देश फेर्यो, भेष फेर्यो,
दुइटै छोरा पराई भए!
आँखाले हेर्न, देख्न नसकिने!बोल्न मन लागे बोल्न नसकिने!
कलेजोको टुक्रा हुन सन्तान भन्छन्
मनमै भए पनि छुन नसकिने!
यति टाढा भए सबै
फेरि एक हुन्न नसकिने!
यति भावविहीन भए आज
दुःख पर्दा रुन नसकिने!
देश फेर्यो, भेष फेर्यो,
दुइटै छोरा पराई भए!
आँखाले हेर्न, देख्न नसकिने!ए सराद्दे बाजे - Prem Oli
ए सराद्दे बाजे
आज एक दिन भए नि
मेरी आमालाई भेटाइ देऊ
आमाको झलक्क देखाइ देऊ
हरेक बर्ष मेरी आमाले नै पाउछिन भन्दै
दाल चामल र फल दान माग्छौ
आमालाई न दिएर के आँफै राख्छौ
आमाको नाममा चढाएका
हरेक कुरा आमाले पाउछिन भन्नेले
एक दिन भए पनि आमालाई बोलाई दिन सक्दैनौ
एक छिन भए पनि आमाको देखाइ दिन सक्दैनौ
हैन भने किन तिथी र स्राद्द गराउछौ
सबै आमाले पाउछिन भन्दै कराउछौ ।
मेरो कल्पनाको शहर
अनवरत पछ्याइ रहने
जति म खोतल्छु त्यति अद्रिश्य
जति म कल्पन्छु त्यति प्रीय
समिप ल्याउदा क्षितिज बन्ने
यसकारण यहाँ चुप बसिएको छ
आवाजहरूले मुख भरिएको छ !
पखाला लागेको हो यो समयलाई नै,
कमजोरीले यो आँखा भासिएको छ ।
जतासुकै झुकाउन सकिन्थ्यो होला शिर,
गाह्रो यही छ शिर आधा ताछिएको छ ।
तलामा जो सबैभन्दा बस्छ माथि,
उसकै कारण यो घर थलिएको छ ।
भो नबताऊ को-कति छ इमान्दार,
थाहै छ कसले कति सम्झिएको छ ।
© Dautari Organization 2007-2024