पहिला अपहरण, अनी अपहरणको ईन्कारी, त्यसपछि हत्या, हत्या पछि हत्याको पनि ईन्कारी । अनि पछि कतै जन दबाब र राजनैतीक सरगर्मी ज्यादै बढेमा कुनै यौटा मोहरा खोजेर अपहरण र हत्या दुबैको होलसेलमा ईल्जाम बोकाउने। अहिले सम्म कुनै पनि हत्या वा अपराध लुकाउन माओबादि नेतृत्वबाट हुने गरेका नाटक यहि नै हो ।
देशको स्थितिले पल्टा खायो, नीयम कानून फेरीए, नेतृत्वको पासा-पलट पनि भयो तर माओबादिको हत्या, हींसाको सिलसिला र माओबादिको नेतृत्वको सफेद झूठ बोल्ने परिपाटि जस्ताको त्यस्तै रह्यो ।
प्रसंग काठमाडौं स्युचाटारका २२ वषीय पुष्कर डंगोल र २४ वषीय निर्मल पन्तको अपहरण र त्यसपछि भएको अमानविय हत्याको।
राजनैतीक परिवर्तनकै लागी पनि मानव हत्या हुनुहुदैंन र मानवको अत्यन्त नैसर्गीक जिउन पाउने अधिकारको हनन कुनै पनि समुह वा व्यक्तिबाट कुनै पनि हालतमा हुनु हुदैंन भन्ने मेरो बिचार छ । तर सायद माओबादीको नैतिकतामा राजनीतिमा जे पनि जायज ठहर्छ वा मानव हत्या गर्नु उनिहरुकोलागी कुनै ठुलो कुरा होईन, त्यसैले त जनताले जे जत्ती जिम्मेवारि र विश्वास प्रकट गरेपनि माओबादिले राजनीतिको नाममा तिनै जनताको हत्या गर्न छाडेनन् ।
अनि हत्या पछि नेतृत्वतहबाट हुने लाचार ढाकछोप झनै शर्मनाक छ । पत्रकार बिरेन्द्र साह देखि लिएर ज्ञात अज्ञात सबैको हत्या पछि हत्यारा कार्यकर्तालाई बचाउन भरमग्दूर प्रयत्न गर्ने माओबादी नेतृत्वको यो स्वभाव हेर्दा नचाहेपनि जनतालाई यो विश्वास गर्न कर लाग्छ कि यी सबै हत्या, हिंसा नेतृत्व तहकै ईशारा वा समहतिमा हुने गर्छन ।
अनी कहिलेकाहि हत्यारा वा अपराधिलाई 'आन्तरीक कारबाहि' गरीने वा गरेको समाचार आएपछि झन कानूनि राज्यकै उपहास हुने गर्छ । लाग्छ माओबादीको शब्दकोषमा 'कानूनि राज्य', 'सत्य', 'अहिंसा' वा 'मानव अधिकार' जस्ता कुनै शब्द छँदै छैनन् ।
दिन दहाडै देशमा फेरी दुईजना युबाको पासविक र अमानविय हत्या भएको छ –-- त्यो पनि केवल राजनैतीक दुश्मनीको लागी ।
हुन त देशमा यस्को बृहत बिरोध जारि छ, तर माओबादी भने अझै पनि 'वाक युद्ध' बाट हत्याको जिम्मेबारि पन्छाई पानी भित्र ओभानो हुने कोशिसमा लागी परेकाछन।
कुनै समयमा देसमा ४-५ पटक प्रधानमन्त्री भएर देशको हालत यो स्थितिसम्म ल्याउन प्रमुख भूमिका खेल्ने आर्का नेताले वाई. सि. एल. को माने 'योङ्ग कम्यूनिष्ट लिग' भनेर व्याख्या गरेका थिए । छाडा, अनियन्त्रीत र अमानविय कार्यमालत रहने र हालसम्म नसुध्रिएको यिनको छविलाई देख्दा लाग्छ वाई. सि. एल. को माने 'योङ्ग कम्यूनिष्ट लिग' नै सबैभन्दा सहि छ ।
मानव हत्या गर्नु संसारकै सबैभन्दा जघन्य अपराध हो र यस्तो पाशविक कार्यको बिरोध गर्नु सबै मानवता वादीको कर्तव्य पनि हो। त्यसैले यो जघन्य अपराधको बिरोध गर्दै दोषिमाथि तुरुन्तै कारबाहिको माग गरौं ।
राजनीतिको नाममा व्यक्तिहत्या गर्ने अधिकार कसैलाई छैन !