हाम्रा गाउँहरू हिमाल भन्दा टाढा छन् र बादलभन्दा माथि छन् । त्यहाँ पुग्न दिनौ लाग्छ।
हामी ती ठाउँहरूमा सडक जोड्न चाहन्छौं। हिमालयबाट आउने खोलामाथि पुल राख्न चाहन्छौं ।
हामी हाम्रो गाउँलाई माया गर्छौं, हामी हाम्रो गाउँ पुग्न सहज होस् भन्ने चाहन्छौं। तर कसरी?
पहाडहरू धेरै ठूला छन्। तिनीहरू अस्थिर छन्। हामीले बनाएका सडक पहाडको तुलनामा धेरै साना छन्, पहाड अलिकति एता उता भए पनि सडक भत्किन्छ । एउटै ढुङ्गाले सडकमा दौडिरहेको सवारीलाई नष्ट गर्न सक्छ। पुल निर्माण गर्न महिनौं वा वर्ष लाग्छ तर उही पुललाई नदीले एक मिनेटमा बगाउन सकिन्छ।
यसै त एती गाह्रो छ कि यो दुई विशाल देशहरू बीचमा छ। भूगोल पनि हाम्रोमा कठिन छ।
हामीलाई गाउँ जोड्न आवश्यक छ, हामीलाई सडक चाहिन्छ, हामीलाई धेरै पूर्वाधार चाहिन्छ तर हामी सचेत हुन आवश्यक छ हाम्रो विकास हाम्रो भूगोल अनुसार हुनुपर्छ। यदि हामी प्रकोपबाट प्रभावित हुन्छौं भने, हामीले सजिलो र छिटो तरिकाले समस्याको समाधान ल्याउनु पर्छ।
2 Comments:
garib haru pahiro ma marchan. dhani lai kehi farak pardaina.
Yesto halat chha Nepal ma: गोरखाको लापुबेंसीबाट काठमाडौँका लागि छुटेको यात्रुवाहक धादिङको झ्याप्ले खोलामा पहिरोले पुरिएको अवस्थामा फेला परेको छ । बस झ्याप्ले खोला पहिरोभित्र भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । शुक्रवार बिहान ७ बजे गोरखाको लापुबेंसीबाट काठमाडौँका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस तीन दिनदेखि सम्पर्कविहीन भएको थियो ।
पहिरोमा बसका चालकको परिचयपत्र र बस नम्बर भेटिएको छ । उक्त बसमा बसका धनी तथा चालक भीमसेन थापा गाउँपालिका ४ धावाका मदन परियार र चालक दलकै फुजेलका नवराज तिवारी र धावाकै विनय भट्टराई थिए । बसमा धार्चेका एक जना यात्रु सुक गुरुङ रहेको र अन्य यात्रु बिचबाट चढे नचढेको भने यकिन हुन सकेको छैन । बस निकाल्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार उक्त पहिरोबाट १५ जनाको शव निकालिएको छ । जसमा १२ जना पुरुष र ३ महिलाको शव निकालिएको छ । पहिरोमा अन्य गाडीहरू पनि पुरिएको आशंका गरिएकाे छ ।
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !