संविधान सभा-२ को सफल निर्वाचन पश्चात् आम नेपाली जन मानसमा जुन आसा र अपेक्षा कांग्रेस - एमाले बाट गरेका थिए ठ्याक्कै त्यसको विपरीत दिशामा पार्टीहरु को क्रियाकलाप केन्द्रित भईरहेको छ. पहिलो संविधानसभामा भएको लज्जाजनक पराजय बाट भर्खरै बौरिंदै नेका अनि एमाले फेरी उही पुरानो सत्ताको छिना झपटी मै सम्पूर्ण ध्यान केन्द्रित गरीरहेको छन् ! यो भन्दा ठुलो दुर्भाग्य अरु के हुन् सक्छ ! साँच्ची नै यस्तो बेला मा खाँचो पर्दो रहेछ राज नेता को , मान्छे ले अनायासै सम्झिने रहेछन राजनीतिको घेरा बाट हरायर गइ सकेकाहरु लाई ! बि पी , गणेशमान, मदन भण्डारी, किसुनजी अनि गिरिजाबाबु जस्ता रास्ट्र लाई एउटा दिशामा मोड्न सक्ने युग पुरुषहरु यो देश मा पनि जन्मे कै हुन् ! आज हामी संग सामान्य नेताहरु मात्रै छन् औसत दर्जाका, तिनीहरु मध्ये पनि धेरै त् तल्लो दर्जा मै राख्नु पर्ने जस्ता पनि छन् , प्रचण्ड , बाबुराम, बामदेव ,शेरबहादुर, गच्छेदार जस्ता लाई नेता भन्नु पर्ने नेपालीको बिडम्बना कसले पो बुझ्छ र अनि बुझेर नै पो के हुने हो र ? वर्तमानमा नेपाल लाई केन्द्र विन्दुमा राख्ने नेताहरु एउटा दुइटा हुन् ति पनि आफै दरो खुट्टा टेकेर उभिन सक्छन जस्तो देख्न छोडियो !
राज्यले राजनेताको माग गरि रहेको छ जस्ले वर्तमानको दोबाटो बाट मुलुक लाई सुरक्षित तवरले डोर्याउन सकोस ! तर हामी कहाँ तिनै थोत्रा पटक पटक परीक्षण भैसकेको स्वाभिमानबिहिन बसी अनुहारहरु को थुप्रो मात्रै छ ! परीक्षण हुन् बाँकि २ वटा सामान्य अनुहार छन्, तिनीहरु पनि दल भित्रकै गुट उपगुट मा जेलिएका छन् ! ३६से ७४रे बाट सुरु भएर तान्त्रिक-संस्थापन हुँदै ४०से र ६०मा आइपुगेको छ नेपाली काँग्रेस ! सरकारको मोर्चा देखि पार्टीको मोर्चा मा समेत पटक पटक निकम्मा साबित भएका देउवा आफ्ना
पिछालग्गुहरु को उक्साहटमा संधै जसो स्खलित हुँदा पनि सोच्ने फुर्सद नै पाएनन कि कुन्नि पदको लागि मरीहत्ते गरिहाल्छन ! अर्का तर्फ निस्कलंक त्यागी एबं आजीवन निष्ठाको राजनीति गरेका भनेर चिनिने सुसिल कोइराला लाई पनि जीवनको उत्तरार्द्धमा प्रम बन्ने रहर जागेको छ, तर राजनीति नै नबुझे जस्ता कोइराला मा पनि साहसको अत्यन्तै कमि देखिन्छ ! अभिभावकीय भूमिका निर्वाह गरेर बस्न सकेको भए सुन मा सुगन्ध हुन्थ्यो नै तर उनलाई उक्साउने हरु को भिड पनि सानो छैन ! कोइरालाको काँधमा बन्दुक राखेर निशाना साँध्नेहरु को निशाना मा आफै कोइराला पर्ने गरेका छन् ! कोइराला र देउवा अनिरामचन्द्रलाई छोडेर एउटा क्षमतावान निस्कलंक नेता राम सरण महतमा नेका भित्र सहमति हुनुपर्थ्यो, दुर्भाग्य त्यसो हुन सकेन ! प्रकाशमान, गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, नविन्द्र जोशी, उदय शम्शेर लगायतका युवाहरु ले पनि सहमति कायम गराउन यथेस्ट भूमिका खेल्न सकेनन ! अरु कोइराला वा देउवाका पिचालाग्गुहरु को चर्चा गर्नु को कुनै अर्थ रहेन !
प्रजातान्त्रिक परिपाटीमा वैकल्पिक शक्तिको रुपमा हेरिने दोस्रो ठुलो दल एमाले पनि माथि उल्लेखित दोष बाट मुक्त देखिएन ! संसदिय दल को चुनावमा देखिएको गुट - उपगुट अनि आश्चर्यजनक गठवन्धन हेर्दा मुलुक झन् राजनैतिक जटिलता तिर उन्मुख देखिन्छ ! पार्टी प्रमुख तथा प्रम समेत भैसकेका माधव नेपालको महत्वाकांक्षा भनौ या पदलोलुपता ले उनको छबि त् ध्वस्त भयो नै खनाललाई समेत पारि भित्तामा पुर्याइदिय ! निन्याउरो अनुहार अनि नाङ्गो सरिर लिएर दिल्ली सयरमा निस्केका नेपालको साउथ ब्लक संग अरु कुनै अभिस्ट त् छैन? दिल्लीको साउथ ब्लक नेपालको प्रगति प्रति संधै जसो वक्र दृस्टी राख्ने हुनाले कता कता शंका लाग्ने ! हामी कहाँ नेपथ्यको राजनीतिक भूमिका कुनै न कुनै रुपमा रहदै आएको छ, भारत के चाहन्छ अझै पनि स्पष्ट छैन ! चाहे जे होस् अब त् देशले नया प्रम पाउला , आसा गरौ !संविधानसभाको स्वरूप, नेताहरु को वैचारिक दरिद्रता अनि हाम्रो जस्तो पा-निर्भर मुलुकमा हुने चलखेल ले संविधान निर्माणमा अझै विभिन्न बाधा व्यवधान बेहोर्नु पर्ने कुरा त् स्पष्ट छदै छ !
राजावादी, माओवादी, जातिवादी अनि मधेसवादी बीच सामन्जस्यता कायम गर्दै गणतान्त्रिक संविधान बनाउन पशुपतिनाथले सघाउन !
जय होस् !!!

याम शर्मा
जर्मनी
3 Comments:
मित्र यो संबिधान सभा त मन्त्री पट्टकाउन बनाइएको हो, संबिधान त किन चाहियो र? देश त यसै गरी चल्दै गर्छ। खोइ कुरा बुझ्या?
kura ta ho jhai garnu bhayo mitra
kura ta ho jhai garnu bhayo mitra
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !