसम्म आम जनताले केही पाउँदैनन् । लामो समयदेखि राज्य र त्यसको अधिकारको उपभोगबाट वञ्चित भएका बहुसंख्यक जनताको हितको लागी हाम्रो पार्टी मात्रै लागेको छ।



    April 28, 2010

    कामरेडको मनोवाद !

    सौताको रिसमा छाडेको सत्ता नपत्याउने गरी अर्कैले आरामसंग कव्जा गरेपछि आजकल कामरेडलाई पर्नु पिर परेको छ । हुनपनि त हो, आफूलाई भनेर किनेको सवा लाखको खटियामा अर्कै घटीयाले खुट्टा पसारेर सुतेको कति दिन हेरेर बस्नु ?।

    सर्प पनि मर्ने लठ्ठी पनि नभाँचीने जुक्ति निकालेर आज बहिर्गमन र भोली फेरि प्रत्यागमन हुने हिसावले सत्ता छाडेको बेलामा सर्प नमरेर उल्टै लठ्ठी मात्रै भाँच्चेपछि के के मात्रै उपाए लगाईएन । हिरोईनसंग नाचीयो, कत्तीको ढाड भाँचीयो। यज्ञ-यज्ञादि, हवन र भैंसी दोहन समेत गरीयो चरण चरणको आन्दोलन भयो तर खै, आफुले जितेको कुर्सीमा त अर्कै हरुवा टाँस्सीएको टाँस्सीयै छ ।

    बिचमा निक्कै दिन फुर्सद भएपछि महान नेताहरु विश्व ईतिहास पढ्न व्यस्त भए । छिमेकी देश भारतमा भएको “भारत छोड” आन्दोलन जस्तै यता पनि सिधैं “कुर्सी छोड” आन्दोलन गर्नुको विकल्प पनि बचेन । कुरा घुमाई फिराई गरेर “नागरिक सर्बोच्चता” को नारा लगाएकै हो तर नागरिक हैन आफ्नै लठैतले समेत राम्रो साथ नदिएका कारण सो पनि प्रायोजकको अभावमा चल्दा चल्दै टेलिभीजनको पर्दाबाट हराएका टेली श्रीखंलाजस्तै गरेर बिचमै तुहियो ।



    April 17, 2010

    अध्याँरो देश, सूचना-प्रविधि र संविधान !

    हामी भन्छौं प्रविधिको विकासले संसार साँघुरीएको छ । अझ ईन्टरनेट र विद्युतिय सञ्चार माध्यमले गर्दा सूचना र समाचार माथी सामान्य मानिसको पहुँच पनि एकदमै सुलभ र सरल भएको छ ।
    नयाँ वर्षको आगमनसंगै हामी सूचना प्रविधिमा के कति अगाडि छौं र हाम्रा सरकारी वा अर्ध सरकारी निकायहरु आ-आफ्ना सेवा वा उदेश्यमा के कसरी लागेका छन भन्ने हेर्न केही वेबपेजहरुमा घुमें ।

    सबैभन्दा पहिला देशलाई उज्यालो र उर्जामय बनाउने उत्तरदायीत्व पाएको नेपाल विद्युत प्राधिकरणको वेबपेजमा पुगें । हुन त देशको आधाभन्दा बढी भूभाग सधैं अध्याँरोमा रहने देशको ‘विजुली अफिस’ को हाल के हुनु, तैपनि आगामी योजना, मार्ग चित्र वा विकास निर्माणका कुरा भन्दा सबैभन्दा माथी लोड सेडीङको सूचना रहेछ, मानौं यो कार्यालयको सबैभन्दा मुख्य का
     र्य नै बत्ती निभाउनु हो । हेर्नुस एउटा स्क्रिनशट :
    NEA
    त्यसपछि लागें देश र देशबासीलाई सूचना र समाचार दिन लागेको अखबार गोरखापत्रको होमपेजमा


    March 8, 2010

    बिहाबारी ४० वर्षपारि

    लगनगाँठो कसूँला र ढुक्कले गृहस्थी जीवनमा बसूँला भन्ने विचारमा हुनुहुन्छ भने बेलैमा होसियार ! लगनपछिको पोते जसरी काम लाग्दैन, लगनअघिको फाइँफुइँ हतारो पनि बेकार हो । लगनगाँठो कस्नै छ भने ढुक्क हुनुस्, उमेरको ४० औँ फन्कोलाई छुनुस् । भोगेर पचाइसकेकाहरू बिहे गर्नुअघिको जोस बिहे गरिसकेपछिको होसमा पुगेर खर्ल्यामखुलुम् ढल्ने भएकाले चरैवेती चरैवेती अर्थात् बिस्तारै हिँड भन्छन् । तर उमेरको जोसमा केको बिस्तारै हिँड्ने कुराले टेरपुच्छर लाउला ? बिहेको लड्डु खाएर पनि पछुताउने नखाएर पनि पछुताउने खालको छ भने खाएरै पछुताऊँ भन्ने लागेर बुर्कुशी मारिहाल्न मन हुँदो हो धेरैलाई ।

    तर पख्नुस् न, मन लाग्दैमा यहाँ के हुन्छ र ? पश्चिमका जर्ज बुस ठूलाबालाई इन्धन-सम्पदाले भरिपूर्ण र छिरिक्क तागत देखाउने देशहरूलाई आफ्नै मुठीमा किचिमिची पार्न मन लागेको थियो, उनी सफल भए ? उता जङ्गलको राज्यमा हङ्गामा मच्चाउने 'टाइगर'जस्तै डुक्रिएर आफ्नो जातीय हक खोज्न सिकारमा उत्रिने तमिल टाइगरका भिल्लुपिलाइ प्रभाकरण तमिल राज्यमा मस्तले राज गर्न चाहन्थे, उनी सफल भए ? त्यसैले मन हुँदैमा बिहे हुँदैन, बिहे हुने बेला हुन्जेल उमेर रहँदैन । जे जस्तो भए पनि नहुनु मामाभन्दा कानो मामा सही भने झैँ बिहे नै नहुनुभन्दा अधबैँसे उमेरमै भए पनि बैँसको रौनक बटुल्नु वेश हो ।

    बिहेको कुरा गर्दा विवशताको कुरालाई छुटाउन मिल्दैन । विवशतालाई बिहेबारी र घरपरिवारको साक्खै दाजु भने हुन्छ । जुनसुकै कुरा विवशताको सामु पर्दा आदरभाव, डरले गर्दा लुचुक्क हुन्छन् । युवायुवतीलाई रहरलाग्दो कुतकुतीले पिरोल्ने बिहेको चक्कर ४० वर्षो अर्धबुढ्यौलीमा ठक्कर खानपुग्नुमा यही विवशताको हात बढी छ । अनेकौँ  घिसापटानमा बाँधिएको-तानिएको अबका मान्छेले भरिभराउँदो उमेरमै बिहे गर्नु सपनामा पनि नचिताए हुने स्थिति छ ।

    मेसिनरी जिन्दगीमा दशतिरको तानातानीले बिहेको कुरा त परै जाओस्, आफू जिएको कुरा नै सम्झिन मुश्किल हुन्छ । मकै-भटमास मात्र पाइने देशमा गिजा मात्र खसरखसर रगड्ने थोते बूढाबूढी भर्खर बसाइ सरेर पुगे जस्तो 'न त गरिखानु ल त मरिजानु'को हत्तेमा जिन्दगी रुमलिन्छ । त्यस्तो च्यापाच्यापमा बिहे त कुन चरीको नाम ?

    पढाइ पूरा गर, अझै माथिको इज्जतदार डिग्री र पुच्छर हासिल गर, जागिरको लागि आवेदन देऊ, केही हुन्छ कि भनी पर्ख, यता खुसामद गर उता रिझाऊ, गाउँको खेत बेचेर सहरमा एक टुक्रो घडेरी किन, त्यो सस्तोमा किनेको टुक्रोको दाम बढेपछि त्यो बेचेर अर्को जगेडा घडेरीमा पैसा फालिराख्ने जुक्ति गर । एवम् रीत चल्दै गर्छ । व्यापार-व्यवसाय गरिरहेको हो भने अर्कोको व्यवसायमा केही समय बिताऊ, केही समय त 'अनुभव' हासिल गर्नमै लागिहाल्छ, अरु थप योग्यता हासिल गर्न थप समय लगाऊ, त्यो सिकेको कुराले आफ्नो छुट्टै व्यवसाय चलाउन सक्छु भनेपछि त्यहाँबाट टाप कस । टाप कसेर आफ्नो उद्यम सुरू गरेर मात्र भएन, पहिले आफू अरूकोमा काम गरे जस्तै आफ्नोमा अरू कर्मचारी र कामदार राखेपछि रेखदेख गर, हिसाबकिताब मिलाऊ । आदि क्रमले बुढ्यौलीको घनघोर बहार आउन कुन आइतबारको कुरो भयो र ?


    October 29, 2009

    देवताका बाद

    तिथिमिति ठ्याक्कै याद भएन, २,३ वर्ष अघिको हिमाल खबरपत्रिकामा ख्याति प्राप्त व्यंग्यकार चट्याङमाष्टरले चट्याङगीता मार्फत चोटिला झटाराहरू हान्ने गर्नु हुन्थ्यो । मलाई असाध्यै मन परेको प्रस्तुत कविता पाठकहरूलाई एउटा छुट्टै स्वाद पस्कन सफल होला भनेर यहाँ प्रस्तुत गरेको छु । कविसंग कुनै अनुमति नलिई यहाँ टास्ने धृष्टता गरे पनि, यो चोरी भने हैन किनभने यसका सिर्जनाकार चट्याङमाष्टर नै हुनुहुन्छ भन्ने कुरा म चिच्चाएरै भन्न चाहन्छु । यो केवल पाठकीय स्वादका लागि यहाँ पुन: पोष्ट गरिएको मात्र हो । लौ पढौँ त हाम्रा देउताहरू कस्ता कस्ता विचार बोकेका '-वादी' हरू थिए:

    - चट्याङ् मास्टर

    बहुदलबादी थिए राम, बाँदरलाई मात्र साथी लिए
    निर्दलबादी थियो रावण, दैंत्यले मात्र साथ दिए
    जनवादी भए शंकर, ताण्डव नृत्य गरि गरि
    साँढे, र्सप, पिचास,भुत,भोका, नाङ्गा वरीपरि

    पानी मरुवा थिए पाण्डव लुके वनमा लडेपनि
    पुँजीबादी धृतराष्ट,अन्धो पापी अनि धनी
    आतंकबादी दुर्योधन हार्नैलाई लडी रह्यो
    भएकोमा थपौं भन्दा ,भएको नै पनि गयो

    सामन्तबादी सबै देउता , आफुमाथी अरु तल
    साम्यबादी ति राक्षसलाई , देब दानब बराबर
    अधिनायकबादी ति इन्द्र, अरुलाई दबाउने
    सक्षम कोही अघि आए, जालमा पारी लडाउने

    प्रातिकृयाबादी हो राहु , अरुमा खोट लगाउने
    उग्रबादी भइ सुर्य सबैलाई तताउनेर्
    माक्सबादी हेर चन्द्र रुप फेर्छन् हरेक दिन
    पुणिर्मा भए पर्ण औशीमा नै खत्तम हुन

    संसदबादी थिए नारद, जता फाइदा उत्तै मिले
    सत्यबादी भइ कृष्ण गोपिनिबिच सधैं झुले
    यथास्थितिबादी थिए ब्रम्हा, एउटै फुलमा सधैं बसी
    एउटा श्रृष्टि गरे उहिले, हेर्छन्, बस्छन् त्यही अझै

    तेतिसकोटी त देवतै थिए, अरु प्राणी कति कति
    त्यत्रो बिभिन्नताबाद, अटाउने धर्म सँस्कृति
    खुम्चिएर अब अहिले, दुइकोटी हुँदा पनि
    अटाएनन् र उठेकाछन्, महाभारत गरौं भनी ।।



    October 13, 2009

    सत्यतामा हांसो


    कुरो बनाएर कलाकारले हसाएको त प्राय देखी रहेका छौं। हामी पनि यदा कदा यसरी नै एक आपसमा हास्ने गर्छौं। तर कहिले कांही सांचो कुराले पनि हसाउंछ। अमेरीकामा सेरा पेलिन उपराष्ट्रपतीको चुनाबका लागी लढ्दा उनैले भनेका भाषणका अंश टिभीका कार्यक्रममा भनेर हसाइने गरिन्थ्यो।

    केही पहिले तत्कालीन परराष्ट्र मन्त्री सुजाता कोइरालाको भारत भ्रमण नजानको कारण दर्शाइएको अन्तरबार्ता हेरेर हांसेको थिएं। अन्तरबार्तामा "कांहा त्यसो हुनु नी उसो पो हो" भन्दै केटाकेटी फकाउने पाराले कुरा गरिएको थियो। भारत भ्रमण बेला ज्वरोले बोल्नै नसेकेकी सुजाताको उक्त अन्तरबार्ता यांहा पढ्न सक्नुहुनेछ। भारत भ्रमणको लागी साडी वाडी किने पनि बिरामी भएका कारण जान नसकेकी सुजाता कोइराला हिजैबाट गणतन्त्र नेपालकी उप-प्रधान मन्त्री भएकी छन। कांग्रेसका लागी उनको योगदान त तिनै कांग्रेसजनले जानुन तर दौंतरी पाठकका लागी भने नागरिक पत्रिकाबाट लिइएको कार्टुन प्रस्तूत गरेको छु। यसमा केही थप्नु परे तल थप्दै जानुहोला।